भुटानी सरणार्थीहरुले भुटान फिर्तिको सहज वातावरण बनाईदिन साथै विभिन्न मागहरुका साथ संयुक्त राष्ट्रसंघ अगाडी धर्ना
पि.एन.एन सम्वाददाता काठमाण्डौ
विगत जेष्ठ १९ गते देखि घर फिर्तिको सहज वातावरण बनाइदिन साथै विभिन्न माग सहित पुल्चोक स्थित संयुक्त राष्ट्र (UN) कार्यालय अगाडी करिव ४ दर्जन बृद्ध-बृद्धा, यातना पिडीत तथा युवा भूटानी शरणार्थीहरुले धर्ना कार्यक्रम संचालन गरेका छन् । धर्ना कार्यक्रम प्रति अप्फा-भूटान -APFA-Bhutan_ नेपाल सरकार, गृह तथा परराष्ट्र मन्त्रालय, मानवअधिकारवादी संघ-संस्था, बुद्धिजिवी , नागरिक समाज, कुटनैतिक नियोग, पत्रकार तथा जिम्मेवार सबै निकायलाई ध्यानाकर्षा गएको छ । आप्फा भुटानले उक्त धर्ना कार्यक्रमको बारेमा जानकारी दिदै प्रेस विज्ञप्ति निकालेको छ । उक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

अन्य फोटाहरु र समचारको लागि भित्र आउनुहोस्
उक्त पे्रस बक्तब्यमा भनिएको छ
विगत जेष्ठ १९ गते देखि घर फिर्तिको सहज वातावरण बनाइदिन साथै विभिन्न माग सहित पुल्चोक स्थित संयुक्त राष्ट्र « -UN_कार्यालय अगाडी करिव ४ दर्जन बृद्ध-बृद्धा, यातना पिडीत तथा युवा भूटानी शरणार्थीहरुले धर्ना कार्यक्रम संचालन गरेका छन् ।

धर्ना कार्यक्रम प्रति अप्फा-भूटान –APFA-Bhutan_नेपाल सरकार, गृह तथा परराष्ट्र मन्त्रालय, मानवअधिकारवादी संघ-संस्था, बुद्धिजिवी , नागरिक समाज, कुटनैतिक नियोग, पत्रकार तथा जिम्मेवार सबै निकायको ध्यानाकर्षा गराउन चाहन्छ ।
हालसम्म सो धर्नाले उठाएका मागहरुप्रति कुनै सुनुवाई हुन नसक्नु खेदपूण्ा छ । जिम्मेवार निकायले पटक-पटक बेवास्ता गरेको कुरा बारे हामी जानकार नै छौं । यसपाली पनि बेवास्ता तथा खोक्रो आश्वासनका छिटफुट लक्षणहरु प्रकाशमा आउन थालिसकेका छन् जुन कुरा प्रति अप्फा-भूटान -APFA-Bhutan_ गहिरो दुःख व्यक्त गर्न चाहन्छ ।
अहिले धर्ना कार्यक्रमका अधिकांश सहभागीहरु प्रदुषित वातावरण, स्वच्छ पिउने पानीको अभाव, स्वस्थ खाना, उचित चर्पीको अभाव लगायतका अन्य कारणले विरामी पर्न थालेका छन् । यति मात्र नभएर कोही सिकिस्त अवस्थामा समेत रहेकाले हामी जिम्मेवार निकायको गम्भिर ध्यानाकर्षा गराउन चाहन्छौं ।

शरणार्थी समस्याको सुरुवात देखिनै शरणार्थीले उठाएका शान्तिपर्ूण्ा संर्घष्ाका कार्यक्रमको टुंगो पनि शान्तिकै माध्यमद्वारा हुनर्ुपर्छ भन्ने अप्फा-भूटान -APFA-Bhutan_ को मान्यता छ । सम्पर्ूण्ा शरणार्थी यस धर्ना कार्यक्रम प्रति आसावादी रहेका छन् । त्यर्सथ जिम्मेवार पक्षले सहि समयमा उचित सम्बोधन गर्न नसक्ने हो भने संर्घष्ाका कार्यक्रमको स्वरुप बदलिंदै शरणार्थीको अवस्था अझ नाजुक र बिकराल बन्नेछ । यस मामिलालाई नेपाल सरकारले पनि गम्भिर भएर अघि बढाउन नितान्त जरुरी छ ।

विगतका सरकारले बेवास्ता गरेका बेला सत्ता बाहिर रहेका व्यक्तित्वहरुले यस मामिलालाई तत्काल दिगो समाधान खोज्न सशक्त पहल गरिन्छ भन्ने शरणार्थीलाई दिएको आश्वासन स्मरण गराउ“दै परराष्ट्र र गृहमन्त्रालयलाई अविलम्ब पहल गरिदिन सचेत र सजक गराउन चाहन्छौं ।
साथै नेपाली संचारकर्मीहरुले प्राथमिकताका साथ शरणार्थी समस्यालाई बढावा दिएको सहयोग प्रति हामी आभार प्रकट गर्दै अझ थप सशक्त रुपमा यो समस्याको पक्षमा कलम चलाईदिन हार्दिक अपिल गर्दछौं ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
