:: सुरक्षित बैदेशिक रोजगारका लागी महिला सशक्तिकरण । : : September : : 2007

September 25, 2007

सुरक्षित बैदेशिक रोजगारका लागी महिला सशक्तिकरण ।


-अञ्जना बैद्य श्रेष्ठ

अन्तराष्ट्रिय श्रम बजारमा रहेका श्रमिक महिलाहरुको सशक्तिकरण, उनीहरुको हक अधिकार सुनिश्चित गर्न तथा यसरी आप्रबासनको दौरान महिलाहरु विरुद्ध हुने हरेक खालका हिंसा, शोषण र विभेदहरुको अन्त्य गरिनु पर्ने आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याई आवश्यक नीति र रणनीतिहरु तर्जुमा गराउन दवाव दिन साथै हालै बिभिन्न देशको लागी प्रस्ताबित राजदुतहरुको यस क्षेत्रमा हुनु पर्ने महत्वपर्ूण्ा योगदान तथा कार्ययोजना बारेमा छलफल गर्ने उद्देश्यले यही मिति २०६४।६।३ बिहिबारका दिन “आप्रबासी नेपाली श्रमिक र उनीहरुका परिवारको अधिकार संरक्षण र पर््रबर्द्धन” नामक एक दिने अर्न्तक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

युनिफेमको सहयोगमा नागरिक सरोकार केन्द्र नेपाल नामक संस्थाद्वारा आयोजित उक्त कार्यक्रम आयोजक संस्थाका अध्यक्ष श्री सुजिता शाक्यले सो कार्यक्रमको बिशेषताबारे प्रकाश पार्नु भएको थियो भने तालिम संयोजक श्री श्रृजना काफ्लेद्धारा कार्यक्रम संञ्चालन गर्नुभएको थियो । वर्तमान परिपेक्षमा बैदेशिक रोजगार नेपालीहरुका लागी बिकल्पहीन बाध्यता रहेको तथा उक्त क्षेत्रले राष्ट्रलाइ नै उल्लेखनीय योगदान दिइरहको हुनाले आगामी दिनमा यस क्षेत्रलाई सुब्यबस्थित तथा मर्यादित पार्न पहल गर्नु पर्ने कुरा कार्यक्रमका प्रमुख अतिथि श्रम तथा राज्य मन्त्रि श्री रमेश लेखकले बताउनु भयो । यसै गरी आप्रबासी महिलाका हक अधिकार सुनिश्चितताका लागी सशक्त वकालत गर्दै आउनुभएकि श्री सरु जोशीले आगामी दिनमा प्रस्ताबित राजदुतहरुको कार्ययोजना तथा उहाहरुको यसक्षेत्रमा हुनु पर्ने उल्लेखनीय भूमिकाबारेमा सचेत गराउदै संसारका जुनसुकै कुनामा पनि आफनो श्रम बेचिरहेका नेपाली कामदारहरुसंग नेपाली दुतावासको पहुँच हुन नसकेतापनि सो क्षेत्रमा भएका ल्च्ल् जस्तो संगठनहरुलाई पनि उचीत रुपमा परिचालन गर्न सकिने कुरा बताउनु भयो । त्यस्तै म्ाुख्य अतिथिको रुपमा प्रस्ताबित राजदुतहरु क्रमशः श्री कमल कोइराला -दक्षिण कोरिया) श्री गणेश योञ्जन -जापान), श्री टंक कार्कि -चीन) तथा श्री बिजयलाल कर्ण्र्ााडेनमार्क) ले आआफनो भावी योजना तथा यस क्षेत्रप्रति आफनो योगदान रहने प्रतिबद्धता जाहेर गर्नु भयो । यसै गरी बिदेशबाट फर्केका महिलाहरुको एक मात्र संस्था पौखरीका अध्यक्ष श्री मञ्जु गुरुङ्गले वर्तमान समयमा आप्रबासी महिलाको अवस्थाबारेमा आफनो बिषयपत्र राख्नु भएको थियो भने अन्य बक्तामा पिपुल्स फोरमका श्री सोम लुइटेल , श्री नन्द र्राई तथा नबिन कुमार घिमिरेले बैदेशिक रोजगारीबारेमा आआफनो मन्तब्य दिनुभयो ।

कार्यक्रमको अर्को चरणमा नागरिक सरेाकार नेपालले वैदेशिक रोजगारीमा लाग्न चाहने तथा काम गरेर फर्किएका महिलाहरुको हक, हित एवं सशक्तीकरण गर्ने र उनीप्रति हुने विविध सामाजिक तथा राजनीतिक हिंसा विरुद्ध वकालत गर्ने उद्देश्यले स्थापित पौरखी नेपालका सक्रिय सदस्यहरुलाई बिगत १ बर्षभरी गरेका क्षमता अभिबृद्धि तालिमको प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा हरेक महिलाले आफनो इच्छा अनुसारको पेशा चयन गर्न पाउनु पर्ने अधिकारको सुनिश्चितता हुनु पर्ने र उनीहरुको हक अधिकारका लागि उपयुक्त कानूनको निर्माण तथा कानूनी संयत्रमा बिकास गरी कार्यान्वयनमा समेत बिशेष पहल गरिनु पर्ने कुरामा बक्ताहरुको जोड थियो । यसका लागि व्यक्तिगत तथा संस्थागत रुपमा सम्बन्धित सबैले कटिबद्ध भई वकालत गर्नुपर्ने कुरामा सबैको एकमत रहयोे भने सुरक्षित बैदेशिक रोजगारका लागी जान इच्छुक नागरिक आफै, पठाउने संस्था, रोजगारदाता तथा राज्य एकदम उत्तरदायी हुनु पर्ने र हरेकले आआफनो भूमिका बिर्सन नहुने कुराहरु पनि बक्ताहरुद्धारा औल्याइयो ।
कार्यक्रममा बुद्धीजीवी, संचारकर्मी, सम्बन्धित संस्थाका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2007/09/25/p291/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter