एक नेपाली चेलीको उद्वार तिन अझै जेलखानामा ।
सागर श्रेष्ठ,
जनवारी २, २००८, खाडी देशहरुमा दिन प्रति दिन बैदेशीक रोजगारीको लागी नेपालीहरु आउने क्रम बढी रहेको छ । नेपाली महिलाहरुलाई नेपालबाटै आउने अनुमती नभएकोले भारत तथा बंगलादेशहुदै आउने धेरै छन । गैर रुपमा आउने गरेकोले होला नेपाली महिलाहरुको यस देशमा सुरुक्षा नभएको । नेपाल सरकारले बैदेशीक रोजगार सम्बन्धी राम्रो निती नियम बनाउने हो भने नेपाली चेलीहरुले त्यस्तो सारिरीक तथा मानसीक समस्या भोग्नु पर्दैन थियो होला । हुन त यहाँ अन्य देशका महिलाहरु नभएका होईनन् तर अन्य देशको महिलाहरु भन्दा नेपाली महिलाहरु विचल्लीमा परेको पाईएको छ । यस समस्याको समाधानको लागी सम्बन्धीत निकायले ध्यान दिनु अत्यन्त जरुरी छ ।
तिन महिना पहिले श्री मानको अनुमति नलिई माईतिबाटै दलालको चिप्लो बोलीमा विस्वास गरेर ठूलो रकम कमाउन साउदी अरेविया आई पुगेकी नवलपारासी जिल्ला माकर गा. बि. स. वार्ड नं २ चिसापानी बस्ने दर्ुजा बुढामगरको श्रीमती अमृता बुढा मगर हिजो नयाँ बर्षै दिन नयाँ जीवन लिएर नेपाल फर्केकी छे । तिन हाप्ता लामो जेलमा बसेर नेपाल फर्केकी बुढामगरलाई काम गर्न नजानेको भन्दै शारिरीक तथा मानसीक आतना दिएको थियो । त्यसैले मर्नु भन्दा बहुलाउनु निको भन्ने उखान सम्झी त्यंहाबाट भागेकी थिईन । उक्त नेपाली चेलीलाई नेपाल पठाउन विशेष सहयोग गर्नुहुने पि एन एन -प्रवासी नेपाली डट कम्) नेपाली दुताबास रियाद, नेपाल दर्ुबई डट कम, नेपाली टिभी, ग्यालेक्सी टिभी, उज्यालो नेश्नल नेर्टवर्क, अन्य मिडियाहरु, प्रवासी गेष्टहाउस र सहयोगी मित्रहरुलाई धन्यबाद दिएको जानकारी नवलपरासी प्रवासी मञ्च २००३ दमामका अध्यक्ष श्री बिरेन्द्र कुमार चौधरीद्वारा हस्ताक्षेरित प्रेश वक्तब्यमा जनाईएको छ ।
प्रेश वक्तब्यमा अझै उक्त जेलखानामा झापाको कविता कार्की, कास्कीको हिरा थापा र चितवनको विमला तिमल्सीना रहेको हुदा उद्वार गर्नको लागी विभिन्न संघ संस्थाहरुलाई अनुरोध पनि गरेको छ । स्मरण रहोस प्रवासी गेष्टहाउसले एर्पोट देखी घर सम्म पुर्याउनको लागी लाग्ने खर्च बेहोर्ने भएको छ ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
