: : December : : 2007

December 12, 2007

PNN News Test Practice


विश्व आप्रवासन दिवस -१८ डिसेम्वर २००७) को सर्न्दर्भमा मा. श्रम तथा यातायात राज्यमन्त्री श्री रमेश लेखकलाई बुझाएको ज्ञापन पत्र ।

नेपालीहरु बैदेशिक रोजगारमा जान लागेको १९२ वर्षभैसकेको छ । नेपालको बढ्दो वेरोजगारी समस्या र गएको १० वर्षो द्धन्दले ब्रि्रदो आर्थिक अवस्थाले गर्दा ग्रामिण भेगका युवा र युवतीहरु बैंदेशिक रोजगारमा जिवनयापनको लागि आकषिर्त हुँदै आएका छन् । करिव दश वर्षो द्धन्दमा फसेका कारण अर्थतन्त्र ओरालिंदै गर्दा विदेशमा गएका कामदारले पठाएको ‘रेमिटेन्स’ ले देशको अर्थतन्त्र धानेको कुरा हामी बिच र्छलङ्ग छ ।
माननीय राज्यमन्त्री ज्यू को नेतृत्वमा यस मन्त्रालयले गएको केहि महिना भित्र गरेका कार्यहरु जस्तै केहि राष्ट्रसंग श्रम सम्झौता, बैदेशिक रोजगार ऐन २०६४, छुट्टै बैदेशिक रोजगार विभागको ऐनमा व्यवस्था, र महिलालाई पर्ूण्ा रुपमा विभेद हर्टाईएका जस्ता कार्य प्रशंसनीय रहेको र यसको सञ्जाल स्वागत गर्दछ । तर अझै बैदेशिक रोजगार सुरक्षित, सुलभ, मर्यादित र उत्तरदायिपर्ूण्ा हुन नसकेकोले यस सञ्जाल निम्न माग राख्दछ ः
१. संयक्त राष्ट्र संघको आप्रवासन सम्बन्धी महासन्धि १९९० नेपाल सरकार ले तुरुन्त अनुमोदन गर्नुपर्दछ ।
२. महिलाहरु बढि जोखिममा परेकाले महिलाहरुको लागि छुट्टै उपयुक्त सूचना प्रवाह, तालिम, ऋण र सुरक्षाको व्यवस्था मिलाईयोस् ।
३. बैदेशिक रोजगारमा गएका सबैले विदेशमा रहेको कन्सुलेट र राजदुतावास मार्फ संविधानसभा र अन्य नियमित निर्वाचनमा मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस् ।
४. बैदेशिक रोजगारमा बढ्दो ठगि अबिलम्ब रोकियोस् ।
५. नेपाली कामदार बढि भएका र जोखिममा भएका देशहरुमा नेपाली राजदुतावास खोली श्रम सहचारी तुरुन्त नियुक्त गरि श्रमिकहरुको अधिकार सुनिश्चित गरियोस् ।
६. ओरेन्टेसन तालिमलाई अनुगमन गरि प्रभावकारी ढंगले सञ्चालन हुने व्यवस्था मिलाईयोस् ।
धन्यवाद ।

गणेश गुरुङ्ग
अध्यक्ष - सुरक्षित आप्रवासनकालागि राष्ट्रिय सञ्जाल -आप्रवासन सञ्जाल, नेपाल)

प्रेस विज्ञप्ती
नेपालीहरु बैदेशिक रोजगारमा जान लागेको १९२ वर्षभैसकेको छ । नेपालको बढ्दो वेरोजगारी समस्या र गएको १० वर्षो द्धन्दले ब्रि्रदो आर्थिक अवस्थाले गर्दा ग्रामिण भेगका युवा र युवतिहरु बैंदेशिक रोजगारमा जिवनयापनको लागि आकषिर्त हुँदै आएका छन् ।
करिव दश वर्षो द्धन्दमा फसेका कारण अर्थतन्त्र ओरालिंदै गर्दा विदेशमा गएका कामदारले पठाएको ‘रेमिटेन्स’ ले देशको अर्थतन्त्र धानेको कुरा हामी बिच र्छलङ्ग छ । लगभग १४ लाख जति नेपालीहरु हाल बैदेशिक रोजगारमा छन् । पछिल्लो समयमा आएर महिलाहरुको बैदेशिक रोजगारमा आकर्षा बढ्दै गएको छ ।
युनिफेम् र निड्सले गरेको अध्ययन अनुसार ७५ हजारजति नेपाली महिलाहरु विभिन्न देशमा कामदारका रुपमा छन् । अनुमानित एक खरब रुपियाँ वाषिर्क रुपमा नेपाल भित्रिन्छ भने यसका लागि महिलाको योगदान ११ प्रतिशतभन्दा माथि रहेको छ । यता भारतमा गएका नेपाली कामदारको संख्या यकिन गर्न गाह्रो भएकाले यति नै भन्न सक्ने स्थिति छैन ।
नेपालको विद्यमान परिस्थिति र बढ्दो विश्वव्यापीकरण हर्ेदा आगामी दिनमा अझ बढि युवायुवतिहरु कामकालागि विदेशिने निश्चित छ । यर्सथ अर्थतन्त्रमा महत्वपर्ूण्ा योगदान पुर्‍याइरहेको बैदेशिक रोजगारलाई सुरक्षित, सहज, सुलभ, मर्यादित र उत्तरदायिपर्ूण्ा बनाउँदै लानु सबैको दायित्व भएको छ । यसै कुरालाई मध्यनजर राखेर १८/१०/२०६३ मा ३५ वटा संघ/संस्थाको भेलाले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल -आप्रवासन सञ्जाल) गठन गरेको छ । संस्थाको मुख्य उद्देश्य सुरक्षित आप्रवासनकालागि काम गरिरहेको संस्थाहरुको छाता संगठनको रुपमा काम गर्ने । सरकारी नीति, गैरसरकारी सँस्था तथा दातृसँस्थाहरुबाट भएका विभिन्न कार्यक्रममा आप्रवासि कामदारहरुको हितको सुनिश्चितताको लागि वकालत गर्ने र आप्रवासी महिला कामदार तथा तिनका परिवारका सदस्यको हितलाई प्राथमिकता दिने लगायत रहेका छन् ।
यसरी विश्व भरि एउटा देशको मानिस अर्को देशमा काम गर्न जाने बढ्दो क्रमलाई मध्यनजर राखी संयुक्त राष्ट्र संघले १८ डिसेम्बर लाई विश्व अप्रवासन दिवसको रुपमा मनाउन आव्हान गरे अनुसार नेपालले पनि गत चार वर्षाट यो दिवस मनाउँदै आएको छ । यस दिवस लाई यस सञ्जालका ३५ वटा संस्थाहरुले १५ दिन सम्म विभिन्न कार्यक्रम वनाई भव्य रुपमा ९ देखि २३ डिसेम्वर -२३ मंसिरबाट ८ पुस) सम्म मनाउन लागेको सहर्षजानकारी गराउन चाहन्छौं ।
१५ दिने कार्यक्रम यस प्रकार छन् ।
१. प्रेस विज्ञप्ति
२. बृहत रेली -१८ डिसेम्बर - ३ पौष २०६४) माइतीघर मण्डलामा सभा
३. बैदेशिक रोजगार सम्बन्धी सामाग्र्री पर््रदर्शनी
४. पम्पलेट र अन्य सामाग्री वितरण
५. बैदेशिक रोजगारमा जाने र आउने को स्वागत र विदाई कार्यक्रम
६. बैदेशिक रोजगार २०६४ ऐन सम्बन्धी गोष्ठी
७. बैदेशिक रोजगार सम्बन्धी अन्तरिम तिन वर्षो नयाँ नेपाल सरकारको योजना सम्बन्धी गोष्ठी
८. बैदेशिक रोजगारमा गएकाहरुको संविधान सभामा मताधिकार बारे गोष्ठी
९. बैदेशिक रोजगारमा गएकाहरुको श्रीमति/श्रीमानहरु सँग तिनका समस्या बारे जनचेतना सम्बन्धि अन्तरक्रिया
१०. नेपाल सरकारलाई ज्ञापन पत्र दिने

यसै दिवसको अवसर पारेर हामी सञ्जाल को तर्फाट नेपाल सरकार समक्ष तपसिलका मागहरु राख्दछौ ।
१. संयक्त राष्ट्र संघको अप्रवासन सम्बन्धी महासन्धि १९९० नेपाल ले तुरुन्त अनुमोदन गर्नुपर्दछ ।
२. महिलाहरु बढि जोखिममा परेकाले महिलाहरुको लागि छुट्टै उपयुक्त सूचना प्रवाह, तालिम, ऋण र सुरक्षाको व्यवस्था मिलाईयोस् ।
३. बैदेशिक रोजगारमा गएका सबैले विदेशमा रहेको कन्सुलेट र राजदुतावास मार्फ संविधानसभा र अन्य नियमित निर्वाचनमा मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस् ।
४. बैदेशिक रोजगारमा बढ्दो ठगि अबिलम्ब रोकियोस् ।
५. श्रम सहचारी तुरुन्त नियुक्त गरि श्रमिकहरुको अधिकार सुनिश्चित गरियोस् ।

गणेश गुरुङ्ग
अध्यक्ष
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल
-आप्रवासन सञ्जाल, नेपाल)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter