साउदी अरेवियामा अन्तरकृया कार्यक्रम सम्पन्न
पि एन एन विशेष सम्बाददाता
साउदी अरेविया, जुन ३०, धेरै ढिलो भएता पनि गल्फ देशहरु मध्ये सबै भन्दा ठूलो क्षेत्रफल ओगटेको देश साउदी अरेविया जहाँ करिब ३ लाख ५० हजारको हाराहारीमा प्रवासी नेपालीहरु आफ्नो परिश्रम बेचीरहेकाछन । साउदी अरेवियामा पहिलो पटक नेपाली दुताबास रियादको का.ब. राजदुत श्री प्रकाश सुबेदी ज्यूको प्रमुख आतिथ्य र श्री कृष्ण प्रसाद शर्मा सुबेदी ज्यूको संयोजकत्वमा “एन आर एन, साउदी अरेवियाका प्रवासी नेपालीहरु र नेपाली दुताबासको भूमिका” विषायक एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विभिन्न संघ संगठन, व्यापारी, समाजसेवीर्,र् इन्जीनियर, पत्रकार, विभिन्न पेशामा कार्यरत प्रवासी नेपालीहरुको उपस्थिीती रहेको थियो । अन्तराष्ट्रिय समन्य परिषद मध्ये पर्ुबका उपाध्यक्ष श्री सागर नेपाल ज्यूको विशेष उपस्थिीती र नेपाली दुताबासको समुपस्थितीमा विविध कार्यक्रम हुने भनिएता पनि सागर नेपाल ज्यूको भिजाको कारणले गर्दा अनुपस्थिती भएकोले टाढा टाढा बाट आउनु पर्ने प्रवासी नेपालीहरुको उपस्थिती थिएन । त्यसैले साउदी अरेवियामा एन आर एन को आबश्यकक्त छ की छैन भनि माथी उल्लेख गरिएको बिषयमा अन्तरकृया कार्यक्रम गरिएको थियो ।
कार्यक्रम सञ्चालकले उपथिती सबैलाई स्वागत गर्दै अन्तरकृयाको लागी संयोजक ज्यूलाई कार्यक्रम अगाडी बढाउनको लागी अनुरोध गर्न नपाउदै प्रमुख अतिथी ज्यूलेनै माईक लिएर एन आर एनको बारेमा आफ्नो ब्यक्तिगत धारण राख्नुहुदा सबै छक्क परेर हेरीरहनु भएको थियो ा कत्तिपय ब्यक्तिहरु प्रमुख अतिथी ज्यूले त सबैको विचार बुझि सके पछि आफ्नो मन्तब्य सहित एन आर एन र नेपाली दुताबासको भूमिका सम्बन्धी स्पष्ट पार्नु पर्ने होईन र - भन्दै उपस्थितीहरु मध्ये केहि ब्यक्तिहरु कानेखुसी गरिरहेका देखिन्थे । वहाँले आफ्नो वक्तब्यको क्रममै एन आर एन मस्कोमा आफुहुदा आफ्नै पहलमा एन आर एन को गठन भई उपेन्द्र महतो अध्यक्ष भएको र यो एन आर एन विशेष गरि रेमिटेन्स र आफ्नो कमाई कसरी सुरक्षित तवरले नेपालमा लगानी गर्न सकिन्छ - भनि खोलीएको साथै अहिले सम्म सरकारले यस सम्बन्धमा ठोस निर्ण्र्ाालीइ नसकेको र साउदी अरेवियामा २५० मासिक सेलरी खाई रहेका ब्यक्तिहरुलाई यो एन आर एन उपयुक्त हुन नसक्ने बताउनु भयो । वहाँले मन्तब्यकै क्रममा यसको सदस्यता ग्रहण गर्नलाई १०० डलर अनिवार्य तिर्नु पर्छ त्यसैले के २५० रियाल सेलरी खाने ब्यक्ति त्यसको सदस्य बन्न सक्छ - भनि प्रश्न राख्नु भएको थियो तर यदि एन आर एन साउदी अरेवियामा रहेका प्रवासी नेपालीहरुलाई समेट्ने किसिमले स्थापना हुन सक्छ भने स्वागत योग्य भएको वहाँले स्पष्ट पार्नु भएको थियो ।
त्यसैगरी आफ्नो ब्यत्तिगत धारणा राख्ने क्रममा प्रवासी नेपाली सेवा समितिका बरिष्ठ सल्लाहकार श्री तारानाथ भण्डारी ज्यूले क्षेत्रीय सम्मेलन हुदा आफु प्रवासी सेवा समिति मार्फ कतार गएको । त्यहि आफु एन आर एन को सदस्य भएको तर त्यहां लेभर इश्युजहरुको बारेमा त्यस्तो उल्लेख्य कुरा नभएको आरोप लगाउनु भयो साथै दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा आफुहरुलाई जानकारी नदिएको र सम्मेलन शुरुहुनु भन्दा ३ दिन अगाडी मात्र थाहा दिएको साथै यो एन आर एन पनि आदिकारीक संस्था नभएको स्पष्ट पार्नु भएको थियो । आफुले सागर नेपालको उपस्थितीमा विविध प्रश्नहरु सोधीने जानकारी गराउनु भएको थियो । डा. युद्व बहादुर क्षेत्रीर्,र् इन्जीनियर धर्म केसी लगाएत विभिन्न ब्यक्तिहरुले एन आर एन सम्बन्धी आफ्नो ब्यक्तिगत धारणा राख्नु भएको थियो । समग्रमा सबैको आसय र समिक्षा एन आर एन साउदी अरेवियाको प्रवासी नेपालीहरुलाई समेट्न सकिने धारणाले आउनु पर्ने मा जोड दिएको पाईएको थियो । मन्तब्यको क्रममा एन आर एन सम्बन्धी विविध सवालहरु एठ्न थाले पछि कार्यक्रममा आफुखुसी मन्तब्य दिन थाले पछि कार्यक्रमका संयोजक ज्यूले आफ्नो सिमा र हद भन्दा बाहिर गएर कसैलाई पनि बोल्ने अधिकार नभएको यसरी गलत धारण राख्नुमा आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो । एन आर एन सम्बन्धमा उठेका विविध सवालहरुलाई अर्को हप्ता अन्तराष्ट्रिय समन्य परिषद मध्ये पर्ुबका उपाध्यक्ष श्री सागर नेपाल ज्यूको विशेष उपस्थितीमा पुन छलफल गरि एन आर एन एन सि सि साउदी अरेवियाको गठन गरिने जानकारी गराउनु भएको थियो । गल्फ देशहरु मध्ये कतार, दर्ुबई आदी देशहरुमा एन आर एन एन सि सि गठन भई सकेको त्यहां पनि २५० सेलरी खाने धेरै नेपाली भएको ति देशहरुमा स्थापना हुन सक्दा साउदी अरेवियामा किन हुन नसक्ने - एन आर एन को बारेमा नकरात्मक सोचाई राख्नु भन्दा पनि हामीले साउदी अरेवियामा यसको स्थापना गरी यस देशबाट एन आर एन लाई एउटा राम्रो लेसन दिन सक्नु पर्दछ भनि स्पष्ट पार्नु भयो । सबै कुरा समय अनुसार परिवर्तन हुदै जानेछ भोली एन आर एन को पनि विधान परिमार्जन हुनुसक्दछ त्यसैले यो यूरोप, अमेरीका, क्यानडा, मस्को मा बस्ने धेरै कमाउने प्रवासी नेपालीहरुको मात्र संस्था नभएको सम्पर्ुण्ा प्रवासी नेपालीहरुको साझा छाता संगठन हो भनि स्पष्ट पार्नु भएको थियो ।
वहाँले कार्यक्रम समाप्त भए पश्च्यात पि एन एन सम्बाददाता संग अन्तरकृया कार्यक्रममा वक्ताहरुले मर्यादा भन्दा बाहिर गयर अभिब्यक्ति दिएको एन आर एन लाई साउदी अरेवियामा कसरी स्थापना गर्नु भन्दा पनि विबादमा ल्याउने खालको भनाई राखेको र नेपाली दुताबासबाट पाल्नु भएको का. बा. राजदुत श्री प्रकास सुबेदी ज्यूले अरुको कुरा सुन्नु भन्दा पनि पहिलेनै कार्यक्रकमको संयोजकको अनुमति नलिई हतारमा माईक समाई आफ्नो ब्यक्तिधारण राख्दा आफुलाई दुःख लागेको साथै वहाँको पहिलो धारणले प्रवासी नेपालीहरुमा एन आर एन सम्बन्धी नैरस्यता उत्पन्न भएको आफुले महसुस गरेको बताउनु भयो ।साथै वहाँले तंपाईहरु प्रवासी नेपालीहरु हुनुहुन्छ तर म चैं त्यस्मा पर्दिन प्रवासी नेपालीहरु आफैमा डिपेण्ड र हामी आफैमा डिपेन्ड छौं भन्ने शब्दहरुले आफु लगाएत प्रवासी नेपालीहरुलाई दुःखी बनाएको गुनासो पोख्नु भयो साथै उक्त कार्यक्रम पदलोभ को मोहले गरिएको भनि आरोप लगाएकोमा मलाई राह्रै दुःख लागेको छ । मैले यो कार्यक्रम व्यक्तिगत र्स्वर्थको लागी सञ्चालन गरेको थिईन । व्यक्तिगत रुपमा खर्चगरी कार्यक्रम सञ्चालन गरेको थिएं तर वहाँले सोझै पद लोभको लगी भन्दा मैले मेरो व्यक्तिगत चरित्र हत्या गर्न खोजेको महसुस गरेको छु भनि दुःख व्यक्त गर्नु भयो ।
प्रवासी नेपाली डटकम्का निर्देशक श्री सागर श्रेष्ठ ज्यूले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम स्थानिय समय अनुसार बेलुकाको ९ बजे बाट मध्ये रात १२ बजे सम्म सञ्चालन भएको थियो । कार्यक्रममा दलबहादुर धिमिरे ज्यूले स्वयम सेवाको भूमिका निभाउनु भएको थियो उक्त निर्स्वर्थ सेवाको सबैले प्रशंसा गरेका थिए ।
नोट:
पाठकहरुको अनुरोधमा हामीले उक्त अन्तरकृया कार्यक्रमको केहि भिडियो क्लीप तथा वक्क्तहरुले दिनु भएको वक्तब्य यहां समाबेश गरेका छौ । कृपया तलका लिङ्कमा थिच्नुहोस ।
Prakash Subedi’s Voice
Tara Bhandary’s Voice
Dr. Y. B. Gautam’s Voice
Eng. Dharma KC’ Voice
Krishna Subedi’s Voice


Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
