: : October : : 2007

October 27, 2007

अनेसास साउदी अरेविया च्याप्टरका सभापतिलाई विदाई

पि एन एन सम्बाददाता, साउदी अरेविया

Moti chamling bhabuk hudai
साउदी अरेविया/अक्टोबर २७ अन्तराष्ट्रिय नेपाली साहित्य सामाज साउदी अरेजिवयाका सभापति श्री मोती चाम्लीङ्ग ज्यूलाई अनेसास साउदी अरेविया च्याप्टरका संस्थापक सभापति तथा भूतपर्ुब केन्द्रीय बोडका सचिव श्री सागर श्रेष्ठ ज्यूको बिशेष उपस्थिति तथा का. ब. सभापति तिलक तमुको सभापतित्वमा अनेसास साउदी अरेविया च्याप्टरले २६ अक्टोबरका दिन एक कार्यक्रम आयोजना गरि विदाई गरेको छ ।

Taranath Bhandari
साउदी अरेवियामा ७ सालको बर्साई पछि एक प्रखर लेखक तथा उदायमान साहित्यकार मोति चाम्लीङ्ग ज्यूले साउदी छाड्न लाग्दा अनेसास साउदी अरेविया च्याप्टरले वहाँले साहित्य क्षेत्रमा दिएको योगदानको


कदर गर्दै अनेसासका संस्थापक सभपति सागर श्रेष्ठ, गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद साउदी
Kul Prasad Karki
अरेवियाका संस्थापक संयोजक कृष्ण प्रसाद शर्मा सुबेदी, प्र.ने.से.स. का संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार तारानाथ भण्डारी, प्र.ने.से.स.का अध्यक्ष कुल प्र. काकी, जनजाती महासंघ प्रवास साखाका अध्यक्ष केशरमान गुरुङ्गले संयुक्त रुपमा दोसल्ला ओडाएर विदाई गर्नु भएको थियो ।

Kesharman Gurung
विभिन्न संघ संस्थाका प्रतिनिधी, साहित्यकार, पत्रकारहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा कलाकारद्वाय तिलक तमु र राज कुमार सुनुवारले भाबुक गितहरु पस्कनु भएको थियो ।

Krishna Prasad Sharma Subedi
मन्तब्य दिनेहरुमा सागर श्रेष्ठ, कृष्ण प्रसाद शर्मा सुबेदी, तारानाथ भण्डारी, कुल प्रसाद कार्की, ओम घले, केशरमान गुरुङ्ग, राजकुमार चौधरी, आदीले उज्जवल भविश्यको कामना, निरन्तर लेखन र हरेक समुदायमा

Bharat Lamaनेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई जिवन्त र दिगो राख्नको लागी सदैब उदाहरणीय ब्यक्ति बनि अगाडी बढ्न अनुरोध गर्नुभएको थियो । अनेसास साउदी अरेवियाका संस्थापक सभापति तथा प्रमुख सल्लाहकार सागर श्रेष्ठले एक बहु आयमिक, बहुभाषिक, उदायमान साहित्यकार तथा लेखक, लगनसील, कर्मठ ब्यक्तिलाई आफुबाट टाढा पठाउनु पर्दा धेरै दुःख लागेको बताउनु भयो ।

Dosalla odaudai
संसारमा विछोड मिलन भईरहने भएकोले सबैलाई सयम भयर नेपाली भाषा, साहित्य कला र संस्कृतिलाई हरेक समुदायमा जिवन्त र दिगो राख्न आ-आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न अनुरोध गर्नुभयो ।

Grouping Photo
मन्तब्यकै क्रममा मोति चाम्लीङ्ग ज्यूले प्रवासको बर्साईमा काम गरेर फर्ुसदको समयलाई सदुपयोग गर्दै लेखन क्षेत्रलाई अगाडी बढाउनलाई प्रेरणा तथा हौसला प्रदान गर्नुहुने प्रथम श्रस्टा सागर श्रेष्ठ रहनु भएको र वहाँकै सहयोग र प्रेरणा अनी हौसलाले गर्दा आज विश्वमा सञ्जाल मार्फ सबैले चिनेकोमा आभार प्रकट गर्नु भयो

Sagar Shrestha
एक समाजसेवि, पत्रकार, हुनाहार, प्रतिभासाली, मृदुभाषी ब्यत्तिको छत्रछायाँमा बसेर लेखन तथा साहित्य क्षेत्रमा लाग्दालाग्दै विछोड हुनुपरेकोमा आफुलाई दुःख लागेको बताउनु भयो र जहाँ भए पनि निरन्तर लेखन कार्य र साहित्य क्षेत्रलाई अगाडी बर्ढाई रहने प्रतिबद्यता जाहेर गर्नु भयो ।

Moti chamling speech didai
साथै साउदी बर्साईको क्रममा जानी नजानी कुनै गल्ती भएको भए गल्ती क्षमा गरिदिन पनि अनुरोध गर्नुभयो ।

Kalakar Raj Kumar Chaudhari
कार्यक्रम संस्थाका महासचिव भरत लामा ज्यूले सञ्चालन गर्नु भएको थियो ।

साउदी अरेवियाको रियादमा दशैं बिशेष कार्यक्रम समपन्न ।

सागर श्रेष्ठ साउदी अरेविया,साउदी अरेविया/अक्टोबर २६, साउदी अरेवियाको राजधानी स्थित नेपाली दुताबासको प्राङ्गाणमा दशैंको अन्तीम दिन कोजाग्रत पुर्र्णोमाको दिन कन्सुलर तथा का.ब. राजदुत प्रकाश कुमार सुबेदी तथा दुताबासको निमन्त्रणामा दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ ।

माथीको शिर्ष कसैलाई विश्वास नलाग्न सक्छ । तर कुरा सत्य हो । विश्वको एक मात्र कट्टर मुस्लीम कानुन भएको देश साउदी अरेवियामा कुनै पनि चाड पर्व खुलाम खुल्ला रुपमा मनाउन मनाही छ ।

बषैं पछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्र्सोउलासमय वातावरणमा विभिन्न कार्यक्रमहरु गरी दशैं मनाई रहेको अबस्थामा साउदी अरेवियामा दुताबासको प्राङ्गाणमा दशैं मनाउन पाउनु गौरबको कुरा हो ।


कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी तथा दुताबास परिवारको निमन्त्रणामा साउदी अरेवियामा स्थापित गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद साउदी अरेविया बोर्डका सदस्यहरु लगाएत विभिन्न संघ संस्थाका प्रतिनीधि, बुद्विजीबी, पत्रकारर्,र् इन्जीनियर, समाजसेबी, ब्यापारी, साहित्यप्रेमी, र्सबसाधारण आदिको उलेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम बेलुकी ८ः०० बजे देखी सुरु हुने भनिएता पनि विविध कारणले गर्दा ९ः३० बाट सञ्चालन भएको थियो । सबैलाई ध्यानर्कषण गराउदै कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी ज्यूले दुताबास तथा ब्यक्तिगत रुपमा सम्पर्ुण्ा उपस्थित नेपालीहरु, स्वदेश तथा विदेशमा अबस्थित नेपालीहरुलाई शुभ-कामना दिदै उपस्थिती सम्पर्ुण्ालाई नेपाली परिकारको रात्रिभोजमा समाबेसहुन आग्रह गर्नु भएको थियो ।

उपस्थित नेपालीहरु अति हषिर्त देखीन्थे । रियाद वरपर लगाएत धेरै टाढा टाढाबाट पनि नेपालीहरुको उपस्थिती रहेको देखिन्थ्यो । रात्री भोजको मजा लिंदै नेपालीहरुले एक अर्कामा दशैंको शुभ-कामना साटासाटको साथै देशमा शान्तिको कामना गरे । कुनै अनौपचारिका कार्यक्रम नभएता पनि दुताबासले
उल्लेख्य नेपालीहरुलाई उपस्थित गर्राई शुभ-कामना आदन प्रदान गर्ने वातावरण बनाई दिएकोमा सबैले दुताबासको सकृय पहलको प्रसंशा गरेका थिए । नेपाली परिकारको खाना तयार गर्नको लागी तामीमीमा कार्यरत नेपालीहरुले विशेष सहयोग पुर्‍याएका थिए । कार्यक्रम रातको करिब १ बजे सम्म चलेको थियो ।

October 17, 2007

विजया दशमी तथा दिपावलीका शुभ-कामनाहरु















































October 16, 2007

इद तथा विजया दशमी सांझ धुमधामको साथ सम्पन्न

सागर श्रेष्ठ, साउदी अरेविया,
साउदी अरेविया अक्टोबर १४, साउदी अरेवियाको राजधानी रियादमा रहेको हृवाईट प्यालेस होटलमा नेपाली दुताबास रियादका का. ब. राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यूकोप्रमुख आतिथ्य तथा दिलचन बुढा मगरको सभापतित्वमा सम्पन्न भएको छ ।

UNWS Banner



Participents
साउदी अरेवियामा स्थापना भएको नेपालीजहरुको संस्था युनाईटेड नेपालीज वेलफेयर सोर्साईटीले मुस्लीमहरुको पवित्र चाड तथा नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसर पारेर आयोजना गरेको उक्त कार्यक्रममा नेपाली दुताबासका सम्पर्ुण्ा कर्मचारी तथा अन्य संघ संस्थाका पदाधिकारी, पत्रकार, समाजसेबी, बुद्विजीबी, ब्यापारी तथा आफ्नो परिश्रम बेचीरहेका करिब ३०० प्रवासी नेपालीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम दर्ुइ चरणमा विभाजन गरेको थियो । पहिलो चरणमा शुभकामना आदन प्रदान तथा दोस्रो चरणमा शुभ-कामना सांझ ।

UNWS Excutive Board Members




शुभ-कामना प्रदान गर्नेहरुमा प्रमुख अतिथी नेपाली दुताबास रियादका का. ब. राजदुत प्रकास कुमार सुबेदी, प्रथम सचिव लोक बहादुर थापा, कृष्ण प्रशाद शर्मा सुबेदी, गोपाल घिमीरे, सागर श्रेष्ठ, गजेन्द्र लिम्बु, तारानाथ भण्डारी, गोपा कृष्नन्, अब्दुल्ला गुरुङ्ग, परसु राम मिश्र, योङ्ग याङ्ग, जगत, रविन्द्र बराल, राजु पौडेल, कृष्ण तिमलसिना, धन प्रसाद लावती



आदीले संस्थाको उक्तरोत्तर प्रगति तथा सम्पर्ुण्ा प्रवासी नेपालीहरुलाई सुख शान्ति र समृद्विको साथै देशमा शान्तिको कामना गरेका थिए । उक्त अबसरमा संस्थामा विशेष योगदान दिने ब्यक्तिहरुलाई प्रसंशा पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा एक अडियो एल्बम पनि विमोचन गरिएको थियो । कार्यक्रमका सभापति दिलचन बुढामगरद्वारा पहिलो चरणको कार्यक्रमको औपचारिक समापन भएको घोषण गरेपछि सम्पर्ुण्ा ब्यक्तिहरुलाई रात्रिभोजमा आमन्त्रीत गरिएको थियो । उपस्थित सम्पर्ुण्ा नेपालीहरुले शुभ-कामना आदन प्रदान गर्दै रात्रि भोजमा सरिक भएको थियो ।


दोस्रो चरणको कर्यक्रम रात्रिभोज पश्च्यात सञ्चालन भएको थियो । उक्त शुभ-कामना सांझमा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रतिभा पस्केका थिए । विशेष गरि आर्कषक नृत्यहरुले दर्शकहरुलाई पनि नचाई रहेका थिए । उक्तकार्यक्रममा समाजसेबी राजु शैयद ज्यूले यूनाईटेड नेपालीज सोर्साईटीलाई एक कम्प्युटर हस्तानतरण गरिएको थियो । डिल्ली शुब्बाद्वारा सञ्चालीत उत्त कार्यक्रम बेलुकी ८ः३० देखी रातको २ः००बजे सम्म सञ्चालन भएको थियो ।




नयार्ंर् इतिहास कायम गर्दै साउदी अरेविया ब्यापि खुल्ला भलिबल प्रतियोगिता सम्पन्न

सागर श्रेष्ठ, साउदी अरेविया,साउदी अरेविया अक्टोबर १४, साउदी अरेवियाको दोस्रो ठूलो शहर दमाममा साउदी अरेवियामा एउटा नयाँ इतिहास कायम गर्दै साउदी अरेविया ब्यापि खुल्ला भलिबल प्रतियोगिता गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद साउदी अरेवियाका इस्टाबलिसमेन्ट नेगोसेटर श्री कृष्ण प्रशाद शर्मा सुवेदी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।



लाङ्गघाली मगर संघ खेलकुद उप समिति साउदी अरेवियाका संयोजक श्री प्रेम सिञ्जाली मगर ज्यूको संयोजकत्वमा आयोजीत उक्त खुल्ला भलिबल कार्यक्रमको सभापतित्व संघका अध्यक्ष श्री बिष्णु बहादुर थापा ज्यूले गर्नु भएको थियो ।



नेपाली हिन्दुहरुको महान चाड विजया दशमी तथा दिपावली र मुस्लीम हरुको पवित्र चाड रमाहदान र्-इद)को पावन अबसरमा आयोजीत उक्त भलिबल कार्यक्रम साउदी अरेवियाको इतिहासमा सबै भन्दा बढी टिम र सबै भन्दा बढि दर्शक भएको उक्त खेल दर्ुइ दिन सम्म लगातार खेलाईएको थियो । विभिन्न क्षेत्रबाट आएका ३४ टिमहरु




1. Al-Yamama,
2. Arabian Fal A,
3. Arabian Fal B,
4. AYTB Juble,
5. E-L Manadeb Co.,
6. Al-Robaiya,
7. Daet Center Riyadh,
8. Aziziya Star,
9. Al-Kabi Est,
10. Nesma Hawaiyah,



11. Langhali A,
12. Langhali B,
13. Al- Sawadi A,
14. Al- Sawadi B,
15. Quest International,
16. Savco Ltd,
17. ASG Toyta,
18. Al-Rwae Tarut,
19. Prabasi Bishwakarma,
20. Al-Ojami,



21. Al-Habhi,
22. Tamu Dhee,
23. Parbat Sewa Samiti A,
24. Prabat Sewa samiti B,
25. Riyadh Al-Khaldiya,
26. Momtaz National,
27. Gulf Carton,
28. Al-Masma,
29. KCC Company,
30. Al-Awar Co,



31. Bihani Samuha,
32. Pachhimanchal,
33. Himalayan Club,
34 . Samjana Juble रहेका थिए ।



खेल अक्टोबर १२ विहान १० बजे देखी सुरु हुने भनि जानकारी गरेपनि प्रचण्ड गर्मिको कारणले गर्दा दिउसो २ः३० बाट सुरु भएको थियो ।


करिब २५ सय दर्शकहरुको माझमा खेलको उदघाटन प्रमुख अतिथी श्री कृष्ण प्रशाद शर्मा सुबेदी ज्यू र श्री बिष्णु बहादुर थापा ज्यूले संयुक्त रुपमा मैदानमा बल फालेर उदाघाटन गरेका थिए । मिना पोर्ट स्थित यामामा कम्पनिको प्राङ्गणमा आयोजीत प्राय सबै खेलहरु अति रोमञ्चक थिए ।

Langhali


Langhali























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter