सागर श्रेष्ठ, साउदी अरेविया
साउदी अरेविया जुलाई २१, २००७, भूगोलको परिधीमा मध्य पर्ुबमा अवस्थित वा भनौ खाडी मुलुकहरु मध्ये एक साउदी अरेवियामा पनि विश्वका विभिन्न देशहरुबाट रोजगारी तथा ब्यापारको सिलसिलामा मानिसहरु यहाँ आएको पाईन्छ । भौगोलीक, राजनैतिक तथा धार्मीक तवरले बेग्लै पहिचान भएको देश साउदी अरेवियामा पनि नेपालीहरुको संख्या अन्य देशहरुमा भन्दा बढीनै पाईन्छ । देशमा विकासको मन्द गती, अशान्ती, राजनैतिक अस्थिरता, बेरोजगारको समस्या आदीले गर्दा विदेशिन बाध्य भएका नेपालीहरु मध्ये सस्तो लगानीको कारण अधिकांश नेपालीहरु साउदी अरेवियाको मरुभूमिमा जीवन विताउन बाध्य छन ।

Mr Prakash Kumar Subedi and Mr. Sagar Nepal
साउदी अरेवियामा नेपाली कामदारहरुको संख्या पर्ूण्ा रुपमा बताउन नसके पनि सरदर ३ लाख ५० हजार भन्दा बढीनै रहेको तथ्य अनुमान गर्न सकिन्छ । जसरी संख्यात्मक रुपमा नेपालीकामदारहरुको बृद्घी भएको छ, त्यसरी नै तिनीहरुको समस्याहरुले पनि गति लिएको कुरा याहां बस्ने जोकोहीले पनि महसुुस गर्न सकिन्छ । यद्यपी समस्यामा परेका नेपालीकामदारहरुलाई उद्यार गर्नका लागी नेपाली दुताबास लगाएत विभिन्न संघ संगठनहरुले प्रयास नगरेको भने होईन ।

Dinner party
तैपनि दिर्घकालीन समाधान भने अहिले सम्म पनि हुन नसकेको देखिन्छ । यस्तो पर्रि्रेक्ष्मा सम्पर्ुण्ा प्रवासी नेपालीहरु आफ्ना हक, हित र अधिकारका निम्ती देशको कानुनी वातावरणलाई ख्याल गर्दै एक आपसमा हातेमालो गर्दै अगाडी बढ्न आजको नितान्त आवश्यकता भएको कुरा हामी सबैमा र्सवबिदीतै छ । खाडी मुलुकमा नेपाली कामदारहरुको कथा र ब्यथा लेख्ने हो भने सायद यो कलामको मसी र दुइ चार ओटा कपिले पर्ुण्ा होला जस्तो लाग्दैन ।

Having dinner
विश्वका विभिन्न मुलुकहरुमा कार्यरत रहेका नेपालीहरु स्थानीय तथा राष्ट्रिय संघ संगठनहरु ख्ाोलेर सामुहिक रुपमा समस्या समाधान गर्नर् प्रयास जारी रहेकै बेला सन २००३ मा गैर आवशीय नेपालीहरुको संस्था गैर आवशीय नेपाली संघको जन्म हुन पुग्यो । यो संस्था निरन्तर अगाडी बढ्ने क्रममा एउटा छुट्टै परिवेश भएको देश साउदी अरेवियामा पनि समाजसेवी मित्र श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूको सक्रीयतामा प्रबेश गर्न सफल भएको छ । विश्व एन आर एनहरुले निकै चासोको साथ हेरेको साउदी अरेवियाले २००७ जुलाई १९ बाट पर्ुण्ाता पाएको छ ।

Having dinner
साउदी अरेवियाको राजधानी रियादमा अरु दिनको भन्दा छुटैै रौनकता छाएको थियो साउदी अरेवियाको विभिन्न प्रान्तबाट अप्राबासी नेपालीहरुको रियाद स्थित नेपाली दुताबासको कार्यलयमा आउने क्रम जारी थियो । सम्पर्ुण्ा आगान्तुक नेपालीहरुलाई महामहिम कार्यबाहक राजदुत श्री प्रकास कुमार सुबेदी ज्यूले हृदय देखीनै स्वागत गर्नुभएको सबै नेपालीहरुले महसुस गरिरहेका थिए । नेपाली राजदुताबासका अन्य कर्मचारीहरु पनि बढो उत्सुकताको साथ सबै नेपालीहरुलाई स्वागत गरिरहेका थिए । समयले कोल्टो फर्ेर्दै थियो । आप्राबासी नेपालीहरु आउने क्रम जारी थियो । त्यसैक्रममा महामहिम राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यूले उपस्थित सबैको ध्यानकर्षा गराउदै रात्रि भोजको लागी अनुरोध गर्नुभयो । दुताबासले खसीनै काटेर नेपाली पनको विभिन्न परिकारको खाना तयार पारेर स्वागत गरेको थियो ।

Participents in the program
रात्रिभोजको कार्यक्रम समाप्त पश्च्यात कार्यक्रमलाई अगाडी बर्ढाईयो । एन आर एन ए-एन सी सी साउदी अरेवियाको गठनको लागी सबै आतुर देखिन्थे । नेपाली दुताबास रियादको लागी महामहिम श्री प्रकाश कुमार सुबेदी ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद मध्य पर्ुवका उपाध्यक्ष श्री सागर नेपाल ज्यूको विषेश उपस्थिती रहेको उक्त कार्यक्रमको सभापतित्व कार्यक्रमको संयोजक श्री कृष्ण प्रसाद र्समा सुबेदी ज्यूले गर्नु भएको थियो । अन्य अतिथीहरुमा राजदुताबासका अन्य कर्मचारी को साथै तारा भन्डारी र विशिष्ट महानुभाबहरु हृुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन श्री विमल गौतमजीले गर्नु भएको थियो ।

Mr. Bimali announcing
रातीको करिब १०ः३० बजेबाट सुरु भएको उक्त कार्यक्रममा श्री राम बेलबासे ज्यूबाट सम्पर्ुण्ा उपस्थिीत महानुभाबहरुलाई स्वागत गर्नु भएको थियो । आफ्नो मन्तब्यको क्रममा एन आए एन ए-एन सी सी साउदी अरेविया शाखालाई एम्बेसीकै प्राङ्गणमा स्वागत गर्न पाएकोमा आफुलाई धेरै खुसी लागेको । भविश्यमा यस संस्था संगै हातेमालो गर्दै विभिन्न समस्याहरुलाई समाधान गर्दै अगाडी बढ्ने कुरा सबैको सामु श्री प्रकाश कुमार सुबेदी ज्यूले स्पष्ट पार्नु भएको थियो । मन्तब्यकै क्रममा गैर आवशीय नेपाली संघ अन्तराष्ट्रि समन्य परिषद मब्य पर्ुवका उपाध्यक्ष श्री सागर नेपालज्यूले साउदी अरेविया जस्तो देशमा आफु उपस्थिीत हुन पाई एन आ एन को बारेमा जानकारी दिन पाएकोमा आफु धेरै खुसी भएको बताउनु भयो । वहांले साउदी अरेवियामा आउने बाटो तयार पारि दिनु भएकोमा प्रवासी नेपाली नेर्टवर्कका निदेशक श्री सागर श्रेष्ठ र समाजसेवी श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूलाई धन्यबाद साथै विभिन्न सल्लाह सुझाब प्रदान गर्नुभएकोमा महामहिम प्रकाश सुबेदी ज्यूलाई विशेष धन्यबाद दिनु भएको थियो । त्यसै गरि आफ्नो मन्तब्य दिने क्रममा श्री तारा भण्डारी ज्यूले सबै एन आर एनहरुले यस संस्थालाई मन वचन र कर्मले सक्दो सहयोग गर्दै साथै आफुले सकेको सहयोग गर्ने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।

Mr. Prakash Kumar Subedi giving speeach
गैर आबशीय नेपाली संघ - राष्ट्रिय समन्य परिषद साउदी अरेविया शाखाको नव गठित पदाधीकारीहरुको नाम श्री दिलचन बुढा मगरले पढेर सुनाउनु भएको थियो जसमा सामाजसेवी श्री गोपाल घिमेरे ज्यूको अध्यक्षतामा विभिन्न प्रान्तबाट समाबेस हुने गरि समाबेसी तरिकाले गठन गरीएको थियो ।

Guests are on the rostrum
गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परीषद साउदि अरेबिया का नव निर्वाचित पदाधिकारीहरु
1, सभापती श्री गोपाल घिमिरे 0565727311 gopalnpl@hotmail.com
2 उप सभापती श्री राम बहादुर बेलबासे 0566919049 ram.bahadur@dhl.com
3 उप सभापती श्री हरी घिमिरे 0503824583 just2hari@hotmail.com
4, राष्ट्रीय संयोजक श्री विमल गौतम 0509995016 bimalgautam@hotmail.com
5, सह संयोजक श्री सागर श्रेष्ट 0508066774 dear_sagars@yahoo.com
6, कोषाध्यक्ष श्री यम लाल पौड्याल 0567167343
7, सह कोषाध्यक्ष श्री छोटु थापा मगर 0501259311 ccgtrthapa@hotmail.com
8, प्रवक्ता श्री रबिन्द्र बराल 0507891301 rabinbaral@hotmail.com
9 सदस्य श्री पर्शुराम मिश्र
10, ,, श्री रुद्र बहादुर थापा
11, ,, श्री ऒम घले
12, ,, श्री बिष्णु अधिकारी
13, ,, श्री के. बि. यावा
14 ,, श्री सुरेन्द्र बराल
15, ,, श्री नारायण श्रेष्ट
16 ,, श्री रुद्र बहादुर थापा
17, ,, श्री रबिन्द्र खड्का
18, ,, श्री खेम गुरुङ
19, ,, श्री अमित गुरुङ
20, ,, श्री रुद्र कुमार कार्की
21, ,, श्री पदम बहादुर गुरुङ
22, ,, श्री बिरेन्द्र चौधरी
23, ,, श्री टंक राई
24, ,, श्री वाल कृष्ण शर्मा
पुनश्च- साउदि अरेबियाको भौगोलिक बिशिष्टता लाई हेरी मध्यपुर्व उपाध्यक्ष श्री सागर नेपाल ज्यु मार्फत आई सि सि लाई एक उपाध्यक्ष थप गर्ने अनुमती मागीएको.
संपर्क ब्यक्ती – गोपाल घिमिरे 0565727311 gopalnpl@hotmail.com
विमल गौतम 0509995016 bimalgautam@hotmail.com
रबिन्द्र बराल 0507891301 rabinbaral@hotmail.com
सल्लाहकार
1,संयोजक डा. युद्ध बहादुर क्षेत्री
2, सदस्य ई. धरम के सी
3, ,, ई. वारीस अन्सारी
4, ,, श्री कृष्ण थापा मगर
5, ,, श्री रामकृष्ण श्रेष्ट
6, ,, श्री चौला प्र. पाठक
7, ( icc बाट अनुमती पाए तेश्रो उपाध्यक्ष सहित सुदुर पश्चिम जेद्दा क्षेत्र बाट मनोनीत गरीने)
। नवगठित सदस्यहरुलाई नेपाली राजदुताबास रियादका प्रथम सचिव श्री लोक बहादुर थापा ज्यूले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । आफ्नो मन्तब्य दिने क्रममा श्री थापा ज्यूले पहिलो पटक संघ संस्थाहरुमा एन आर एन ए साउदी अरेविया शाखालाई एम्बेसीको प्राङ्गणमा स्वागत गर्न पाएकोमा आफुलाई धरै खुसी लागेको बताउनु भयो । त्यसै गरी मेलम्ची खाने पानी प्रोजेक्टको सम्बन्धमा पनी एन आर एन लाई समाबेस गर्ने कुरा भएको वहाँले बताउनु भएको थियो । मन्तब्यको क्रममा नव गठित अध्यक्ष श्री गोपाल घिमीरे ज्यूले सम्पर्ुण्ा एन आर एनहरुलाई समेटदै अगाडी बढी एउटा छुटै पाठ साउदीले दिने र आफु सधैं तत्पर लागी परी रहने बताउनु भयो । सागर नेपाल ज्यूले बधाई दिने क्रममा आफुलाई सामजदारी रुपमा समाबेसी तरिकाले साउदी एन आर एन ए गठन भएकोमा खुसी ब्यक्त गर्नु भयो साथै आफुले सकेको सहयोग गर्ने र २००७ को अक्टुवरको १५ देखी १७ सम्म काठमाण्डौमा हुने अन्तराष्ट्रिय तेस्रो सम्मेलनमा सबै गल्फ क्षेत्रलाई समेटने किसीमले कार्य पत्र प्रस्तुत गर्ने प्रतिबद्घता जनाउनु भयो ।
नव गठित पदाधीकारी तथा सल्लाहकार समितिका पदाधीकारीहरुलाई प्रमुख अतिथी महामहिम कार्यबाहक राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यू तथा गैर आवशीय नेपाली संघ, अन्तराष्ट्रिय समन्य परिषद मध्येपर्ुवका उपाध्यक्ष श्री सागर नेपाल ज्यूले पुश्प गुच्छा दिएर स्वागत तथा बधाई दिनु भएको थियो ।
गैर आवशीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको गठनको लागी विगत एक महिनादेखी मन वचन र कर्मले विशिष्ट योगदान दिनु हुने समजसवी श्री कृष्ण प्रसाद शर्मा सुबेदी लगाएत प्रवासी नेपाली डट कम् का निदेशक श्री सागर श्रेष्ठ, समाज सेवी श्री राजु शैयद, समाज सेवी श्री दिलचन बुढामगर र समाजसेवी श्री विमल गौतम जीलाई गैर आवशीय नेपाली संघ, अन्तराष्ट्रिय समन्य परिषदको तर्फाट प्रशंशा-पत्र प्रदान गरिएको थियो । त्यसैगरी गैर आवशीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद साउदी अरेवियाको तर्फाट एन आर एन ए साउदीअरेविया शाखा स्थापना गर्नको लागी उल्यख्य भूमिका निभाउनु भएकोमा मायाँको चिनो स्वरुप श्री सागर नेपाल ज्यूलाई महामहिम कार्यवाहक राजदुत श्री प्रकाश कुमार सुबेदी ज्यूबाट उपहार स्वरुप नेपाल र साउदी अरेवियाको झण्डाको साथ ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको अन्तमा कार्यक्रमको सभापति श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूले यस संस्थालाई हर्ुकाउन बढाउन र आप्राबासी नेपालीहरुको हक हित र अधिकारको लागी नव गठित समितिलाई तल्लीन भएर अगाडी बढ्न हौसला प्रदान गर्दै बधाईको साथ कार्यक्रम विर्षन भएको जानकारी गराउनु भयो । कार्यक्रम बेलुकी १०ः३० देखी विहानको ३ः३० बजे सम्म चेलेको थियो ।