
आदरणीय पाठकवृन्द तथा शुभ चिन्तक ज्यूहरुमा र्सवप्रथम अभिवादन ।
हामी नेपालीहरु आज विवशता र वाध्यताले विश्वको कुना काप्चामा पुगीरहेका छौं । विविध सपनाहरु ब्ाोकेर प्रवासी जीवन बिताउन बाध्य हामी प्रवासी नेपालीहरुले अज्ञानता, जनचेतना, शिक्षा अनुभव आदीको कमिले गर्दा अकालमा ज्यान गुमाई रहनु परेको छ । गल्फ देशहरुमा मात्र करिब १० लाख नेपाली हरुले आफ्नो परिश्रम बेचिरहेका छन । गल्फ देशहरुमा आउने ९० प्रतिशत नेपालीहरु गरिबीको रेखा मुनि रहेका साथै लेवर भिषामा आएको पाईन्छ । गल्फ देशहरुमा आएका नेपालीहरु मध्ये ५ प्रतिशतले मात्र इन्टरनेटको प्रयोग गर्छन भन्दा फरक नपर्ला । प्राय नेपालीहरुको दिन चर्या आँखा मिच्दै प्लाष्टिकको झोलामा खाना थापेर काममा जाने बेलुका घाम अस्ताएपछि फर्कि उहि मोटो चामलको खाना खाने र दिनभरिको थकाई, साहुको ऋण, घर परिवारको समस्या, गहिरो सोचाई आदीमा बित्दछ । एक अध्ययन अनुसन्धान अनुसार गल्फ देशहरुमा प्रत्येक महिना २०-२५ जना कामदारहरु बिभिन्न दर्ुघटनामा परि मर्ने गरेका छन । त्यसमा पनि ४-५ जना त हृदयघात भई मर्ने गरेको पाईन्छ । कतै कतै आत्म हत्या गरेर मरेका पनि पाईन्छ । यसरी मृत्यू हुनुमा साहुको ऋण, उचित पारिश्रमिक नदिनु, नेपालबाट आएपछि आफु ठगिएको महसुस हुनु, तलब थोरै हुनु, समयमा तलब नदिनु, घर परिवारमा पनि जीवन संगीनीले बाटो बिराउनु आदि कारणहरुले गर्दा बिभिन्न प्रकारको चिन्ता अनि अन्य विविध कारणहरु रहेका छन ।
पि.एन एनले प्रवासी नेपालीहरुलाई -विशेष गरी गल्फ देशहरुमा रहेका) ति पिर चिन्ताहरुबाट दूर गर्नकोलागि एउटा छुट्टै प्रकारको पत्रिका प्रकाशन शुरु गर्दैछ । यो पत्रिका कुनै पनि नेपालीहरुको हातमा परेपछि उस्ले सबै पिर चिन्ता साहुको ऋण बिर्षर हाँसो ठट्टाले भरिएको खुराकहरु पढि मनलाई शान्त बनाउन सक्दछ । एउटा उखान १०० औषधी बराबर १ हाँसो भन्ने उखान झै उ सदैव स्वास्थ्य रहन सक्दछ । यसरी गल्फ देशहरुमा रहेका प्रवासी नेपालीहरुलाई हाँस्यात्मक पत्रिका मार्फ मनोरञ्जन तथा आत्म संतुष्टि दिईने छ भने अर्काे तर्फउक्त पत्रिका बेच विखन बाट उठेको रकम तथा चन्दा आदी संकलन गरी केहि प्रतिशतमात्र प्रकाशन खर्च राखेर उक्त रकम पोखरा स्थित आशा फण्डेशनमा रहेका अनाथ बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्यकालागि लगानी गरिने छ ।
यस पत्रिकाले एकातिर प्रवासी नेपालीहरुलाई मनोरंजन आत्मसन्तुष्टिकासाथै मेन्टल्ली उपचार र अर्काे तर्फअनाथ बाल बालिकाहरुको उज्ववल भबिष्यकोलागि पहल गर्ने भएको हुदा यो पहिलो पटक बिदेशबाट प्रकाशित हाँस्यात्मक पत्रिका पढन हुन अनुरोध गर्दछौं । तपाईले चाहे पत्रिका किनेर होस चाहे चन्दा गरेको किन नहोस एक एक हिसाब प्रत्येक अंकमा प्रकाशन गर्नूको साथै एक मुष्ट महिनामा प्राप्त रकम सम्पर्ुण्ा प्रवासी नेपालीहरुको साझा नेर्टवर्क मिडिया प्रवासी नेपाली डटकम्को हेल्पिङ्ग हृयाण्ड लिङ्कमा सदा सदाको लागी स्वर्ण्र्ााक्षरमा लेखिने छ ।
यो पत्रिकामा समाबेश हुने खुराकहरु ः
· हँसाउने ख्याल, ठट्टा, चुटकीला, जोक , सायरी आदि
· कविता
· गित, गजल
· यात्रा संस्मरण
· लघुकथा
· एकांकी नाटक
· गाँउ खाने कथा
· उखान टुक्का
· सामान्य ज्ञान
· प्रेम पत्र
माथी उल्लेखित आदि खुराकहरु यस पत्रिकामा रहने छ । अन्य खुराकहरु पाठकहरुको अनुरोधमा थपिने छ ।
एक भिन्दै प्रकारकेा पत्रिकाको नाम के राख्दा राम्रो होला - कृपया हामीलाई आजको मितिले ७ दिन भित्रमा प्रतिक्रिया पठाउनु होला ।
कतै तपार्ंइले नै पठाएको नाम नै यस पत्रिकाको नाम रहनेत छैन र्-र्
इमेलको प्रतिक्षामा छौं ।
e-mail:- info@prabasinepali.com
Please click Here
धन्यवाद
पि.एन.एन. परिवार