डायस्पोरा अब नेपालको आर्थिक-सामजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने :डा.महतो
इन्दिरा चाम्लिङ
लिस्बोन पोर्चुगल, डिसेम्बर २५। एन आर एन पोर्चुगलको पहिलो साधारण सभा हिजो राजधानी लिस्बोनको होटल रोमामा नया कार्य समितिको चयन गर्दै भब्यताका साथ सम्पन्न भयो।

साधारण सभाको उदघाटन गैर आवासीय नेपाली सङ्घ अन्तराष्ट्रीय समन्वय परिषद्का सह-सयोजक चिरन्जिवी ढकालले गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि सह-सयोजक ढकालले केन्द्रीय अध्यक्ष डा.उपेन्द्र महतोले पठाउनु भएको शुभकामना सन्देस पढेर सुनाउनु भयो। डा.महतोले आफ्नो सन्देशमा अगाडी भन्नु भएकोछ ” बिदेशमा बस्ने नेपालीको सन्ख्या प्रति बर्ष बढ्दै गई रहेको छ। यसर्थ हामी बीच सार्थक सम्बादको अपरिहार्यता आबश्यक रहेको छ।

मुलुकको उत्थानको लागि आफ्नो क्षमता अनुसार आर्थिक एबम बौद्धिक योगदान गर्नु गैर आबासीय नेपालीहरु आफ्नो कर्तब्य ठान्दछन। “
“डायस्पोरा भित्र मुलुकको समाजिक र आर्थिक रुपान्तरणमा हाम्रो भूमिकाको खोजीको लागि पहल गरेर हामीले महत्वपूर्ण पाइलाहरु चलिसकेका छौ । “नेपालीका लागि नेपाली” भन्ने भावनात्मक सन्देशले बनाएको गोरेटोको कारणले नै नेपाली डायस्पोरा अब नेपालको आर्थिक-सामजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने स्थितिमा पुगिसकेको छ ।” डा. महतोले अगाडि भन्नुभएको छ।
“अनुशासित, इमान्दार र मेहनती समुदायको परिचयलाई जीबन्त राखी हाम्रो अभियानलाई सार्थकता प्रदान गर्न यस्ता कार्यक्रम कोसे ढुङ्गालाई पार गर्नु हो” डा महतोले आफ्नो सन्देशमा भन्नु भएको छ। कार्यक्रमको उदघाटन गर्दै अन्तराष्ट्रीय सह-सयोजक ढकालले मुलुकको नबिन रुपाण्तरणको लागि हरेक प्रबासी नेपालीको काधमा गहन जिम्मेवारी रहेकोछ। एन आर एनले बनाएको प्लेटफर्म भित्र एकत्र भएर अगाडी जानु पर्ने बर्तमान आबश्यकता रहेको बताउनु भयो।
“मातृभूमिको सम्बृद्धि नहुने हो भने हाम्रो बैयक्तिक सम्बृद्धिको कुनै तुक रहन्न।” परदेशमा आर्जेको सीप हाम्रो सम्पत्ति हो, जो पैशा भन्दा हजारौ गुणा बढी अमूल्य हुन्छ। जस्लाई राष्ट्र निर्माणमा उपयोग गर्नु पर्छ। तसर्थ एनआरएनले “स्किम डाईरेक्ट्री” बनाएर नेपाल सरकारलाई बुझाउने योजना रहेको र त्यस्को प्रयोजनबाट मुलुक लाभान्वित हुने छ। सह-सयोजक ढकालले भन्नु भयो।

एनआरएन गैर जिम्मेवारपूर्ण सरकारी कानूनको अभाबमा दर्ता नभएको प्रसङ उठाउदै सह-सयोजक ढकालले नया बिधेयक आउदैछ त्यसबाट दर्ता सम्भब छ। द्धैध नागरिक्ताको लागि नया बिधेयकले प्राथमिकताका साथ कार्य अगाडी नबढाए बृटिश गोर्खा लगायतका समुदायको कारण नेपाली अर्थतन्त्रले ब्यापक घाटा ब्यहोर्नु पर्ने कुरामा बर्तमान नेपाल सरकारले तत्काल ध्यान दिनु पर्ने बताउनु भयो।
अर्का अतिथी एनआरएन बेल्जियमका उपाध्यक्ष गङाधर गौतमले हामी जहा रहेपनि नेपालित्वबाट अछुतो रहन सकिन्न। आखिर हामी नेपाली हौ। यसैमा हामी गर्व गर्छौ। राष्ट्र प्रति हामी जिम्मेवार छौ। राष्ट्रीयता, प्रेस स्वतन्त्रताको सवालमा हामी बिदेशमा रहे पनि आखा चिम्लेर बस्न सकिन्न,भोली हामी माथी कसैले खेलवाड गर्छ भने हामी बिदेशमा मात्रै बस्छौ भनेर चुप बस्न सकिन्न भन्नु भयो।
आफू जन्मेको ठाऊ स्वर्ग भन्दा प्यारो हुने कुरा बताउदै उद्घाटन समारोहमा अन्तराष्ट्रीय नेपाली साहित्य समाज वासिङ्गटन डी सीका केन्द्रीय सचिब केजिन राईले परदेशमा सबै नेपाली हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो। सबैको हित हुने काममा एनआरएनहरु लाग्नु पर्ने तथा नया टोलीको नया काम महत्वपूर्ण हुने र ब्यक्तिगत स्वार्थ भन्दा सामुहिक हितमा ध्यान दिनुपर्ने बताउदै सम्मेलन सफलताको कामना गर्नु भयो।
एनआरएन पोर्चुगलका अध्यक्ष पूर्ण हमालको सभापतित्वमा सम्पन्न उदघाटन समारोहमा पोर्चुगिस सहकर्मी मी.भिक्टरले नेपाली भाषामा अधिबेशन सफलताको कामना गर्नु भएको थियो। उदघाटन समारोहमा तारा प्रशाद शेरचन,बलराम पाठकले पनि आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो।
अधिबेशनले पूर्ण हमालको अध्यक्षतामा १७ सदस्यीय एन आर एन पोर्चुगलको नया कार्यसमिति निर्बिरोध चयन गरेको छ। कार्यसमितिको उपाध्यक्ष द्वयमा जयराम लामा तामाङ ,टन्क सापकोटा,सचिब लक्ष्मी प्रशाद सापकोटा,सह सचिब तारा प्रशाद शेरचन (बिश्नु) कोषाध्यक्ष झलक के सी रहनु भएको छ भने सदस्यहरुमा राम बहादुर पुन,बलराम पाठक,सुर्य हमाल,प्रमिला खनाल,डिल्ला राम चापागाई,राजेन्द्र गुरुङ्,सुरेन्द्र अम्माई,सोमनाथ सापकोटा,सक बहादुर नेपाली,बल बहादुर खत्री र झलक सुबेदी रहनु भएको छ।
अधिबेशनको समाप्ति पश्चात स्थानीय नेपाली सास्कृतिक टोलीले कल्चर सो कार्यक्रम सम्पन्न गरेको थियो। स्थानीय कलाकारहरु कबिन सेन्, रीमा सेन,प्रकाश गुरुङ, उमेश माश्के,नारायण थापा,शिबम थापा,बिमला गौतम,यसोदा गौतम,भारती वाग्ले,रीता सापकोटा,बेलकाजी गुरुङ,राजेन्द्र गुरुङ,सक बहादुर नेपाली, क्षेत्र बहादुर थापा,सुस्मा गुरुङ, सुरबिर गुरुङ,राधिका सापकोटा ,सूर्य हमाल,प्रमोद श्रेष्ठ,राज कुमार मल्ल,बिश्नु श्रेष्ठ आदि हुनु हुन्थ्ह्यो।
कार्यक्रममा तदर्थ समितिका सचिव झलक के सीले सङ्घको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष अर्जुन ठकुरीले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो।
If you want to read with photoes in details pls click here
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
