: : June : : 2006

June 18, 2006

अर्न्तवार्ता

केेही वर्षेखि प्रवासी जीवन विताउदै आउनु भएका प्रवासि नेपाली नेर्टवर्क परीवारका वरीष्ठ सदस्य सागर श्रेष्ठले यो पटक कास्कीको पोखरा भ्रमण गर्नु भएको छ । पोखराका ग्रामिण भेगमा पुगेर ग्रामिण जीवनको नवीन अनुभव गर्नु भएको छ । उहाँले विपन्न अवस्थाका वालवालिका तथा अभिभावकलाई पनि भेट्नु भयो ।
प्रवासबाट नेपाल आई सके पछि प्रवासको खबरसंगै पोखरा भ्रमणका बारेमा हाम्रा पिएनएन पोखरा साथी आरजुले रेडियो अन्नपर्ूण्ा ९३.४ मेघाहर्ज पोखराको समाचारमूलक कार्यक्रम अन्नपर्ूण्ा हाईलाइट्सका लागि सागर श्रेष्ठसंग लिनु भएको संक्षिप्त अर्न्तवाता प्रस्तुत छ ः

· आरजु ः सागर जी नमस्ते ।

· सागर ः नमस्ते ।

· आरजु ः पोखराका विभिन्न गाउँघर घुम्नु भयो, कस्तो रह्यो यात्रा -

· सागर ः पोखराको उत्तरी भेगमा घुम्दा अति नै रमाईलो भयो । यात्रा कठिन भए पनि कठिन यात्रामा नै आनन्द लाग्यो । यहाँका विपन्न अवस्थाका विद्यार्थी, अभिभावक र गाउँलेहरुसंग भेटघाट भयो । प्रत्येक्ष अवलोकन गर्ने मौका मिल्यो ।

· आरजु ः के कुराकानि भयो त, गाउँघरमा -

· सागर ः मैले वास्तविक जीवनलाई नजिकबाट हर्ेर्ने मौका पाए । वच्चाहरुलाई शैक्षिक समाग्री उपलब्ध गराउने, शिक्षाको अवसरबाट बन्चित नहोउन भन्ने उद्येश्यले विकट गाउँहरुमा यस्तो अभियान थालिएकोमा खुसि लागेको छ । पहिलो भेट ज्यादै नै र्सार्थक बन्यो ।

· आरजु ः प्रवासको खबर के छ -

· सागर ः प्रवासमा नेपालीहरुले अहिले खुसियालि मनाएका छन् । देशमा शान्ती छिटा आवस् भन्ने सबैको कामना एउटै छ । नेपालमा वार्ता चलि रहेकाले शान्तीवार्ता सफल होस् भन्ने कामना प्रवासि नेपालीहरुले गरी रहेका छन् । देशमा शान्ती आयो भने सबैजना घर फर्किन आत्तुर भएका छन् ।

· आरजु ः नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रवासको भूमिका कस्तो रह्यो -

· सागर ः हामी आफैं देशमा आएर लोकतान्त्रिक आन्दोलनमा सहभागि हुन नसकेकोमा दुखि भएका छौं तर प्रवासमै बसेर मत्यैकेता गर्ने, र्घाईतेहरुको उपचारका लागि रकम संकलन गरेर नेपाल पठाउने काम भने गर्यौं । यो क्रम जारी नै छ ।


· आरजु ः प्रवासि नेटवर्किङको व्यवस्थापन कसरी भई रहेको छ -

· सागर ः संसार भरी रहेका नेपालीको एउटै संजाल निर्माणको अभियानमा हामीहरु लागि रहेका छौं । पहिले भन्दा निकै उत्साह जनक काम भई भई रहेको छ । अहिले मिडियाको विकासले गर्दा छिट्टै सूचित हुने अवसर प्राप्त भई रहेको छ । २१ औं शताब्दीमा अनलाईन मिडियाहरुले ठूलो सफलता हात पारी रहेका छन् । लोकतान्त्रिक आन्दोलनमा विशेष भूमिका अनलाईन मिडियाहरुले निभाएको यथार्थ हो । सरकारले यिनिहरुको बारेमा स्पष्ट ढंगले सम्बोधन गर्नु पर्छ ।


· आरजु ः यहाँलाई धन्यवाद छ ।

· सागर ः आरजु जि तपाई र यहाँको रेडियो अन्नपर्ूण्ा परीवारलाई पनि पिएनएन परीवारका तर्फाट धेरै धेरै धन्यवाद ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter