अंग्रेजी नयाँ वर्षो आरम्भसंगै पोखरामा सडक महोत्सब सुरु ।
आरजु
रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखरा रेवानले हरेक बर्षआयोजना गर्ने सडक महोत्सव आज देखी पोखराको लेकसाइडमा शुरु भएको छ ।
महोत्सबको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिब माधब प्रसाद घिमिरेले पौष १७ गते पोखरा भ्रमण बर्षो घोषणा हुने जानकारी दिदै भन्नुभयो” नेपाल आउने कुल पर्यटक मध्ये २५ प्रतिशत पोखरा भित्राउने भ्रमण बर्षो योजना छ । ”
उहाँले पर्यटन पर््रबद्धनका लागि समेत राजनैतिक सहमती हुनपर्ने खाँचो औल्याउदै हरियो नम्बर प्लेटमा नेपाली पनि चढ्न पाउने गरी एैनमा संसोधन गर्न मन्त्रालयले पहल गरिरहेको जानकारी दिनुभयो
महोत्सबको समापनका अवसरमा पुष १७गते मन्त्री ज्ञवालीबाट भ्रमण बर्षो घोषणा हुने वताइएको छ । नेपाल पर्यटन बोर्डले यस भ्रमण वर्षाइ सम्पन्न गर्न ५० लाख विनियोजन गर्ने पर्यटन वोर्डका सदस्य बासु त्रिपाठीले जानकारी दिनुभयो ।
महोत्सबका अवसरमा सडकमा ३० वटा र क्याम्पिङ साइडमा ५० गरी ८० वटा स्टल रहने आयोजकले वताएका छन् । महोत्सबमा रौनकता ल्याउन यसपटक चितवनबाट दुइ वटा हात्ती समेत ल्याइएको छ ।
पोखरालाई अंग्रेजी नयाँ बर्षमनाउने गन्तब्य स्थलका रुपमा देश बिदेशमा चिनाउनका लागि रेबानले हरेक बर्षमहोत्सब गर्दे आएको छ ।
महोत्सबको उद्घाटन सँगै लेकसाइडमा दर्शकहरुको चहलपहल सुरु भइसकेको छ । उद्घाटनका अवसरमा बिभिन्न साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।
उद्घाटन समारोहमा कास्की स्थित बिभिन्न राजनैतिक पार्टर्ीी नेताहरु प्रशासनिक निकायका प्रमुखहरु र पयर्यटन ब्यबसायीहरुले पर्यटन उद्योगको बिकासका लागि सबै क्षेत्रले सहयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
