:: आदीवासी जनजाती मञ्च प्रवास साखाको बाषिर्क भेला सम्पन्न । : : December : : 2007

December 30, 2007

आदीवासी जनजाती मञ्च प्रवास साखाको बाषिर्क भेला सम्पन्न ।

पि एन एन सम्बाददाता, साउदी अरेविया
डिसेम्बर ३०, साउदी अेविया
अरबको खाडी क्षेत्रमा अबस्थित मरु भुमि राष्ट साउदी अरबको पर्ूर्बिय प्रान्त दम्माम शहरमा हालै नेपाली आदीबासी जनजाति मञ्च, प्रबास कायर्ं समितिको बाषिर्क साधारण सभा साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि , बुद्धीजीबी , समाज सेबी, पत्रकार , मञ्चको कार्य समितिकोे सदस्यहरु लगायत अन्य आमन्त्रित प्रबासी आदीबासि जनजाती जन समुदायहरुको ब्यापक उपस्थितिमा भब्यसमारचेह विच सम्पन्न भएको छ ।
साधारण सभाले बिधानत ः पुरानो कार्य समितिको बिघटन गरी र्सब सम्मतिले पुन १ बर्षो अबधिको लागी नयाँ कार्य समिति गठन गरेको छ । जस अनुसार अध्यक्षमा रत्न कुमार लावती , उपाअध्यक्ष नेत्र र्राई , महासचिब जगेबु दिलिप लिम्बु , कोषाध्यक्ष तेज कुमार चेम्जोङ्ग , सचिब अमित र्राई, सदस्यहरुः इन्द्र लिम्बु, खेम गुरुङ्ग , सन्जीब लामा , राजु मगर र चेक लामा रहनु भएको छ । यसै गरि सल्ााहकार समिति अन्तरगत प्रमुख सल्लाहकारमा केशर मान गुरुङ्ग र सदस्यहरुमा प्रेम चेम्जोङ्ग, तिल ब. र्राई , बिरेन्द्र चौधरी , राज पति गुरुङ्ग तिलक गुरुङ्ग , प्रतिमान बिक र र्सर्ुय श्रेष्ठ रहनु भएको छ । साथै भेलाले भरत कुमार लामालाई पुनः प्रबक्ता र कानुनी सल्लाहकारमा पहिम मान ब. लिम्बुलाई चयन गरेको छ । भेला तत्कालीन मञ्चको कार्य समिति अध्यक्ष केशर मान गुरुङ्ग को अध्यक्षतामा र समाज सेबी प्रेम चेम्जोङ्ग को प्रमुख अतिथ्यमा रहेको थियो भने कार्यक्रम सन्चालन सचिब दिलिप लिम्बुले गर्नु भएको थियो । प्रबक्ता भरत लामा को स्वागत मन्तब्य पछि क्रमस ः अतिथिहरु किरात एकता संघ का नगेन्द्र पाराघरी लिन्बु , तमु धी साउदी अरब का राजपति गुरुङ्ग , अ. ने. सा. स. साउदी च्याप्टरका का. बा. सभापति तिलक गुरुङ्ग , तर्राई आदिबासी समुदायका बिरेन्द्र चौधरी , स्वर्गिक मार्गका तिल ब. राइ , लगाएत र्सर्ुय श्रेष्ठ , सोम लिम्बु आदिले पर्ुनगठित नब कार्य समितिको प्रगतिको कामना गदै आ-आफ्नो मन्तब्य दिनु भएको थियो भने तत्कालिन उपाध्यक्ष नेत्र र्राईले आदिबासी जनजातीहरुको बारेमा प्रकास पार्नु भएको थियो ।
तत्कालिन महासचिव रत्न लावतिले मञ्चको आगामी लक्षीत कार्यक्रम सहित बाषिर्क प्रतिबेदन र कोषाध्यक्ष मान बंं लिम्बुले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा मञ्चका संस्थापक अध्यक्ष केशर मान गरुङ्गले स्थापना काल देखी हाल सम्म मञ्चले खेलेको भुमिकाको बारेमा बोल्दै पर्ुनगठित नब कार्य समितिलाई अग्रिम बधाई सहित प्रगतिको शुभकामना ब्यक्त गदै उक्त्त कार्यक्रम को बिर्सजन गरि नया कार्य समितिलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम दमाम स्थित एक होटलको सभाकक्षमा आयोजना गरिएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2007/12/30/p313/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter