:: कोरियामा किरातिहरुको महानचाड चासोक तङनाम मनाइयो : : December : : 2006

December 18, 2006

कोरियामा किरातिहरुको महानचाड चासोक तङनाम मनाइयो


यहि १७ डिसेम्बर २००६ मा किरात याक्थुङ समिति, दक्षिण कोरियाको आयोजनामा यले तङबे ५०६७ को चासोक तङनाम कोरियामा मनाइएको छ । उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय संस्थापक सचिब अधिवक्ता तेज यक्सो ज्यूको प्रमूख आतिथ्यमा किरात याक्थुङ समिति, दक्षिण कोरियाका अध्यक्ष नारद साम्मेखाम ज्यूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो र समितिका पदम लिङदेन ज्यूले स्वागत मन्तब्य दिनु भएको यियो । अतिथीहरुमा स्टेप नेपाल का अध्यक्ष डा. भुपाल बन, प्रदिप पाण्डे, रमु सिटौला, बिरेन्द्र पुन, श्रीमति माया शर्मा हुनुहुन्थ्यो ।
किरातीहरुको महानचाड चासोक तङनामको अवसरमा किराति भाषा, लिप्ाी, कला, साहित्य, संस्कृति र धर्म को पहिचानको लागी बिदेशी भूमीमा पनि नेपाल जस्तै किराती अङसिमाङ महागुरु फाल्गुन्ान्द लिङदेन र सिरिजङगाहाङ को फोटोमा माल्यापण गरेर बिधिपर्ूवर्क किरात बेद अनुसार चासोक गरिएको थियो उक्त किरात बेद नेपालको इलाम, बाजो, लारुम्बा बाट आधिकारिक रुपमा आदेश लिई पहिलो चोटी बिदेशी भूमीमा पनि किरात बिधीपर्ूवर्क बेद चलाईएको छ मुन्धुम याम शर्ेमा ज्यूले बाचन गर्नुभएको थियो । चासोक लिम्बूहरुको परापर्ूवकालदेखी चल्दै आएको परम्परा होर् इश्वर -तागेरा निवांफूमाङ) ले किरातीहरुलाई तक्मारु -धान), पेना -कोदा), क्याबो -फापर), को बिऊ पृथ्वीलोकमा दिइयो उक्त बिऊ बाली लगाएर चडाएर खान्े प्रचलन सुरुभयो र त्यहि देखीनै लिम्बूहरुको युमासाम, थेबासाम, खवालुङ थक्फुमाङ, चखोबा कुल मान्ने चलन आएको छ भनिन्छ अझैपनि अन्नबाली नचर्डाई खादा बिभिन्न रोग ब्यधी, गाण आउने कुरा किराती समाजमा बिश्वास गरिन्छ । यसै परम्परालाई किरातीहरुमा र्राईहरुले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरुले फोल्सादर भन्दछन ।
कार्यक्रमा नेपालीहरुको छाता संस्था नेपाली सर्म्पर्क समिति का अध्यक्ष बम लावती, नेपाली जन सर्म्पर्क समितिका अध्यक्ष रतन सुब्बा, किरात र्राई परिवारका अध्यक्ष सम्भु र्राई, माइगे्रन्ट टे्रड युनियनका उपाध्यक्ष काजीमान खापुङ ज्यूले आङ्खनो आङ्खनो मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संचालन नेपाल कोरिया सांस्कृतिक मंचका सचिब राज कुमार आङदेम्बे ज्यू ले गर्नुभएको थियो । अन्त्यमा च्याभु्रङ -के) नाचेर कार्यक्रम बिधिवतरुपमा समाप्त गरिएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/12/18/p246/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter