:: मुलको सङ्लो पानी तथा मन मुटु एल्बमको लोकार्पण कार्यक्रम सम्पन्न । : : January : : 2008

January 28, 2008

मुलको सङ्लो पानी तथा मन मुटु एल्बमको लोकार्पण कार्यक्रम सम्पन्न ।

अञ्जना बैद्य (श्रेष्ठ), काठमाण्डौ
माघ १४, काठमाण्डौ
नेपालको राजधानी काठमाण्डौको मुटुमा रहेको एक होटल सीडब्लु रेष्टुरेण्टमा यहि १२ माघ २०६४ को दिन वरिष्ठ संगीतकार अम्बर गुरुङ्गको प्रमुख आतिथ्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय बोर्डका अध्यक्ष प्रा. मोहन सिटौला ज्यूको सभापतित्वमा सम्पन्न भएको छ ।


विभिन्न साहित्यकारहरु खगेन्द्र लर्ुइटेल, सुरेश अधिकारी, खड्गजित बराल, भवानी घिमीरे, वियोगी बुढाथोकी, गितकार शिशीर योगी, मअिला तथा सज्जनबृन्द आदिको उपस्थिति रहेको उक्त कार्यक्रम अति रोचक थियो । जेसिका चेम्जोङ्गबाट फुलका गुच्छाहरुद्वारा स्वागत गरिएको उक्त कार्यक्रममा लोकप्रिय गाएक श्री शिशिर योगीले मन मुटुको एल्बमबाट एउटा गित पस्कनु भएको थियो । उक्त अबसरमा हरिभक्त बुढाथोकीद्वारा रचित मुलको सङ्लो पानी गित संग्रह र हरिभक्त बुढाथोकी तथा जेसिका चेमजोङ्गद्वारा रचित मन मुटु गीती एल्बमको प्रमुख अतिथीद्वारा लोकार्पण गरिएको थियो । डा. खगेन्द्र लर्ुइटेल ज्यूले उक्त किताबको बारेमा छोटकरी समिक्षा गर्नु भएको थियो । त्यसै गरी नवोदित गायक मनोज राज र गायिका अञ्जु पन्तबाट जेसीका चेम्जोङ्गद्वारा रचित आँसु हाँसो तिमी नै हौ अरु मेरो केही छैन मन मुटु तिमी नै हौ मेरो पनि केही छैन……………….. गीतले सबैलाई मनोरञ्जन दिएको थियो ।

सुरेश अधिकारी ज्यूले गिती एल्बमको बारेमा समिक्षा गर्नुभएको थियो । हरिभक्त बुढाथोकी ज्यूको गीत संग्रहबारेको लेखन अनुभब अदिी पनि प्रस्तुत गरिएको थियो । साथै जेसीका चेम्जोङ्ग ज्यूले आफ्ना तिता मिठा अनुभब सुनाउनु भएको थियो ।

कार्यक्रमको अन्तमा हरेक समुदायमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको सम्रक्षण र विकासको लागी योगदान दिने ब्यक्तिहरु र उत्कृष्ठ च्याप्टरहरुलाई कदर पत्र द्वारा सम्मान गरिएको थियो । यसरी सम्मानित हुने ब्यक्ति तथा च्याप्टरहरुमा साउदी अरेविया जस्तो एक छुटै परिबेस भएको ठाँउमा ब्यस्तताको बाबजुद पनि हरेक कृयाकलापमा अमुल्य योगदान दिने ब्यक्ति अनेसास साउदी अरेवियाका संस्थापक सभापति तथा पि एन एन का निर्देशक श्री सागर श्रेष्ठ तथा अनेसास साउदी अरेविया च्याप्टर सम्मानित भएको छ । अन्तमा आफ्ना अमुल्य भनाईहरु राख्दै सभा सवर्षन भएको जानकारी गराउनु भयो प्रा. मोहन सिटौला ज्यूले अनि सबै रात्रि भोजमा सरिक भएका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2008/01/28/p324/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter