प्रकिए संघ, राष्ट्रिय समिति साउदी अरवको दशौं वाषिर्क उत्सव सम्पन्न
प्रवासी किरात एकता संघ, साउदी अरेवियाले हिजो दशौं वाषिर्क उत्सव साथै किराती नव वर्ष ५०६८ विभिन्न कार्यक्रमका साथ सम्पन्न गर्यो । यो संघ १९९७ बाट स्थापना भएको भए पनि यसले वैधानिकता भने १९९८ मा पाएको थियो । १० बर्षको यो लामो कार्यकाल सम्पन्न गरेको सुखद घडीमा आयोना गरिएको सो कार्यक्रमको संचालन तथा प्रतिवेदन महासचिव जवेगु दिलीप लिम्बू तथा सहसचिव वेघा सोम लिम्बूबाट गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता यावा के।वि। लिम्बूले गर्नुभयो भयो, आसन ग्रहण चाँहि क्रमशः संरक्षक योङहाङ जगत, सह संरक्षक खजुम नगेन्द्र लिम्बूले गर्नुभएको थियो ।

प्रमुख आथित्यलाई स्वीकार गरी पाल्नुहुने नेपाली राजदूतावास साउदी अरेवियाका माननीय कार्यवाहक राजदूत श्री प्रकाश सुवेदी ज्यू सपरिवार, विशिष्ट अतिथि आसन ग्रहणमा नेपाली दूतावासका सहचारी श्री विश्व प्रताप पनेरु सपरिवार, सासाथै अफिसर श्री सरोज अधिकारीको उपस्थिति रहेको थियो ।

अन्य उपस्थितहरुमा सिटी प्लाजाका मेनेजर जवेगु इन्द्र लिम्बु सपरिवार, समाजसेवी तथा प्र।कि।ए।सं।का वरिष्ठ सल्लाहकार चेम्जोङ प्रेम लिम्बु सपरिवार, आङवोहाङ टगेन्द्र लिम्वु सपरिवार, साथै अल वादर डिस्पेन्सरीमा कार्यरत महिला दिदी तुलसी गुरुङको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा अतिथिको आसन ग्रहणको क्रममा प्रवासी नेपाली सेवा समिति दमामका अध्यक्ष कुल प्रसाद कार्की, नेपाली आदिवासी जनजाति मंचका अध्यक्ष लाओती रत्न लिम्बू, तमु धीं का राजपति गुरुङ, लङघाली मगर संघका विष्णु थापा, एन आर एन राष्ट्रिय समिति साउदी अरवका संस्थापक कृष्ण प्रसाद शर्मा सुवेदी, आई सिसि 
का मेम्बर श्री राम वेलवासेको साथै श्री विमल गौतम तथा रियादबाट अन्य प्रतिनिधिहरु तथा बुद्धिजीवीहरुको पनि उपस्थित रहेको थियो । उधेलियाबाट पि एन एन का सागर श्रेष्ठ, नेपाली भोजनालयका राजु सैयद, सिन्धुली 
जिल्ला सर्म्पर्क मंचका अध्यक्ष भरत लामा, हिमालयन वैंकका प्रतिनिधि श्री यूवराज पाण्डे तथा बुद्ध मगैया, साथै अतिथि तथा वुद्धिजीवी डा। युद्ध बहादुर क्षेत्री, इ। विश्व श्रेष्ठ, एकाउन्टेन र्सूय श्रेष्ठको पनि उपस्थिति रहेको थियो भने मेडियामा नेपाल अरव डट कम लागि विशेष सहयोगी रेक्श गुरुङ तथा अन्य संघसंस्थाबाट पनि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम विशेष त प्रवासमा रहेका किरातीहरुको एकताको प्रतीक भएको हामीलाई लाग्यो हुन त यस कार्यक्रममा प्रस्तुत भएको प्रतिवेदनले सामाजिक, आर्थिक तथा मानसिकरुपमा प्रवासको आँगनमा छरिएर रहेका आम नेपालीहरुलाई यो संस्थाले प्रतिनिधित्व गरिहेको भान हुन्थ्यो । प्रवासमा हामी यो र त्यो संगठन भन्दा पनि पहिले नेपाली हौं भन्ने आम नागरिकमा एउटा जुनुन हुनु पर्दछ भन्ने आशय वोकेर वुद्धिजीवी डा। युद्ध बहादुर क्षेत्रीले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत गित खजुम पूर्ण लिम्बु र लिवाङ इन्द्र लिम्बुले प्रस्तुत गर्नु भएको थियो साथै कार्यक्रमको वीच वीचमा कार्यक्रमलाई रोचक बनाउँन राष्ट्रिय गायक ए पि शेपाज्यूले माझी दाई, बुहारी चाहियो जस्ता विविध गितहरुमा दिइएको प्रस्तुति निकै नै दर्शक तताउँने खालको थियो । बुहारी चाहियो भन्ने गितमा त अध्यक्ष ज्यू समेतको नृत्च्यले माहौललाई निकै तताएको थियो । तालीका गडगटाहत छाएको थियो, दर्शकहरु मन्त्रमुग्ध भएर स्टेजमा नृत्य गर्न आइपुगेका थिए । यस्तै गरी माग्रिहाङ महेन्द्र र्राईले के सन्देश बोकी ल्यायौ हे फाल्गुनन्द भन्ने गित गाएर कार्यक्रमलाई अझ रोचक बनाए। यस्तै गरि लक्षम इन्द्र लिम्बु, विज्ञान र्राई, नागेस तामाङ आदि गायकहरुले पनि आफ्नो प्रस्तुति सुमधुर स्वरका साथ गर्नु भएको थियो । करिव २०० जनाको प्रत्यक्ष सहभागीमा यो कार्यक्रम खोवरको गल्फ दरवारमा हिजो जनवरी २५, २००८ का दिन सम्पन्न भएको थियो ।
यो कार्यक्रम दशौ वाषिर्क उत्सव लगायत किराती नववर्षमाघे संक्रान्तिलाई स्मरण गर्दै कार्यक्रममा तरुलको व्यवस्था कुल ब। लावतीले गर्नु भएको थियो । कार्यक्रममा चियापान तथा मिष्ठान्न भोजनको पनि राम्रो सामाञ्जस्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय कार्यवाहक नेपाली राजदूत श्री प्रकाश सुवेदीज्यूलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
मन्तव्य दिने क्रममा महामहिम कार्यवाहक राजदुत प्रकाश सुवेदीज्यूले प्रवासी किरात एकता संघ, राष्ट्रिय समिति साउदी अरवको दशौं वाषिर्क उत्सव साथै किराती नववर्षको शुभकाना व्यक्त गदै नेपालको विभिन्न जातजातिहरु मध्ये किरातीहरुले आफनो संसकृति तथा पहिचानलाई दीगो राख्न गरेको यस्तो प्रयास निकै नै सह्रानिय छ भन्नुभयो । भविष्यमा यस्ता कार्यक्रमहरु फेरि पनि भइरहोस भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
अन्तमा यस कार्यक्रमको व्याख्या गर्नु हुँदै अध्यक्षज्यूले विश्व शान्ति तथा मानव एकताको नारालाई यस संघले अघि बढाएको छ भन्ने कुरा दर्शाउँनुभयो । साथै कार्यक्रम गर्नुको उदेश्य, विगतका एनालाइसिस, भविष्यमा यस संघको कार्यनीति बारे पनि कार्यक्रमका अध्यक्ष यावा के।वि। लिम्बूले व्याख्या गर्नु भएको थियो । उहाँले जोड दिनुभयो, यो संस्था यहाँ मात्र नभएर विश्वका धेरै देशमा एउटै छत्रछाँया मुनि विराजमान भएर किराँतीको प्राचीन सभ्यतालाई अझैं दीगो विकास गर्ने तथा यो संघले गैर किरातीलाई पनि सामाजिक भावनाले ओतपोत भइ सहयोग गर्ने तथा गरिरहेको यथार्थता बताउँनु भएको थियो ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
