:: नयां विचारको प्रयोगमा नेकपा(माओवादी) सफल रहेको निश्कर्ष : : November : : 2006

November 15, 2006

नयां विचारको प्रयोगमा नेकपा(माओवादी) सफल रहेको निश्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

केन्द्रीय समिति

प्रेस विज्ञप्ति

यही कार्तिक २६ गते ने.क.पा.(माओवादी)को बैठक अध्यक्ष क.प्रचण्डको अध्यक्षतामा सफलतापूर्वक समापन भयो । बैठकले लिएका निर्णयहरुको सारसंक्षेप सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

१. बैठकको प्रारम्भमा जनयुद्धका महान् अमर शहिदहरुका साथै जनआन्दोलनका तमाम ज्ञात-अज्ञात शहिदहरुप्रति मौनधारणसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

२. सामान्यतः कामीडा“डा बैठक यता र विशेषतः कार्तिक २२ गतेको ऐतिहासिक सहमतिपछिको स्थितिबारे बैठकमा सबै क्षेत्रीय व्युरोका इञ्चार्जहरुबाट संक्षिप्त रिपोर्टिङ भयो ।

- रिपोर्टको सारले गत बैठकका निर्णयहरु उत्साहपूर्ण ढंगले कार्यान्वयन भइरहेको तथा २२ को सहमतिले जनसमुदायमा शान्ति र परिवर्तनको नया“ उत्साह जगाएको स्पष्ट गर्‍यो । अगाडि चुनौतिहरु भए पनि यो सहमति ऐतिहासिक प्रकृतिको रहेको तथा पार्टी आफ्ना नया“ विचारको प्रयोगमा सफल रहेको निष्कर्षमा सिंगो केन्द्रीय समिति एकमत रह्यो ।

३. बैठकमा अध्यक्ष क.प्रचण्डबाट राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत भयो । वामपन्थी र गैर वामपन्थी गणतन्त्रवादीहरुका बीचमा नया“ धुव्रीकरण र मोर्चाबन्दीको ऐतिहासिक आवश्यकतामा विशेष जोड दिएको उक्त राजनैतिक प्रस्तावले त्यसका लागि ने.क.पा.-माओवादी)ले लिनु पर्ने नया“ नीति र खेल्नु पर्ने नया“ भूमिकाबारे चर्चा गरेको छ । यसका साथै बदलिएको परिस्थितिअनुसार युद्धकालीन संगठनात्मक संरचनालाई संविधानसभाको निर्वाचन अनुकूल तुल्याउने र नया“ संगठनात्मक कार्यशैलीको विकास गर्ने कुरामा पनि प्रस्तावले जोड दिएको छ । प्रस्तावमा कार्तिक २२ को सहमतिका विरुद्ध प्रतिगामी र प्रतिक्रियावादीहरुबाट सम्भावित षड्यन्त्रको चर्चा गर्दै त्यसका विरुद्ध सतर्क रहन तथा सहमति कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढ्न अपिल गरिएको छ ।

४. बैठकले जनमुक्ति सेनालाई अस्थाई शिविरमा केन्द्रित गर्ने तथा संगठनात्मक संरचनामा हेरफेरसंग सम्बन्धित विषयमा केन्द्रीय कार्यालयलाई आवश्यक सुझावका लागि क्रमशः क.पासाङ्ग र क.बादलको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरिएको छ ।

५. बैठकले पार्टीको आदिवासी, उत्पीडित जनजाति, मधेसी, दलित, महिलासंग सम्बन्धित आत्मनिर्णयको अधिकार, स्वशासन र विशेषाधिकारको नीतिमा कुनै परिवर्तन नगरेको कुरा स्पष्ट गरेको छ ।

६. बैठकमा प्रकाशन, प्रचार र प्रसार सम्बन्धित विषयमा पनि महत्वपूर्ण छलफल भएको थियो ।

अन्त्यमा निर्णयहरुको महत्वबारे संक्षिप्त मन्तव्यसहित अध्यक्ष क.प्रचण्डबाट बैठकको समापन गरियो ।

मिति- २७ कार्तिक २०६३

प्रचण्ड

अध्यक्ष

केन्द्रीय समिति

ने.क.पा.-माओवादी)

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/11/15/p244/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter