: : January : : 2008

January 28, 2008

मुलको सङ्लो पानी तथा मन मुटु एल्बमको लोकार्पण कार्यक्रम सम्पन्न ।

अञ्जना बैद्य (श्रेष्ठ), काठमाण्डौ
माघ १४, काठमाण्डौ
नेपालको राजधानी काठमाण्डौको मुटुमा रहेको एक होटल सीडब्लु रेष्टुरेण्टमा यहि १२ माघ २०६४ को दिन वरिष्ठ संगीतकार अम्बर गुरुङ्गको प्रमुख आतिथ्यमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय बोर्डका अध्यक्ष प्रा. मोहन सिटौला ज्यूको सभापतित्वमा सम्पन्न भएको छ । (more…)

January 27, 2008

प्रकिए संघ, राष्ट्रिय समिति साउदी अरवको दशौं वाषिर्क उत्सव सम्पन्न

प्रवासी किरात एकता संघ, साउदी अरेवियाले हिजो दशौं वाषिर्क उत्सव साथै किराती नव वर्ष ५०६८ विभिन्न कार्यक्रमका साथ सम्पन्न गर्यो । यो संघ १९९७ बाट स्थापना भएको भए पनि यसले वैधानिकता भने १९९८ मा पाएको थियो । १० बर्षको यो लामो कार्यकाल सम्पन्न गरेको सुखद घडीमा आयोना गरिएको सो कार्यक्रमको संचालन तथा प्रतिवेदन महासचिव जवेगु दिलीप लिम्बू तथा सहसचिव वेघा सोम लिम्बूबाट गरिएको थियो । (more…)

एनआरएन को विशेष जानकारी, समन्वयात्मक तथा सम्मान कार्यक्रम सम्पन्न ।

सागर श्रेष्ठ
जनवार २७/साउदी अरेविया
यहि जनवारी २५ तारिषको दिन साउदी अरेवियाको दमाम स्थित एक हलमा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले नेपाली दुताबास रियादका का. ब. राजदुत तथा काउन्सेलर श्री प्रकाश कुमार सुबेदी ज्यूको प्रमुख आतिथ्य तथा परिषदका अध्यक्ष श्री गोपाल घिमिरे ज्यूको सभापतित्वमा एनआरएनए विशेष जानकारी तथा विविध कार्यक्रम सम्पन्न भएको गरेको छ । (more…)

January 20, 2008

मानसीक तथा शारिरीक यातनाको साथमा १६ महिनाको तलब पाईएन ।

सागर श्रेष्ठ
हालसालै कुबेतमा नेपालको सिन्धुपाल्चोक स्थाई घर भएकी डोल्मा सर्ेपालाई कुबेती स्थानिय अदालतले दिएको मृत्यु डण्डले नेपाल लगाएत विश्वमा रहेका नेपालीहरुको ध्यान आर्कषण गर्राईरहेको छ । आ-आफ्नो क्षेत्रबाट साथै कुटनितिक प्रयास पनि भई रहेको छ उनलाई बचाउनलाई । उनले त गल्ती गरेरै सजायको भागी भएकी होली उनलाई मृत्यु डण्डबाट बचाउन हामी सबैको कर्तब्य हो यसको लागी हर प्रयास भई रहेको छ । यहाँ जीउदै मरेका धेरै नेपाली दिदीबहिनीहरुछन् । तर उनीहरुलाई बचाउने कस्ले ?नेपाली महिलाहरु विदेश आउनु रहर होईन बाध्यता हो । यो बाध्यता कस्ले बनायो ? किन बाध्य भईन बिदेशीन ? यस विषयमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।
केहि समय पहिला मात्र न. प्र. मञ्च २००३ दमामका अध्यक्ष श्री बिरेनद्र चौधरीको सहयोगमा एन नेपाली चेलीलाई नेपाल फर्काउन सफल भएको थियो पुन अहिले उक्त झेलखानामा ५ जना नेपाली दिदीबहिनीहरु रहेको थाहा हुन आएको छ । ति मध्ये १६ महिना पहिले माकर गाविस बर्दाघाट निवासी ममता रेग्मी -नाम परिवर्तन) गाउकै दलाल राम थापा र बर्म्बईको दलाल मदन खरेल मोबाईल नं ००९१-९८१९५९६७०२ मार्फ साउदी अरेविया आई पुगेकी रेग्मी १६ महिना सम्म तलब नदिई मानसीक तथा शारिरीक यातना दियो पछि भागेर पुलीसको शरणमा गएकी थिईन । पुलीसले अहिले उनलाई फिर्ती जेलखानामा राखि दिएको छ । के अब तंपाई नेपाल र्फकन चाहानु हुन्छ भनेर राखेको जिज्ञासामा उनी भन्छिन बाल बच्चाको भविश्यको लागी कमाउन भनेर आईयो १६ महिनाको तलब दिएकै छैन । त्यो आफ्नो मिहेनतको तलब दिलाई दिए आफु नेपाल र्फकने कुरा गर्नु हुन्छ । साथै सम्बन्धीत निकायलाई उक्त रकम दिलाई दिनहुन अनुरोध पनि गर्नु भएको छ । तंपाईले त्यो काम गर्ने ठाँउ किन छाड्नु भयो भनि राखेको अर्को जिज्ञासामा अति मनै दुख्ने गरि आँसुको घुट्को पिउदै भनि त्यो साउले मानसीत तथा शारिरिक यातना साथै तलब पनि दिएन त्यसैले भागेको उनि भन्छन । सायद त्याहाँ बाट भाग्नु पनि उनको बाध्यतानै थियो होला । उनि नेपाल जान चाहिन भने लाग्ने टिकट खर्च नवलपारासी प्रवासी मञ्च २००३ दमामले बेहोर्ने कुरा त्यस संस्थाका अध्यक्ष बिरेन्द्र कुमार चौधरीले बताउनु भएको छ ।
त्यसै गरि उक्त झेलखानामा सरमिता मगर दाङ्गको पनि आएको ३ दिनमै झेलखानमा परेकी छन । दलाल मार्फ बर्म्बईहुदै ८० हजार तिरेर दर्ुइ बुढा बुढीनै आएको थियो । तर बुढा कहाँ छन केही अत्तो पत्तो छैन उनलाईचैं त्यस झेलखानामा राखी दिएको थाहा भएको छ । इ यस्ता समस्याहरु उहाँ धेरै छन । सम्बन्धीत निकायले ध्यान दिए यस्ता समस्याहरु भविश्यमा आउने थिएनन क-

January 19, 2008

एन्आर्एन्एको विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रमको अन्तीम तयारी पुरा ।

सागर श्रेष्ठ
जनवारी १९/साउदी अरेविया
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले यहि मिति २००८ जनवारी २५ तारिषको दिन साउदी अरेवियामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, बुद्विजीबी, समाजसेवी, पत्रकार, ब्यापारी, लेखक, कलाकार, र्सवसाधारण आदिको उपस्थितीमा पहिलो पटक एन्आर्एन्ए सम्बन्धी सबैलाई जानकारी दिने उदेश्यले एन्आर्एन्ए विशेष जानकारी तथा समन्वयात्मक कार्यक्रम भब्य रुपमा गर्दैछ ।
यस कार्यक्रमको विषयमा जानकारी लिन पुगेका पि एन एनका टिमलाई एन्आर्एन्ए साउदी अरेवियाका अध्यक्ष श्री गोपाल घिमीरे ज्यूले सम्पर्ुण्ा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनु भएको छ । वहाँले दिनु भएको जानकारी अनुसार उक्त दिन २५ जनवारी विहाना १० बजे भन्दा अगाडी दमाममा भेलाहुने । दमामबाट कार्यक्रम स्थल सम्म बसको ब्यबस्था, हलमा प्रिm इन्ट्री, लन्चको ब्यबस्था आदि भएको जानकारी दिनु भएको छ । कार्यक्रमलाई सफल बनाउनको लागी विभिन्न उपसमितिहरु समेत बनाएर काम बाँडेको जानकारी गराउनु भयो । यो यस्तो कार्यक्रम साउदी अरेवियाको लागी पहिलो भएकोले सबैले एन्आर्एन् सम्बन्धी पर्ुण्ा जानकारी लीने पहिलो अबसर भएको पनि जानकारी गराउनु भएको छ । एन्आर्एन्ए साउदी अरेवियाले अहिले सम्म गरेको काम साथै भाविकार्यक्रमहरुको पनि विचार विर्मशहुने प्रवाल सम्भावना रहेको छ ।
सबै संघ संस्था र विशिष्ट ब्यक्तिहरुलाई पत्रचार भैसकेकोमा कसैले कुनै कारण बस पत्र प्राप्त नगर्नु भएको भए यसै अनलाईन मिडिया प्रवासी नेपाली डट कम मार्फ सम्पर्ुण्ा संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, शुभ चिन्तकहरु सबैलाई उपस्थिती हुनको लागी अध्यक्ष गोपाल घिमीरे ज्यूले हार्दिक अनुरोध गर्नु भएको छ ।

यस कार्यक्रमको ब्यबस्थापन समाजसेवी तथा एन्आर्एन्ए साउदी अरेवियाका सल्लाहकार श्री राजु सैयदले गर्नु भएको छ ।

January 15, 2008

डोल्मालाई बचाउनको लागी अन्तिम प्रयास जारी ।

सागर श्रेष्ठ
जनवारी १५/साउदी अरेविया
आफु संगै काम गर्ने फिलीपिनो साथीलाई मारेको अभियोगमा कुबेती झेलखानमा परेको र कुबेती तल्ल्ाो अदालतले मृत्यु डण्ड को सजाए सुनाईएकाी डोल्मा शर्ेपाको समस्या समाधान हुने प्रबल सम्भावना रहेको छ । गत हप्ता परराष्ट्र मन्त्रालयको निर्देशनमा कुबेत पुगेर हिजै मात्र नेपाली दुताबास रियाद साउदी अरेवियाका प्रथम सचिव श्री लोक बहादुर थापा र्फकनु भएको छ ।
यस विषयलाई लिएर पि एन एनले नेपाली दुताबास रियादका का ब राजदुत समेत रहनु भएको कन्सुलर प्रकाश कुमार सुबेदी संग जिज्ञासा राख्दा । कुबेतमा उक्त महिलालाई तल्लो अदालतले मृत्यु डण्डको सजाय दिएको हो । माथिल्लो अदालतको निर्ण्र्ााआउन बाँकी नै छ । हामी संग समय बाँकी भएको हुनाले वहाँलाई नयाँ जिवन दिन सकिने प्रयास भई रहेको बताउनु भयो । साथै त्यो केस सम्बन्धी रिपोर्ट परराष्ट्र मन्त्रलयमा पठाउने र परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताउनु भयो ।

January 14, 2008

एक नेपालीको बेबारिसे अबस्थामा मृत्यु, उद्वारको लागी अपिल ।


सागर श्रेष्ठ,
जनवारी १४, साउदी अरेविया ।
नेपाल सरकारको ठोस बैदेशीक निती नहुनु । म्यान पावरहरुको लापर्बाही आदीको कारणले गर्दा नेपालीहरु बिदेश आएर ठगिने क्रम दिन प्रतिदिन बढी रहेको छ । नेपालमा गरेको सम्झौता अनुसार यहाँ आएर सुबीधाहरु नपाएपछि नेपालीहरु भागेर काम गर्नेको संख्या साउदी अरेवियामा मात्र ७० हजार भन्दा बढी भई सकेको अनुमान गर्न सकिन्छ । यसरी भागेर काम गर्नेहरु नेपाल र्फकने बेलामा एउटै मात्र बाटो जेद्वा हो ।
हाम्रा पि एन एन सहयोगी मित्र देबेन्द्र कर्नले जेद्वा बाट पठाएको समाचार अनुसार एक नेपालीको बेबारिसे अबस्थामा मृत्यु भएको खबर छ । प्राप्त जानकारी अनुसार नेपाल र्फकने क्रममा जेद्वा पुगेका राक गा वि स वडा नं ५ रोल्पा, नेपालका बल बहादुर बि क जेद्वाको साह्राफिया पुलमुनी गत १० जनवारी २००८ को दिन बेबारिसे अबस्थामा मृत्यु भएको छ । अन्दाजी ३०-३५ बर्षा वि क लाई मुटु सम्बन्धी रोग थियो । प्रारंम्भीक अनुमान अनुसार अति जाडोको कारण उसको मृत्यु भएको हुनर्ुपर्छ ।
स्मरण रहोस जेद्वाबाट नेपाल र्फकने प्रत्येक नेपालीहरु उक्त पुलमुनी गएर बस्नु पर्दछ अनि पुलिसले आएर समातेर जेलखानामा हाली प्रकृया पुर्‍याएर नेपाल एम्बेसीको सहयोगमा नेपाल पठाउने गर्दछ ।
यस विषयमा हाम्रा सहकर्मी कर्न जीले एम्बेसीमा जानकारी लिदा कन्सुलर तथा का ब राजदुत प्रकाश कुमार सुबेदी ज्यूको अनुसार भागेर काम गरेको र कुनै र्रर्ेकडहरु पनि नभएकोले यस सम्बन्धमा लासलाई नेपाल पठाउन कसैले सहयोग गर्छ भने लास नेपाल पठाउन आवश्य सहयोग गर्ने बचन दिनु भएको जानकारी गराउनु भएको छ ।
वि क को नातेदार कसैले पनि अहिले सम्म सर्म्पर्क नगरेकोले कोहि ब्यक्तिले चिन्नु भएको छ भने देबेन्द्र कर्न ज्यूलाई ००९६६-५०२३७२२३९ मा अथवा पि एन एन कोर् इमेल ठेगनामा सर्म्पर्क गर्नहुन हार्दिक अनुरोध गरिन्छ । साथै विभिन्न संघ संस्था, समाजसेवी मित्रहरुलाई उक्त लास नेपाल पठाउनलाई आर्थिक सहयोग गर्नहुन पि एन एन हार्दिक अपिल गर्दछ । कुनै पनि सहयोग गर्नुहुने संघ संस्था तथा ब्यक्तिहरुले र्डाईरेक्ट नेपाल एम्बेसी रियादमा पनि सर्म्पर्क गर्न सक्नुहुनेछ ।

January 6, 2008

हार्दिक बधाई तथा शुभ कामना


हार्दिक बधाई तथा शुभ कामना
अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेवियाका का. ब. सभापति श्री तिलक गुरुङ्ग जि ले फुल जस्तो अडियो निकाल्नु भएकोमा साथै सम्मानित हुनुभएकोम हार्दिक बधाई दिदै सफलताको शुभ कामना व्यक्त गर्दछौ ।
सागर श्रेष्ठ
संस्थापक सभापति तथा प्रमुख सल्लाहकार
तथा
अनेसास परिवार साउदी अरेविया


हार्दिक बधाई तथा शुभ कामना
पि एन एन का सदस्य तथा समाजसेवीद्वाय कृष्ण प्रसाद शर्मा सुबेदी तथा राजु सैयद ज्यू सम्मानीत हुनुभएकोमा हार्दिक बधाई दिदै सफलताको शुभ कामना व्यक्त गर्दछौ ।
सागर श्रेष्ठ
डिरेक्टर
तथा पि एन एन परिवार

लोकतान्त्रिक जनआन्दोलन र ऐतिहाहिक कर्मचारी आन्दोलनको समयमा महत्वपर्ूण्ा योगदान पुर्‍याएकामो प्रवासी नेपाली डट कम्का धनकुटा समाचार सम्बाददाता तथा नेपाल पत्रकार महासंघ धनकुटा जिल्ला शाखाका सभापति श्री विजय सन्तोषी राइ सम्मानित हुनु भएकोमा उहालाई हार्दिक बधाई दिदै सफलताको शुभ कामना व्यक्त गर्दछौ ।
सागर श्रेष्ठ
डिरेक्टर
तथा पि एन एन परिवार

लोकतान्त्रिक जनआन्दोलन र ऐतिहाहिक कर्मचारी आन्दोलनको समयमा महत्वपर्ूण्ा योगदान पुर्‍याएकामो नेपाल पत्रकार महासंघ धनकुटा जिल्ला शाखाका सभापति एवंं नेपाल रेडक्रस सोर्साईटी धनकुटा हुलाकटोल उपशाखाका मंत्री श्री विजय सन्तोषी राइलाई सम्मानित हुनु भएकोमा उहालाई हार्दिक बधाई दिदै सफलताको शुभ कामना व्यक्त गर्दछौ ।
सुनिल कुमार डंगोल
अध्यक्ष
एवं नेपाल रेडक्रस सोर्साईटी हुलाकटोल
उपशाखा

January 5, 2008

तमुको ल्होछार विविध कार्यक्रम सहित भब्य रुपमा सम्पन्न ।

सागर श्रेष्ठ
जनवरी ०५, साउदी अरेविया
संन्सारको एउटा बेग्लै कानुन भएको देश साउदी अरेवियामा तमुको विशेष चाड ल्होसार साउदी अरेवियाका लागी कन्सुलर तथा महा महिम का. ब. राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यूको प्रमुख आतिथ्यमा दमाम स्थित एक हलमा भब्यताको साथ सम्पन्न भएको छ । (more…)

January 2, 2008

एक नेपाली चेलीको उद्वार तिन अझै जेलखानामा ।

सागर श्रेष्ठ,
जनवारी २, २००८, खाडी देशहरुमा दिन प्रति दिन बैदेशीक रोजगारीको लागी नेपालीहरु आउने क्रम बढी रहेको छ । नेपाली महिलाहरुलाई नेपालबाटै आउने अनुमती नभएकोले भारत तथा बंगलादेशहुदै आउने धेरै छन । गैर रुपमा आउने गरेकोले होला नेपाली महिलाहरुको यस देशमा सुरुक्षा नभएको । नेपाल सरकारले बैदेशीक रोजगार सम्बन्धी राम्रो निती नियम बनाउने हो भने नेपाली चेलीहरुले त्यस्तो सारिरीक तथा मानसीक समस्या भोग्नु पर्दैन थियो होला । हुन त यहाँ अन्य देशका महिलाहरु नभएका होईनन् तर अन्य देशको महिलाहरु भन्दा नेपाली महिलाहरु विचल्लीमा परेको पाईएको छ । यस समस्याको समाधानको लागी सम्बन्धीत निकायले ध्यान दिनु अत्यन्त जरुरी छ ।
तिन महिना पहिले श्री मानको अनुमति नलिई माईतिबाटै दलालको चिप्लो बोलीमा विस्वास गरेर ठूलो रकम कमाउन साउदी अरेविया आई पुगेकी नवलपारासी जिल्ला माकर गा. बि. स. वार्ड नं २ चिसापानी बस्ने दर्ुजा बुढामगरको श्रीमती अमृता बुढा मगर हिजो नयाँ बर्षै दिन नयाँ जीवन लिएर नेपाल फर्केकी छे । तिन हाप्ता लामो जेलमा बसेर नेपाल फर्केकी बुढामगरलाई काम गर्न नजानेको भन्दै शारिरीक तथा मानसीक आतना दिएको थियो । त्यसैले मर्नु भन्दा बहुलाउनु निको भन्ने उखान सम्झी त्यंहाबाट भागेकी थिईन । उक्त नेपाली चेलीलाई नेपाल पठाउन विशेष सहयोग गर्नुहुने पि एन एन -प्रवासी नेपाली डट कम्) नेपाली दुताबास रियाद, नेपाल दर्ुबई डट कम, नेपाली टिभी, ग्यालेक्सी टिभी, उज्यालो नेश्नल नेर्टवर्क, अन्य मिडियाहरु, प्रवासी गेष्टहाउस र सहयोगी मित्रहरुलाई धन्यबाद दिएको जानकारी नवलपरासी प्रवासी मञ्च २००३ दमामका अध्यक्ष श्री बिरेन्द्र कुमार चौधरीद्वारा हस्ताक्षेरित प्रेश वक्तब्यमा जनाईएको छ ।
प्रेश वक्तब्यमा अझै उक्त जेलखानामा झापाको कविता कार्की, कास्कीको हिरा थापा र चितवनको विमला तिमल्सीना रहेको हुदा उद्वार गर्नको लागी विभिन्न संघ संस्थाहरुलाई अनुरोध पनि गरेको छ । स्मरण रहोस प्रवासी गेष्टहाउसले एर्पोट देखी घर सम्म पुर्‍याउनको लागी लाग्ने खर्च बेहोर्ने भएको छ ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter