सम्पर्ुण्ा प्रवासी नेपालीहरुको साझा नेर्टवर्क मिडिया प्रवासी नेपाली डटकम्ले गौरबमयर् इतिहाँस कोर्दै दोस्रो बर्षा प्रबेश गर्न सफल भएको छ । प्रवासी नेपालीहरुको आवाजलाई सम्बन्धीत ठाँउसम्म पुर्याउनको लागी पहल गरिरहेको यो मिडियाले । दोस्रो बर्षा प्रबेश गरेको पावन अबसरमार् इमेलर् इन्टरनेटबाट टाढा रहनु भएका प्रवासी नेपालीहरुलाई भरपुर मनोरञ्जन दिने उदेश्यले एउटा भिन्दै प्रकारको पत्रिका साहास प्रकाशनमा ल्याएको छ । आजकै दिनबाट पाठकबर्ग सामु पुर्याउन सफल यस पत्रिका प्रवासी नेपालीहरुको लागी भञ्ज्याङ्गको चौतारी हुने अपेक्षा लिईएको छ ।
पि एन एन स्थापना भएको एक बर्षभित्रमा २२०० भन्दा बढि टपिकमा समाचार त्यस मध्य ५७५ भन्दा बढी प्रवासी गतिविधी समेट्न सफल भएको छ । त्यसै गरि २२५ फोटो समाचार, १८६ लेख रचना/विचार विर्मश, ७ अन्तरवार्ता, ११८ कविता/गित/गजल, १२५ अंग्रेजी लेखरचना प्रकाशित गर्न तथा ७५० भन्दा बढी शुभकामना तथा प्रतिकृया प्राप्त गरेको छ ।
यस दिन सम्म आई पुग्नको लागी विभिन्न व्यक्तिहरुले गर्नु भएको सहयोगको लागी पि एन एन हार्दिक आभार प्रकट गर्दछ । नेपाल सहित विभिन्न देशबाट समाचार तथा प्रवासी गतिविधिहरु निःशुल्क उपलब्ध गर्राई दिनु भएकोमा सम्पर्ुण्ा प्रतिनिधी तथा शुभचिन्तकहरुमा आभार प्रकट गर्दै भाविदिनहरुमा पनि एस्तै सहयोग र सदभाबको अपेक्षा गर्दछौं । सहयोगी सम्पर्ुण्ा मिडियाहरुलाई हातेमालो गर्दै अगाडी बढ्न अनुरोध गर्दछौं । यस एक बर्षो अबधिमा एउटा रंङ्गीन प्रिन्टर तथा साउदी रियाल १००/- उपलब्ध गर्याएर प्रवासी पाल्पाली सर्म्पर्क मञ्च साउदी अरेविया र विष्णु बहादुर थापाले ठूलो गुण लगाउनु भएको छ । जस्को नाम पि एन एन र्डाईरीमा सदैब स्वर्ण्र्ााक्षरले लेखिने छ ।
यो साहास पत्रिका एउटा छुटै प्रकारको मनोरञ्जन दिने पत्रिका भएकोले सम्पर्ुण्ा प्रवासी नेपालीहरुले विशेस गरि गल्फ देशहरुमा रहनु भएका नेपालीहरुले धेरै मनोरञ्जन लिने हामीलाई विश्वास लागेको छ । हामी यो पत्रिका बाट प्राप्त रकम अनाथ तथा टुहुरा बालबालीकाहरुको शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछौं । पहिलो चरणमा हामी पोखरा स्थित आशा फण्डेशनमा आस्रित बालबालीकाहरुको लागी उपलब्ध गराउने छौं ।
अन्तमा पुन सम्पर्ुण्ा चिर परिचित सहयोगी सबैमा सहयोग र सदभाबको अपेक्षा राख्दै हामीलाई यो स्थान सम्म ल्याई पुर्याउँन सहयोग र प्रेरणा प्रदान गर्नुहुने सबैमा हार्दिक कृतज्ञाता प्रकट गर्दै भाबि दिनमा पनि यस्तै सुमधुर सम्बन्ध रहिरहोस भन्ने आशा राख्दछौं ।
धन्यबाद !