:: ५८ औं प्रजातन्त्र दिवस भाषण भन्दा काम गर्ने प्रतिबद्यता : : February : : 2008

February 20, 2008

५८ औं प्रजातन्त्र दिवस भाषण भन्दा काम गर्ने प्रतिबद्यता

फेब्रुअरी, २० साउदी अरेविया
एउटा बेग्लै परिबेस भएको देश साउदी अरेवियामा नेपालमा जहानियाँ राणाशासनको अन्त्य भइ प्रजातन्त्र स्थापना भएको ५८ औं वर्ष पूरा भएको अवसरमा साउदी अरेविया स्थित नेपाली दूतावासको प्राँगणमा एक कार्यक्रम गरी ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।


राजदूतावासबाट प्रेशित विज्ञप्तिको लागि भित्र जानुहोस्

नेपाली दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा गैर आवसीय नेपाली संघ आइसीसी गल्फ सह संयोजक श्री चोला प्रसाद पाठक, आइसीसी सदस्य श्री राम बहादुर बेलबासे, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाका अध्यक्ष श्री गोपाल घिमीरे, सल्लाहकार बोर्डका सल्लाहकार सदस्य श्री राजु सैयद, समाजसेवी श्री तारा भण्डारी, पिएनएनका निर्देशक श्री सागर श्रेष्ठ, एनसीसी साउदी अरेवियाका प्रवक्ता श्री रविन्द्र बराल लगाएत साउदी अरेवियामा स्थापित नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजिवी, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाली दूताबासका कन्सुलर श्री प्रकास कुमार सुबेदीको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा एक हप्तामात्र अगाडी साउदी अरेविया आइ पुग्नु भएको महामहिम राजदू हमिद अन्सारीले आफ्नो मन्तब्यको क्रममा म भाषण भन्दा पनि काम गर्न चाहान्छु, म यहाँ काम गर्न आएको भन्दा सबैले गडगडाहट ताली बजाएर स्वागत गरेका थिए । साथै उक्त अबसरमा सम्पूर्ण उपस्थिती महानुभाबहरुलाई कुनै पनि समस्यापरेमा सम्पर्क राख्न अनुरोध गर्नु भयो । साथै प्रकास कुमार सुबेदी र लोक बहादुर थापाले साथै दूताबास कर्मचारीले गर्नुभएको कामको प्रशंषा पनि गर्नु भयो ।


कार्यक्रममा बोल्दै राजदूत अन्सारीले नेपालमा जनताको सान्दर्भिक आन्दोलनद्वारा ५८ वर्ष पहिले प्रजातन्त्रको स्थापना भएको थियो भन्दै अहिले देश लोकतन्त्रको बाटोमा हिंडिरहेको र आगामी संविधानसभाको निर्वाचन मार्फत जनताले आत्मनिर्णयको प्रयोग गर्ने अवसर प्राप्त हुने बताउनु भयो ।

औपचारिक कार्यक्रम पश्च्यात महामहिम राजदूत सर्वसाधारण उपस्थिती सबै नेपालीहरुसंग परिचयात्मक कार्यक्रममा ब्यस्तहुनुहुन्थ्यो । साथै दूताबासद्वारा आयोजीत रात्रिभोजमा उपस्थित सबै सरिक भएका थिए ।

Thanks for visitying this site pls, do visit photoes are updating soon.

pnn team

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2008/02/20/p325/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter