:: एनआरएन को विशेष जानकारी, समन्वयात्मक तथा सम्मान कार्यक्रम सम्पन्न । : : January : : 2008

January 27, 2008

एनआरएन को विशेष जानकारी, समन्वयात्मक तथा सम्मान कार्यक्रम सम्पन्न ।

सागर श्रेष्ठ
जनवार २७/साउदी अरेविया
यहि जनवारी २५ तारिषको दिन साउदी अरेवियाको दमाम स्थित एक हलमा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले नेपाली दुताबास रियादका का. ब. राजदुत तथा काउन्सेलर श्री प्रकाश कुमार सुबेदी ज्यूको प्रमुख आतिथ्य तथा परिषदका अध्यक्ष श्री गोपाल घिमिरे ज्यूको सभापतित्वमा एनआरएनए विशेष जानकारी तथा विविध कार्यक्रम सम्पन्न भएको गरेको छ ।

विशिष्ट अतिथिहरु सहचारी श्री विश्वनाथ पनेरु, एन आर एन ए, गल्फ सह-संयोजक श्री चोला प्रसाद पाठक, एन आर एन ए, आई सी सी, सदस्य श्री राम बहादुर बेलबासे, श्रीकृष्ण प्रसाद शर्मा सुबेदी, एन आर एन ए एन सी सी साउदी अरेवियाका सल्लाहकार बोर्डका सल्लाहकार संयोजक डा. युद्व बहादुर श्रेत्री, एन आर एन ए, एन सी सी साउदी अरेविया केन्द्रीय बोर्डका सदस्यहरु, बुद्विजीबी, लेखक, साहित्यकार, पत्रकार, समाजसेबी, ब्यापारीर्,र् इन्जीनियर, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, साउदी अरेवियामा विभिन्न पेशामा काम गरिरहेका र्सबसाधारण आदिको उलेख्य उपस्थिीती रहेको उक्त कार्यक्रम एन आर एन ए एन सी सी साउदी अरेवियाका सचिव तथा प्रवासी नेपाली डट कमका निर्देशक श्री सागर श्रेष्ठले संचालन गर्नु भएको थियो ।
जन्म दिजवस केक् सगरमाथाको आकृति
नेपालमा लोकतन्त्र ल्याउनको लागी आफ्ना जीवन आहुती दिने विर, अमर सहिदहरुप्रति सम्मान स्वरुप भाबपुर्ण श्रद्वाञ्जली अर्पण गरे पश्चात प्रमुख अतिथि का. ब. राजदुत श्री प्रकास कुमार सुबेदी ज्यूद्वारा उक्त कार्यक्रमको समुदघाटन गरीएको थियो ।

महान शहिदहरु प्रति श्रद्वाञ्जली अर्पण गर्दै
एनआरएनए साउदी अरेवियाका प्रवक्ता श्री रविन्द्र बराल ज्यूले स्वागत मन्तब्य मार्फ स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्नु भएको थियो। एनआरएन अभियानलाई साउदिअरवका एनआरएनहरुले आफ्नोअभियान बनाउनसके बढीफाईदालिन सकिने भन्दै प्रमुख अतिथि कार्यबाहक राजदुत श्री प्रकाश कुमार सुबेदिले माग र आपुर्तीको नियमको ब्याख्या गर्दै यो नियमको उलङघन भए कैचिलेझै काटीने बताउदै एनआरएनए लाई सहिमार्गमा अघिबढाई नेपाल र नेपालीको बृहत हित गर्न आग्रह गर्दै

सागर श्रेष्ठ कार्यक्रम सञ्चालन गर्दै
यस्मा सदैब नेपाली राजदुतावास सहयोगीरहने बिस्वास दिलाउदै राजदुतावास को प्रतीवेदन अनुसार कार्यभएमा डोल्मा शेर्पाको जीवन बचाउन सकिनेमा आफु बिस्वस्तरहेको बताउनुभयो। यस अघि आई सिसि सदस्य राम बहादुर बेलबासेले एनआरएनए को परीचयदिदै यस्ले सम्पन्नगरेका तथा कार्यान्वयनमा रहेको योजनाहरुको जानकारी दिनुभएको थियो भने मध्यपुर्व सह संयोजक श्री चोला प्र. पाठक ले एन आरएनए आईसिसि को भाबियोजना बारे प्रकाश पार्दै तेश्रो सम्मेलन का निर्णयहरु बारे जानकरी गराउनुभएकोथियो यस पछी

गोपाल घिमीरे मन्तब्य दिदै ।
महासचिव विमल गौतमले बक्ताहरु कुल प्र. कार्कि, मोहन गुरुङ, मनोज बिष्ट , पासाङ रेन्जी शेर्पा तथा अब्दुल्लाह गुरुङले उठाउनुभएका प्रस्न र गर्नुभएको आसंकाको निराकरण गर्नुभएको थियो। पुजी भित्र्याउने नाममा पुजीपलायन हुनसक्ने, गल्फका एनआरएनहरु युरोप अमेरीका को नेपालीको स्वार्थमा प्रयोगहुन सक्ने, गैर आवासिय भन्दाभन्दै गैर नेपाली संघ त हुनेहोईन भन्ने जस्ता प्रस्नको सामनागर्दै महासचिव गौतमले

अतिथिहरु
कतार देखी काठमाण्डौ सम्मका सम्मेलनमा बैदेसिक रोजगारमा भएका समस्याको एजेण्डा मुक्यरुपमा उठाईएको बताउदै यस्को निष्ठामा संका नगर्न आग्रह गर्नुभयो साथै हाम्रा एकल प्रयासले समस्याहरुको समाधान नभएकोले

प्रकाश कुमार सुबेदी मन्तब्य दिदै
र नेपालको बिकास नभई नेपालीको बिकास नहुनेभएको ले एनआरएनए को जन्मभएकोले सबैलाई गोलबद्धहुन आग्रहगर्नुका साथै निकट भविस्यमै कलाकारहरुलाई समेटेर साँस्कृतीक फाट गठन गरिने र सबै संघ संस्थाहरु संग एनआरएनए को बिषयमा बृहत अन्तर्कृया गरीने घोषणासमेत गर्नुभएकोथियो।

प्रकाश कुमार सुबेदी मन्तब्य दिदै

यस अघि प्रमुख अतिथि ज्यु बाट कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूलाई दोसल्ला ओडाई सम्मन गरीनुका साथै प्रशंशा पत्र प्रदान गरी सम्मान तथा विदाई गरीएको थियो। श्री तिलक तमुले स्वागत गितबाट सबैलाई स्वागत गर्दा एउटा छुटै रनौक्ता छाएको थियो ।

कुल प्रसाद कार्की

कार्यक्रमको विचविचमा गाएक तिलक गुरुङ्ग, छन्त बहादुर कार्की, कृष्ण गोपाल सिंह ए पि शेर्पा , धन बहादुर दलार्मी आदी कलाकारहरुले गित गाएर कार्यक्रमलाई रोचक बनाउनमा सहयोग गर्नु भएको थियो । उक्त कार्यक्रममा एनआरएनए साउदी अरेवियाका स्टाबलिसमेन्ट नेगोसेटर समाजसेवी श्री कृष्ण प्र. सुवेदी लाई विभिन्न संघ संस्थाहरुले पनि सम्मान गरेकाथिए ।

जन्म दिवस केक् काट्दै
उक्त अबसरमा श्री सुबेदी ले सबै संघ संस्थाहरुलाई धन्यबाद दिदै साथसाथै सबै मिलेर अगाडि बढ्न अनुरोध गर्नु भएको थियो । तत् पश्च्यात एनआरएनए साउदी अरेवियाका सल्लाहाकार बोर्डका सल्लाहकार सदस्य श्री राजु सैयद तथा यस्मीन बेगमको शुपुत्र जासिमले २ वसन्त पार गरि तेस्रो बर्षा पाईला टेकेको पावन अबसरमा आयोजीत जन्मदिवसको कार्यक्रम तथा बहा हरु द्वारा आयोजीत दिवाभोजमा सबैको सहभागीती भएकोथियो ।

कृष्ण प्रसाद शर्मा सुबेदी मन्तब्य दिदै
पहिलो पटक यसरी विशिष्ट ब्यक्तीहरुको उपस्थितिमा मनाईएको यो नै पहिलो जन्म दिवस थियो साउदी अरेवियामा जन्म दिवस समारोह पश्चायात राजु सैयदले आयोजना गरेको दिवा भोजमा सबैलाई सरिकहुन अनुरोध गर्नु भएको थियो ।


विशिष्ट अतिथिहरु

कार्यक्रम समापनको क्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष गोपाल घिमीरे ज्यूले यसरीनै सबैले सहयोग गर्दै जाने हो भने एनआरएनए साउदी अरेविया एक नमूना एन सी सी हुने दाबी गर्नु भएको थियो

यस्मीन बेगम धन्यबाद ज्ञापन गर्दै
साथै कार्यक्रम सफल पार्नको लागी सहयोग गर्नुहुने सम्पुर्ण समाजसेवी तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्दै श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूले रोप्नु भएको फुललाई गोडमेलगरि फक्रयाउने प्रतिबद्यता ब्यक्त गर्नु भएको थियो र वहाँको उक्तरोतर प्रगतिको कामना गर्नु भएको थियो ।सबै वक्ताहरुद्वारा कृष्ण प्र. शर्मा सुबेदी लाई बिदाईमा निकै शब्द खर्चगरीएको कार्यक्रम बेलुकी ७ बजे समाप्त भएको थियो ।

रविन्द्र बराल स्वागत गर्दै

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2008/01/27/nrn-saudi-arabia-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter