: : December : : 2007

December 30, 2007

आदीवासी जनजाती मञ्च प्रवास साखाको बाषिर्क भेला सम्पन्न ।

पि एन एन सम्बाददाता, साउदी अरेविया
डिसेम्बर ३०, साउदी अेविया
अरबको खाडी क्षेत्रमा अबस्थित मरु भुमि राष्ट साउदी अरबको पर्ूर्बिय प्रान्त दम्माम शहरमा हालै नेपाली आदीबासी जनजाति मञ्च, प्रबास कायर्ं समितिको बाषिर्क साधारण सभा साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि , बुद्धीजीबी , समाज सेबी, पत्रकार , मञ्चको कार्य समितिकोे सदस्यहरु लगायत अन्य आमन्त्रित प्रबासी आदीबासि जनजाती जन समुदायहरुको ब्यापक उपस्थितिमा भब्यसमारचेह विच सम्पन्न भएको छ ।
साधारण सभाले बिधानत ः पुरानो कार्य समितिको बिघटन गरी र्सब सम्मतिले पुन १ बर्षो अबधिको लागी नयाँ कार्य समिति गठन गरेको छ । जस अनुसार अध्यक्षमा रत्न कुमार लावती , उपाअध्यक्ष नेत्र र्राई , महासचिब जगेबु दिलिप लिम्बु , कोषाध्यक्ष तेज कुमार चेम्जोङ्ग , सचिब अमित र्राई, सदस्यहरुः इन्द्र लिम्बु, खेम गुरुङ्ग , सन्जीब लामा , राजु मगर र चेक लामा रहनु भएको छ । यसै गरि सल्ााहकार समिति अन्तरगत प्रमुख सल्लाहकारमा केशर मान गुरुङ्ग र सदस्यहरुमा प्रेम चेम्जोङ्ग, तिल ब. र्राई , बिरेन्द्र चौधरी , राज पति गुरुङ्ग तिलक गुरुङ्ग , प्रतिमान बिक र र्सर्ुय श्रेष्ठ रहनु भएको छ । साथै भेलाले भरत कुमार लामालाई पुनः प्रबक्ता र कानुनी सल्लाहकारमा पहिम मान ब. लिम्बुलाई चयन गरेको छ । भेला तत्कालीन मञ्चको कार्य समिति अध्यक्ष केशर मान गुरुङ्ग को अध्यक्षतामा र समाज सेबी प्रेम चेम्जोङ्ग को प्रमुख अतिथ्यमा रहेको थियो भने कार्यक्रम सन्चालन सचिब दिलिप लिम्बुले गर्नु भएको थियो । प्रबक्ता भरत लामा को स्वागत मन्तब्य पछि क्रमस ः अतिथिहरु किरात एकता संघ का नगेन्द्र पाराघरी लिन्बु , तमु धी साउदी अरब का राजपति गुरुङ्ग , अ. ने. सा. स. साउदी च्याप्टरका का. बा. सभापति तिलक गुरुङ्ग , तर्राई आदिबासी समुदायका बिरेन्द्र चौधरी , स्वर्गिक मार्गका तिल ब. राइ , लगाएत र्सर्ुय श्रेष्ठ , सोम लिम्बु आदिले पर्ुनगठित नब कार्य समितिको प्रगतिको कामना गदै आ-आफ्नो मन्तब्य दिनु भएको थियो भने तत्कालिन उपाध्यक्ष नेत्र र्राईले आदिबासी जनजातीहरुको बारेमा प्रकास पार्नु भएको थियो ।
तत्कालिन महासचिव रत्न लावतिले मञ्चको आगामी लक्षीत कार्यक्रम सहित बाषिर्क प्रतिबेदन र कोषाध्यक्ष मान बंं लिम्बुले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा मञ्चका संस्थापक अध्यक्ष केशर मान गरुङ्गले स्थापना काल देखी हाल सम्म मञ्चले खेलेको भुमिकाको बारेमा बोल्दै पर्ुनगठित नब कार्य समितिलाई अग्रिम बधाई सहित प्रगतिको शुभकामना ब्यक्त गदै उक्त्त कार्यक्रम को बिर्सजन गरि नया कार्य समितिलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम दमाम स्थित एक होटलको सभाकक्षमा आयोजना गरिएको थियो ।

December 23, 2007

खुल्ला अन्तर भलिबल प्रतियोगीता भब्यताको साथ सम्पन्न ।

सागर श्रेष्ठ, साउदी अरेविया
डिसेम्बर २४, साउदी अरेविया, मुस्लीमहरुको पवित्र चाड बकर््रर् इद तथा नयाँ वर्ष२००८ को पावन अबसरमा हिमालयन यूथ क्लब साउदी अरेवियादारा सञ्चालीत साउदी अरेविया ब्यापि खुल्ला अन्तर भलिबल प्रतियोगीता भब्यताको विच सम्पनन भएको छ ।

साउदी अरेविया तामिमी क्याम्पको खेल मैदानमा साउदी अरेवियाको लागी नेपाली दुताबासका कन्सुलर तथा का. ब. राजदुत महामहिम श्री प्रकाश कुमार सुबेदी ज्यूद्वारा उदाघाटन गरिएको उक्त खेलको सभापतित्व हिमालयन क्लबका अध्यक्ष श्री केहर थापा ज्यूले गर्नु भएको थियो । उक्त खुल्ला भलिबल प्रतियोगीतामा साउदी अरेवियाका विभिन्न क्षेत्रबाट २२ नेपाली टिमहरुले सहभागीता जनाएका थिए । स्थानिय समय अनुसार दिनको करिव ०१ः१० मा उदाघाटन गरिएको उक्त समारोहमा गैर आवसीय नेपाली संघ अन्तराष्टिय समन्य परिषदका साउदी अरेवियाबाट प्रतिनिधित्व गर्नुहुने राम बहादुर बेलबासे, राष्टिय समन्य परिषद साउदी अरेवियाका स्टाबलीसमेन्ट, अध्यक्ष लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, ब्यापारी, समाजसेवी, पत्रकार आदीको साथ साथै हजारौ खेलप्रेमी नेपालीहरुको उपस्थिती रहेको थियो ।

प्रमुख तथा विशिष्ट अतिथिहरु उदाघाटन समारोहमा

हजारौं दर्शकहरु उत्सुकताको साथ भलिबल कार्यक्रम हर्ेर्दै ।

प्रवासी नेपाली डट कम्का निर्देशक श्री सागर श्रेष्ठदारा सञ्चालीत उक्त कार्यक्रममा आफ्नो मन्तब्यको क्रममा महामहिम का ब राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यूले नेपालीहरुदारा सञ्चालीत यस्ता खेलकुद कार्यक्रममा सहभागी हुन पाएकोमा आफुलाई धेरै खुसी लागेको कुरा बताउनु भयो ।

कार्यक्रमको ब्रेक समयमा नाचेर मनोरञ्जन दिर्दै ।

यस्ता कार्यक्रमहरुले नेपालीहरुविच सुमधुर सम्बन्ध ल्याउने कुरामा वहाँको भनाई थियो । जि सी सी तथा तामीमी क्यम्पले उक्त खेलको भौतिक तथा अन्य सुविधाहरु उपलब्ध गर्राई दिएकोमा नेपाली दुताबास तथा सम्पर्ुण्ा नेपालीहरुको तर्फाट शुभकामना दिनु भयो । उक्त अबसरमा सम्पर्ुण्ा मुस्लीम नेपालीहरुलाईर् इदको शुभकामनाको साथै नयाँ बर्ष२००८को शुभ कामना ब्यक्त गर्दै अनुशासनमा रहि खेल पर््रदशन गर्न खेलाडीहरुलाई अनुरोध गर्दै कार्यक्रमको सफलताको शुभ कामना ब्यक्त गर्नु भएको थियो । देशमा लोकतन्त्र बहालीको लागी आहुती दिनुहुने महान शहिदहरुमा श्रदा सुमन एक मिनेट मौन धारणबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।

भलिबल कार्यक्रमको एक झलक

भलिबल कार्यक्रमको एक झलक

हजारौं नेपालीहरुको माझ अन्य देशका नागरिकहरुको पनि उपस्थिती रहेको थियो । उक्त उदाघाटन समारोहमा जि सि सि कम्पनिका म्यनेन्जीड. र्डाईरेक्टर तथा क्याम्पबोस मी. खालील ज्यूले नेपालीहरुले यस्ता कार्यक्रम राखेकोमा धेरै खुसी लागेको साथै जि सि सि कम्पनीले प्रयोजन गर्ने अबसर प्रदान गरेकोमा हिमालयन क्लबलाई धन्यबाद दिनुभयो साथै भावि दिनहरुमा पनि आवसेक सहयोग पुर्‍याउन प्रतिवद्वता ब्याक्त गर्नु भयो ।

मन्तब्यकै क्रममा विशिष्ट अतिथि श्री राम बहादुर बेलबासे ज्यूले एनआएन को बारेमा केहि शब्दहरु राख्दै हिमालयन क्लबले एउटा पुन्य काम गर्न लागेकोले आफुलाई खुसी लागेको भन्दै टुहुरा बालबच्चाहरुको शिक्षा तथा स्वास्थ्यमा सहयोग पुर्‍यानको लागी ने रु ५००१, दिनु भएको थियो र्।र् इद मुबारक, नयां बर्षो शुभ कामना साथै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । त्यसै गरि अर्का विशिष्ट अतिथी समाजसेवी तथा एन आर एन ए साउदी अरेवियाका स्टाबलीसमेन्ट नेगोसेटर कृष्ण प्रसाद र्समा सुबेदी ज्यूले सम्पर्ुण्ा अतिथिहरुको तर्फाट मन्तब्य दिनु भएको थियो । हिमालयन क्लबले ब्यबस्थीत तरिकाले खेलको आयोजना गर्नु भएकोमा धन्यबादको साथ साथै आफु चांडै नेपाल र्फकन लागेकोले उक्त समारोहमा सबै संग विदा लीनु भयो र प्रवासी नेपालीहरुको हरेक प्रकारको समस्याहरु संग आफु सदैब लागी परिरहनु प्रतिबद्वता ब्याक्त गर्नु भएको थियो ।

Mr. Prakash Kumar Subedi giving speech.

कार्यक्रममा स्वागत मन्तब्य क्लबका सचिव श्री राब बस्याल ज्यूले दिनु भएको थियो भने प्रमुख अतिथी लगाएत अन्य विशिष्ट अतिथी तथा अतिथी ज्यूहरुलाई पुश्प गुच्छाद्वारा कृष्ण पौडेल तथा र्सर्ुय दर्या ज्यूले स्वागत गर्नु भएको थियो । त्यसै गरि ब्याच वितरण वसनत र्राई र दिर्ग खत्रीले गर्नु भएको थियो । ढिलो गरी कार्यक्रममा आउनु भएका एन आ एन ए गल्फ सह संयोजक ज्यूले पनि हिमालयन क्लबको प्रशंसानीय काम देखेर असाहाय, टुहुरा बालबच्चाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग पुग्न सकोस भन्ने हेतुले ने. रु. ११,१११ प्रदान गर्नु भएको थियो । त्यसैगरी पहिलो पटक खेलाडीहरुलाई हौसला प्रदान गर्दै नवलपरासी प्रवासी मञ्च २००३ दमामबाट ३५१, अर्घर्ाांची सर्म्पर्क मञ्चबाट १०१ र जनसेवा ट्रेडिङ्गस, दमामबाट १५१ रियाल प्रददान गरेका थिए उक्त रकमहरु १५१ वेष्ट प्लेयरलाई र अन्य रकम पहिलो टिमलाई प्रदान गरेको थियो ।
Langhali Team


Camp Boss of Tamimi Mr Khalil giving speech

द्वन्द पिडित, टुहुरा, गरिब, अशाहाय बालबालीकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवसेक सहयोग पुर्‍याउने उदेश्यले सञ्चालन गरिएको उक्त भलिबल प्रतियोगीताको सबैले खुलेर हिमालयन क्लबको प्रशंसा गरेका थिए । साँच्चिनै हिमालयन क्लबले विदेशबाट एउटा पुन्य कामको थालनी गरेको छ । अन्य नेपाली संघ संस्थाको लागी एउटा पथ पर््रदशक बनेको छ । यसबाट अन्य संघ संस्थाले पनि पाठ सिकेर नेपाल र नेपालीको लागी केहि गर्नै पर्छ भन्ने पाठ सिकाएको छ । उदाघाटन समारोहमा सम्पर्ुण्ा टिमहरुले मार्च पास गरेका थिए ।

NRNA ICC Member Mr. Ram Bahadur Belbase giving speech.


First prize receiving Pachhimanchal Team capten


Giving intertratement in the break time.


Special guests in the closing ceremony.

२२ टिमहरुलाई पर्छर्ाा पश्चिम अञ्चलले पहिलो स्थान हासील गर्न सफल भएको थियो भने दोस्रोमा आ रोबया कम्पनी र तेस्रोमा र्डाईट सेन्टर रियाद भएको थियो । खेलको अबधिभर प्रत्येक टिमबाट एक जना वेष्ट प्लेयर छानीएको थियो साथै मेडल तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । उक्त खेलमा म्यान आफ द म्याचको उपधी रोवया टिमबाट जर्सर्ीीं एक का खेलाडी श्री विर बहादुर कार्कीले प्राप्त गर्नु भएको थियो । रेप्रिmहरुमा श्री देश गुरुङ्ग र श्री मान तमु ज्यूहरु हुनुहुन्थयो । कार्यक्रममको समापन समारोहमा विशिष्ट ब्यक्तिहरुद्वारा पुरस्कार वितरण गरेका थिए ।

सम्पर्ुण्ा खेलाडीहरु मार्च पास गर्दै ।


कार्यक्रमका प्रमुख अतिथी प्रकाश कुमार सुबेदी केक काट्दै


कृष्ण प्रसाद शर्मा सुबेदी सर्म्र्पुण अतिथीहरुको तर्फाट मन्तब्य तथा सुभकामना दिदै


मार्च पासको लागी लाईनबद्व खेलाडीहरु

December 15, 2007

साउदी अरेविया ब्यापी खुल्ला भलिबल प्रतियोगिताको अन्तिम तयारी पुरा ।

सागर श्रेष्ठ
डिसेम्बर १५, साउदी अरेविया
साउदी अरेविया, मुस्लीमहरुको पवित्र पर्व बकर््रर् इदको पावन अबसर पारेर हिमालयन क्लब साउदी अरेवियाले आयोजना गरेको साउदी अरेविया ब्यापी खुल्ला भलिबल कार्यक्रमको अन्तिम तयारी पुरा भएको जानकारी क्लबका अध्यक्ष तथा खेलकुद समितिका संयोजकले र्सार्वजनिक गरेका छन ।
खेललाई अति ब्यबस्थित बनाउनको लागी विभिन्न ११ उपसमिति तयार गरिएको छ । नजिकै हाफमुन विच पनि भएको हुनाले साथै लामो विदा परेको हुनाले खेलप्रेमीहरुले पसुपतिको यात्रा स्रि्राको बेपार भनेझैं हाफमुन विचको अबलोकन गर्न पनि पाउने छन ।
उक्त दिन मेन गेटमै डिटेक्टर राख्ने भएकोहुदा खेलाडी तथा खेलप्रमीहरुलाई साउदी अरेविया सरकारले ब्याण्ड गरेको कुनै पनि बस्तु तथा खाने पिउनेकुरा नलिई नखाई आउनहुन आयोजक समितिले अनुरोध गरेको छ । अहिले सम्म २२ टिमहरुले नाम दर्ता गर्राई सकेको हुदा खेल अति रोमाञ्चकहुने देखीन्छ । साउदी अरेवियामा पहिलो पटक पोल सिस्टममा खेलाउन लागीएको छ । आयोजक समितिले सबैलाई पत्र काट्न नभ्याएको र सबैको सर्म्पर्क माध्यम नभएकोले साउदी अरेवियामा स्थापित नेपाली संघ संस्थाका प्रमुखहरुलाई पि एन एन मार्फ यसै समाचारलाई आधिकारीक निमन्त्रणा मानि उपस्थित हुनको लागी हार्दिक अनुरोध गरेको छ ।

December 12, 2007

PNN News Test Practice


विश्व आप्रवासन दिवस -१८ डिसेम्वर २००७) को सर्न्दर्भमा मा. श्रम तथा यातायात राज्यमन्त्री श्री रमेश लेखकलाई बुझाएको ज्ञापन पत्र ।

नेपालीहरु बैदेशिक रोजगारमा जान लागेको १९२ वर्षभैसकेको छ । नेपालको बढ्दो वेरोजगारी समस्या र गएको १० वर्षो द्धन्दले ब्रि्रदो आर्थिक अवस्थाले गर्दा ग्रामिण भेगका युवा र युवतीहरु बैंदेशिक रोजगारमा जिवनयापनको लागि आकषिर्त हुँदै आएका छन् । करिव दश वर्षो द्धन्दमा फसेका कारण अर्थतन्त्र ओरालिंदै गर्दा विदेशमा गएका कामदारले पठाएको ‘रेमिटेन्स’ ले देशको अर्थतन्त्र धानेको कुरा हामी बिच र्छलङ्ग छ ।
माननीय राज्यमन्त्री ज्यू को नेतृत्वमा यस मन्त्रालयले गएको केहि महिना भित्र गरेका कार्यहरु जस्तै केहि राष्ट्रसंग श्रम सम्झौता, बैदेशिक रोजगार ऐन २०६४, छुट्टै बैदेशिक रोजगार विभागको ऐनमा व्यवस्था, र महिलालाई पर्ूण्ा रुपमा विभेद हर्टाईएका जस्ता कार्य प्रशंसनीय रहेको र यसको सञ्जाल स्वागत गर्दछ । तर अझै बैदेशिक रोजगार सुरक्षित, सुलभ, मर्यादित र उत्तरदायिपर्ूण्ा हुन नसकेकोले यस सञ्जाल निम्न माग राख्दछ ः
१. संयक्त राष्ट्र संघको आप्रवासन सम्बन्धी महासन्धि १९९० नेपाल सरकार ले तुरुन्त अनुमोदन गर्नुपर्दछ ।
२. महिलाहरु बढि जोखिममा परेकाले महिलाहरुको लागि छुट्टै उपयुक्त सूचना प्रवाह, तालिम, ऋण र सुरक्षाको व्यवस्था मिलाईयोस् ।
३. बैदेशिक रोजगारमा गएका सबैले विदेशमा रहेको कन्सुलेट र राजदुतावास मार्फ संविधानसभा र अन्य नियमित निर्वाचनमा मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस् ।
४. बैदेशिक रोजगारमा बढ्दो ठगि अबिलम्ब रोकियोस् ।
५. नेपाली कामदार बढि भएका र जोखिममा भएका देशहरुमा नेपाली राजदुतावास खोली श्रम सहचारी तुरुन्त नियुक्त गरि श्रमिकहरुको अधिकार सुनिश्चित गरियोस् ।
६. ओरेन्टेसन तालिमलाई अनुगमन गरि प्रभावकारी ढंगले सञ्चालन हुने व्यवस्था मिलाईयोस् ।
धन्यवाद ।

गणेश गुरुङ्ग
अध्यक्ष - सुरक्षित आप्रवासनकालागि राष्ट्रिय सञ्जाल -आप्रवासन सञ्जाल, नेपाल)

प्रेस विज्ञप्ती
नेपालीहरु बैदेशिक रोजगारमा जान लागेको १९२ वर्षभैसकेको छ । नेपालको बढ्दो वेरोजगारी समस्या र गएको १० वर्षो द्धन्दले ब्रि्रदो आर्थिक अवस्थाले गर्दा ग्रामिण भेगका युवा र युवतिहरु बैंदेशिक रोजगारमा जिवनयापनको लागि आकषिर्त हुँदै आएका छन् ।
करिव दश वर्षो द्धन्दमा फसेका कारण अर्थतन्त्र ओरालिंदै गर्दा विदेशमा गएका कामदारले पठाएको ‘रेमिटेन्स’ ले देशको अर्थतन्त्र धानेको कुरा हामी बिच र्छलङ्ग छ । लगभग १४ लाख जति नेपालीहरु हाल बैदेशिक रोजगारमा छन् । पछिल्लो समयमा आएर महिलाहरुको बैदेशिक रोजगारमा आकर्षा बढ्दै गएको छ ।
युनिफेम् र निड्सले गरेको अध्ययन अनुसार ७५ हजारजति नेपाली महिलाहरु विभिन्न देशमा कामदारका रुपमा छन् । अनुमानित एक खरब रुपियाँ वाषिर्क रुपमा नेपाल भित्रिन्छ भने यसका लागि महिलाको योगदान ११ प्रतिशतभन्दा माथि रहेको छ । यता भारतमा गएका नेपाली कामदारको संख्या यकिन गर्न गाह्रो भएकाले यति नै भन्न सक्ने स्थिति छैन ।
नेपालको विद्यमान परिस्थिति र बढ्दो विश्वव्यापीकरण हर्ेदा आगामी दिनमा अझ बढि युवायुवतिहरु कामकालागि विदेशिने निश्चित छ । यर्सथ अर्थतन्त्रमा महत्वपर्ूण्ा योगदान पुर्‍याइरहेको बैदेशिक रोजगारलाई सुरक्षित, सहज, सुलभ, मर्यादित र उत्तरदायिपर्ूण्ा बनाउँदै लानु सबैको दायित्व भएको छ । यसै कुरालाई मध्यनजर राखेर १८/१०/२०६३ मा ३५ वटा संघ/संस्थाको भेलाले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल -आप्रवासन सञ्जाल) गठन गरेको छ । संस्थाको मुख्य उद्देश्य सुरक्षित आप्रवासनकालागि काम गरिरहेको संस्थाहरुको छाता संगठनको रुपमा काम गर्ने । सरकारी नीति, गैरसरकारी सँस्था तथा दातृसँस्थाहरुबाट भएका विभिन्न कार्यक्रममा आप्रवासि कामदारहरुको हितको सुनिश्चितताको लागि वकालत गर्ने र आप्रवासी महिला कामदार तथा तिनका परिवारका सदस्यको हितलाई प्राथमिकता दिने लगायत रहेका छन् ।
यसरी विश्व भरि एउटा देशको मानिस अर्को देशमा काम गर्न जाने बढ्दो क्रमलाई मध्यनजर राखी संयुक्त राष्ट्र संघले १८ डिसेम्बर लाई विश्व अप्रवासन दिवसको रुपमा मनाउन आव्हान गरे अनुसार नेपालले पनि गत चार वर्षाट यो दिवस मनाउँदै आएको छ । यस दिवस लाई यस सञ्जालका ३५ वटा संस्थाहरुले १५ दिन सम्म विभिन्न कार्यक्रम वनाई भव्य रुपमा ९ देखि २३ डिसेम्वर -२३ मंसिरबाट ८ पुस) सम्म मनाउन लागेको सहर्षजानकारी गराउन चाहन्छौं ।
१५ दिने कार्यक्रम यस प्रकार छन् ।
१. प्रेस विज्ञप्ति
२. बृहत रेली -१८ डिसेम्बर - ३ पौष २०६४) माइतीघर मण्डलामा सभा
३. बैदेशिक रोजगार सम्बन्धी सामाग्र्री पर््रदर्शनी
४. पम्पलेट र अन्य सामाग्री वितरण
५. बैदेशिक रोजगारमा जाने र आउने को स्वागत र विदाई कार्यक्रम
६. बैदेशिक रोजगार २०६४ ऐन सम्बन्धी गोष्ठी
७. बैदेशिक रोजगार सम्बन्धी अन्तरिम तिन वर्षो नयाँ नेपाल सरकारको योजना सम्बन्धी गोष्ठी
८. बैदेशिक रोजगारमा गएकाहरुको संविधान सभामा मताधिकार बारे गोष्ठी
९. बैदेशिक रोजगारमा गएकाहरुको श्रीमति/श्रीमानहरु सँग तिनका समस्या बारे जनचेतना सम्बन्धि अन्तरक्रिया
१०. नेपाल सरकारलाई ज्ञापन पत्र दिने

यसै दिवसको अवसर पारेर हामी सञ्जाल को तर्फाट नेपाल सरकार समक्ष तपसिलका मागहरु राख्दछौ ।
१. संयक्त राष्ट्र संघको अप्रवासन सम्बन्धी महासन्धि १९९० नेपाल ले तुरुन्त अनुमोदन गर्नुपर्दछ ।
२. महिलाहरु बढि जोखिममा परेकाले महिलाहरुको लागि छुट्टै उपयुक्त सूचना प्रवाह, तालिम, ऋण र सुरक्षाको व्यवस्था मिलाईयोस् ।
३. बैदेशिक रोजगारमा गएका सबैले विदेशमा रहेको कन्सुलेट र राजदुतावास मार्फ संविधानसभा र अन्य नियमित निर्वाचनमा मतदान गर्ने अधिकारको सुनिश्चित गरियोस् ।
४. बैदेशिक रोजगारमा बढ्दो ठगि अबिलम्ब रोकियोस् ।
५. श्रम सहचारी तुरुन्त नियुक्त गरि श्रमिकहरुको अधिकार सुनिश्चित गरियोस् ।

गणेश गुरुङ्ग
अध्यक्ष
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल
-आप्रवासन सञ्जाल, नेपाल)

December 11, 2007

मरेपनि मरोस मलाई मतलब छैन, मलाई नेपाल फर्काई दिनुहोस ।

सागर श्रेष्ठ
भन्छन श्रीमान श्रीमतिको झगडा परालको आगो, अनि श्रीमान श्रीमति विचमा भएको हजारौं गल्तीहरुलाई माफ गरिन्छ तर यहाँ उल्लेख गर्नु खोजेको कुरामा त्यसो भएन । एक नेपाली महिलाको पिडा न त त्यो जागीर दिनेले बुEmन सक्यो न त संगै जीउने संगै मर्ने भन्ने श्रीमान ले नै बुEmन सक्यो । आज भन्दा करिब २-३ महिना पहिले घरमा सामान्य झगडा भई माईति गएकि आफ्नी श्रीमतिको एक्कासी आपतमा परेकी छे विदेशमा भन्दा नवलपरासी माकर २ बार्देघाट चिसापानीको दर्ुजा बुढामगर तिनछक परेका छन ।
पि एन एन लाई प्राप्त जानकारी अनुसार वहाँको श्रीमति सामान्य झगडा पछि माईति गएकी थिईन माईतिमा बस्दा मानव तस्कर दलाली रुपन्देही जील्ला खैरेनि निवासी कृष्ण पौडेलले ललाई फकाई मौकाको फाईदा उठाउदै विभिन्न प्रलोभनहरु देखाउदै बम्बाई मार्फ साउदी अरेवियामा बेच्न सफल भयो । (more…)

December 5, 2007

के तंपाई कसैलाई नयां जीवन दिन चाहानु हुन्छ ?


Return back






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter