: : November : : 2007

November 24, 2007

बधाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न ।





सागर श्रेष्ठ, साउदी अरेविया

नोभेम्बर २४/साउदी अरेविया, गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद साउदी अरेवियाले भरखरै नेपालको राजधानी काठमाण्डौमा भएको आशन्न अन्तराष्ट्रिय तेस्रो सम्मेलनमा स्थापना कालको छोटो
समयमै साउदी अरेवियाबाट २ जाना प्रतिनिधी पठाउन सफल भएको छ । यस पावन अबसरमा यहि मिति
नोभेम्बर २३ तारिषको दिन राष्ट्रिय समन्य परिषद साउदी अरेवियाले संस्थाका सल्लाहकार श्री राजु सैयद र
वाहाँको परिवारको विशेष सहयोगमा वहाँकै निवासमा संस्थाका सभापति श्री गोपाल घिमिरे ज्यूको सभापतित्वमा सम्मान तथा शुभ-कामना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एन सी सी ए साउदी अरेवियाका स्टाबलिसमेन्ट नेगोसेटर को साथ साथै अधिकांस बोर्डका
सदस्यहरु, पत्रकार, बुद्विजीवि आदिको उपस्थिति रहेको थियो । सम्पर्ुण्ा उपस्थिति महानुभाबहरुले निर्वाचित द्वयलाई पुष्पा गुच्छाहरु दिएर स्वागत गरिएको थियो साथै सबैले सफलताको शुभ-कामना प्रदान
गर्दै ३ लाख ५० हजार भन्दा बढी साउदीका एन आर एन हरुको हक हित र अधिकारको लागी समबन्धीत निकाय सम्म पहल गर्न अनुरोध गरेका थिए । आफ्नो मन्तब्यको क्रममा कुष्ण प्रशाद शर्मा सुबेदी ज्यूले
संस्थालाई अगाडी बढ्न विभिन्न तरिकाबाट भाईरसहरु लागी परिरहेको अबस्थामा सबै सदस्यहरुलाई एक भएर अगाडी बढि अन्य देशको एन सी सी भन्दा राम्रो स्टाबलीस गर्न अगाडि बढ्न मार्ग निर्देश दिनु भयो
। मन्तब्यकै क्रममा यस्मीन बेगमजीले साउदी अरेविया जस्तो देशमा एन आर एन ए जस्तो संस्थाको स्थापना गरि अगाडी बढेकोमा आफुलाई धेरै खुसी लागेको बताउनु हुदै सबैले नेगेटिभलाई कुरा काटेर मात्र होईन सबैले पोजेटिभली सोच्दै अगाडी बढ्न अनुरोध गर्नु भयो ।

मन्तब्यकै क्रममा आई सी सी प्रतिनिधी श्री राम बेलबासे ज्यूले १८२ दिन भन्दा बढि बसेका सबै एन आर एन हुन । सबैको हक अधिकार बराबर छन । समग्र रुपमा सबैको हितको लागी आफुले सक्दो सहयोग गर्ने
बताउनु भयो साथै विगतको बर्षरुमा साउदी अरेवियाका नेपालीहरुको समस्या देखाउदा चासो नदेखाएको तर अहिले सबैले चासोको दृष्टीले हेरेकोमा आफुलाई खुसीलागेको बताउनु भयो पुष्पा गुच्छाले स्वागत मात्र नगरेर
समस्याहरु प्नि थपिदिएकोले आफुलाई भारी भएको महसुस लागेको वताउनु भयो । त्यसै गरि गल्फ सह संयोजक श्री चोला प्रसाद पाठक ज्यूले सबैले साथ दिएमा हामी निर्धक्क साथ अगाडी बढ्न सक्छौं सबैलाई होस्टेमा हैंसे गर्न अनुरोध गर्नु भयो र गल्फको समस्याहरुलाई जोडदारको साथ आवाज उठाउने प्रतिबद्वता ब्यक्त गर्नु भयो ।

कार्यक्रमको समापन मन्तब्य दिदैं अध्यक्ष श्री गोपाल घिमीरे ज्यूले केहि प्राविधिक समस्याहरुले गर्दा जतिमात्रमा संस्था अगाडी बढ्नु पर्नेहो त्यति बढ्न नसकेकोमा आफुलाई दुःख लागेको साथै अब हुनगई
रहेको सम्मेलनमा आई सी सी प्रतिनिधीहरुको पनि उपस्थिति रहने भएकोले त्यसपछि त्रि्रगतिमा संस्था विस्तार तथा अन्य कामहरु गर्दै जाने स्पष्ट पार्नु भयो । कार्यक्रम संस्थाका महा सचिव श्री विमल गौतम ज्यूले सञ्चालन गर्नु भएको थियो ।

November 18, 2007

ग्यास प्लान्टमा आगो लाग्दा धेरैको ज्यान गयो ।

सागर श्रेष्ठ, साउदी अरेविाया

नोभेम्बर १८/साउदी अरेविया, साउदी अरेवियाको राजधानी रियाद भन्दा करिब ३५० कि मि उत्तर पर्ुब हाराद गोस्प २ भन्ने ठाउमा आज एउटा ग्यास प्लन्टमा आगो लाग्दा त्याहाँ काम गरिरहेका सबैको मृत्यु
भएको संकेत मिलेको छ । यतिनैको मृत्यु भएको भनेर थाहा नभएता पनि धेरैको संख्यामा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । सम्भवत ग्यास लिक भएर आगो लागीएको हुन सक्ने अनुमान गरिएको छ । त्यस क्षेत्र वरपर करिब १०-१५ किमी सम्म सुरक्षा ब्यबस्था अति कडा पारिएको जानकारी मिलेको छ

। यो समाचार तयार पार्दा सम्म यतिनै धनजानको क्षेति भएको पुष्टि नभएतापनि अरबैंको धन र ३७ जनाको लास मिली सकेको जानकारी पाईएको छ । अन्य जानकारी प्राप्तहुने वितिकै अपडेट गर्नेछौं । साउदी आरामकोले दिएको समाचरको लागी यहां थिच्नुहोस ।

Loktantra bhitraka athartharu

Click Me here


November 17, 2007

हिमालयन यूथ क्लब साउदी अरेवियाको अत्यन्त जरुरी सुचना !


साउदी अरेवियामा एउटा छुटै स्थान बनाउन सफल यस हिमालयन यूथ क्लब
साउदी अरेवियाले मुस्लीमहरुको दोस्रो महान चार्डर् इदको पावन अबसरमा
आयोजना गर्न गई रहेको यो कार्यक्रम न कहिल्यै पहिले साउदी अरेवियामा भएको थियो ।
इति ठूलो रासीको त्यहि पनि पहिलो दोस्रो र तेस्रो लाई पनि । खेल सुरुहुन एक महिना बांकी
हुदै खेलप्रेमी टिमहरुले आफ्नो नाम दर्ता गर्न सुरु ग्रि सकेकोछ । इस पटक दर्शकहरुलाई पनि
सरपर््राईज गिफ्टको ब्यबस्था गरिएको छ ।
सिमित टिमले मात्र प्रवेश पाईने भएकोले कृपया आफ्नो टिमलाई दार्ता गर्राईहाल्न अनुरोध गर्दछौं ।
हिमालयन यूथ क्लब -तामिमी नेपाली परिवार)

यहि आउँदो बक्रर्ीर् इदको उपलक्ष्यमा December 20th, 2007 विहीवारको दिन शुभ अवसर पारी “हिमालयन यूथ क्लब” ले अल तामिमी कम्पनीको प्राéणमा खुला भलिबल प्रतियोगीता राख्ने भएको हँुदा सम्पर्ूण्ा प्रवासी खेलप्रेमी मित्रहरु, बुद्धिजीवि, समाजसेवी, विभीन्न संघसंस्थामा आवद्ध र कार्यरत वरिष्ट व्यक्तिहरुमा जानकारी गराउँदछौं ।
यस कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सु-व्यवस्थित र रोचकताका साथ सफल पारिदीन हुन हार्दिक बिनम्र अनुरोध गर्दछौं ।
आयोजक समिति
हिमालयन यूथ क्लब -तामिमी कम्पनी)
साउदी अरब दमाम
बिस्तृत जानकारीको लागीः-
श्री तारा थापा - मो. 0567115208
श्री मोती प्रसाद नेपाली - मो. 0502449220
श्री धन ब. थापा - मो. 0560741457
श्री कृष्ण पौडेल

November 10, 2007

“मरुभूमिमा साहित्यको आवश्यक्ता र अनेसासको भूमिका” विषयक विचार गोष्ठी सम्पन्न ।

Please Click here


पि एन एन सम्बाददाता, साउदी अरेविया

Guests
साउदी अरेविया/९ अक्टोबर, साउदी अरेवियाको दमाम प्राण्तमा अनेसास साउदी अरेविया च्याप्टरद्वारा सञ्चालीत मरुभूमिमा साहित्यको आवश्यक्ता र अनेसासको भूमिका विषायक विचार गाष्ठी समाजसेवि तथा अनेसास साउदी अरेविया च्याप्टरका संस्थापक सभापति, पि एन एन का निर्देशक श्री सागर श्रेष्ठ ज्यूको प्रमुख आतिथ्य तथा अनेसास साउदी अरेवियाका का ब सभापति श्री तिलक तमु ज्यूको सभापतित्वमा सम्पन्न भएको छ ।

Having chear Tilak Tamu.

अन्तराष्ट्रिय नेपाली साहित्य समाजको विभिन्न देशमा स्थापना भएका शाखा तथा उपशाखाहरुले महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती धुमधामको साथ मनाई रहेको बेलामा अनेसास साउदी अरेविया च्याप्टरले पनि यहि मिति २००७ अक्टोबर ८ को सांझ दमाम स्थित नेपाली रेष्टुरेण्टमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवि, साहित्यकार, बुद्विजीवि, पत्रकार, ब्यपारी, कलाकार तथा साहित्य प्रेमीहरुको उपस्थितिमा महाकवि लक्ष्मी प्रसाद देबकोटाको तस्विरमा माल्यापण गर्दै माथि उल्लेखित विषय मरुभूमिमा साहित्यको आवश्यक्ता र अनेसासको भूमिका विषयक विचार गोष्ठीमा सहभागि भएका थिए ।

Running Program Bharat Lama
उपस्थिती हुनेहरुमा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिष साउदी अरेवियाका स्टाबलिसमेन्ट नेगोसेटर, अनेसास साउदी अरेवियाका सल्लाहकार तथा समाज सेवि श्री कृष्ण प्रसाद शर्मा सुबेदी, एन सी सी ए साउदी अरेवियका अध्यक्ष श्री गोपाल घिमिरे, प्र ने स स का संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री तारानाथ भण्डारी, समाजसेवी तथा एन सी सी ए साउदी अरेवियाका सल्लाहकार श्री राजु सैयद, नेपाल आदिबासी महासंघ प्रवास साखा साउदी अरेवियाका अध्यक्ष श्री केशरमान गुरुङ्ग, प्र ने स स का अध्यक्ष श्री कुल प्रसाद कार्की, नवलपरासी प्र स मं का अध्यक्ष विरेन्द्र चौधरी, प्रवासी लांघाली संघका अध्यक्ष विष्णु थापा, प्र ने स स का महासचिव कुमार के सी, नेपाली भोजनालयका प्रोपाईटर अली सैयद, मेरो मोबाईल सेन्टरका प्रोपाईटर मुस्ताफा खान, नेपाल आदिबासी महासंघ प्रवास साखा साउदी अरेवियाका महा सचिव श्री रत्न लावती साथै अनेसास साउदी अरेविया च्याप्टरका बोर्डका सदस्यहरु र अन्य साहित्य पारखिहरुको उपस्थिति रहेको थियो ।

Giving well come speech Deelip Subba
कार्यक्रम प्रमुख अतिथि र सभापतिबाट संयुक्त महाकवि लक्ष्मी प्रसाद देबकोटालाई माल्यापण गरि सम्पन्न भएको थियो साथै अन्य अतिथिहरु र उपस्थिति सबैले महाकवि लक्ष्मी प्रसाद देबकोटाको फोटोमा पुस्पागुच्छा अर्पण गरेका थिए । देशमा लोकतन्त्र ल्याउनको लागी आफ्ना जीवन बलीदान दिने महान शहिदहरु प्रति एक मिनेट मौन धारण गरी कार्यक्रम अगाडि बर्ढाईएको थियो । विचार गोष्ठीमा सहभागी वक्ताहरुले साउदी अरेविया जस्तो मरुभूमिमा साहित्यको श्रृजनाहुनु अत्यन्त गौरबको कुरा हो । अनेसासले सञ्चालन गरेको हरेक साहित्य कार्यक्रमहरुमा साथ दिने बचन बद्यता प्रकट गरेका थिए । आफ्नो विचार राख्ने क्रममा समाजसेवी राजु सैयद ज्यूले नेपालमा मतवालीहरु रक्सीमा झुमेर हिड्ने देखेको तर प्रवासमा त्यहि मतवालीहरु नेपाली भाषा र साहित्यको प्रचार प्रसारमा लागेको देखेर आफुलाई खुसी लागेको प्रकट गर्नु भयो साथै सागर श्रेष्ठ ज्यू ले साउदी अरेवियामा अनेसास जस्तो संस्थाको स्थापना गर्नु भएकोमा सफलताको शुभ-कामना ब्यक्त गर्नु भयो ।

Giving Speech Sagar Shrestha
प्रमुख अतिथि ज्यूले नेपाली भाषा, साहित्य, कला र संस्कृति भनेकै हाम्रा सम्पति हुन यसलाई हरेक समुदायमा जीवन्त र दिगो राख्न सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने स्पष्ट पार्नु भयो । साउदी अरेवियामा अनेसासको स्थापना काल देखी अहिले सम्म विभिन्न विधाका १४ ओटा कृतिहरु प्रकाशन गरि सकेको र त्यो नेपालको मदन पुरस्कार पुस्ताकालयमा राखिसकेको हुदा त्याहाँबाट पनि उपलब्ध हुनेकुरा जानकारी गराउंनु भयो । मरुभूमिमा रहेका नेपालीहरुलाई धेरै घण्टा काम गर्नु पर्ने, कामहरु रिस्क हुने, घर परिवार रिण आदीको टेन्शनहुने आदी कारणले गर्दा एकोहोरो सोचेको सोचै भएर कत्तिले अकालमा ज्यान गुमाउनु परेको घटना सुनाउनु भयो । यदि हरेक समुदायमा साहित्य कला र संस्कृतिको बारेमा जन चेतना जगाउन सकियो भने अन्य कुराहरुको सोचाईमा भन्दा नेपालीहरुमा लेख रचना चित्रकला, गित संगीत आदीमा समय दिने र मनो रञ्जनको साथ साथै आफ्नो बौद्विक क्षेत्रको पनि विकास हुने भएकोले सबैलाई आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग पुर्‍याउन अनुरोध गर्नु भयो । अन्तमा नेपाल सम्बत ११२८ तथा दिपावलीको शुभ कामना ब्यक्त गर्नु भएको थियो ।

Picture of great poet Laxmi Prasad Devkota
कार्यक्रम वेलुकी ९ बजेबाट करिब १२ बजे सम्म चलेको थियो । कार्यक्रममा स्वागत मन्तब्य अनेसासका सदस्य श्री दिलीप सुब्बाले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन अनेसास साउदी अरेविया च्यप्टरका महा सचिव श्री भरत लामा ज्यूले गर्नु भएको थियो । अन्तमा हिमाल पहाड तर्राई हामी सबै नेपाली एक भएर अगाडि बढ्न आहृवान गर्दै कार्यक्रमका सभापति ज्यूले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सबैलाई धन्यबाद ज्ञापन गर्दै उक्त कार्यक्रम समापन भएको घोषणा गर्दै रात्रिभोजको लागी सबैलाई आमन्त्रणा गर्नु भएको थियो ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter