:: तमुको ल्होछार विविध कार्यक्रम सहित भब्य रुपमा सम्पन्न । : : January : : 2008

January 5, 2008

तमुको ल्होछार विविध कार्यक्रम सहित भब्य रुपमा सम्पन्न ।

सागर श्रेष्ठ
जनवरी ०५, साउदी अरेविया
संन्सारको एउटा बेग्लै कानुन भएको देश साउदी अरेवियामा तमुको विशेष चाड ल्होसार साउदी अरेवियाका लागी कन्सुलर तथा महा महिम का. ब. राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यूको प्रमुख आतिथ्यमा दमाम स्थित एक हलमा भब्यताको साथ सम्पन्न भएको छ ।

नेपाली भाषा, साहित्य, कला र संस्कृति भनेकै हाम्रो परिचय हो यसलाई हरेक समुदायमा जीवन्त र दिगो राख्न हरेक समुदाय जागरुक हुन आवश्यक छ । तमु समुदायको महान पर्व ल्होछार यहि मिति ४ जनवरी २००८ को दिन साउदी अरेवियामा तमू धिं साउदी अरेवियाको आयोजनामा सम्पन्न भएको छ ।

संस्थाको का ब सभापति राजपति राजपति तमू ज्यूको सभापतित्वमा सञ्चालीत उक्त कार्यक्रम मोहन तमूले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली दुताबास रियादका प्रथम सचिव लोक बहादुर थापा, एन आर एन ए आई सी सी सदस्य राम बहादुर बेलबासे, एन आर एन ए गल्फ संयोजक श्री चोला प्रसाद पाठक, एन आर एन ए साउदी अरेविया अध्यक्ष्य श्री गोपाल घिमीरे, एन आर एन ए साउदी अरेवियाका संस्थापक श्री कृष्ण प्रसाद शर्मा सुबेदी, प्र ने से स का अध्यक्ष श्री कुल प्रसाद कार्की, एन आर एन ए साउदी अरेवियाका प्रमुख सल्लाहकार डा. युद्व बहादुर क्षेत्री, एन आर एन ए साउदी अरेवियाका सल्लाहकार श्री राजु सैयद, अब्दुल्ला गुरुङ्ग, प्र ने स स का संस्थापक तथा प्रमुख सल्लाहकार तारा नाथ भण्डारी, अन्त राष्ट्रिय नेपाली साहित्य समाजव साउदी अरेविया च्याप्टरका संस्थापक तथा पि एन एन का निर्देशक सागर श्रेष्ठ, तमू धिं साउदी अरेवियाका विशिष्ट ब्यक्तिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा प्रमुखहरु, ब्यपारी, बुद्विजीबी, लेखक, पत्रकार, समाजसेवी, तमू तथा गैर तमूहरुको उल्याख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाली दुताबासका प्रथम सचिव श्री लोक बहादुर थापा लगाएत विभिन्न विशिष्ट अतिथीहरुले ल्होछारको शुभकामना तथा नव गाएक तिलक तमुलाई सफलताको हार्दिक शुभ कामना दिनु भएको थियो ।

कार्यक्रमलाई रोचक र मनोरञ्जन बनाउनलाई राजु तमु र दर्ुगा तमूको नृत्यले अर्के मोड लिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य आदी बासी जनजाती मञ्च प्रवास शाखाका नि वर्तमान अध्यक्ष श्री केशरमान तमु ज्यूले दिनु भएको थियो ।

तिलक तमु र छन्त बहादुर को गितमा प्राय सबै अतिथीहरु उठेर नाचेको मनोरञ्जनात्मक दृष्य देख्न सकिन्थ्यो लाग्थ्यो त्यो क्षेण साउदी अरेविया नभई नेपालमा भई रहेको कुनै कर्न्र्सट हो ।

पहिलो पटन नेपाली चेली तुलसी तमुले साउदी अरेवियामा स्टेजमा गाएको गित ले सबैलाई भाबुक बनाएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा अनेसास साउदी अरेवियाका का ब सभापति श्री तिलक गुरुङ्गद्वारा गाईएका गिती एल्बम फुल जस्तोको विमोचन कार्यक्रमको प्रमुख अतिथी श्री प्रकाश कुमार सुबेदी तथा कार्यक्रम संयोजक श्री ओम तमुले गर्नु भएको थियो ।

विमोचन पश्च्यात प्राय उपस्थितीहरुले उक्त क्यासेट लिएर सहयोग गरेका थिए ।
कार्यक्रमको तेस्रो चरणमा सम्मान कार्यक्रम रहेको थियो धेरै लामो समय देखी साउदी अरेवियामा रहि आपत विपतमा परेका नेपालीहरुलाई आवश्य सहयोग पुर्‍याउदै आउनु भएका दर्ुइ जना ब्यक्तिहरु श्री कृष्ण प्रसाद शर्मा सुबेदी र श्री राजु सैयदलाई दोसल्ला तथा प्रशंसा पत्र प्रदान गरेर प्रमुख अतिथी श्री प्रकास कुमार सुबेदी ज्यूको बाहुली बाट सम्मान गरिएको थियो ।

त्यसै गरि नव गाएककार तिलक गुरुङ्गलाई पनि तमू धि साउदी अरेवियाको तर्फाट दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने उक्त कार्यक्रममा नवलपरासी प्रवासी मञ्च २००३ दमामका संस्थापक सदस्य किश्वर गुरुङ्ग र अध्यक्ष विरेन्द्र कुमार चौधरीले संयुक्त रुपमा दोसल्ला ओडाएर सम्मान गरेको थियो त्यसै गरि समाजसेवी राजु सैयदले गितार प्रदान गरेर सम्मान गरेको थियो ।

कार्यक्रमको अन्तमा प्रमुख अतिथी का ब राजदुत प्रकास कुमार सुबेदी ज्यूले नेपाली भाषा, कला र संस्कृतिलाई विदेशमा पनि जिवित राख्नको लागी गरेको प्रयत्नको खुलेर बधाई दिनु भयो साथै नव गाएककार तिलक तमुलाई विशेष धन्यबाद दिनु भएको थियो ।

कार्यक्रमको अन्तमा एक अर्कामा शुभ कामना आदन प्रद्वान गर्दै सेल रोटी र तरकारी खांदै विदा भएका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2008/01/05/tin-bekti-sammanit/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter