यूएईमा गीत तथा कविता संग्रह विमोचन साथै साहित्य गोष्ठि कार्यक्रम सम्पन्न
यू।ए।ई
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यू।ए।ई च्याप्टरको आयोजनामा गत शुक्रवार २२ २००८ का दिन वर दुबईको एक होटलमा साहित्यिक गोष्ठिका साथै कविता तथा गित सँग्रह विमोचन कार्यक्रम सम्पन्न भयो ।
अनेसास यू ए ई च्याप्टरका सभापति बालचन्द्र पोख्रेलको सभापतित्व तथा साहित्यकार पत्रकार साथै ईलामेली समाजका अध्यक्ष लोकनाथ सुवेदीको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु साहित्यकार पत्रकार कलाकार साथ साथै अन्य प्रवासी नेपालीहरुको वृहत उपस्थिति रहेको थियो ।
कलाकार कृष्ण घर्ति तारा खनाल तथा केपिकिरण शर्माको संयुक्तरुपमा
स्वागत गर्छौ दुईहात जोडेर आजको दिन नजानु छोडेर
दाजु भाइ दिदी र बहिनीलाई स्वागत गर्छौ उपस्थित सबैलाई
बल्ल पर् र्यो साहित्य साजालमा सबै परौ ए हजुर साहित्य साजालमा
राम्रो ठाउँमा चाल्नु छ पाहिलो गरौ अब एकैछिन रमाईलो
बल्ल पर् र्यो साहित्य साजालमा सबै परौ ए हजुर साहित्य साजालमा
लोक लयमा आधारित अति मिठो स्वरको स्वागत गितबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।
उपस्थित सम्पूर्ण अतिथी तथा अन्य महानुभावहरुलाई संस्थाका उपसभापति परशुराम खरेलले स्वागत गरेका थिए भने भने कार्यक्रम साचालन संस्थाका सचिव तारानाथ न्यौपानेले गरेका थिए ।
अनेसास यूएई च्याप्टर स्थापना कालदेखी हाल सम्म गरेका कार्यहरु अनेसासको भुमिका भावि कार्यहरु साथै च्याप्टरको सांगेठानिक प्रतिवेदन संस्थाका महासचिव सुवास अधिकारीले प्रस्तुत गरेका थिए ।
च्याप्टरका सल्लाहकार तथा समाजसेवी दुर्गादत्त पोखे्रलले यूएईको साहित्यमा अनेसास यूएईले खेल्नुपर्ने भुमिकाकॊ बारेमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले अनेसास यूएई तथा साहित्यको बारेमा बोलेका थिए ।
पत्रकार कृष्ण देवकोटाले अनेसासले स्थापनाकालदेखि विभिन्न साहित्यिक काम गर्दै नयाँ नयाँ साहित्यकारहरुलाई जन्म दिदै साथै विभिन्न साहित्यि पुस्तकहरुलाई पनि प्रकाशन गर्दै आईरहेको छ साथै आउदा दिनहरुमा पनि यो भन्दा पनि बढी साहित्यिक कार्यहरु गर्दै जान सफल होस् भन्ने कुरा बताए ।
यूएईको एउटा उर्वर भुमीमा अनेसास यूएइ भएको सावित भएको छ । यहाँ कलम चलाउने साहित्यकारहरु धेरै छन् भविश्यका दिनहरुमा हाम्रो हातमा यूएईबाट प्रकाशित भएका नयाँ निवन्ध कथा कविताहरु पढ्न पाईयोस यहिनै मेरो कामना छ नेपाली समाज केन्द्रिय समितिका कोषाध्यक्ष रविन्द्र पौडेलले बताए ।
प्रमुख अथिती सभापति तथा लेखक केदार श्रेष्ठ “गगन” द्धारा सपनाको संन्सारबाट नियाल्दा कविता तथा गित संग्रहको बिमोचन गरिएको थियो ।
उक्त पुस्तकको बारेमा दुई शब्द साहित्यकार लेक तामाङ्गले भनेका थिए । अनेसासले प्रकाशन गरेको यस कृतिलाई मैले यो पुस्तकलाई चोरीनजरबाट सरसर्ति हेर्दा खेरी प्रवासमा बस्दा हामीले भोगिरेहको दुख पिडा सुतिराखेको बेलामा निन्द्रामा के के देखिने सपनामा अनि झलस्स विउझिदा खेरी मिठो नमिठो लाग्छ त्यो कुराहरु समिटिएको जस्तो लाग्यो । मिठो शब्दहरुले भरिएको छ र गितभित्र पनि आफ्नो दुख पिडा बेदनाहरु पनि झेलिएको प्रेमलाई उद्धगार गरिएको छ । यो पुस्तकले यूएईको साहित्यमा ईट्टा थपेको छ । यसलाई म स्वागत गर्दछु । एक युगमा यूएईमा नेपाली साहित्य यूएईको मरुभूमि जस्तै सुन्य थियो । त्यसबेला मैले एक नजरबाट हेरिरहेको थिए साहित्यमा लगाव हुने ब्यक्तिहरुको भेटघाट कहाँहोला भनेर । आज आएर यूएईमा नेपाली साहित्यले ठुलो फड्को मारिसकेको छ । यूएईबाट विभिन्न कृतिहरु प्रकाशन भईरहेको छ विभिन्न पत्र पत्रिकाहरुमा यहाँका साहित्यकारहरुले रचनाहरु प्रकासन गरिरहनु भएको छ । यहाँ रहेका साहित्यकारहरुले कृतिको संख्यामात्र थप्ने होईनकी भविश्य सम्म पनि स्मरण रहिरहने बनाउनु पर्दछ । यो कृति प्रकाशन गर्ने अनेसास साथै लेखकलाई धन्यवाद दिन चाहन्छु । जुन जस्तो तरिकाले गरेपनि आखिर नेपाली साहित्यलाई विकास गर्ने हो त्यसैले प्रतिद्धन्दीको रुपमा होईन मित्रताको रुपमा प्रवासमा साहित्यिसेवा गर्दै अगाडी बढौं भनेका थिए ।
हे कठैबरै भन्छर कले आमा रुदै पाल्पाको माढीमा
हे कठैबरै भन्छ र कले छोरो रुदै दुबईको खाडीमा
कठैबरै भन्छ र कले लान्छक्यारे विदेशी दैवले
अति मिठो स्वरमा कृष्ण घर्तिले यो गीत गाउँदा गाउँ पाखाको झभल्को आएको थियो । नत कुनै मादल थियो न त बाँसुरीको धुन नै बनपाखामा दाउँरा घास गर्न जाँदा गुाजीने भाकामा गीत गाएका थिए भने उपस्थित प्रवासी नेपालीहरुको ताली र ओ हे …।उररर॥ भन्ने शब्दहरुले हल संगितमय भएको थियो ।
कार्यक्रमको बिचमा विभिन्न साहित्यकारहरुले रचेका विभिन्न लयका कविताहरु वाचन भएका थिए ।
गोर्खालीको क्षणभर कतै याद देशको गरिदेउ
माग्दा रातो रगत मुटुको देशलाई छरिदेउ
भक्क्ति थापा सरी तिमी कतै दुष्टलाई नटेर
तिम्रो खाँचो अब भईसक्यो देश फर्केर हेर
कवि तथा साहित्यकार तेज प्रसाद आचार्यले अति मिठो लयमा कविता वाचन गर्दा देशको बास्तविक झझल्को दर्शाउथ्यो ।
त्यस्तै साहित्यकार लक्ष्मण सापकोटा कृष्ण देवकोटा केदार श्रेष्ठ आदीले पनि अति मार्महिक कविता तथा गजल वाचन गरेका थिए ।
साहित्यकार तथा गजलकार के पि किरण शर्माले नेपालमा हालसालै भईरहेको देशको अवस्थाको बारेमा गजल प्रस्तुत गरेका थिए ।
फेरी पनि आफन्तलाई रोग सरेछ
यतिबेला गाउँको हैजा बेसी झरेछ
आफ्नो अर्को कोहि भन्दैन अन्धो वाघसरी छ यो
यस्तो रोगको विउ हामीलाई कस्ले छरेछ
यस्तै यस्तै गजल प्रस्तुत गरेका थिए ।
महिला प्रतिनिधी गिता अजानले आफ्नो मन्तब्य राख्ने क्रममा सम्पूर्ण महिलाहरुको तर्फबाट शुभ कामना दिदै मलाई अनौठो अचम्म र खुशी सबै लागेको लागेको छ किन भने हामी प्रदेशीदा सबै कुरा देशमा छोडेर आएका छौ कि जस्तो लागेको थियो तपाईहरुलाई पनि त्यस्तै लागेको होला । किनभने देश छोडेर यहाँ आउन अत्यन्तै दुख लाग्दो रहेछ । तर हामीले देशमा सबै कुरा छोडेर आएता पनि हाम्रो साहित्य कला संस्कृतिलाई संगै लिएर आएका रहेछौ । जुन कुरा यहाँ प्रस्तुत विभिन्न साहित्यिक सास्कृतिक कार्यक्रमले देखाएको छ । विभिन्न परिस्थिति र बाध्यताले हामी सबै विदेशिएका छौ तर पनि परिस्थिति र बाध्यताका वावजुद तपाईहरुले जुन खालको यो उत्साह हिम्मत र आँट गरेर आफ्ना प्रतिभाहरुलाई फुलाउने कोशिश गरिरहनु भएको छ यो सबै नेपालीहरुको गर्भको कुरा हो । तपाईहरुले यहाँ प्रकाशन गरेका कृतिहरुले काठमाण्डौमा बस्ने साहित्यकारहरुलाई मलजल गरिरहनु भएको छ । हाम्रो नेपाली साहित्यमा अझ उर्वरा थप्ने काम भएको छ । यस्तै साहित्य आकाशमा अनेसास यूएई च्याप्टर उदाउनु पर्छ र धुर्व तारा झै अटल रहि रहनु अनेसास यूएई च्याप्टरले जुन योगदान गरेको छ त्यसमा हामी सबै डटेर अगाडी लाग्नु पर्छ सम्पूर्ण साहित्यप्रेमी नेपालीहरु अनेसास यूएईको सहयोगी बनेर हातेमालो गरी हामी अगाडी जान सकौं ।
च्याप्टरले सबैखालका साहित्यकारहरुलाई समेट्योस् वास्तवमा प्रवासमा आएका मान्छेहरु हिलोमा फुलेको कमल फुल जस्तै हौं । यस कृति भित्र के कस्ता रचनाहरु लेखिएका छन् कस्ता खालका कमजोरीहरु होलान् राम्ररी अध्ययन गर्न पाएकी त छैन तर पनि लेखकले पहिलो पटक दिमाखलाई तिखार्ने काम गर्नु भाको छ । अझै उहाँको लेखनलाई अगाडी बढाउने हौसला दिदै सम्मान गर्दै जान सकियोस । हामी प्रवासमा बसेर द्धन्द होईन आपसमा मिलेर विश्वको जुनसुकै क्षेत्रबाट भएपनि नेपाली साहित्यको मलजल गर्ने प्रयत्न गर्नु पर्दछ त्यो प्रयत्न अनेसास यूएई च्याप्रले गरेकोमा धन्यवाद दिन चाहन्छु । एउटा खल्लो लागेको कुरा यहाँ धेरै दिदी बहिनीहरु कार्यरत हुनुहुन्छ उहाँहरुलाई पनि समेटेर लान सकिएको छैन । सबै पुरुष साथिहरुलाई समेटिएको हुन्छ महिलाहरुलाई समिटिएको छैन यो चाहि अति दुख लाग्दो कुरा हो । महिलाहरु तपाईहरुले दिएका अवसरहरुबाट चुक्ने छैनौ मलाई तिता तथा मिठा कुराहरु भन्न समय दिनु भएकोमा अनेसासलाई धन्यवाद दिदै कविता लेख्ने साहित्यज्यूलाई सम्पूर्ण महिलाहरुको तर्फबाट शुभकामना दिएकी थिईन् ।
अनेसासले आयोजना गरेको कितावको बिमोचन समारोह आफैमा महत्वपुर्ण थियो । उहाँहरुले लेखकले लेखेको एउटा कृतिलाई महत्वपुर्ण ढंगबाट प्रकाशमा ल्याउने जुन साहस गर्नु भयो त्यो अत्यन्तै सर्हानिय कुरा हो । आजको दिनले हामीलाई नयाँ अनुभुति दिएको छ । साहित्य कथा गीत गजल तथा अन्य साहित्यिक फाँटमा कसैसँग पनि प्रतिस्प्रधा झगडा हुदैन । एकै जमानामा हाम्रा साहित्यिक हस्ति महाकवि लक्ष्मि प्रसाद देवकोटा कवि शिरोमणि लेखनाथ पौडेल एउटै धर्तीमा थिए जसरी परिभाषा गरेपनि उनिहरु फरक फरक बाटोमा थिए भन्दै तेज आचार्यले आफ्नो दुई शब्द राखेका थिए ।
वसाई सरे गोराहरु काला राम्रो लाग्छ अचेल
ब्यूटिपार्लर नधाउने गाला राम्रो लाग्छ अचेल
गहनाहो नारीको यहाँ सौन्दर्यता झल्काउने
खाली हात असोभा भो बाला राम्रो लाग्छ अचेल
कवि तथा साहित्यकार कृष्ण देवकोटाले समाजमा देखिएको विकृतिलाई यसरीनै गजल मार्फत प्रष्ट पारेका थिए ।
जन्म नेपालमा भएपनि कर्ममा विदेशीने रहेछ
देश छाडेर पर्देशिनु पर्दा मनमा पिर प्रर्दो रहेछ
घर परिवार बालवच्चाको यादले साहै्रनै सताउदो रहेछ
पिर बेदनाका ब्यथाहरुले सताउदा आफू आफैमा हराईदो रहेछ
कवियत्री तारा खनालले भन्दै अति मार्मिक कविता वाचन गरेकी थिईन् उनको गजलाले बाल बच्चा परिवार छोडेर विदेश आएका नारी तथा पुरुषलाई चसक्क विझेको थियो ।
स्याम सापकोटा लक्षमण सापकोटा बेलु पाण्डे आदी वक्ताहरुले पनि अनेसासले आयोजना गरेको साहित्कि कार्यक्रमको प्रशंसा गरेका थिए र अगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमहरु निरन्तर भईरहुन भनेका थिए ।
हामीले विदेशको भूमिमा पनि आफ्ना भावनाहरु कल्पनाहरुको माध्ययमहरुबाट विदेशमा बस्ने नेपालीहरुको भावनाहरुलाई नेपालमा पनि पुर् याउने कार्य साहित्यिक ब्यक्तिहरुले गरिरहनु भएको छ । आफ्ना कृतिहरुलाई तपाई हामीसँग ल्याएर समाजलाई सजगता गराउने जुन कार्य गर्नु भएको छ यो अति सर्हानिय कार्य गरेको छ । आगामी दिनहरुमा अन्य संघ संस्थाहरुले आगामी दिनहरुमा उत्कृष्ट साहित्यिक ब्यक्तिहरुलाई पुरस्कृत गर्दै जाने परिपाटी बसालौ भन्दै लुम्बिनी वेलफेयर सोसाईटीका अध्यक्ष डि।एल। शर्माले आफ्नो मन्तब्य राखेका थिए ।
आयो प्रजातन्त्र गयो पाचायती काल
नेता मालामाल भए प्रजा कंगाल
राजा स्वर्ग लागे विग्रेर आफ्नै हालत
अलपत्रमा छ नेपाली विदेशीको कमाल
कवि ऋषिशेषले यस्तै राष्ट्रिय मार्मिक कविता वाच गरेका थिए ।
कलाकार अशिम महत कृष्ण घर्तिमगर तारा खनाल केपि किरण शर्माको संयुक्त लयमा मादलको तालमा
घर छोडेर विदेशमा आको पाछु दुख कुकुरले नपाको
फर्क मुग्लानी मेलापात गरेनी खान पुग्लानी
अति मार्मिक गीत प्रस्तुत गरेका थिए जुन गीतले हल अति शुन्य लाग्दथ्यो र एकैक्षण गाउँघरकै झभल्को मेटिएको आभास भएको थियो । मिठो मादलको तालले सबैलाई मुग्नमुग्ध बनाएको थियो ।
कलाकार तथा गजलकार असिम महतले मिठो लयमा
घाटी सुकाई देह जलाइ पल पलमा जिउदै मर्नु परेको छ
आफ्नै बारी बाँजो राखी पराई धर्ती कोर्नु परेको छ ।
सगरमाथा उच्च शिर छातीभित्र थाती राखी
स्वाभीमानी शिर झुकाई गुलामी हात जोड्नु परेको छ
अति हृदय स्पर्श छुने गजल प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथी लोकनाथ सुवेदीले आफ्नो भनाई राख्ने क्रममा लेखकलाई धन्यवाद दिदैे साहियत्यलाई यूएईमा उर्वराभूमि बनाउन अनेसासले ठुलो भुमिका खेलेको छ । साहित्य भनेको समाजको ऐना हो । समाजमा भएका विसंगति साथै अन्य कुराहरुलाई साहित्यले प्रष्टाउछ र सभ्यताको मालामा गास्छ । साहित्य श्रृजना गर्दाखेरी कहिलेकाहि खुसीको उक्तपे्ररणा भने कहिले काही दुखका वेदनाले छटपटिएर आतनाको गन्धनलाई साहित्यकारहरुले त्यसबाट भावनाहरुको उजागरण गरेर निकालेका हुन्छन् । साहित्यकारहरु देश र समाजका ठुला सम्पत्ती तथा अमुल्य गहनाहरु हुन् । यो कृति जसरी लेखिएको छ कृति लेखेर मात्र हुदैन यसको महत्व पनि हुनु पर्दछ । म के आग्रह गर्न चाहन्छु भने उहाँले प्रयास गर्नु भाको छ आगामि दिनहरुमा अझै राम्रा कृतिहरु लेख्दै जानुहुने छ भन्ने आशा गरेको छु । तपाईले लेखेका कृतिहरु कुनै पनि एउटा गल्लिको कुनामा धुलो लागेर थुपि्रनु भन्दा सानो उच्चस्थरिय खालको कृतिहरु गहन तरिकाले लेखेर ल्याउनु भयो भने अझै राम्रो हुने छ । अनेसासले प्रकाशन गरेकोमा अनेसासलाई धन्यवाद दिएका थिए ।
सभाका सभापति बालचन्द्र पोख्रेलले कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकार पत्रकार कलाकार तथा अन्य उपस्थित प्रवासी नेपालीलाई धन्यवाद दिएका थिए । अनेसासले बेला बेलामा विभिन्न साहित्यकारहरुको जन्मजयन्ति मनाउदै आएको र भविश्यमा पनि साहित्यकारहरुको जन्म जयन्ति मनाउदै जाने बताए साथै अव अनेसासमा यूएईमा छरिएर रहेका महिलाहरुलाई पनि समेटेर अगाढी बढने बताए । अनेसासको लक्ष्य भनेकोनै विदेशमा लुकेर बसेका साहित्यलाई समाजको सामुन्ने ल्याउनु तथा देश छोडेर बिदेशीएका नेपालीहरुले आफ्नो साहित्य संस्कृती जर्गेना हो । कार्यक्रमको बिट मार्नु भन्दा पहिला प्रवासी नेपालीहरुको अनुरोधमा एउटा गित मार्फत कार्यक्रम समाप्त गर्न अनुरोध गर्दै विदा भएका थिए ।
कार्यक्रमको अन्त्यमा असिम महत केपिकिरण शर्मा कृष्ण घर्ती मगर तथा तारा खनालको संयुक्त लोक लयमा लोकदोहोरी गीत प्रस्तुत गरिएको थियो ।
छिनको छिनैमा भेट भो मायाँ केभनी बोलाउ म पहिलो दिनमा लयको लोक गीत गाउँदा माचमा नै आएर सबै नाच्दै गाउँघर रोधीको झझल्को मेटाएका थिए । मादलको तालमा कलाकारहरुको दोहोरी गीतमा उपस्थित प्रवासी नेपालीहरु कम्मर भाँची भाँची नाचेका थिए । त्यतिबेला त्यो माहोल नेपालको कुनै दोहोरी साँझ जस्तै लाग्दथ्यो । अति रमाईला गीत कविता तथा साहित्यिक वहस हुदै कार्यक्रम समापन भएको थियो । कार्यक्रममा चिया नास्ताको पनि ब्यवस्था भएको थियो ।
कार्यक्रमको अन्त्यमा सबैले यस्ता साहित्यिक कार्यक्रममा नेपाली लोक गित संगितलाई पनि समेटेर गएकोमा अति खुशी प्रकट गरेका थिए र फेरी अर्को साहित्यिक कार्यक्रममा भेट हुने वाचाका साथ सभापतिले कार्यक्रम अन्त भएको घोषणा गरेका थिए । कार्यक्रम दिनको ४ बजे सुरु भएर साँझ ७ः१५ मा समाप्त भएको थियो ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
