कोरिया तेक्वान्दो चुङ्ग दो क्वान नेपाली समुह हङ्गकङ्गको नवौं बाषिर्कोत्सव सम्पन्न
राम गुरुङ्ग हङ्गकङ्ग

हङ्गकङ्ग नेपालीहरुको तेक्वान्दो सँस्था कोरिया तेक्वान्दो चुङ्ग दो क्वान नेपाली समुह हङ्गकङ्ग ले यहि ११ ˆmेब्रुअरी २००७ आइतबारका दिन गर्लस् गाईड एशोसियनको हलमा नवौं बाषिर्कोत्सव समारोह भब्यताकासाथ सम्पन्न गरेको छ । तेक्वान्देासँग सम्बन्धित बिबिध बिधामा आधारित डेमोन्स्ट्रेसन्हरु बाट सुरु गरिएको उक्त कार्यक्रमको अध्यक्षता तेक्वान्दो खेलका जन्मदाता देश कोरियाका तेक्वान्दो सँस्था ‘कोरिया तेक्वान्दो चुङ्ग दो क्वानका’ सँस्थापक कोरियन गुरु ग्राण्ड मास्टर उ जोङ्ग पिल हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा हङ्गकङ्ग नेपाली महाबाणिज्यदुतका कार्यवाहक महाबाणिज्यदुत श्री हेमलाल भट्टराइ हुनुहुन्थ्यो । कार्यक्रमको उद्घोषण भर्खरै हङ्गकङ्गको बिभिन्न कार्यक्रमको पर्दाहरुमा खुबै चर्चामा आएकी उदियमान उद्घोषिका सुश्री सानु थापा हुनुहुन्थ्यो ।
बिभिन्न प्रमुख ब्यक्तित्व, सँघसँस्था,ब्यापारीका पदाधिकारीहरुको बाहुलीबाट बिभिन्न खेल तथा कार्यक्रममा उच्च स्थान हासिल गर्न सˆmल खेलाडीहरुलाइ प्रमाण पत्र प्रदान गरिएको थियो सोहि कार्यक्रममा गत बर्ष२००६ मा
युएसएमा सम्पन्न पाँचौ अन्तर्रर्ााट्रय तेक्वान्देा खेलमा कोरिया तेक्वान्दो चुङ्ग दो क्वान नेपाली समुह हङ्गकङ्ग ले २ गोल्ड,२ सिल्बर र २ कास्य पदक जित्न सˆmल खेलाडीहरुलाइ पनि प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा आफ्नो बिचार राख्दै कोरियन गुरु ग्राण्ड मास्टर उ जोङ्ग पिल तथा हङ्गकङ्ग नेपाली महासँघका निबर्तमान अध्यक्ष श्री गणेश इजमले तेक्वान्देा खेल प्रतिको आफ्नो बिचार तथा अनुभवहरु ब्यक्त गर्दै सँस्थाको बाषिर्कोत्सवको उपलक्ष्यमा प्रगतिको शुभकामना दिनुभएको थियो । कार्यक्रम बिहान १० बजेदेखि शुरु भइ साँझ ३ बजे खानाको ब्यावस्था सहित अन्त्य गरिएको थियो कार्यक्रममा बिबिध मनोरञ्जनात्मक डेमोन्स्ट्रेसन खेलहरुको नौलो प्रस्तुति सिकाउन सˆmल हुनुभएका सँस्थाका कोअर्डिनेटर प्रशिक्षक श्री रबिन कुमार नाल्बो सहायक प्रशिक्षक ब्रि्रम सुुब्बा तथा जयन्त थापा सˆmल प्रशिक्षक हुन भन्ने साबित उक्त खेलका सˆmल खेलाडीहरुले नै देखाइएकिा थिए ।
सो सँस्थाले हङ्गकङ्गमा पहिलो पटक जुलाइ २००५मा चौथो अन्तर्रर्ााट्रय तेक्वान्देा खेल सम्पन्न गरेर लोकप्रियता कमाइ सकेको छ । सम्पर्ूण्ा हङ्गकङ्गबासिहरुमा तेक्वान्देा खेल प्रति मोह बढाइदिएको छ । हाल आएर हङ्गकङ्गमा तेक्वान्देा खेलप्रति चमत्कारिक रुपले युवाहरुमा भन्दा बालबच्चाहरुमा रुचि बढाइएकिो छ । रमाइलो पक्ष भनेको शनिबार र आइतबारको दिन पाँच बर्षेखिमाथिका केटकेटीहरु तेक्वान्देा लेखिएका सेता पहिरनमा छयाप्छयाप्ती भेटिन्छन ।
कोरिया तेक्वान्दो चुङ्ग दो क्वान नेपाली समुह हङ्गकङ्ग का प्रबन्ध निर्देशक तथा सञ्चालक मास्टर श्री हरि तामाङ्गका अनुसार हङ्गकङ्ग जस्तो ब्यस्त शहरमा रहेर पनि आफ्नो अमुल्य समयको सदुपयोग गर्दै तेक्वान्देा खेलप्रतिको मोह बढदै जानुमा यसको अन्तर्रर्ााट्रय ब्यापकता,शैक्षिक चेतना पनि एक हो भने शारिरीक सुगठित पनि । यदि हामीले पैसाको लागिमात्र हेरयौं भने तेक्वान्देा खेलप्रतिको यो माहौलमा नराम्रो असर पर्नेछ र यसले कालान्तरमा गएर तेक्वान्देा प्रति हर्ेर्ने दृष्टिकोणमा नै परिबर्तन गरिदिनेछ ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
