०३७ सालमा धरानमा जन्मेका पप गायक प्रकाश पौडेल लाई गित र संगितमा थोरै मात्र चासो राख्ने जोकोही नेपाली हरुको लागी नौलो नाम होइन । चर्चित वन्नको लागी मात्र धेरै गित गाएर मात्र हुदैन गितमा नैलो पन र मिठास छ भने एकै गितले मात्र पनि चर्चामा रहिरहन सकिन्छ भन्ने उदाहरण वनेका छन् पपगायक प्रकाश पौडेल नाई मलाई त्यहि केटि चाहिन्छ भन्ने रुन्चे गित वाट एकाएक शिखरमा पुरायो । वि. वि. एस सम्मको अध्ययनलाई रोक्दै श्री मंच, भाइरस, र रेस थ्री, जस्ता एल्वम निकाली सकेका प्रकाश समयको वहाव सँगै आफ्नै निजी इच्छाले कतार प्रवेश गरेका हुन् र हाल कतारमा र्टाईसि्रज कम्पनीमा क्यासियरको काम गर्दछन् । भौगोलिक रुपमा टाढा भएपनी सांगितीक रुप वाट उनि टाढा रहन सकेनन् र कतारबाटै भए पनी एल्वम निकाल्ने तयारीमा लागेका छन् उनै रुन्चे गायक कतारमा प्रवासी नेपाली डट.कम् संवाददाता रवि भट्ट संगको कुराकानी मा यसो भन्न पुग्दछन् ।
प्र. प्रकाश पौडेल के हो -
उ. एउटा सामान्य मानिस ।
प्र. तपाँइको शव्दमा पप गीत के लाई भनिन्छ -
उ. पपुलर गितहरुलाई नै पप गीत भनिन्छ ।
प्र. गायन क्षेत्रमा कसरी प्रवेशगर्नु भायो -
उ. सानै देखि भिन्दै खालको गीत गाउने सोच थियो, पारिवारिक वातावरण मिल्यो र म यस क्षेत्रमा प्रवेश गरे ।
प्र. नाई मलाई त्यहि केटि चाहिन्छ कस्तो प्रकारको गीत हो -
उ. यौ एउटा रोहेर गाएको कारुणभाव गीत हो । जस्ले चाहिं आफूले मन पराएको -आफ्नो प्यार) लाई आमाको सामु जिद्धिगरि पाउनको लागि कारुणरसमा गाईएको गीत हो ।
प्र. तपाँइ एउटा पप गायक, नायक पनि वन्नु भाये तर पनि किन कतार प्रवेश गर्नु भयो -
उ. अरु मानिस जस्तै म पनि सामान्य मानिस हँु र रोजगारिको शिलशिलामा कतार आएको हुँ ।
प्र. रोजगारत तपाई वि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा सेवारत हुनुहुन्यो होइनर -
उ. हृो तर त्यहाँको आम्दानिले खर्च लाई धान्नै नसकेकाले छोडें ।
प्र. प्रकाश ओझा र तपाँइ वीच कस्तो सम्बन्ध थियो -
उ. केवल मित्रताको । उ मेरेा एउटा असल साथि हो ।
प्र. उसले घटाएको घटना वारे केहि बताई दिनु हुन्छ की -
उ. त्यो समयसँगै खुल्दै जाने कुराहो र व्यतिगत प्रसंगमा नजाउँ ।
प्र. प्रकाश ओझा जेल पर्नु र तपाई कतार हुतिनु एक साथ भयो नि -
उ. त्यस्तो होइन उ उसको कारण ले जेल गयो म मेरेा व्यक्तिगत कारणले कतार आए ।
प्र. यहाँवाट कस्तो प्रकारको एलवम निकाल्दै हुनुहन्छ -
उ. यहाँनेपालीहरुले भोगेका दुःख र सुखका गीतहरुको संगालोमा आधिारित एल्वम तयार गर्दै छु ।
प्र. दल वहादुर भन्ने कस्तो प्रकारको गीत हो -
उ. यो यहि कतारमा तयार परेको गीत हो । दलाल हरुले ठगी गरेर नेपालीहरुलाई कसरी दुःख दिएका छन् भन्ने कुरा औंलायउँदै दलालहरुलाई नै दल वहादुर भन्न खोजेको हो ।
प्र. नेपाली टेलिभिजनमा पनि कर्यक्रम दिदैं हुनुहुन्छ रे कतारवाट कस्तो प्रकारको कार्यक्रम हो त्यो -
उ. कतारकै जन जिवनलाई प्रभावित हुने खालको दिने हो तर ऐले विभिन्न प्राविधिक कारणले रोकि राखेको छ ।
प्र. जिवन हे हो -
उ. र्सर्ंघष ।
प्र. विहे गर्नु भयो -
उ. छैन ।
प्र. कोहि प्रेमिका छैनन् -
उ. छैन ।
प्र. निकै डिस्को धाउनु हुन्छ नि कतारमा -
उ. हप्ताको एक पटक दिमाग ठण्डा गर्न जान्छु ।
प्र. तपाँइकुनै पनी ठाउँमा धेरै वस्न मन पराउनु हुन्न रे नि किन -
उ. यो मेरो चञ्चलता हो ।
प्र. देशको स्थिति देख्दा कस्तो लाग्दछ -
उ. नराम्रो लाग्दछ तर आशा गरौं अव पक्कै राम्रो स्थिति हुनेछ ।
प्र. अन्तमा प्रवासी नेपाली डट.कम् मार्फ कसैलाई केहि भन्न चाहानु हुन्छ -
उ. म यस प्रवासी नेपाली डट.कम् मार्फ के भन्न चाहान्छु भने म जाहाँ र जता भए पनि श्रोताहरुकै साथमा हुनेछु । हामी कतारमा रहेका नेपालीहरु एक भई एउटा छुट्टै पहिचान वनउँ भन्न चाहान्छु ।
सात दलको १ मुठि नै प्रजातन्त्र पर्ुनवहालीको द्धार हो