गजल
मारेमार सद्दामलाई
होमनाथ सुवेदी
वुडब्रिज, भर्जिनिया
१२(२९(०६
मारे मार सद्दामलाई तिमी अमर रहेछौ
न भत्किने सर्वोच्च ती टुइन टावर रहेछौ ।
मारे मार विनलादेनलार्इ, माल रहेछौ
धन्यवाद छ तिमीलाई सिकन्दर रहेछौ ।
पाल चोर, डाँका, ज्यानमारा अपराधीलाई
विश्वका नेता मार्ने, उत्तम स्मग्लर रहेछौ ।
दियौ मृत्युदण्ड सद्दामलाई महान् रहेछौ
यो युगका महान् हीनताका खवर रहेछौ ।
सद्दाम झुन्डयायौ महान् तिमी कायर रहेछौ
पक्षपातमा तिमी पहिला नम्बर रहेछौ ।
राष्ट्राध्यक्ष, राष्ट्राध्यक्षले मान गर्दा रहेछौ,
अमानवीयतामा महान् अकबर रहेछौ ।
०
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
