:: Press statement:

November 4, 2006

मानवअधिकारकर्मी समूदायका तर्फाट आठ राजनीतिक दलहरु समक्ष आव्हान-पत्र प्रस्तुत

Filed under: Press statement:

Please Click here to read orginal

April 25, 2006

नेकपा माओवादीको प्रेस वक्तब्य

Filed under: Press statement:

नेपाल कम्युनिष्ट पार्टी माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

आधुनिक नेपालमा ०७ सालको दिल्ली संझौतादेखि शाही सामन्ती राजतन्त्रबाट पटक-पटक धोका पाएको कटू अनुभवबाट शिक्षा लिएर यसपटक नेपाली जनताले संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा विश्वलाई नै चकित पार्ने पहलकदमीको पर््रदर्शन सडकबाट गरिरहेका छन् । निर्सत संविधानसभा मार्फ दस वर्षलामो गृहयुद्धको शान्तिपर्ूण्ा र अग्रगामी समाधान गरिने ने.क.पा.-माओवादी) र सात संसदीय राजनैतिक दलका बीचको १२ बूंदे समझदारीले आम नेपाली जनतामा राजनैतिक विश्वास र उर्जा प्रदान गर्‍यो । त्यहि विश्वास र उर्जाको बलमा जनसमुदायले सामन्ती राजा र राजतन्त्रका विरुद्ध आफ्नो अपार घृणा र आक्रोशलाई छताछूल्लरुपमा गांउ-शहर, पहाड-मद्येश र स्वदेश-विदेश सबैतिर व्यक्त गरिरहेका छन् ।
तर, ०७ सालमा झैं फेरि एक-पटक नेपाली जनतालाई फूटाउने र आफ्नो निरंकुशतन्त्रलाई बचाउने नयां चाललाई वैशाख ११ गतेको ज्ञानेन्द्रको संवोधनले अभिव्यक्त गरेको छ । त्यो कथित संवोधनले न जनताले सडकमा संविधानसभा र गणतन्त्रका पक्षमा घन्काइरहेको नारालाई संवोधन गरेको छ न १२ बुंदे समझदारीलाई नै संवोधन गरेको छ । त्यो संवोधनको सारतत्व भनेको राजतन्त्रका विरुद्ध दन्किरहेको जनआन्दोलनको ज्वालामा पानी खन्याएर आफ्नो “रक्षा” गर्ने षडयन्त्र रहेको कुरा स्पष्ट छ । प्रक्रियागत दृष्टिले शाही घोषणा मार्फ संसदको पर्ूनस्थापना गरेर प्रधानमन्त्रिको नियुक्ति र खारेजी मात्र होइन अब गैहृ कानुनीढंगले संसदकै नियुक्ति खारेज गर्ने निरंकुश शासकको नयां नाजिर ज्ञानेन्द्र शाहीबाट स्थापित गरिएको छ । यसले लोकतान्त्रिक पद्धति र जनताको सर्वोच्चताका विरुद्ध घोर अपमान र उपहासलाई व्यक्त गर्दछ । अतः सार र रुपमा दुबै दृष्टिले कथित शाही घोषणा नेपाली जनताका विरुद्ध धोका र षडयन्त्र भएकाले हाम्रो पार्टर्ीीयसलाई दृढतापर्ूवक खारेज र अस्वीकार गर्दछ ।
हामी यहां यो कुरा पनि स्पष्ट गर्न चाहान्छौं कि सात संसदवादी राजनैतिक दलहरु मध्ये जुन, जुन दलले यो कथित शाही संवोधनको स्वागत र र्समर्थन गरेका छन् उनिहरुले वस्तुतः १२-बुंदे समझदारीलाई तोड्ने तथा नेपाली जनताको भावना र मर्ममाथि विश्वासघात गर्ने काम गरेका छन् । किनकी १२ बुंदे समझदारीको प्रमुख राजनैतिक चूरो संविधानसभाको निर्वाचन हो । निश्चयनै संविधानसभासम्म पुग्ने प्रक्रियामा रहेको अन्तर समझदारीपत्रमा स्पष्ट उल्लेखमात्र गरिएको छैन अपितू छलफल गर्दै गएर प्रक्रियालाई समेत एउटै बनाउने कुरा स्पष्ट शब्दमा राखिएको छ । त्यो अवस्थामा जुन राजनैतिक दलका नेताहरुले “शाही संवोधन” को स्वागत गरेका छन् उनिहरुले एकातिर परम्परागत राजकीय अधिकारो प्रयोगद्धारा संसद पर्ूनंस्थापना गर्ने राजाको निरंकुश कदमको र्समर्थन गर्न पुगेका छन् भने अर्कातिर ने.क.पा.-माओवादी)संग प्रक्रियागत विषयमा छलफलनै नगरि एकपक्षियरुपमा संसद पर्ूनंस्थापनामा गएर १२ बुंदे समझदारीको मर्मलाई तोडेका छन् । अब राजाले अभयदान दिएको संसदले निर्सत संविधानसभाको निर्वाचनको घोषणा गर्ने अधिकार राख्छ भनेर जनताले विश्वास गर्ने आधार कहां रहन्छ -
उपरोक्त सर्न्दर्भमा हाम्रो पार्टर्ीीनिर्सत संविधानसभाको निर्वाचन गर्ने घोषणा नहुंदासम्म चलिरहेको शान्तिपर्ूण्ा जनआन्दोलनलाई जारी राख्न लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षधर सबै तह, तप्काका जनसमुदायसंग जोडदार अपिल गर्दछं । यो ०७ साल होइन, २०६३ साल हो र संविधानसभा मार्फ जनताको र्सार्वभौमिकता सुनिश्चित नहुंदासम्म आन्दोलन रोकिने छैन । कथित शाही संवोधनलाई स्वागत गरेर प्रमुख संसदवादी दलका प्रमुख नेताहरुले फेरि एकपटक ठूलो ऐतिहासिक भूल अवश्य गरेका छन् । तै पनि उनिहरुलाई संविधानसभाको निर्वाचनसम्म जान बाध्य पार्नकालागि समेत जनआन्दोलन जारी राख्न जरुरी छ । १२ बुंदे समझदारीप्रति पार्टर्ीीे प्रतिबद्धता दोहोर्‍याउंदै हामी सात राजनैतिक दललाई त्यस अनुसार आचरण गर्न विशेष आग्रह गर्दछौं । हामी चालू शान्तिपर्ूण्ा जनआन्दोलनलाई सहयोग पुर्‍याउन निम्न कार्यक्रमको घोषणा गर्दछौं ।
क) देशव्यापि जनपरिचालन - पर््रदर्शन र सभा
ख) जनआन्दोलनको दमन गर्ने तथा प्रतिकारमा आउने तत्वका विरुद्ध जनकार्वाही
ग) नर्ीर्सत संविधानसभाको निर्वाचनको घोषणा नहुंदासम्म राजधानीलगायत जिल्ला सदरमूकामहरुको नाकाबन्दी ।
मिति ः- १२ वैशाख २०६३

बाबुराम भट्टर्राई प्रचण्ड
संयोजक अध्यक्ष
वृहत राष्ट्रिय राजनैतिक सम्मेलन आयोजक समिति नेकपा -माओवादी)
संयुक्त क्रान्तिकारी जनपरिषद, नेपाल सुप्रिम कमाण्डर, जनमुक्ति सेना, नेपाल

April 16, 2006

प्रेस बिज्ञप्ति

Filed under: Press statement:

र्सबप्रथमः नेपालमा निरंकुश राजतन्त्रको अन्त्य गरी पर्ूण्ा लोकतन्त्र र स्थायी शान्ति स्थापना गर्नको लागि यही चैत्र २४ गतेदेखि देशब्यापीरुपमा स्वतफूर्त उर्लिरहेको निर्ण्ाायक आन्दोलनमा शहादत प्राप्त गर्नु हुने वीर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समबेदना प्रकट गर्न चाहान्छौं । यस ऐतिहासिक आन्दोलनमा आप\mनो ज्यानको प्रबाह नगरी भाग लिईरहनु भएका सम्पर्ूण्ा पेशाकर्मी, पत्रकार, चिकित्सक, कानुन ब्यवसायी, मानवअधिकारकर्मी, ब्यापारी, बुद्धिजीवी, बिद्यार्थी लगायत सम्पर्ूण्ा वीर नेपाली सपूतहरुप्रति हार्दिक आभार ब्यक्त गर्दै उहा“हरुको वीरताको मुक्त कण्ठले प्रशंसा गर्न चाहान्छौं । नेपालकोर् इतिहासमा दरबारबाट पटक पटक हुन गएको धोकाबाट पाठ सिक्दै यस आन्दोलनलाई निर्ण्ाायक र परिणाममुखी बिन्दुमा नपुयाउदैं बिचमै नटुंग्याउन र घ“ुडा नटेक्न सात राजनीतिक दलहरुलाई पनि सचेत गराउन चाहान्छौ ।

निरंकुशता बिरुद्ध भईरहेको नेपालीहरुको यस अन्तिम लर्डाईमा देश बिदेशबाट प्राप्त सहयोग र र्समर्थन एवं देशभित्र उर्लिरहेको आन्दोलनको आ“धीबेरीबाट अत्तालिएको शाही सरकार चरम दमनमा उत्रेर आप\mनो पराजित मानसिकता उदांगो पारेको हामीले महशुस गरेका छौं । नेपाली जनताको शान्तिपर्ूण्ा आन्दोलनलाई क्रूरतापर्ूवक दबाउने निरंकुश तानाशाही सरकारको अमानवीय कार्यको हामी घोर भत्र्सना गर्न चाहान्छौं । “रोम जलिरहेको छ, निरो बा“सुरी बजाईरहेका छन” भन्ने उक्तिलाई बर्तमान राजा ज्ञानेन्द्रले अनुसरण गर्दै देश जलिरह“दा पनि आफु मनारेम पोखरा नगरीको सुन्दर फेवातालमा शयर गर्दै त्यसैमा आफुलाई आनन्दीत महशुस गर्दै मौनता सा“ध्नुलाई नेपाली जनताप्रति राजाको अत्यन्तै गैरजिम्मेवारीपन हो भन्ने हाम्रो ठहर छ ।

थप उचाई लिईरहेको बर्तमान लोकतान्त्रिक आन्दोलनलाई निर्ण्ाायक मोडमा पु्र्याउनका लागि देश बिदेशमा रहेका लोकतन्त्रप्रेमी सम्पर्ूण्ा नेपालीहरुले आ-आप\mनो तर्फाट सक्दो योगदान पुर्याउ“दै सशक्त भूमिका निर्बाह गर्नु हुन हामी हार्दिक आह्वान गर्दछौं ।

यसै पर्रि्रेक्ष्यमा हाल नेपालमा चलिरहेको अनिश्चितकालिन लोकतान्त्रिक आन्दोलनकाक्रममा शहादत प्राप्त गर्ने शहीदका परिवारलाई तथा र्घाईते वा अंगभंग हुनेहरुका लागि तत्काल उपचारमा राहत पुगोस् भन्ने उदेश्यले “लोकतान्त्रिक आन्दोलनकर्मी प्राथमिक उपचार सेवा कोष” खडा गरी आर्थिक सहयोग संकलन अभियान शुरु गरिएको ब्यहोरा सम्बन्धित सबैमा जानाकारी गराउन चाहान्छौं । मुलुकको लागि जिउज्यान अर्पेर लोकतन्त्रको लर्डाईकाक्रममा चोटपटक लाग्न गएका महान वीरहरुको उपचर्रार्थ आफुसक्दो आर्थिक सहयोग प्रदान गर्नु हुन समस्त जापानबासी लोकतन्त्रप्रेमी नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

अन्तमा नेपाली नया“ बर्ष२०६३ को उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहेका समस्त नेपालीहरुमा सुख, समृद्धिको कामना गर्दै निर्ण्ाायक र परिणाममुखी आन्दोलनले मुलुकमा छिट्टै लोकतन्त्रको सुनौलो बिहानीको उदय होस् भन्ने हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छौं ।

शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्च जापान
१२ अप्रिल २००६
टोकियो, जापान

April 11, 2006

श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र

Filed under: Press statement:

आयोगले आज श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई एक पत्र पर्ठाई राजनीतिक पर््रदर्शनका क्रममा पक्राउ परी थुनामा राखिएका व्यक्तिहरूका सम्बन्धमा तथा पर््रदर्शनका क्रममा सुरक्षाकर्मीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको विषयमा ध्यानाकर्षा गराएको छ । उक्त पत्र मार्फ आयोगले गरेका सिफारिसहरू देहाय बमोजिम रहेका छन् ः
थुनामा राखिएका व्यक्तिहरूका सम्बन्धमा (more…)

अप्रजातान्त्रिक तथा अमानवीय कार्यको मानव अधिकार तथा शान्ति प्रतिष्ठान -माशाप्र) नेपाल घोर निन्दा र भर्तसना

Filed under: Press statement:

मिति २०६२ चैत्र २४ देखी सात राजनीतिक पार्टर्ीीद्धारा संचालन भएको शान्तिपर्ूण्ा बिरोध पर््रदशनलाई दवाउने नियतले सरकारले निशेधआज्ञा तथा कर्फू लगाएर स्थितीलाई असामान्य बनाउने, गोलीचलाएर नागरीकहरको हत्या गर्ने,शान्ति पर्ूण्ा बिरोध पर््रदशन गर्न पाउने नागरीकको संबैधानीक हक अधिकारको हनन गर्ने बिभिन्न बहनामा राजनैतिक पार्टर्ीी कार्यकर्ता, पत्रकार नागरीक समाज तथा मानव अधिकार वादीहरुलाई गिरफ्तार गर्ने थुन्ने र मानव अधिकार वादीहरुलाइ आन्दोलनको पर्यवेक्षण गर्न जान र पत्रकारहरुलाई समाचार संकलन गर्न जानबाट रोक्नको लागी पास नदीने ,जनताका घर,तथा पसलमा प्रवेस गरी बिभिन्न सरसमानहरु दिउसै ल्ाुटपाट गर्ने बालवालीका तथा बाटो हिड्ने महीला तथा बृद्धाहरुलाई सम्बेदनसिल अंगहरुमा प्रहारगरी घाइते बनाउने नागरीकका घर घरमा प्रबेस गरी भित्र बसेका मानीसहरुलाई समाएर एकजनालाई बिशौजना प्रहरीहरुले बुट र लाठीले हान्ने,सुरक्षकर्मीहरुले हवाई फाएर गरी जनताका घर कौसीमा लागेको गोलीलाई आतंककारीले हानेको गोली भनी सरकारका जिम्मेवार मन्त्रिले पत्रकार सम्मेलनमा झुटो प्रचार गर्ने लगाएतका अप्रजातान्त्रिक तथा अमानवीय कार्यको मानव अधिकार तथा शान्ति प्रतिष्ठान -माशाप्र) नेपाल घोर निन्दा र भर्तसना गर्दछ । (more…)

March 21, 2006

काभ्रेमा भिडन्त

Filed under: Press statement:

विश्व मजदुरहरु एक हौं । मार्क्सवाद-लेलिनवाद-माओवाद र प्रचण्डपथ-जिन्दावाद †
जनमुक्ति सेना नेपाल­­
People Liberation Army, Nepal
बिेथान स्मृति ब्रिगेड
प्रेस विज्ञप्ति

नेपाली समाजले राजनैतिक निर्ण्ाायक मोडलीने दिशामा अग्रसर भैरहेको वर्तमान अवसरमा, फागुन १गते सर्वोच्च कमाण्डर क. प्रचण्डले सेना, पुलीस, कर्मचारी बुद्धिजीवि लगाएत पुरानो सत्ता भित्रका देशभक्त शक्तिहरुलाई पुरानो सत्ताबाट व्रि्रोह गरेर नया“ लोकतान्त्रिक आन्दोलनमा सहभागि हुन गरेको सम्वोधनलाई वेवास्ता गर्दै चैत्र ७ गते विहान पा“च बजे २००-दर्ुइ सय )जनाको सख्यामा र्सचमा निस्किएको शाही अमेरीकन सेना संग हाम्रो आधार क्षेत्र काभ्रे जिल्लाको क्षत्रेवासको दाडेगौडामा जनमुक्ति सेनाको ४०जनाको सख्या संग भएको दोहोरो भिडन्तमा दुश्मनको २०-बिस)जनाको घटनास्थलमै मृत्यू भयो भने दर्जनौ घाइते हुनुका साथै दुश्मनलाई युद्धमैदानमै धुलोचटाउन जनमुक्ति सेना सफल भएको छ । लगभग आधा घण्टाको सो आमुन्य सामुन्य -अयिकभ) भिडन्तमा हाम्रा होनहार वटालिएन कमाण्डर क. अनिश-चर्तुमान तामाङ- सिन्धुपाल्चोक) ले वीरतापर्ूवक लड्दालड्दै समग्र पार्टर्ीीविशेष केन्द्रीय कमाण्ड, जनमुक्ति सेनाको तेस्रो डिभिजन, पर्ूर्वी विशेष क्षेत्रिय व्यूरो,र वेथान स्मृति व्रिगेडलाई गुणात्मक फौजी उर्त्कषमा पुर्याएर शहादत प्राप्त गर्नु भयो भने अन्य ५-पा“च)जना कमरेडहरु घाइते हुनुभएको छ । यो गुणात्मक उपलब्धी र क्षतिकै बिचबाट दुश्मनको जनहत्या गर्न ल्याएको ठूलो एल.एम.जी. ३ थान, सो को म्याग्जीन ५२ थान र गोली १३०२थान, जी घटटेलीस्कोप सहितको अध्याधुनाीक फोल्डीङ राइफल -१थान, सो को म्यागाजीन -४थान, र गोली १०५ थान , टुइन्च मोटार १थान सो को सेल ९थान, इन्सास राइफल ८थान, सो केा म्याग्जीन २६ थान र गोली १६८१ थान , एस.एल.आर. २थान, र सो केा म्याबगाजीन १०थान, र गोली १६५थान, घटहृयाण्ड ग्रिनेट ९थान, सञ्चार सेट १थान, झोला ५थान र नगद रु १७८६-एक हजार सात सय छयासि) लगाएतका युद्ध सामाग्री बेथान स्मृति ब्रिगेडको केन्द्रीत एस.टि.एफ.ले कब्जा गर्न सफल भएको छ । दुश्मनको ठूलो मानवीय क्षेति र भारि मात्रामा हतियार कब्जाले जनमुक्ति सेना नेपाल बेथान स्मृति ब्रिगेडले सानदार गुणात्मक फौजी विजय हासिल गरेको छ । सहाश, सौर्य, वीरता साथ लड्दा लड्दै वीरगति प्राप्तगर्नुहुने हाम्रा जोदाह कमाण्डर क. अनिशलाई महान शहीद घोषणा गर्दै लाल सालाम टक्र्याउन चाहन्छौ । उह“ाले देखाएको बाटोमा पुरानो सत्तालाई अन्तिम ध्वंस गर्दै विश्व क्रान्तिलाई साम्यवादी विजय सम्म नपुर्याई हाम्रो यात्रा नरोकिने प्रतिबद्धता व्यक्त गर्दछौ । अन्तमा, हाम्रा कमाण्डर क. अनिसको शहादतले पार्टर्ीीजनमुक्ति सेना,जनता र आफन्तजनमा परेको शोकमा समाहित हुदै समवेदना व्यक्त गर्दछ । र घाइते कमरेडहरुको श्रि्र स्वास्थ्यलाभको कामना गर्दछ । यो कार्वाहीलाई सानदार गुणात्मक विजयमा पुर्याउन वेथान स्मृति ब्रिगेडको अफेन्स र डिफेन्समा भूमिका निर्वाह गर्नु हुने जनयोद्धाहरुलाई हार्दीक बधाई दिदै कार्वाही सफल पार्न काभ्रे जिल्ला पार्टर्ीीरिवार, स्थानिय पार्टर्ीीमिटि प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने आम क्रान्तिकारी जनसमुदायहरुलाई धन्यवाद दिन चाहन्छ । मनोवल गीरेर डिफेन्सीव र विघटनको अन्तिम चरणमा पुगेको शाही अमेरीकि सेना र मृत्युको मुखैमा पुगेको ज्ञाने शाहीको पुरानो सत्तालाई समुल समाप्त पार्न आगामि दिनमा यस्तै पुनःसहयोगको निरन्तर अपेक्षा वेथान स्मृति ब्रिगेड हेडक्वाटरले राखेको छ । अहिले हाम्रो महान एवं गौरवशाली पार्टर्ीीे.क.पा.-माओवादी) र सात राजनैतिक दल संगको लोकतान्त्रीक आन्दोलनलाई समेत गठिलो एकतामा बाध्न सहयोग गर्ने यो ऐतिहासिक फौजी कार्वाहीमा वगेको हाम्रा कमाण्डरको तातो र रातो रगत खेर जान दिने छैनौ । बरु थप वलिदान गर्न रत्तिपनी पछि नपर्ने दृढ प्रतिवद्धता जायर गर्दछौ । दुश्मनको क्याम्पमा अत्मर्समर्पण गर्ने गद्धार र विश्वासघातिहरुप्रति त्रि्र घृणा र आक्रोस व्यक्त गर्दै हाम्रा हजारौ होनहार क्रान्तिकारी कमरेडहरुको रगतले रंगिएको रातो झण्डालाई सदैव उर्ठाईरहने छौ र मालेमावाद र प्रचण्डपथको चम्किलो बिचारलाई सदैव पच्र्छाई रहने विश्वास दिलाउन चाहन्छौ ।

मितिः ०६२ चैत्र ७ गते

-विश्व) -जीवीत)
कमिशार कमाण्डर
बेथान स्मृति ब्रिगेड बेथान स्मृति ब्र्रिगेड
जनमुक्ति सेना, नेपाल जनमुक्ति सेना नेपाल

March 20, 2006

नाकाबन्दी फिर्ता, आमहड्ताललाई माओवादीको र्समर्थन

Filed under: Press statement:

प्रेस-वक्तव्य
१. देशमा लोकतन्त्र, शान्ति र अग्रगमनको निम्ति नेकपा -माओवादी) र सात राजनीतिक दलहरूबीच गत मंसीर ७ गते सम्पन्न ऐतिहासिक १२-वु“दे समझदारीप्रति दृढ प्रतिवद्धता व्यक्त गर्दै त्यसलाई अझ ठोस र विकसित गर्दै लैजान तथा सामन्ती राजतन्त्र विरोधी संयुक्त आन्दोलनलाई तीव्रता दिन यही चैत्र ६ गते जारी दोश्रो समझदारीको विशिष्ठ राजनीतिक महत्व रहेको र्सवविदितै छ । यी दुवै समझदारीबाट अघि वढ्दै देशमा निरंकुश राजतन्त्रविरोधी साझा नारा, साझा मोर्चा र साझा कार्यक्रम तय गरेर देशव्यापी लोकतान्त्रिक आन्दोलनको आ“धीवेहरी सिर्जना गर्न र निर्ःशर्त संविधानसभाको निर्वाचन मार्फ् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्नर् हामी सवै लोकतान्त्रिक राजनीतिक शक्तिहरूलाई पुनः जोडदार आग्रह गर्दछौं ।
२. हाल देशमा चलिरहेको निरंकुश शाही सत्ता विरोधी आन्दोलनका सवै धारहरूलाई एकीकृत र केन्द्रीकृत गरेर शाही सत्तामाथि निर्ण्ाायक प्रहार गर्नु आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकतालाई मध्यनजर गर्दै ने.क.पा.-माओवादी) र सात राजनीतिक दलहरूवीच समझदारी र सहमति भए वमोजिम सात दलद्वारा घोषित यही चैत्र २४ देखि २७ गते सम्मको देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र तथा काठमाडौंकेन्द्रित वृहद् जनपर््रदर्शनहरूलाई हामी पर्ूण्ा रुपले सहयोग र र्समर्थन गर्ने घोषणा गर्दछौं । २०४६ सालको जनआन्दोलनमा राजतन्त्रविरोधी जनव्रि्रोहको उत्कर्षो दिन चैत्र २४ गते र वहुदलीय व्यवस्था घोषणा गरिएको चैत्र २६ गतेका ऐतिहासिक दिनहरूलाई संयोजन गरेर राखिएको यो संयुक्त जनआन्दोलनको कार्यक्रमको विशिष्ठ ऐतिहासिक महत्व रहेको स्वतः स्पष्ट छ । त्यसैले यी संर्घष्ाका कार्यक्रमहरूमा सक्रिय रुपले सहभागी वनेर र हरतरहले साथ दिएर सहयोग गर्न हामी सम्पर्ूण्ा देशभक्त तथा लोकतान्त्रिक राजनीतिक शक्तिहरू, जनवर्गीय संगठनहरू, जातीय तथा क्षेत्रीय मोर्चाहरू, पेशागत संगठनहरू, संचारकर्मीहरू, नागरिक समाज र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।
३. उपरोक्त देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र जनपर््रदर्शनको कार्यक्रमको तयारीलाई ध्यान दिंदै तथा सात राजनीतिक दलहरू, नागरिक समाज, विविध पेशागत संगठनहरू र आम जनसमुदायको आग्रहको समेत उच्च कदर गर्दै हाम्रो तर्फाट चैत्र १ गते देखि जारी नाकावन्दी र चक्काजामको कार्यक्रम यही चैत्र ७ गतेदेखि लागू हुने गरी फिर्ता लिएको तथा हाम्रो तर्फाट घोषित अन्य सवै संर्घष्ाका कार्यक्रमहरू पनि फिर्ता लिने निर्ण्र्ााभएको र्सार्वजनिक जानकारी गराउ“दछौं । भविष्यमा आवश्यकता अनुसार हाम्रो तर्फाट थप संर्घष्ाका कार्यक्रमहरू घोषणा हुन सक्ने जानकारी गराउ“दै अहिलेसम्मको नाकावन्दी र चक्काजाम कार्यक्रम पर्ूण्ा रुपले सफल पारेर शाही सत्तामाथि चोटिलो प्रहार गर्न योगदान गर्नुहुने सवैलाई हामी हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछौं ।
-बाबुराम भट्टर्राई) -प्रचण्ड)
संयोजक अध्यक्ष
वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति ने.क.पा. -माओवादी)
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल तथा सर्वोच्च कमाण्डर, जनमुक्ति सेना नेपाल
२०६२ चैत्र ६

March 19, 2006

प्रेस विज्ञप्ति

Filed under: Press statement:

नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादी)
विशेष केन्द्रीय कमाण्ड
पर्ूर्वी बिशेष क्षेत्रिय व्यूरो

विषय ः प्रेस विज्ञप्ति

रबिन्द्र र अनुकुलको नामबाट गत फागुन २९ गते र्सार्वजनिक भएको कथित अपिल प्रति पार्टर्ीीे धारणा र्सार्वजनिक गर्दै निजहरुलाई प्रतिक्रान्तिकारी भगौडा र निरंकुश राजतन्त्रका सेवक घोषणा गर्दै पार्टर्ीीट निष्कासन गर्ने ज्त्तको निर्ण्र्ाााई दृढतापर्ुवक र्समर्थन गर्दै पर्ूर्वी विशेष क्षेत्रिय व्यूरोको धारणा स्पष्ट पार्न यो विज्ञप्ति र्सार्वजनिक गरिएको छ । हाम्रो महान तथा गौरवशाली पार्टर्ीीाज युगिन महत्व राख्ने संर्घष्ाको नेतृत्वगर्दै दृढतापर्ुवक अगाडि बढिरहेको छ । साम्राज्यवाद र सामान्ती तत्वहरुका अनगिन्ती षडयन्त्रहरु मध्ये सबभन्दा अन्तिम र नाङ्गो कडिका रुपमा रविन्द्र र अनुकुलको कथित अपिल बाहिर आएको छ । राष्ट्रिय र अर्न्तराष्ट्रिय परिचालनलाई त्रि्रता दिदै आन्दोलनलाई उत्कर्षा पुर्याउन घोषणा गरिएको चक्काजाम र नाकाबन्दी सुरु हुने अगिल्लो रात देश, जनता, पार्टर्ीी क्रान्तिका बिरुद्ध कथित अपिल मार्फ अभिव्यक्त भएको भयानक विश्वासघात र गद्धारी प्रति पर्ूर्वी विशेष क्षेत्रिय व्यूरो असिम घृणाका साथ घोर भर्त्सना गर्दछ ।
रविन्द्र-अनुकुलले कथित अपिल मार्फ जनसमुदाय पार्टर्ीी्रति चिन्तीत रहेको जुन कुरा गरेका छन् । त्यसको विपरित पार्टर्ीीे गत केन्द्रीय समितिको निर्ण्र्ााअनुसार सञ्चालित शुद्धिकरण अभियानको मुल मर्मप्रति गर्व गर्दैर्ै नया“ आशा र विश्वासको रक्तसञ्चार भइराखेको छ । उनिहरुले आफ्नो प्रतिक्रान्तिकारी भगौडा प्रवृतिमाथि पर्दा हाल्ने मिथ्या प्रयास ज्त्तको एउटै वक्तव्यले धुलोपिठो भएको छ । यान्त्रिक, भद्धा र भ्रान्तिपर्ुण्ा रुपले उठाएका प्रश्नका बारे थप चर्चा र उल्लेख गर्नुको कुनै अर्थ र औचित्य बाकि रहेको छैन । ति पागलपर्ुण्ा प्रलापहरुको सम्पर्ुण्ा रुपले खारेज गर्नु पर्दछ भन्ने ठहर हाम्रो व्यूरोको रहेको छ । आत्माकेन्द्रीत व्यक्तिवादी र चरम महत्वकांक्षाी प्रवृतिका कारण रविन्द्रको सनकी, गुठवादी र विवादास्पद चरित्रका बारेमा पार्टर्ीी कुनै भ्रम छैन । घमण्ड,अहंकार र प्रतिशोधले धपक्क बलेर पतन हुन पुगेको रविन्द्रको पागलपर्ुण्ा पर्लापले सिंगो पार्टर्ीींक्ति, जनमुक्ति सेना, जवस र मोर्चामा चरम घृणा र आक्रोश पैदा गरेको छ । नीति र नेतृत्वप्रति गरेको विषवमन चियाको कपमा तुफान साबित भएको छ । जहासम्म अनुकुलको कुरा छ, करिव चार वर्षदेखि राजनैतिक उदासिनता, आलस्यताले ग्रसित हुदै आएर घोर निराशा पलाएन र दक्षिणपन्थी विचलनमा पुगेेर गत सिसिको वैठकमा समेत नआएको कुरा पार्टर्ीीभत्र मात्र होइन बाहिर पनि विधितै छ । विगतका कुनै पनि औपचारिक अनौपचारिक छलफल बहसमा विपरित धर्ुवर््रमा खडा भएको देखिने रबिन्द्र र अनुकुलको यो गठवन्धन अराजनैतिक, असैद्धान्तिक, अनैतिक र प्रतिक्रान्तिकारी भगौडाहरुको गठवन्धन हो भन्ने कुरा सिंगो पार्टर्ीींक्ति भित्र दिनको घाम जस्तै र्छलङ्ग छ । जनयुद्ध सुरुभएदेखिनै विकासको सापेक्षतामा गैर्हृर्सवहारावादी विचलनहरु हाम्रो पार्टर्ीीभत्र पैदा हुदै आएका हुन । ती सबै प्रतिक्रान्तिकारी प्रवृतिहरुमाथि विजय प्राप्त गर्दै पार्टर्ीीाजकोे उचाईमा आई पुगेको हो । गत केन्द्रीय समितिको निर्ण्र्ााअनुसार सञ्चालित शुद्धिकरण अभियानको वैज्ञानिकता रविन्द्र र अनुकुलको प्रतिक्रान्तिकारी भगौडाको रुपमा भएको पतनले सानदार रुपमा पुष्टि गरेको छ । अमेरीकि साम्राज्यवाद, ज्ञानेन्द्र शाही, कमल थापा, रमेश पाण्डे जस्ताहरुको, हाम्रो पार्टर्ीीमजोर हुने सपनामात्रै चकनाचुर भएको छैन, गैर्हृर्सवहारा प्रतिक्रान्तिकारी भगौडा प्रवृतिलाई नाङ्गेझार पार्ने प्रकृयालाई उत्कर्षा पुर्याएर नकरात्मकतालाई सकरात्मकतामा फर्ेर्दै सिंगो पार्टर्ीींक्ति क्रान्तिलाई अर्को उचाईमा उठाउन संकल्पबद्ध भएको छ । हाम्रो पार्टर्ीीे गौरवमय परम्परालाई अर्को उचाइमा विकास गर्दै देशभरिबाट आम जनसमुदाय सम्म प्रतिक्रान्तिकारी, गद्धारीलाई नाङ्गेझार पार्ने प्रक्रिया घनिभूत रुपले सुरु भएको छ । प्रतिक्रान्तिकारी भगौडाहरुको चित्कारलाई एक स्वोरले दुत्कार्दै क्रान्तिको झण्डालाई अझै अर्को उचाइमा उठाउदै अगाडि बढ्न पर्ूर्वी व्यूरो सिंगो पार्टर्ीींक्तिमा हार्दीक अपिल गर्दछ । अन्तमा, कमल थापा, रमेश पाण्डेहरुका हातका खेलौना बन्न पुगेका रबिन्द्र अनुकुललाई क्रान्तिका भगौडा र निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टर्ीीट निष्काशन गर्ने ज्त्तको सही र वैज्ञानिक निर्ण्र्ााप्रति गर्व गर्दै हाम्रो व्यूरो गलत प्रवृतिका विरद्ध दृढतापर्ुवक लड्ने प्रतिवद्धता व्यक्त गर्दछ । क्रान्तिको राफले उजागर हुन पुगेका प्रतिक्रान्तिकारी भगौडा प्रवृतिका विरुद्धको संर्घष्ाले प्रचण्डपथलाई अर्को उचाइमा उठाउन नकारात्मक रुपले सहयोगनै पुराउने छ । त्यसैले अब सामान्ति निरंकुशतन्त्रको अन्त्य र नया“ गणतान्त्रिक नेपालको जन्मलाई कसैले रोक्न सक्ने छैन ।

मिति ः २०६२ चैत्र ५ गते

-कञ्चन)
इर्न्चाज
पर्ूर्वी विशेष क्षेत्रिय व्यूरो
विशेष केन्द्रीय कमाण्ड
ने.क.पा.-माओवादी)

March 11, 2006

पे्स विज्ञप्ति

Filed under: Press statement:

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
केन्द्रिय समिति

पे्स विज्ञप्ति

हाम्रो गौरवशालि मोर्चा नेवाः राष्ट्रिय मूक्ति मोर्चा नेपालले गत भाद्र १ गते राष्ट्रियता, जनतन्त्र, जनजिबिका र जातिय सम्वन्धि ३९ शूत्रिय मागपत्र प्रस्तुत गरिएको कुरा र्सवविधितै छ । तर हाम्रा जायज मागहरुलाई पुरानो सत्ताले कुनै सुनुवाइ गरेन, त्यसपछि पुनः हाम्रो मोर्चाले माघ १५ गते सम्मको अल्टिमेटम सहित माग पत्र परिमार्जन गरेर पुरानो सत्तालाई प्रस्तुत गर्ने काम भएको पनि सबैलाई अवगतै छ । हालसम्म पनि हाम्रा मागहरु माथि कुनै सुनुवाई भएको छ्रैन । अझ निरंकूश सामन्ति बाहुनवादि सत्ताले जनता माथि निरंकुशता लाद्दै जाने, अन्याय र अत्यचार थोर्पदै जाने र जनताको शान्ति, स्वाधिनता र लोकतान्त्रिक गणतन्त्रको चाहनालाई कुठराघात गर्दै अमेरिकी साम्राज्यवादको आडमा अन्तहिन यूद्ध थोपर्ने धृष्ठता गर्दै आएको छ । त्यतिले नपुगि पेट्रोलियम पर्दार्थको मूल्य अचाक्ली बढाएर, लोडसेडिङ गरेर, ज्ञाने शाहिले गरीब जनताको रगत चुस्ने काम गरेको छ । हाम्रो नेवाः मोर्चा सबैखाले जनघाति र राष्ट्रघाति क्रियाकलापलाई तुरुन्त रोक्न निरंकुश राजतन्त्रलाई कडा चेतावनिका साथ हाम्रा मागहरुलाई पूरा गराउन उच्च दबाब दिन २०४६ सालको जनआन्दोलनलाई उत्कर्षा पुर्याउन र्सर्घषको आ“धिको सुरुवात भएको दिन चैत्र १६, सो दिनलाई संझना सहित यहि चैत १६ गते काठमाडौं उपत्यका बन्दको घोषणा गर्दछ ।
उक्तदिन यातायात, उद्योग, व्यवसाय, ब्यापार शिक्षण संस्था, कार्यालयहरु, बन्द गरेर उपत्यका बन्दलाई सफल पार्दै जनब्रि्रोहको तयारीमा सहभागि हुन नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल सबै राजनीतिक पार्टी, संघ, संस्थाहरुर्,कर्मचारी, व्यापारी, महिला, बुद्धिजिवि, मजदूर, किसान, बिद्यार्थी, शिक्षक, प्राध्यापक, पत्रकार लगाएत सम्पूण् जनसमुुदायमा हार्दिक अनुरोध गर्दछ ।

मितिः २०६२ फाल्गुन २७ गते

-पवन श्रेष्ठ)
अध्यक्ष
नेवाः, राष्ट्रिय मूक्ति मोर्चा, नेपाल

प्रेस विज्ञप्ती

Filed under: Press statement:

रेडियो अन्नपर्ूण्ा ९३.४ पोखरा

प्रेस विज्ञप्ती

विद्युत आपर्ूर्ति बन्द भएको बेला -लोक सेडिङ्ग) जेनेरेटरबाट प्रसारण भईरहेको समयमा हिजो राती -२०६२ फाल्गूण २३ गते) १०.०० बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान जोगेन्द्र गाहाको नेतृत्वमा आएको ३ जनाको प्रहरी समूहले माथिको आदेश भन्दै जेनेरेटर बन्द गर्राई जेनेरेटरबाट लाइन पास हुने कनेक्सन लाईन -विद्युत तार) समेत चुडायो । जसले गर्दा हिजो राती १०.०० बजे पछिका सम्पर्ूण्ा नियमित प्रसारण अबरुद्ध हुन गई रेडियो बन्द रह्यो ।
यस एफ.एम. का सुरक्षा गार्ड र प्राविधीक मात्र भएको बेला सो अवस्थामा केही अन्यौलता र सन्नाटा छाएको थियो । सुरक्षा गार्ड मुक्ति बाँस्तोलाका अनुसार, प्रहरीहरु १० बजे तिर आए र जेनेरेटरको स्वीच अफ गर्न अह्राए तर गार्डले प्रसारण प्रमुखसँग सोध्नु पर्ने कारण देखाएपछि प्रहरी आफैले बलजफ्ती स्वीच अफ गरी छतमाथि चढी कनेक्सन लाइन काटेका थिए । प्रहरीले सुरक्षा गार्डलाई त्यस अघि काट् भनेपछि काट् भनेर हप्कीदप्की समेत गरेका थिए । सुरक्षा गार्डले किन यसो गरेको भनी प्रतिवाद गर्दा माथिको आदेश छ त्यसैले आदेश अनुसार काटेको ठाडो जवाफ उनीहरुले दिएका थिए । सोही टोलीले फिस्टेल हस्पिटलको समेत लाइन काटेको थियो, जबकि सो हस्पिटलमा एयकत इउभचबतष्खभ ध्बचम मा बिरामीहरु राखिएको पटक पटक बताइएको थियो ।
पहिले पहिले पनि हामीले लोडसेडिङ्ग हुँदा जेनेरेटरबाट प्रसारण कार्यलाई निरन्तरता दिदै आएको र हिजो पनि राती ९ बजेदेखि ११ बजेसम्म लोडसेडिङ्ग परेको थियो ।
यस एफ.एम. मा भएको यस प्रकारको घटनालाई हामी असोभनिय र अप्रिय ठानी भर्त्सना गर्दछौं । यस घटनाको उचित छानबिन गरी दोषी उपर कारवाही गर्न पनि रेडियो अन्नपर्ूण्ा ९३.४ मेगाहर्ज माग गर्दछ ।
पश्चिमाञ्चल क्षेत्रको जनताको सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनको संवाहक स्वतन्त्र रेडियोको रुपमा कार्यरत यस एफ.एम. माथिको यो ज्यादति जुनसुकै बहाना र कारणमा गएकिो भनिए पनि यसलाई हामीले स्वतन्त्र रेडियो माथिको ठाडो आक्रमणको रुपमा लिएका छौं । साथै आइन्दा यस्ता हरकतहरु कुनै पनि स्वतन्त्र संचार माध्यम र र्सार्वजनिक चासोका संस्थाहरुमा नदोहोर्‍याउन पनि हामी सम्बन्धित संस्थालाई सचेत गराउन चाहन्छौं ।
जनताको अधिकारको पक्षमा सदैव सचेत यस एफ.एम. माथि अप्रत्यासित रुपमा यो निन्दनिय घटनाप्रति चासो देखाई ऐक्यबद्धता जनाउने सम्पर्ूण्ा संस्था, संचार माध्यम र शुभचिन्तक प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं । आगामी दिनमा पनि कुनै पनि संचार माध्यम माथि हुने यस प्रकारको आक्रमणका विरुद्ध एकजुट भई जनताको सूचना प्राप्तिको अधिकारमा एकबद्ध भई अगाडि बढ्न पनि हामी यस घडीमा आह्वान गर्दछौं ।

विश्व शंकर पालिखे
कार्यकारी अध्यक्ष
रेडियो अन्नपर्ूण्ा ९३.४
पोखरा ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter