: : August : : 2007

August 19, 2007

“सुरक्षित बैदेशिक रोजगारीका लागी कुटनीतिक नियोगको स्थापनाः आजको आवश्यकता “

अञ्जना बैद्य श्रेष्ठ, काठमाडौं

वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित तुल्याउन राज्यबाट कुटनीतिक नियोगहरुको आवश्यताबारेमा छलफल गर्नको लागी मिति २०६४ श्रावण ३२ गते शुक्रवार युनिफेमको तथा संचारिका समूहद्वारा “सुरक्षित वैदेशिक रोजगारीका लागी कुटनितिक निकायको आवश्यकता” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि, परराष्ट्र मन्त्री श्री साहना प्रधानले मुलुकको अर्थतन्त्र धरासायी भएको बेला बिदेशी ब्रि्रेषणले प्रमुख भूमिका खेलेको तथा बर्तमान अवस्थामा यस क्षेत्रमा देखिएको समस्या निक्कै नै सम्बेदनशिल भएको कुरा ब्यक्त गर्नुभयो भने यस सम्बन्धमा आगामी दिनमा उचीत रणनिति तथा संयन्त्र बनाउन जोड दिने पनि उहाले कार्यक्रममा प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

हालै संसदबाट बैदेशिक रोजगार ऐन २०६४ पारित भएपछि महिला बरुद्धि रहेका बिभेदपर्ूण्ा कानूनहरु स्वतः खारेज भएता पनि उचीत संयन्त्र नअपनाउन्जेल लक्षित समुदायहरु लाभान्वित हुन नसक्ने र हाल भोग्दै आएका जोखिमहरु पनि कम नहुने हुनाले अव सुरक्षित संयन्त्र अपनाइ महिलाले आफनो इच्छा अनुसारको रोजगारीको छनौट तथा गतिशिलता अधिकारबारेमा उपभोग गर्न पाउनु पर्ने कुराको जोड उक्त कार्यक्रममा गरिएकेा थियो । बैदेशिक रोजगारीमा नेपाली महिलाहरुको समान सहभागिता अभिवृद्धिका लागि विद्यमान आर्थिक, सामाजिक तथा राजनीतिक चुनौतिहरु तथा समाधानका उपायहरुबारेमा विभिन्न प्रबुद्ध वर्ग लगायत यस क्षेत्रसँग सम्बन्धित सम्पर्ूण्ा सरोकारवालाहरु बीच गहन छलफल/अन्तरक्रिया गरी ठोस निष्कर्षा पुग्ने र प्राप्त सुझावहरु नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा संचारिका समूहका अध्यक्ष बविता वस्नेतले अध्यक्षता गर्नुहुँदै स्वागत मन्तब्य दिनुभयो भने वैदेशिक रोजगारीमा महिलाहरुको पनि समान अधिकारका लागि आवाज उठाउदै आउनु भएका श्री शरु जोशीले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्दै कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगारबाट फर्ेर्केर आएका महिलाहरुको एक मात्र संस्था पौरखीका अध्यक्ष श्री मञ्जु गूरुङ्गले आफ्नो बिषयपत्रमा बैदेशिक रोजगार महिलाका लागी चुनौति र अवसर भएको जानकारी तथा यस क्षेत्रमा महिलाका अवस्था र मुद्दाबारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमका अन्य अतिथ्ािमा बरिष्ठ समाजशास्त्री श्री गणेश गुरुङ्ग, अधिबक्ता श्री सोम लुइटेल, डा. मिना आचार्य , डा. मोहन मान सैजु , नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष श्री एल. पी साँवा लिम्बू तथा तथा अन्य बक्ताहरुले बैदेशिक रोजगारीको महत्व, प्रभावकारीता, उचीत ब्यबस्थापन, पर््रबर्द्धन, विशेषताहरु तथा हालै पारित वैदेशिक रोजगार ऐन, २०६४ का सम्बन्धमा तथ्यपरक विश्लेषणका साथै कमी कमजोरीहरु समेत औंल्याउनु भएको थियो ।

कार्यक्रममा नयाँ ऐन २०६४ लाई पर््रबर्द्धन तथा कार्यान्वयनमा प्रभावकारीता ल्याउनु पर्ने कुरा, विभिन्न देशमा कुटनीतिक नियोग/श्रम सहचरी वा अधिकृतहरुको ब्यबस्था गरिनुपर्ने र बैदेशिक रोजगारीमा हुने ठगी/शोषणलाई निर्मूल पार्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने कुरा कार्यक्रमममा बिभिन्न बक्ताले औंल्याउनु भयो । बिगतमा कानूनीरुपमा महिलाहरुलाई बैदेशिक रोजगारीमा बन्देज लगाएका खाडी मुलुकहरुमा कानुनी बन्देजका बाबजुद पनि लुकिछिपी जाने क्रम नरेाकिएको तथा यसरी वैदेशिक रोजगारमा गएर विभिन्न खाले हिंसाका शिकार भएका महिलाहरुलाई आवश्यक उद्दार गर्न समस्या देखिएको कुरा समेत उहाँहरुले व्यक्त गर्नुभयो । राज्य पक्षले यी समस्याहरुमा गम्भिर भई आवश्यक नीति तर्जुमा गर्नुपर्ने, विभिन्न सीपमुलक तालिमको व्यवस्था संचालन गरिनु पर्ने तथा सरल र सहज ढंगबाट सुरक्षितरुपमा बैदेशिक रोजगारको अवसर पाउनुपर्ने ब्यबस्था नितान्त आवश्यक रहेको कुरा स्पष्ट पारियो ।

देशमा राजनीतिक तथा आर्थिक संकटको बेला पनि गरिवी निवारणमा प्रमुख भूमिका निर्वाह गरिआएको बैदेशिक रोजगार क्षेत्रमा महिलाको पनि त्यतिकै सहभागिता रहिआएको छ । मुलुकमा भित्रिने कूल ब्रि्रेषण रकममा महिलाहरुको योगदान ११ प्रतिशत रहेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले वैदेशिक रोजगारीमा लाग्न चाहने महिलाहरुले प्राबिधिक, ब्यबहारिक सीप बिकास गर्दै अर्न्तराष्ट्रिय श्रम बजारमा आफनो दक्षतालाई प्रयोग गरी रोजगारको हक अधिकारको सुनिश्चितता गर्न पेशागत मर्यादालाई सबै क्षेत्र उचित सम्मान गर्न लगाउने परिपाटीको विकास गरिनु पर्ने अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए । यस्तै गरेर, सञ्चार जस्तो सश्ाक्त माध्यमबाट वैदेशिक रोजगारीमा लागेका महिलाहरुको सकारात्मक कथाहरुको बारेमा सबैलाई सुसूचित पार्नुपर्ने आवश्यकता औंल्याइयो । यसरी धारणा व्यक्त गर्ने अन्य सहभागी वक्ताहरुमा ने.बै.रो संघका पर्ूव अध्यक्षहरु श्री भरत थापा, दान बहादुर तामाङ्ग, बरिष्ठ अर्थबिद डा. चिरञ्जिीवी वाग्ले तथा अर्थ, श्रम मन्त्रालयका प्रतिनिधिहरु , राष्ट्रिय योजना आयोगका सदस्य लगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, श्रम बिभागका प्रतिनिधि, कुटनितिक क्षेत्रमा कार्यरत ब्यक्तित्वहरु, बैदेशिक रोजगार ब्यबसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु, यस क्षेत्रसंग संलग्न बुद्धीजीवीहरुका अलावा विभिन्न संचारकर्मी तथा सम्बन्धित संस्थाका पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter