:: यू.र्एर्.इमा २५९१ औं ल्होसार पर्व सम्पन्न : : January : : 2007

January 24, 2007

यू.र्एर्.इमा २५९१ औं ल्होसार पर्व सम्पन्न

खेमनाथ पौडेल
यू.र्एर्.इ
जनवरी २० २००७ यू.र्एर्.इको अबुधावी स्थिति सुडानी क्लवमा तमू ल्होसार २५९१ औं मर्ृग बर्गको उपलक्ष्यमा विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न भयो ।

यू.र्एर्.इ.का लागि का.वा राजदूत श्री मोहनकृष्ण श्रेष्ठज्यूको प्रमुख अतिथिमा सम्मन्न उक्त कार्यक्रमको सभापतित्व यू.र्एर्.इ केन्द्रिय तमू समाजका प्रमुख यम तमूले गर्नुभएको थियो भने तृतिय सचिव विक्रम गिरी, र दुतावासका अन्य सदस्य साथ साथै यू.र्एर्.इमा स्थापना भएका विभिन्न संघसंस्थाका पदाधिकारीहरु अतिथिको रुपमा हुनुहुन्थ्यो । स्वागत मन्तब्य गञ्जमान तमूले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन तेज बहादुर तमू र विकास तमूले गर्नु भएको थियो ।
प्रमुख अतिथिको हातबाट पानसमा बत्ति बालि उद्धघाटन गरिएको उक्त कार्यत्रममा गत बर्षजुलाईमा गण्डकी अञ्चल कास्की जिल्लाका योग ब. तमू, केहि समय पहिला नेपालमा हेलिकप्टर दर्ुघटनामा परी ज्यान गुमाएका डा. हर्क तमू, प्रकाश तमू, साथै अन्य विशिष्ट ब्यक्तिहरु र नेपालमा भएको जनआन्दोलन-२ मा ज्यान गुमाउन बाध्य ज्ञात अज्ञात सहितहरुको आत्माको चिर शान्तिको कामना गर्दै प्रमुख अतिथि र सभापतिको हातबाट पानसमा १०८ बत्ति प्रज्वलन गरिएको थियो र आमन्त्रित सम्पर्ूण्ा अतिथिहरुलाई पनि बत्ति प्रज्वलन गर्न अनुरोध गरिएको थियो । उहाँहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो ।

सभापतिको हातबाट प्रमुख अतिथिलाई र प्रमुख अतिथिको हातबाट सभापतिलाई खाका पहिर्‍याउदै एक आपसमा ल्होसारको शुभकामना आदान प्रदान गरिएको थियो । तथार् वग आउनेलाई सभापतिले खाका ओर्ढाई आर्शिबाट दिनु भएको थियो ।
पहिलो चरणको कार्यक्रमको अन्तिममा प्रमुख अतिथि का.वा. राजदूत मोहनकृष्ण श्रेष्ठज्यूले छोटो मन्तब्य दिदै १० बर्षलामो इतिहास बोकेको यू.र्एर्.इ तमू समाजले प्रवासमा पनि आफ्नो भेष भुषा तथा संस्कृतिलाई कायमै राखि प्रत्येक बर्षमनाउदै आएको ल्होसार पर्व यस बर्षपनि मनाएकोमा खुशि प्रकट गर्नुभएको थियो । साथै अन्य कार्यक्रमहरुमा जस्तै यहाँ पनि नेपालीहरुलाई कुनै समस्या परेमा सिधै दुतावासमा सर्म्पर्क राख्न अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा गुरुङ्ग भेषभुषा साथै विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । “हामी प्रवासमा भए पति ल्होसार मनाउछौ” भन्ने गितबाट सुरु भएको सँास्कृतिक कार्यक्रममा नेपालबाट आउनु भएका नेपाल आर्मिका कलाकारहरुले “तन मन कर्मले हामी सबै नेपाली” भन्ने राष्ट्रिय भावको गितको बोलले सबै दर्शकहरुलाई जुरुक जुरुक पारेको थियो । कार्यक्रमको अन्त्यमा राम्रो गित प्रस्तुत गर्ने कलाकारहरुलाई पुरस्कारको ब्यवस्था गरिएको थियो । गित तर्फप्रथम् विकास तमू द्धितिय ज्ञानु लामा तृतिय योगेन तमू हुनु भएको थियो भने नृत्य तर्फप्रथम् योगेन तमू र दिपक तमू, द्धितिय रस्मि तमुस्यो, तृतिय एकजङ्ग तमू र रस्मि तमुस्यो हुनु भएको थियो भने भेषभुषा तर्फरस्मि तमुस्यो र एकजङ्ग तमु हुनु भएको थियो सम्पर्ूण्ा विजेता कलाकारहरुलाई प्रमुख अतिथि र सभापतिज्युले पुरस्कार सहित प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

दिपक गुरुङ्ग -तमु) लाई विभिन्न कार्यक्रम तथा ल्होसार पर्वमा पनि विभिन्न गित तथा नृत्यमा सहयोग पुर्‍याएको हुनाले प्रमुख अतिथिको हातबाट दोसल्ला ओर्ढाई विषेश सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा विभिन्न कलाकार तथा सहयोगिहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रमको प्रायोजन मनकामना ऐक्सचेन्ज, काठमाण्डौ रेष्टुरेन्ट तथा ज्ञालक्सि टि.भीले गरेको थियो । कार्यक्रम करिब साढे चार बजे देखि बेलुका साढे ९ बजे सम्म सञ्चालन भएको थियो । कार्यक्रममा यू.र्एर्.इका विभिन्न क्षेत्रबाट तमूहरुको वृहत उपस्थिति रहेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2007/01/24/p262/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter