:: लेख रचनाहरु

August 19, 2007

“सुरक्षित बैदेशिक रोजगारीका लागी कुटनीतिक नियोगको स्थापनाः आजको आवश्यकता “

अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं

वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित तुल्याउन राज्यबाट कुटनीतिक नियोगहरुको आवश्यताबारेमा छलफल गर्नको लागी मिति २०६४ श्रावण ३२ गते शुक्रवार युनिफेमको तथा संचारिका समूहद्वारा “सुरक्षित वैदेशिक रोजगारीका लागी कुटनितिक निकायको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि, परराष्ट्र मन्त्री श्री साहना प्रधानले मुलुकको अर्थतन्त्र धरासायी भएको बेला बिदेशी ब्रि्रेषणले प्रमुख भूमिका खेलेको तथा बर्तमान अवस्थामा यस क्षेत्रमा देखिएको समस्या निक्कै नै सम्बेदनशिल भएको कुरा ब्यक्त गर्नुभयो भने यस सम्बन्धमा आगामी दिनमा उचीत रणनिति तथा संयन्त्र बनाउन जोड दिने पनि उहाले कार्यक्रममा प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

हालै संसदबाट बैदेशिक रोजगार ऐन २०६४ पारित भएपछि महिला बरुद्धि रहेका बिभेदपर्ूण्ा कानूनहरु स्वतः खारेज भएता पनि उचीत संयन्त्र नअपनाउन्जेल लक्षित समुदायहरु लाभान्वित हुन नसक्ने र हाल भोग्दै आएका जोखिमहरु पनि कम नहुने हुनाले अव सुरक्षित संयन्त्र अपनाइ महिलाले आफनो इच्छा अनुसारको रोजगारीको छनौट तथा गतिशिलता अधिकारबारेमा उपभोग गर्न पाउनु पर्ने कुराको जोड उक्त कार्यक्रममा गरिएकेा थियो । बैदेशिक रोजगारीमा नेपाली महिलाहरुको समान सहभागिता अभिवृद्धिका लागि विद्यमान आर्थिक, सामाजिक तथा राजनीतिक चुनौतिहरु तथा समाधानका उपायहरुबारेमा विभिन्न प्रबुद्ध वर्ग लगायत यस क्षेत्रसँग सम्बन्धित सम्पर्ूण्ा सरोकारवालाहरु बीच गहन छलफल/अन्तरक्रिया गरी ठोस निष्कर्षा पुग्ने र प्राप्त सुझावहरु नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा संचारिका समूहका अध्यक्ष बविता वस्नेतले अध्यक्षता गर्नुहुँदै स्वागत मन्तब्य दिनुभयो भने वैदेशिक रोजगारीमा महिलाहरुको पनि समान अधिकारका लागि आवाज उठाउदै आउनु भएका श्री शरु जोशीले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्दै कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगारबाट फर्ेर्केर आएका महिलाहरुको एक मात्र संस्था पौरखीका अध्यक्ष श्री मञ्जु गूरुङ्गले आफ्नो बिषयपत्रमा बैदेशिक रोजगार महिलाका लागी चुनौति र अवसर भएको जानकारी तथा यस क्षेत्रमा महिलाका अवस्था र मुद्दाबारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमका अन्य अतिथ्ािमा बरिष्ठ समाजशास्त्री श्री गणेश गुरुङ्ग, अधिबक्ता श्री सोम लुइटेल, डा. मिना आचार्य , डा. मोहन मान सैजु , नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष श्री एल. पी साँवा लिम्बू तथा तथा अन्य बक्ताहरुले बैदेशिक रोजगारीको महत्व, प्रभावकारीता, उचीत ब्यबस्थापन, पर््रबर्द्धन, विशेषताहरु तथा हालै पारित वैदेशिक रोजगार ऐन, २०६४ का सम्बन्धमा तथ्यपरक विश्लेषणका साथै कमी कमजोरीहरु समेत औंल्याउनु भएको थियो ।

कार्यक्रममा नयाँ ऐन २०६४ लाई पर््रबर्द्धन तथा कार्यान्वयनमा प्रभावकारीता ल्याउनु पर्ने कुरा, विभिन्न देशमा कुटनीतिक नियोग/श्रम सहचरी वा अधिकृतहरुको ब्यबस्था गरिनुपर्ने र बैदेशिक रोजगारीमा हुने ठगी/शोषणलाई निर्मूल पार्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने कुरा कार्यक्रमममा बिभिन्न बक्ताले औंल्याउनु भयो । बिगतमा कानूनीरुपमा महिलाहरुलाई बैदेशिक रोजगारीमा बन्देज लगाएका खाडी मुलुकहरुमा कानुनी बन्देजका बाबजुद पनि लुकिछिपी जाने क्रम नरेाकिएको तथा यसरी वैदेशिक रोजगारमा गएर विभिन्न खाले हिंसाका शिकार भएका महिलाहरुलाई आवश्यक उद्दार गर्न समस्या देखिएको कुरा समेत उहाँहरुले व्यक्त गर्नुभयो । राज्य पक्षले यी समस्याहरुमा गम्भिर भई आवश्यक नीति तर्जुमा गर्नुपर्ने, विभिन्न सीपमुलक तालिमको व्यवस्था संचालन गरिनु पर्ने तथा सरल र सहज ढंगबाट सुरक्षितरुपमा बैदेशिक रोजगारको अवसर पाउनुपर्ने ब्यबस्था नितान्त आवश्यक रहेको कुरा स्पष्ट पारियो ।

देशमा राजनीतिक तथा आर्थिक संकटको बेला पनि गरिवी निवारणमा प्रमुख भूमिका निर्वाह गरिआएको बैदेशिक रोजगार क्षेत्रमा महिलाको पनि त्यतिकै सहभागिता रहिआएको छ । मुलुकमा भित्रिने कूल ब्रि्रेषण रकममा महिलाहरुको योगदान ११ प्रतिशत रहेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले वैदेशिक रोजगारीमा लाग्न चाहने महिलाहरुले प्राबिधिक, ब्यबहारिक सीप बिकास गर्दै अर्न्तराष्ट्रिय श्रम बजारमा आफनो दक्षतालाई प्रयोग गरी रोजगारको हक अधिकारको सुनिश्चितता गर्न पेशागत मर्यादालाई सबै क्षेत्र उचित सम्मान गर्न लगाउने परिपाटीको विकास गरिनु पर्ने अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए । यस्तै गरेर, सञ्चार जस्तो सश्ाक्त माध्यमबाट वैदेशिक रोजगारीमा लागेका महिलाहरुको सकारात्मक कथाहरुको बारेमा सबैलाई सुसूचित पार्नुपर्ने आवश्यकता औंल्याइयो । यसरी धारणा व्यक्त गर्ने अन्य सहभागी वक्ताहरुमा ने.बै.रो संघका पर्ूव अध्यक्षहरु श्री भरत थापा, दान बहादुर तामाङ्ग, बरिष्ठ अर्थबिद डा. चिरञ्जिीवी वाग्ले तथा अर्थ, श्रम मन्त्रालयका प्रतिनिधिहरु , राष्ट्रिय योजना आयोगका सदस्य लगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, श्रम बिभागका प्रतिनिधि, कुटनितिक क्षेत्रमा कार्यरत ब्यक्तित्वहरु, बैदेशिक रोजगार ब्यबसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु, यस क्षेत्रसंग संलग्न बुद्धीजीवीहरुका अलावा विभिन्न संचारकर्मी तथा सम्बन्धित संस्थाका पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

July 28, 2007

आफ्नो दायित्व, कर्तब्य र लक्ष्य कहिल्यै भुल्नुहुदैन ।

कृष्ण प्रसाद शर्मा सुबैदी
विश्वभरी वीर नेपालीको नामले परिचीत नेपालीहरुको अवस्था आज ठिक त्यसको विपरीत कमजोर र हिन नेपालीको रूपमा चिनिनु पर्ने अवस्था सृजना भएको छ । चाहै त्यो विश्वको विकसित राष्ट्र होस चाहे त्यो साउदी अरेवियाको खाडी होस, चाहे बहर्राईन, कतार, औमन, दर्ुबई, कुवैत, मलेसिया किन नहोस - आज रोजगारीको सिलसिलामा विदेशमा नेपालीको उद्ययमसिल शक्ति -पुरुस, महिला) ले निकै दर्दानाक जीवन विताउनु परेको छ । नेपालमा प्राप्त मात्रमा कलकारखाना, खानी, उद्योग ब्यबसाय नहुनु र कृषी प्रधान देश भएर पनि ८५ प्रतिशत कृषकहरु मध्ये धेरै संख्यामा रहेको कृषकहरु संग आफ्नो जमीन जग्गा नहुनु र उत्पादनको लागी उन्नत किसीमका प्राविधी सुविधा नहुनु . वावजुद नै आज तमाम कृषकका छोरा छोरीहरु एक छाक र्टार्न र एकसरो लत्ताकपडा फर्ेनको लागी भनेता पनि विश्वको धेरै जसो मुलुकमा एक श्रमजीवि श्रीमिकको कार्य गर्न बाद्य भएका छन ।
आजको बदलींदो विलासीक्ताको कारण समाजमा आफुले पनि केहि आर्थिक आय आर्जन गरेर सुख संग दिन विताउने मनोकांक्षा बोकेर नेपाल -स्वदेश)बाट दिन प्रति दिन बेरोजगारी युवा युवतीहरु आफ्नो भएको पैत्रीक सम्पती बेचेर वा घर घडेरी, गर गहनालाई धितोमा राखेर वा सामन्तहरुको चर्को ब्याजमा रिण लिएर बैरोजगारको समस्या सामाधान गर्न नेपालका मेन पावर अफिसबाट विदेश आउने क्रम घट्दो होइन बढ्ो रहेको छ । अर्को तिर विदेशमा आएर कम्पनी तथा मालीकहरुले तलब नदिने जुन मेन पावरमा भएको करारनामा हो त्यस बमोजीमको काम र तलब नदिनु विभिन्न दुःख र कष्ट खाई रहनु परेको कुरा हामी सबैलाइ अबगत भएको कुरा हो । यसरी नेपालीहरु देश तथा विदेशमा सामन्त तथा पुजीपतिको भरमा परेर बाँच्न कस्ले र कसरी बनायो त्यो विषयमा राम्ररी बुEmन पर्ने आजको आवश्यकता छ ।
विश्वको सामु प्रकृतिक श्वरुपले सिंगारीएको सुन्दर प्राकृतिकको खानी भएको राष्ट्र नेपाललाई आज पनि सुन्दर शान्त विशााल बनाएर विश्वको सामु उठाउन त्यस भित्रका च्ाार वर्ण्र्ाात्तिस जातका सबै जात धर्म लिड. र वर्ण्र्ााले स्वदेशबाट विदेश गएता पनि आ- आफ्नै स्थानबाट राष्ट्रलाई सेवा पुराउने काममा भने पछि परेका छैनन् । ०० २००३ मा गैर आवसीय नेपाली संघको स्थापना गर्न सफल संस्थापक पदाधीकारीहरु लगाएत अन्य शुभ चिन्तकहरुलाई सम्पर्ुण्ा एन आर एन हरुले धन्यबाद नदिई रहन सक्दैन । विश्व ०० आप्राबासी नेपालीहरु विचमा एउटा अभियानको रूपमा प्रश्तुत हुदै आज विश्वको विभिन्न भागमा छरिएर रहेको प्रवासी नेपालीहरु विच आपसी सम्बन्ध तथा बौद्घकि सम्पतीलाई मात्रृभूमी नेपालको विकासमा सुनचित रूपमा लगानी गर्ने, नेपालको मौलिक, कला, संस्कृति प्राकृतिक सौंर्न्दर्यता आदीको प्रचार प्रसार गर्दै विश्वमा नेपालीको पहिचान उच्च राख्ने महान संकल्पकासाथ गैर आवसीय नेपालीको प्रथम २००३ र दितिय २००५ अक्टुबरमा विश्व सम्मेलन भए पश्चात नै आज खाडी मुलुकमा पनि एन सी सी लाई उठौं, बढौं, र जागौं भन्ने नारा बोकी २००७ जुन २३ गते मध्य पर्ूबको उपाध्यक्ष श्री सागर नेपाल ज्यूको पत्र मेरो हातमा पर्‍यो । त्यस पछि आफुले आपनो कर्तब्य बोध गर्दै गैर आबसीय नेपाली संघको मूल उदेश्यको साथै हाम्रो आपनै स्थानीय समस्या र यस देशको भौगोलीक अवस्थालाई बुझेर एन आर एन-एन सी सी साउदी अरबमा पनि खाँचो भएको महसुस भएकोले आज एन आर एन एक आफैमा जागरण भएर आएको देख्दा मैले राम्रो कामको बोद्य भएको महसुस गरेको छु । एन आर एन भित्र उत्साहीत भावना जगाउनु र सबैमा हातेमालो गर्नेर् इच्छा, चाहाना र आवश्यक्ता आफ्नै जिम्मेवारी सम्झेर लगनसील हुनुनै एन आर एन ए साउदी अरेवियाको अभियानको सुरुवात भएको महसुस मैले गरेको छु ।
हरेक ब्यक्तिको विचार र उदेश्य आ आफ्नै हुन्छन तर एउटै संगठन भित्र हातेमालो गर्दै जांदा एक अर्काको विचार र लक्ष्य मेल नखान पनि सक्छन । त्यस अबस्थामा सबै एन आर एनले आफ्नो कर्तब्य र दाईत्व सम्झेर एक आपसमा सम्यम भएर स्ाानो तिनो विवादस्पद कुराहरुलाई मेट्दै अगाडी बढ्ने मनोआकांक्षा नेतृत्व गर्ने सबै ब्यक्तिहरुमा जांगरण आवोस भन्ने शुभ-कामना दिन चाहान्छु । यदि तिलको दानालाई पहाड बनाउदै विवादस्पद ब्यक्तिहरुको आचरण र निजको खोक्रो आश्वशन दिने प्रबृतिको विचारलाई परिवर्तन गर्न सकिएन भने संगठन भित्र ठूलो सोनामी आउन सक्छ । त्यसका लागी म आज यसै सन्देश मार्फ साउदी अरबमा भएका मात्र होईन विश्वमा छरिएर बस्नु भएका सम्पुण एन आर एन ले आफ्नो कतब्य र दाईत्व नभुलीकन नेतृत्व गर्ने ब्यक्तिलाई उत्साहित गराउदै लैजानु र राम्रो कामको प्रशंशा गर्दै मनोबल बढाउनु हामी सबैको कर्तब्य हो भन्ने विचार राखी दिनुहोला भन्ने आशा राख्न चाहान्छु ।
समय सांची छ परिवर्तन आजको आवश्यक्ता हो । र्सबप्रथम नेतृत्व गर्ने ब्यक्तिले आफूलाई नकारात्मक सोचाई बानी र भावनालाई परिवर्तन गरेर सकारात्मक सोचाई बानी र भावनामा आफ्नो नेतृत्वमा स्थान दिनु नै आजको हाम्रो आवश्यक्ता रहेको छ । जती आफुले जानेको, बुझेको राम्रो काम छन आफु भित्र गुम्सायर राख्नु भन्दा सबैमा बाँडेर अगाडी बढ्नु नै असल नेत्रृत्वको अनुशासीत आचरण हो भनेर बुEmनु पर्दछ । जती जानेका छौं जती गर्न सक्छौं गरौं यदि सबै संग हातेमालो गर्न मन लाग्दैन भने अर्काले गरेको काममा दखल अन्दाज नगरौं भन्ने भावनाको विकास गाराउनु नै माहान ब्यक्तीको सँज्ञा पाउनु हो । सबैले गरेको प्रशंशालेनै आत्मा सन्तुष्टि मिल्नु समाजसेवीको पुरस्कार हो जस्तो मलाई लागेर आएको छ ।
कोठा भित्र बसेर कलम चलाएर सडकमा हिडेको ब्यक्तिको चित्र कोर्न मात्र चित्रकार हुदैन कसैको भावना संग यदि मेल नखाएका चित्रकला प्रश्तुत हुन्छ भने वास्ताविक कलाको पहिचान हुदैन । जती लेख्न सकिन्छ त्यत्ति भन्न कठिन हुन्छ । जति भन्न सकिन्छ त्यति काम गरेर देखाउन जोखीम हुन्छ । त्यसकारण दृढ विचारवान ब्यक्तिले नै संगठनको सम्पर्ुण्ा कार्य शैलिमा सफलता ल्याउन सक्छ भन्ने कुरा सन्देह गर्नु हुदैन आफुले आफैलाई सानो नसम्झी आफु कृयासिल बनी स्पष्ट कार्यक्रम अगाडी बढाउदै जानु यहि त यउटा प्रयास हो जसले आफ्नो नेतृत्वबाट सफलता पाएको हुन्छ । त्यहि सफलताको प्रयासले नै आत्मा सन्तुष्टी हुनु हो । त्यहि आत्मा सन्तष्टि पाउनका लागी नै हामीले आफ्नो दाईत्व र कर्तब्य नर्विसीकन लक्ष्य प्राप्तीका निमत्ति एक आपसमा हातेमालो गरी उठौं, बढौं र जागौं भन्ने नारा बोकी एन आर एन साउदी अरेविया नौलो अभियानको पाटो बन्न सफल रहोस भन्ने शुभ कामना दिदैं मेरा आफ्ना भावनाहरु सबैका भावनाहरु संग मिलाउन रात दिन म आफैमा परिवर्तन ल्याउने अथष्ट प्रयास गरीरहनेछु । एन आर एन ए साउदी अरेवियाको पहिलो बैठक, सभा र सम्मेलनमा जहिले पनि गुणात्मक उदेश्यको बोध गराउने खालको प्रस्ताव ल्याउने सबैले विचार बनाउनुहोस । तर कसैले पनि ब्यक्ति स्वार्थको राजनैतिक स्वार्थमा ढाल्ने शक्ती प्रकट गर्न नदिनुहोस जसमा जानेर बुझेका कुराहरुलाई ब्यबहारमा ढालेर परिवार समाज र राष्ट्रलाई हित हुने कुरा र काम गर्नु भएमा एउटार् इतिहास बन्न पुग्दछ । यहिर् इतिहासको पानाबाट भोलीका पिंढीहरुलाई शुख, शान्ति र शक्तिको साथै आत्म निर्भर बनाउन सकिन्छ भनेर एन आर एन आफैमा एउटा अभियान बनाउनुहोस । अन्तमा म कहिल्यै भुल्न सक्दिन मेरो बाटोको कांढा पन्र्छाई दिने ब्यक्तिहरुलाई । म कहिल्यै टाढा बस्न सक्दिन मेरो भावनामा जागरण ल्याई दिने ब्यक्तिसंग । साउदी अरेविया एन आर एन, एन सी सी ए को उक्तरोत्तर प्रगती तथा लक्ष्य प्राप्तीको लागी शुभ- कामना साथै आफुले कसै संग काम, कर्तब्य, अधिकार खोज्नु भन्दा अगाडी आफु हिड्ने बाटोलाई सधैं सफा र सुद्व विचारको बुँनियादले सजाउदैं संस्थाको विकास गराउने भावना जागीरहोस भन्दै विदा हुन चाहान्छु र अन्तमा पुन एक पटक सम्पर्ुण्ा नव निर्वाचित सदस्य तथा सल्लाहकारहरुलाई उक्तरोत्तर प्रगतिको लागी मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।

पुनश्च ः लेखक एक समाजसेवी को साथै एन आर एन, एन सी सी ए
साउदी अरेवियाको संस्थापक संयोजक हुनुहन्छ ।
सर्म्पर्कको लागी ००९६६ ५०१३६८१४र्५र्
इमेल

January 8, 2007

बैदेशिक रोजगारीमा लाग्ने महिलाहरुप्रति राज्यको पर्ूवाग्रही दृष्टिकोणमा परिवर्तन हुनुपर्ने

पि एन एन सम्बाददाता, अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं


A photo by Anjana Baidya Shrestha

राज्यको आर्थिक एवं सामाजिक रुपान्तरणका लागि वैदेशिक रोजगारीमा लागेका महिलाहरुले पनि पुरुषहरुसरह समान योगदान दिन सक्षम भएकोले राज्यले यस क्षेत्रमा लागेका महिलाहरुप्रतिको पर्ूवाग्रही दृष्टिकोण तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याई नीतिगत पक्षहरुमा समेत सुधार गरिनु पर्ने निष्कर्षसहित पौरखी नेपालको तेस्रो वाषिर्कोत्सव यही मिति २०६३ पुस २३ गते काठमाडौंमा सम्पन्न भएको छ । (more…)

September 13, 2006

An Investigative Study of …………


Viewing the program.
An Investigative Study of
the Training Institutions conducting
Training Programs for the Migrant Women Workers in Kathmandu, Nepal (more…)

May 6, 2006

खवरदार अव सम्झौता राजा संग होइन -

शिव शर्मा चञ्चल
फेरी पहिला कै नियति निम्त्याउने तर्फराजनितिक दलहरुले संकेत दिईरहेका छन् । १२ वर्षसम्म गरेका गल्तीहरुलाई पुन व्यु“ताउने तर्फलर्डाई शुरु भएको आभाष मिलेको छ । जनआन्दोलनमा १९ दिन सम्म होमिएका जनता माथि को अपमान भएको त होइन भन्ने तर्फधेरैले अड्कल काट्न थालेका छन् । के र्सवसाधारण जनता दलहरुलाई सत्तामा पुर्‍याउनका लागि आन्दोलनमा होमिएका थिए - उनिहरु त वर्वर तानाशाही सत्ताको थिचोमिचो वाट अवाक् भए पछि आन्दोलनमा होमिएका थिए । आफना कटौती भएका मौलिक हक अधिकार वहालीका लागि ज्यानको पर्वाह नगरी आन्दोलनको मैदानमा होमिएका थिए । जनआन्दोलनकै क्रममा २० जना शहिद भइसकेका छन् । कति अपांग भएका छन् र वेपत्ता भएका छन् तिनीहरुकेा लेखाजोखा भएको छैनन । ति वीर शहिद र घाइतेहरुकेा वलिदानलाई दलहरुले कदापी भुल्नु हुदैन । (more…)

March 11, 2006

अझै रोकिएको छैन आरोही परिवारको आ“सु

-२० अक्टोबर २००५का दिन क“गारु हिमालमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारको पीडा)
- रामबहादुर रावल
तीसमाया गुरुङका आ“खा त्यस दिनभरि रसाइरहे । उनले न आ“सु रोक्न सकिरहेकी थिइन्, न लुकाउन नै । त्यसो त उनका प्रायः दिन धरधरी रोएरै बित्ने गर्छन् । तैपनि त्यस दिन बढी नै रोइन् उनी ।
नरोऊन् पनि कसरी, छ“दाखा“दाको उमेरमा चल्दोफुर्दो लोग्ने साथबाट छुटे । २५ वषर्ीय चन्द्रमान गुरुङ पर्वतारोहणजस्तो साहसिक र जोखिमको पेसा अ“गाल्दै नेपाली हुनुको परिचय दिइरहेका थिए । उनकै कमाइका भरमा पा“च जनाको पेटमा अनाज र जिऊमा कपास परिरहेको थियो । अचानक गत कात्तिक ३ गते अर्थात् अक्टोबर २० तारिखका दिन मनाङको कंगारु हिमालमा गएको हिमपहिरोस“गै तीसमायाको घरको सहारा डुब्यो, चन्द्रमान त्यही पहिरोमा पुरिए । त्यसै दिनदेखिका नओभाएका आ“खा लिएर उनी गएको मंगलबार लाजिम्पाटस्थित होटल मनास्लुको बगैंचामा आएकी थिइन् । त्यस दिन उनी बेस्कन रोएकी थिइन्, आ“खै राता पारेर ।
(more…)

भन ! कहां छन् गोरेबहादुर -

कपिलदेव खनाल
चार वर्षेखि लोग्ने फर्केर आउने आशामा बाटो हेरिरहेकी नुवाकोट थानसिंङकी लक्ष्मीदेवी श्रेष्ठका आँंखा अझै थाकेका छैनन् । नाम चलेका थुप्रै ज्योतीषलाई ‘चिना’ हेराउँदा लोग्ने जीवित नै रहेको बताएपछि सपनीमा पनि लक्ष्मीदेवीले लोग्ने फर्किएको देख्छिन् ।
(more…)

बिदेश स्थित नेपाली संघ संस्थाहरुको आजको दायित्व


-दामोदर प्रसाद आचार्य, बेल्जियम
आजको नेपालको परिवर्तित संर्न्दर्भमा बिश्वभरि रहेका नेपाली संघ संस्थाहरुको महत्वपुर्ण दायित्व देशमा बिकशित भैरहेको सामन्ति निरंकुश राज्यसत्ता बिरुद्ध लोकतन्त्र र शान्तिको पक्षमा बिश्व जनमत सृजना गर्नु नै प्रमुख हो । बिदेश स्थित नेपाली संघ संस्थाहरु बिशेष गरि बिकशित मुलुकहरु युरोपियन मुलुक र अमेरिका जस्ता देशहरुमा भएका संस्थाहरुको भुमिकाले बढी महत्व राख्ने कुरालाई स्पष्ट बुझन सकिन्छ । किनकि बिकशित मुलुकहरुको सहयोगबाट नै नेपालको अधिकाँश बिकाश कार्यक्रमहरु सञ्चालन हुने भएकोले त्यस देशका राजनितिज्ञहरु र सरकारसंग बिशेष सरोकार भएका ब्यक्तिहरुसंग सर्म्पर्क र समन्वय बर्ढाई नेपाली जनताको लोकतन्त्र र शान्तिको पक्षमा सहयोग र र्समर्थन जुटाउनु पर्ने महत्वर्पुण जिम्मेवारी अत्यावस्यक हुन आएको छ । बिश्वका बिकशित मुलुकहरुमा बसोबास गर्ने नेपालीहरु बास्तबमा नै चेतनशिल हुनुहुन्छ । किनकि बिकशित मुलुकमा बसेको कारण त्यस देशको रहनसहनका साथै बिभिन्न गतिबिधि र प्रजातान्त्रिक मुल्य र मान्यता समेतका बिषयमा परिचित हुने हुनाले हामी बिकशित मुलुकहरुमा बसेका सबै नेपालीहरुले प्रजातान्त्रिक हक र अधिकारहरु उपभोग गरिरहेका छौं । तर हाम्रो देशमा महत्वर्पुण नेपाली जनताहरुले -मुठ्ठीभर बाहेक ) प्रजातान्त्रिक हक, अधिकारहरु उपभोग गर्न पाईरहेका छैनन र चरम यातनाका शिकार भईरहेका छन । त्यसैले बिगत एक दशक देखि ने.क.पा. -माओबादी ) ले सामन्ति निरंकुश राज्यसत्ताको पिल्साइबाट उत्पन्न बर्गिय, क्षेत्रिय, जातिय र लैङ्गीक सबैखाले असमानताको बिरुद्ध जनताको र्पुण प्रजातन्त्र प्राप्तिको उद्देश्य लिएर ब्रि्रोह गरिरहेको छ र हजारौं बिर सपुत नेपालीहरुले मुक्तिको लागि प्राणको आहुति दिईसकेका छन । आज नेपालमा जुन किसिमको जनतामाथि राजाबाट थप निरंकुशता थोपरिईएको छ त्यो बिश्वको लागि नै आर्श्थर्यजनक ठहरिएको छ । आज देश भित्र लोकतन्त्र र शान्तिको लागि चलिरहेको शान्तिर्पुण जनआन्दोलनमा राज्यबाट गरिएका चरणबद्ध अमानबिय ज्यादतीहरुले सिमा नाघीसकेको प्रमाणित भईसकेको छ । जुन कुरा प्रमुख सात राजनैतिक दलहरु, कानुन ब्यवसायीहरु, मानबअधिकारकर्मिहरु, पत्रकारहरु, प्राध्यापकहरु, इन्जिनियरहरु, मजदुरहरुका साथै देशका अपांग र दृष्टिबिहिनहरु समेतले गरेका न्यापर्पुण जनआन्दोलन माथि निरंकुश राज्यसत्ताले गरेका बर्बर दमनहरु र अमानबिय चरित्रबाट आज यो बिश्बकै सर्बोच्च निरंकुशताको स्थान ओगट्न सफल भएको छ । त्यसैले हामी बिबेकसिल स्वाभिमानी नेपालीहरुले बिकशित देशको राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सबै क्षेत्रबाट हांसिल गरेका अनुभबहरुबाट शिक्षा लिंदै नेपाली जनताको लोकतन्त्र र शान्तिको पक्षमा बिशेष काम गर्नुपर्ने आजको महत्वर्पुण आवस्यकता हो । माघ १९ को राजाको सक्रिय शासनपछि थप निरंकुशता लादेको महशुस गरि बिश्व समुदायनै राजाको बिरोधमा निकै अगाडी बढिसकेको छ । त्यसै अनुरुप माघ १९ लाई “कालो दिवस” को रुपमा नेपाल लगायत बिश्वका बिभिन्न मुलुकहरुमा मनाईयो । सोही क्रममा युरोपीयन युनियन अर्न्तगतको संस्था युरोस्टेपको पहलमा नेपाली जनप्रगतिशिल मंच, बेल्जियम, साउथ एशियन एलाईन्स फर पोभर्टिर् इराडिकेशन र सोलीडारिटी नेपाल यु.के. को सक्रियतामा युरोपियन काउन्सिल अगाडी भएको बिशाल पर्रदर्शन प्रमुख उदाहरण हो । आज नेपाल पर्ब मेचि देखि पश्चिम महाकाली सम्म नै न्याय र मुक्तिको लागि जरर्मुर्राईरहेको अवस्था हो त्यसैले हामी सबैले देशको अवस्थालाई बुझेर आ-आफ्नो क्षेत्रबाट लोकतन्त्र र शान्तिको पक्षमा काम गर्नु पर्ने अपरिहार्यतालाई भुल्नु हुदैन । आज हामी आफुले आफैसंग प्रश्न गरौं देशमा सम्पुर्ण जनताहरु मुक्तीको लागि जागीरहेका छन देश छटपर्टाईरहेको छ तर हामी सचेत बर्ग चाँहि सामान्य नाचगान र रमाइला कार्यक्रमहरु गदै समय बिताउँछौं भने के यो उचित हुनेछ - सामान्य नाचगान र भोजभतेर जस्ता कार्यक्रमहरुमा मात्र सिमित रहेमा इतिहासले हामीलाई माफी दिने छैन साथै संस्थाको औचित्य समेत नरहने स्पष्ट छ । यो बिशेष अवस्थामा हामी सबैले आफ्नो जिम्मेवारीबोध गर्दै देशमा चलिरहेको न्यायपुर्ण जनआन्दोलनको उद्देश्य प्राप्तिको लागि उपयुक्त कदम चाल्न ढिला गर्नु हुँदैन । प्रतिक्रियाको लागि सर्म्पर्कः damodar41@hotmail.com लेखक नेपाली जन प्रगतिशिल मंच, बेल्जियमका केन्द्रिय सचिब हुनुहुन्छ ।

February 19, 2006

समय संचेतना, आप्रवासी लेखन र सुवेदीको अंकुर उपन्यास

एच्बी भन्डारी ‘प्रभात’
योर्क, पेन्सिल्भेनिया

दोश्रो विश्वयुद्धको समाप्तिसगैं उत्तरआधुनिक युगको लेखनको प्रादर्ुभाव भएपछि लेखकका कलमहरु संसारका व्यवस्थाहरुमा रमाउन सिक्न लागे । टी.एस्. इलियट द वेष्टल्यान्डमा रोए जस्तो रुन छोडे । युद्धले क्षतविक्षत संसार एकातिर थियो भने अर्कोतिर मान्छेको रगतको खोलो बग्यो, त्यहाँ धर्म संस्कृति, मानवीयता संपर्ूण्ा एकैचोटी खरानी भयो । विस्तारै संसारले युद्धबाट पाठ सिक्न लायो । विचारको द्वन्द्व समाज परिवर्तन गर्ने नव दृष्टिका चेतना बीचमा द्वन्द्व, मानवीय मूल्य र मान्यताको स्थापनाको लागि अनेकन विचारहरुको मन्थनले आज सिङ्गो प्रजातान्त्रिक चरित्रको संसारको अभ्युदय शुरु भयो । तर्सथ यौटा युगिन पाठले सदैव समाज र संसारको अग्रगमनलाई निर्देश गरेको हुन्छ । एउटा पाठ समय र स्थानबाट मुक्त हुन कठिन पर्छ, वरु समय संचेतनालाई पक्रेर संपर्ूण्ा समाजलाई विचार उत्तेजक रुपमा प्रस्तुत गर्दै गतिशील कल्पनाको तरङ्गले चेतनाका विजारोपण गर्दछ । यस सर्न्दर्भमा २०४३ सालमा न्याउली उपन्यासको प्रकाशनसंगै आफ्नो औपन्यासिक यात्रा शुरु गरेर अहिलेसंम सात उपन्यासका र्सजक आप्रवासी लेखकका अग्रिणी उपन्यासकार सुवेदीको पछिल्लो उपन्यास ‘अंकुर’ भित्र प्रयुक्त समय संचेतना र आप्रवासी लेखनका केही पक्षलाई प्रस्तुत लेखमा समेट्न खोजिएको छ ।
नेपाली उपन्यासले परंपरागत रुपमा अंगाल्ने गरेका आधारशीलालाई भत्काउदै ‘अंकुर’ उपन्यासको थालनी उपन्यासको अन्त्यबाट भएको छ । कथानकको शुरुवात परिवर्तनको संवाहकको रुपमा उभिएको पात्र कैलाशभित्रको जगडिएर बसेका क्रान्तिकारी चेत संगै उसभित्रका पीडा र रोदनका घाउहरुले यो इतिहासलाई सच्याउने हाँक दिन्छ । भूतको इतिहास पढेर देखिने भविष्यका कोरा सपनाले एक्काइसौं शताब्दीले परिकल्पना गरेको संसारको लक्ष्य हासिल न हुने स्पष्ट विचारको शंखघोष गर्दै कैलाशले इतिहासलाई नयाँ ढंगले विवेचना गरिनुपर्ने आवश्यकतालाई उजागर गर्दछ । नवाहको धन पंडितहरुलाई मात्र बाँड्नुभन्दा पुस्तकालयमा लगानी गर्दा आउने नाफा समाजको परिवर्तनको कारक बन्छ भन्ने विचारको अंकुर उमार्न कैलाश परंपराको खिलाफमा खरो उत्रन्छ । सबैभन्दा ठूलो परिवर्तनको लागि आफूलाई परिवर्तन गर्ने प्रणका साथ उसको पहिलो आक्रमणको निशाना आफ्नो अगिल्लो पुस्ता हुन्छ । अगिल्लो पुस्ताको नेतृत्व लिइरहेका आफ्ना बाबुहरुको गलत र क्षणिक सोचाइ नै नेपाल र नेपालीको बाधक भएको संकेत गर्दै कैलाश बोल्छः
(more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter