:: टिकटमा कविता : : June : : 2006

June 14, 2006

टिकटमा कविता

टिकट काटेर पनि मानिसहरुले कविता सुन्दा रहेछन् भन्ने कुरा गुरुकुलमा बेलाबखतमा आयोजना हुने गरेको एकल कविता वाचन सम्बन्धि कार्यक्र्रमले देखाएको छ । श्रवण मुकारुङ्ग, अर्जुन पराजुली, ब्रि्रम सुब्बा सम्म आईपुग्दा टिकटमा कविता अत्यन्त लोकप्रिय भएको देखिन्छ ।

अन्य समचार र फोटाहरुको लागि भित्र जानुहोस्
टिकटमा कविता देखाउन कविहरु मात्र होइनन् कवयित्रीहरु पनि तात्न थालेका छन् भन्ने कुराको पुष्टी यही २०६३ साल जेष्ठ २७ गते शनिवार आयोजना भएको कवयित्री सबिना सिन्धुको एकल कविता वाचन कार्यक्रमले पुष्टी गरेको छ । उक्त कार्यक्रम पुरानो पुस्तकालय हल मीनभवनमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा प्रतिष्ठित कविहरु मञ्जुल, विष्णुविभु घिमिरे , शैलेन्द्र साकार, युयुत्सु आर डि शर्मा अािदको उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा कवयित्री सबिना सिन्धुले करिब २५ वटा कविता वाचन गरेकी थिइन् । उनको कवितामा समसामयिक विषयहरु देख्न सकिन्थ्यो ।

कवितामा लैङ्गकि असमानता, नारी चित्कार , सामाजिक सुधार , ब्यङ्ग्य , लोकतन्त्र प्रति झुकाव जस्ता विषयवस्तुहरु समावेस गरिएका थिए । माछो , एक्वेरियम र परिधि शिर्षको कवितामा उनी नारीहरु एक्वेरियम भित्र बन्दि भएका छन् भन्ने भावना झल्किन्थ्यो ।

बिम्बहरुको कुशल प्रयोगले सिन्धुका कविताहरु सुन्दर देखिएको कुराको दावी युयुत्सु आर डि ले गर्दै थिए भने मञ्जुल सिन्धुका कविताहरुको सकारात्मक र नकारात्मक पक्षहरु केलाउँदै थिए । उता विष्णु विभु घिमिरे सिन्धुका कविताहरु सुनेर मुसुमुसु हाँस्दै थिए ।

उक्त कार्यक्रम नवक्षितिज साहित्यिक समाज सामाखुशी को आयोजना र रिलेक काठमाडौं जिल्ला शाखा को संयोजकत्वमा भएको थियो । कार्यक्रम कुनै रसिलो नाटक भन्दा कम थिएन । कार्यक्रमको अन्तिम सम्म पनि दर्शकहरु शान्त भएर कविता श्रवण गरिरहेका थिए । नारी हस्ताक्षरहरु पुरुषहरु भन्दा कम रहेनछन् भन्ने गतिलो उदाहरण बनेकी थिइन् कवयित्री सबिना सिन्धु ।

रिपोर्टिङ्ग - अन्जु शर्मा
काठमाडौं

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/06/14/p228/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter