:: प्रवासी गतिविधी

August 5, 2008

आगोमा परेकी बच्चीलाई पि एन एन को सहयोग ।

सागर श्रेष्ठ
प्रकृतिले पनि मान्छेलाई विभिन्न माध्यायमबाट ठगि रहेको हुन्छ । कान्तिपुर टेलीभिजनको एक उत्कृष्ट कार्यक्रम कान्तिपुर आजबाट प्रसारण गरिएको सुस्मिता लामाको छोरीको आगोमा परेर विग्रीएको अनुहार देखेर कक्तिले त खानाखान पनि सकेन । एक अबोध शिशुको यस्तो दुर्दशा देखेर समाजसेवी परदेशी नेपालीहरु चुपलागेर बस्न सकेन एक दिन खाना वा पेप्सी नखाएर भए पनि उनको उपचारकोलागी केहि सहयोग गर्ने केहि नेपालीहरुले अग्रसरता देखाएको हुदा पि एन एन अशाहाय टुहुरा बाल बच्चा शिक्षा तथा स्वास्थ्य कोष मार्फत रु १००१ को कोष खडा गरिएको छ । एस कोषमा अन्य नेपालीहरुले पनि सकेको सहयोग गरिरहेको छ । एक मुष्ठ रकम हामी छिटैनै उक्त कान्तिपुर आज मार्फत सार्वजनिक गरिएको हिमालयन बैंकको खाता नं ००२०१९०८८६००१८ मा रकम पठाउने छौं । कोहि पनि नेपालीहरुले उक्त बच्चीलाई सहयोग गर्न चाहानुहुन्छ भने सिधै उक्त खातामा अथवा पिएनएन ले खडा गरेको कोषमा रकम जम्मा गर्न सकिने छ । सम्पुर्ण सहयोगीहरुको नाम र प्रदान गरेको चन्दा रकमको विवरण प्रवासी नेपाली डट कम मा प्रकासीत गरिने छ ।

July 21, 2008

NRNA NCC KSA Board meeting

गैर आवशिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियका केन्द्रिय बोर्डको छैटौं नियमित बैठक सम्पन्न । साउदी अरेवियाको राजधानी रियादको एक नेपाली होटलको सभाकक्षमा सम्पन्न उक्त बैठकले बाषिर्क उत्सब विविध कार्यक्रम सहित मनाउनुको साथै नेपालको पाँचै विकास क्षेत्रमा विशेष अध्यायन गरि एक-एक ओटा प्रोजेक्ट सञ्चालन गर्ने निर्ण्र्ाागरेको छ ।
Pls, do visit we are going to update details while we receive from NRNA NCC KSA board.

June 5, 2008

बैदेशिक रोजगारको विज्ञापनले साउदीका नेपालीहरुमा प्रत्येक्ष असर ।

-सागर श्रेष्ठ
साउदी अरेविया गल्फ देशहरु मध्ये सबै भन्दा थोरै तलब सुविधा दिने र सस्तोमै नेपालबाट आउन सकिने देश हो । यस देशमा नेपाली कामदारहरु मात्र ४ लाखको हाराहारीमा रहेको पाईन्छ । बैदेशिक रोजगारीको स्पष्ट नितिनियम नहुना र दलाल, म्यानपावरहरुको लापर्वाहिले गर्दा हजारौं युवाहरुले आफ्नो परिश्रम पाउन सकिरहेको छैन । (more…)

February 25, 2008

यूएईमा गीत तथा कविता संग्रह विमोचन साथै साहित्य गोष्ठि कार्यक्रम सम्पन्न

यू।ए।ई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यू।ए।ई च्याप्टरको आयोजनामा गत शुक्रवार २२ २००८ का दिन वर दुबईको एक होटलमा साहित्यिक गोष्ठिका साथै कविता तथा गित सँग्रह विमोचन कार्यक्रम सम्पन्न भयो ।

अनेसास यू ए ई च्याप्टरका सभापति बालचन्द्र पोख्रेलको सभापतित्व तथा साहित्यकार पत्रकार साथै ईलामेली समाजका अध्यक्ष लोकनाथ सुवेदीको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु साहित्यकार पत्रकार कलाकार साथ साथै अन्य प्रवासी नेपालीहरुको वृहत उपस्थिति रहेको थियो ।
(more…)

February 20, 2008

५८ औं प्रजातन्त्र दिवस भाषण भन्दा काम गर्ने प्रतिबद्यता

फेब्रुअरी, २० साउदी अरेविया
एउटा बेग्लै परिबेस भएको देश साउदी अरेवियामा नेपालमा जहानियाँ राणाशासनको अन्त्य भइ प्रजातन्त्र स्थापना भएको ५८ औं वर्ष पूरा भएको अवसरमा साउदी अरेविया स्थित नेपाली दूतावासको प्राँगणमा एक कार्यक्रम गरी ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । (more…)

January 28, 2008

मुलको सङ्लो पानी तथा मन मुटु एल्बमको लोकार्पण कार्यक्रम सम्पन्न ।

अञ्जना बैद्य (श्रेष्ठ), काठमाण्डौ
माघ १४, काठमाण्डौ
नेपालको राजधानी काठमाण्डौको मुटुमा रहेको एक होटल सीडब्लु रेष्टुरेण्टमा यहि १२ माघ २०६४ को दिन वरिष्ठ संगीतकार अम्बर गुरुङ्गको प्रमुख आतिथ्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय बोर्डका अध्यक्ष प्रा. मोहन सिटौला ज्यूको सभापतित्वमा सम्पन्न भएको छ । (more…)

January 27, 2008

प्रकिए संघ, राष्ट्रिय समिति साउदी अरवको दशौं वाषिर्क उत्सव सम्पन्न

प्रवासी किरात एकता संघ, साउदी अरेवियाले हिजो दशौं वाषिर्क उत्सव साथै किराती नव वर्ष ५०६८ विभिन्न कार्यक्रमका साथ सम्पन्न गर्यो । यो संघ १९९७ बाट स्थापना भएको भए पनि यसले वैधानिकता भने १९९८ मा पाएको थियो । १० बर्षको यो लामो कार्यकाल सम्पन्न गरेको सुखद घडीमा आयोना गरिएको सो कार्यक्रमको संचालन तथा प्रतिवेदन महासचिव जवेगु दिलीप लिम्बू तथा सहसचिव वेघा सोम लिम्बूबाट गरिएको थियो । (more…)

एनआरएन को विशेष जानकारी, समन्वयात्मक तथा सम्मान कार्यक्रम सम्पन्न ।

सागर श्रेष्ठ
जनवार २७/साउदी अरेविया
यहि जनवारी २५ तारिषको दिन साउदी अरेवियाको दमाम स्थित एक हलमा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले नेपाली दुताबास रियादका का. ब. राजदुत तथा काउन्सेलर श्री प्रकाश कुमार सुबेदी ज्यूको प्रमुख आतिथ्य तथा परिषदका अध्यक्ष श्री गोपाल घिमिरे ज्यूको सभापतित्वमा एनआरएनए विशेष जानकारी तथा विविध कार्यक्रम सम्पन्न भएको गरेको छ । (more…)

January 20, 2008

मानसीक तथा शारिरीक यातनाको साथमा १६ महिनाको तलब पाईएन ।

सागर श्रेष्ठ
हालसालै कुबेतमा नेपालको सिन्धुपाल्चोक स्थाई घर भएकी डोल्मा सर्ेपालाई कुबेती स्थानिय अदालतले दिएको मृत्यु डण्डले नेपाल लगाएत विश्वमा रहेका नेपालीहरुको ध्यान आर्कषण गर्राईरहेको छ । आ-आफ्नो क्षेत्रबाट साथै कुटनितिक प्रयास पनि भई रहेको छ उनलाई बचाउनलाई । उनले त गल्ती गरेरै सजायको भागी भएकी होली उनलाई मृत्यु डण्डबाट बचाउन हामी सबैको कर्तब्य हो यसको लागी हर प्रयास भई रहेको छ । यहाँ जीउदै मरेका धेरै नेपाली दिदीबहिनीहरुछन् । तर उनीहरुलाई बचाउने कस्ले ?नेपाली महिलाहरु विदेश आउनु रहर होईन बाध्यता हो । यो बाध्यता कस्ले बनायो ? किन बाध्य भईन बिदेशीन ? यस विषयमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।
केहि समय पहिला मात्र न. प्र. मञ्च २००३ दमामका अध्यक्ष श्री बिरेनद्र चौधरीको सहयोगमा एन नेपाली चेलीलाई नेपाल फर्काउन सफल भएको थियो पुन अहिले उक्त झेलखानामा ५ जना नेपाली दिदीबहिनीहरु रहेको थाहा हुन आएको छ । ति मध्ये १६ महिना पहिले माकर गाविस बर्दाघाट निवासी ममता रेग्मी -नाम परिवर्तन) गाउकै दलाल राम थापा र बर्म्बईको दलाल मदन खरेल मोबाईल नं ००९१-९८१९५९६७०२ मार्फ साउदी अरेविया आई पुगेकी रेग्मी १६ महिना सम्म तलब नदिई मानसीक तथा शारिरीक यातना दियो पछि भागेर पुलीसको शरणमा गएकी थिईन । पुलीसले अहिले उनलाई फिर्ती जेलखानामा राखि दिएको छ । के अब तंपाई नेपाल र्फकन चाहानु हुन्छ भनेर राखेको जिज्ञासामा उनी भन्छिन बाल बच्चाको भविश्यको लागी कमाउन भनेर आईयो १६ महिनाको तलब दिएकै छैन । त्यो आफ्नो मिहेनतको तलब दिलाई दिए आफु नेपाल र्फकने कुरा गर्नु हुन्छ । साथै सम्बन्धीत निकायलाई उक्त रकम दिलाई दिनहुन अनुरोध पनि गर्नु भएको छ । तंपाईले त्यो काम गर्ने ठाँउ किन छाड्नु भयो भनि राखेको अर्को जिज्ञासामा अति मनै दुख्ने गरि आँसुको घुट्को पिउदै भनि त्यो साउले मानसीत तथा शारिरिक यातना साथै तलब पनि दिएन त्यसैले भागेको उनि भन्छन । सायद त्याहाँ बाट भाग्नु पनि उनको बाध्यतानै थियो होला । उनि नेपाल जान चाहिन भने लाग्ने टिकट खर्च नवलपारासी प्रवासी मञ्च २००३ दमामले बेहोर्ने कुरा त्यस संस्थाका अध्यक्ष बिरेन्द्र कुमार चौधरीले बताउनु भएको छ ।
त्यसै गरि उक्त झेलखानामा सरमिता मगर दाङ्गको पनि आएको ३ दिनमै झेलखानमा परेकी छन । दलाल मार्फ बर्म्बईहुदै ८० हजार तिरेर दर्ुइ बुढा बुढीनै आएको थियो । तर बुढा कहाँ छन केही अत्तो पत्तो छैन उनलाईचैं त्यस झेलखानामा राखी दिएको थाहा भएको छ । इ यस्ता समस्याहरु उहाँ धेरै छन । सम्बन्धीत निकायले ध्यान दिए यस्ता समस्याहरु भविश्यमा आउने थिएनन क-

January 19, 2008

एन्आर्एन्एको विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रमको अन्तीम तयारी पुरा ।

सागर श्रेष्ठ
जनवारी १९/साउदी अरेविया
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले यहि मिति २००८ जनवारी २५ तारिषको दिन साउदी अरेवियामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, बुद्विजीबी, समाजसेवी, पत्रकार, ब्यापारी, लेखक, कलाकार, र्सवसाधारण आदिको उपस्थितीमा पहिलो पटक एन्आर्एन्ए सम्बन्धी सबैलाई जानकारी दिने उदेश्यले एन्आर्एन्ए विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रम भब्य रुपमा गर्दैछ ।
यस कार्यक्रमको विषयमा जानकारी लिन पुगेका पि एन एनका टिमलाई एन्आर्एन्ए साउदी अरेवियाका अध्यक्ष श्री गोपाल घिमीरे ज्यूले सम्पर्ुण्ा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनु भएको छ । वहाँले दिनु भएको जानकारी अनुसार उक्त दिन २५ जनवारी विहाना १० बजे भन्दा अगाडी दमाममा भेलाहुने । दमामबाट कार्यक्रम स्थल सम्म बसको ब्यबस्था, हलमा प्रिm इन्ट्री, लन्चको ब्यबस्था आदि भएको जानकारी दिनु भएको छ । कार्यक्रमलाई सफल बनाउनको लागी विभिन्न उपसमितिहरु समेत बनाएर काम बाँडेको जानकारी गराउनु भयो । यो यस्तो कार्यक्रम साउदी अरेवियाको लागी पहिलो भएकोले सबैले एन्आर्एन् सम्बन्धी पर्ुण्ा जानकारी लीने पहिलो अबसर भएको पनि जानकारी गराउनु भएको छ । एन्आर्एन्ए साउदी अरेवियाले अहिले सम्म गरेको काम साथै भाविकार्यक्रमहरुको पनि विचार विर्मशहुने प्रवाल सम्भावना रहेको छ ।
सबै संघ संस्था र विशिष्ट ब्यक्तिहरुलाई पत्रचार भैसकेकोमा कसैले कुनै कारण बस पत्र प्राप्त नगर्नु भएको भए यसै अनलाईन मिडिया प्रवासी नेपाली डट कम मार्फ सम्पर्ुण्ा संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, शुभ चिन्तकहरु सबैलाई उपस्थिती हुनको लागी अध्यक्ष गोपाल घिमीरे ज्यूले हार्दिक अनुरोध गर्नु भएको छ ।

यस कार्यक्रमको ब्यबस्थापन समाजसेवी तथा एन्आर्एन्ए साउदी अरेवियाका सल्लाहकार श्री राजु सैयदले गर्नु भएको छ ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter