शैलेश श्रेष्ठ सम्मानित

शैलेश श्रेष्ठ
न्युयोर्क
हृयुमनराइटस् ग्रुप अफ इण्डिया र न्युयोर्कस्थित अन्य ४६ संघसंस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न एक कार्यक्रममा नेपालका शैलेश श्रेष्ठ लगायतका छ जनालाई आआफ्नो समुदायमा सक्रियतापर्ूवक नेतृत्व गरेवापत सम्मानित गरिएको छ ।
श्रेष्ठलाई प्रदान गरिएको Jewel of the community award मा भनिएको छ, अमेरिकाको न्युयोर्कमा रहेर नेपालको प्रजातन्त्र, मानवअधिकार, नेपाली कलासस्कृति र राजनीतिक चेतना अभिवृद्धिका लागि समुदायमा सक्रियतापर्ूवक काम गरेका कारण सो पुरस्कारले सम्मान गरिएको हो ।
त्यस्तै अन्य समुदायका सम्मानित हुनेहरुमा सुधीर परिक एमडी, सरदार मोहिन्दरसिंह, सुवाश कापडिया, खालिलुर रहमान रहेका छन् ।
गत अगष्ट ६ आइतबारका दिन न्युयोर्कमा आयोजित एक कार्यक्रमबीच क्युन्स काउन्टीका विधायक इभान लफायतेले श्रेष्ठ लगायतका अन्य व्यक्तिहरुलाई उक्त पुरस्कारले सम्मानित गरेका थिए । कार्यक्रममा नेपाली समुदायका तर्फाट नेपाली डेमोक्रेटिड युथ काउन्सिलका अध्यक्ष आनन्द विष्टले पनि मन्तव्य व्यक्त गरेका थिए ।
श्रेष्ठ नेपालमा कला र पत्रकारिता क्षेत्रमा कार्यरत रहँदै आएका व्यक्ति हुन् भने विगत करिव आठ वर्षेखि न्युयोर्कमा रहेर नेपाली समुदायमाझ सक्रिय रुपमा नेपाली कला, संस्कृति, लेखन कार्यमा सक्रिय रहँदै आएका छन् ।
उनी हाल न्युयोर्कस्थित नेपालीहरुको एक संस्था नेपाली युथ काउन्सिलका सल्लाहाकार हुन् ।नेपालमा मकरतन्त्रपछिको लोकतान्त्रिक आन्दोलनमा अमेरिकी नेपाली समुदायमा उनी सक्रिय रहँदै आएका छन् ।
पुरस्कार प्राप्त गरेपछि कस्तो महसुस गर्नुभयो भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, नेपाली समाजमा कालोलाई सेतो बनाउन पुरस्कार स्थापना गर्ने लिने दिने वा चाकरी चाप्लुसीमा पुरस्कार आदनप्रदान हुने कारणले पुरस्कारकै अवमूल्यन भइसकेको अवस्थामा शुरुमा त आफूलाई पनि त्यस्तो कुनै हर्षभएन तर यो हाम्रो सर्न्दर्भको भन्दा पनि नेपाली समाजका लागि गरेको कामको मूल्यांकन अर्कै समाजले गरेको हुनाले यस क्षेत्रमा काम गर्ने हौसला बढाएको छ । यो पुरस्कार मेरो व्यक्ति भन्दा पनि समुदायका तर्फाट समुदायका लागि प्रदान गरिएको सामुदायिक पुरस्कार हो र म त्यसको पात्र मात्र बनेको हुँ ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
