पर्बत पैंयूँखोला समाज हङ्गकङ्गको नयाँ कार्यसमिति गठन
राम गुरुङ्ग
पर्वत जिल्लाबाट हङ्गकङ्ग आई स्थाई तथा अस्थाइ रुपमा बिविध पेशा,तह अनि तप्कामा छरिएर रहेका पर्वतेली हङ्गकङ्गवासिहरुको बढदो संख्यालाइ मध्यनजर राख्दै आठ बर्षअगाडि नेपाली नयाँ बर्ष२०५५ साल बैशाख १ गते पर्वत जिल्लालाइ समेटने गरि एउटा सँस्था खडा गरियो । पर्बत पैंयूँखोला समाज हङ्गकङ्ग नामाकरण गरिइएको सो सँस्थामा सम्पर्ूण्ा पर्वतेली हरुलाई त्यसैमा गोलाकार बनाइ एकापसमा दुःखसुःख पीर मर्काहरु साटासाट गर्ने हेतुले गठित गरिइएको सँस्थाको निति निर्देशन,कार्यशैली तथा बिचारबाट प्रभावित भै छिमेकी जिल्लाहरुबाट पनि यस सँस्थामा केहि ब्यक्तिहरु आबद्घ हुन आएका छन ।

यसरी पर्बत पैंयूँखोला समाज हङ्गकङ्गले पर्वतवासिहरु माझ बर्षौ पिच्छै भिन्दाभिन्दै बिविध कार्यक्रमहरु लिएर भेटघाट तथा उपस्थित भैरहन्छ ।

गत आइतबारका दिन पर्बत पैंयूँखोला समाज हङ्गकङ्गको नयाँ कार्यसमिति गठन गरिएको छ ा प्रत्येक दुइ दुइ बर्षा हुने निर्बाचनमा सदा झैं १३ सदस्सीय कार्यसमिति तथा ५ सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ ा नव निर्बाचित/गठित कार्यसमितिमा र्सवसम्मतिबाट अध्यक्ष श्री चुक प्रसाद गुरुङ्ग, उपाध्यक्ष श्री भुपाल राना, महासचिव श्री खगेन्द्र गुरुङ्ग, सचिव श्री बल प्रसाद गुरुङ्ग, कोषाध्यक्ष श्री याम प्रसाद गुरुङ्ग, महिला सदस्यहरुमा श्रीमति लक्ष्मी - मिलन ) गुरुङ्ग, श्रीमति बबिता राना तथा अन्य सदस्यहरुमा श्री झम बहादुर गुरुङ्ग, श्री याम कुमार थापा, श्री भबिन चरा सेन, श्री किरण प्रताप सेन, श्री किरण गुरुङ्ग तथा श्री सोम प्रसाद गुरुङ्ग लाइ चयन गरिइएको छ ा त्यस्तै समाजलाइ बिशेष सहयोग तथा सल्लाह प्रदान गर्न एक सल्लाहकार समिति गठन गरिएको छ जसमा संयोजकमा भूपु अध्यक्ष तथा कानूनी सल्लाहकार श्री राम प्रसाद गुरुङ्ग सल्लाहकारहरुमा निबर्तमान महासचिव श्री नन्द बहादुर थापा, निबर्तमान सचिव श्री खुम कुमार गुरुङ्ग, निबर्तमान अध्यक्ष श्री ठाकुर प्रसाद गुरुङ्ग, भूपु अध्यक्ष श्री सन्त कुमार गुरुङ्ग हुनुहुन्छ ा यसरी समाजले सम्पर्ूण्ा काम कर्तब्य र अधिकार सुम्पने गरि समाजको नाममा रहेको चल अचल तथा जिन्सी सामान का साथ समाजको खातामा रहेकोे नगद एक लाख ब्यानब्बे हजार दुइ सय डलर को बैंक चेक निबर्तमान अध्यक्ष श्री ठाकुर प्रसाद गुरुङ्ग तथा भूपु कोषाध्यक्ष श्री टुक प्रसाद गुरुङ्गज्यूको हातबाट नव निर्बाचित अध्यक्ष श्री चुक प्रसाद गुरुङ्ग तथा कोषाध्यक्ष श्री याम प्रसाद गुरुङ्ग लाइ संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ा
कार्यक्रम निबर्तमान अध्यक्ष श्री ठाकुर प्रसाद गुरुङ्गज्यूको अध्यक्षतामा बसेको थियो भने संचालन नवनिवाचित महासचिव श्री खगेन्द्र गुरुङ्गले संचालन गर्नुभएको थियो ा कार्यक्रममा एक निर्वाचन समिति पनि गठन गरिएको थियो जसमा भूपु सल्लाहकार संयोजक श्री अमर बहादुर गुरुङ्ग भूपु उपाध्यक्ष श्री अशोक कुमार थापा भूपु कार्यसमिति सदस्य श्री टोप बहादुर राना भूपु सल्लाहकार सदस्य श्री तेज बहादुर गुरुङ्ग भूपु सल्लाहकार सदस्य श्री भ्रमा गुरुङ्ग हुनुहन्थ्यो ा
साथै समाजले स्थापना कालदेखि निरन्तर रुपमा समाजप्रति काम गर्दा गर्दै यूके जानु हुने समाजका बिभिन्न ब्यक्तित्वहरु भूपु कोषाध्यक्ष श्री टुक प्रसाद गुरुङ्गज्यू भूपु उपाध्यक्ष श्री अशोक थापा भूपु सल्लाहकार सदस्य श्री तेज बहादुर गुरुङ्ग भूपु सह-सचिव प्रेम बहादुर सार्की तथा वहँाहरुका परिवारलाइ समेत खादा तथा फूलमाला लगाएर बिदाइ गरिइएको थियो ा
बिदाइ कार्यक्रम छुट्टै अर्को दिन काउलून जोर्डन स्थित कङ्गगन रेस्टुरेण्टमा नवनिर्वाचित अध्यक्ष श्री चुक प्रसाद गुरुङ्ग को अध्यक्षतामा एक भब्य कार्यक्रमका साथ सम्पन्न गरिइएको थियो ा सो बिदाइ कार्यक्रममा बक्तब्य दिनुहँदै समाजका निबर्तमान सचिव श्री खुम कुमार गुरुङ्ग ज्यूले वहाँहरुले स्थापना कालदेखि आजको यो घडिसम्म समाजलाइ यहाँसम्म ल्याई पु-याउन गर्नुभएको योगदानको सहृाहना गर्नु हुँदै हङ्गकङ्ग छोडेर जहाँ गएपनि समाजप्रतिको मायाँ तथा सम्झना सदासदाको लागि ताजा रहोस् भनि अनुरोध गर्नुभएको थियो ा हामी सामाजिक प्राणी हौं समाजप्रतिको चाहना ,झुकाव अनि लगाव हृदयबाट नै उत्प्रेरित भै प्रस्फुटित हुन्छन हामी र हाम्रो समाज एक अर्काका परिपूरक हौं तिनै भावनाको प्रारुप हो यो पर्बत पैंयूँखोला समाज हङ्गकङ्गको स्थापना । यहि बिचारलाइ बिश्लेषण गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रम डिनर सहित राति अबेरसम्म चलेको थियो ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
