:: संयुक्त राष्ट्र संघिय मानवअधिकार उच्चायुक्त लर्ुइस आर्वर नेपाल आउँदै, भ्रमण महत्वपर्ूण्ा हुने । : : January : : 2007

January 3, 2007

संयुक्त राष्ट्र संघिय मानवअधिकार उच्चायुक्त लर्ुइस आर्वर नेपाल आउँदै, भ्रमण महत्वपर्ूण्ा हुने ।

आरजु

संयुक्त राष्ट्र संघिय मानवअधिकार उच्चायुक्त लर्ुइस आर्वरले यही माघ ५ गते देखि १० गते सम्म नेपालको भ्रमण गर्ने नेपाल स्थित उच्चायुक्तको कार्यालयले जनाएको छ ।
सन २००५ को मईमा कार्यालय स्थापना भए यता उहाँको यो पहािलो भ्रमण हो । नेपालको भ्रमणको क्रममा उहाँले शान्ती प्रक्रियाको सफलताका लागि मानवअधिकारको महत्वपर्ूण्ा कुरामा जोड दिंदै संविधान सभाको निर्वाचन सम्मको महत्वपर्ूण्ा समयमा आफ्नो कार्यालयका कार्य योजनाका बारेमा प्रकाश पार्नुहुने जनाईएको छ ।
उच्चायुक्तको कार्यालयले सबैभन्दा ठूलो क्षेत्रीय कार्यालय अर्थात कन्टि्र अफिस नेपालमा भएको बताउदै आफ्नो ६ दिने भ्रमणको क्रममा उहाँले सरकार, नेकपा माओवादीको नेतृत्व, राजनितिक दलहरु, मानवअधिकार रक्षकहरु तथा बृहत नागरीक समाजसंग वैठक गर्ने जनाईएको छ ।
नेपालमा शान्ती प्रक्रियाको लागि मानवअधिकार संरक्षण र पर््रवर्धनका कार्यहरु, लामो समय देखि विद्यमान भेदभाव तथा वहिष्करणलाई सम्वोधन गर्ने विषयमा कसरी काम गर्ने भन्ने सम्बन्ध्ामा आर्वरको भ्रमण महत्वपर्ूण्ा हुने विश्वास गरीएको छ ।
स्मरण रहोस् २०६१ माघ १० देखि १३ गते सम्म उच्चायुक्तले नेपालको भ्रमण गर्नुभएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2007/01/03/p255/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter