हर्नियाको अप्रेशन गराउन अस्पताल पुगेका बालकको अप्रेशननै नभई आइसीयूमा भर्ना गरिएको घट्नाका सम्वन्धमा पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले चार दिन पछि खण्डन गर्यो-उपचारमा लार्पावाही नभएको दावी
आरजु, पोखरा
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा हर्नियाको अप्रेशन गराउन गएका कृस्तिनाच्नेचौरका १२ बषिर्य बालक र्सर्ुय वि.क. को उपचारका क्रममा चिकित्सकबाट लापरवाही भएको भन्ने समाचार सम्वन्धमा अस्पतालले पहिलोपटक औपचारिक रुपमा खण्डन गर्दै विज्ञप्ती प्रकाशित गरेको छ ।
श्री ५ को सरकार अन्तरगतका सम्पर्ूण्ा सरकारी कार्यालयहरु नेपाल सरकार बनाउने घोषणा भई सकेको सर्न्दर्भमा पनि श्री ५ को सरकार स्वास्थ्य मन्त्रालय लेखिएको पत्रमा प्राप्त विज्ञप्तीमा अप्रेशन पर्ूव बेहोस गराउने औषधीको परिमाण बालकको उमेर र तौल अनुसार ठिक नै दिएको भएपनि उनमा असामान्य प्रतिक्रिया भएको बताइएको छ ।
यस सम्वन्धमा छानविनका लागि गठित डा. माधवबाबु तिवारीको संयोजकत्वको ५ सदस्यीय टोली विरामीको स्वास्थ्य स्थिति र उपचारको अध्ययन गरि र्सार्वजनिक गरेको बिवरणमा हाल र्सर्ुय वि.क.को रक्तचाप सामान्य, नाडीको गति बढि, पर्ूण्ा रुपमा होसमा नआएको, मृगौलाको काममा अवरोध आएको कारण अझै कृत्रिम श्वास दिई आइसीयूमा नै राखी उपचार गर्ने निर्ण्र्ााभएको जनाइएको छ ।
बेहोस गर्न प्रयोग गरिएको औषधी केटामीनको सहिपरिमाणमा प्रयोग गर्दा पनि लाखौमा १ लाई असामान्य प्रतिक्रिया हुने हुँदा त्यसमा चिकित्सकीय लापरवाही नभएको अस्पतालले जनाएको छ ।
अस्पतालले बुधवार विहान उपचारका क्रममा विरामीको दाहिने छातीमा सक्रमण हुन गएकोले त्यसको पनि आवश्यक पर्ने औषधीहरु चलाइरहेको जनाएको छ ।
गत मंगलबार अप्रेशनका लागि शल्यकक्षमा लगिएका र्सर्ुय वि.क. को बेहोस गराउने औषधीले प्रतिक्रिया देखाएपछि अप्रेशन हुन सकेको छैन ।
उता र्सर्ुय वि.क.का अभिभावकले भने आफुहरुलाई अस्पतालले गुमराहमा राखेको भन्दै, घट्नाको जिम्मा सम्पर्ूण्ा रुपमा उपचारमा संलग्न चिकित्सक र अस्पताल व्यवस्थापनले लिनु पर्ने बताउँदै, अघिल्ला दिनको तुलनामा बालकको स्थिति झन चिन्ताजनक रहेकेा बताएका छन् ।
———————————————————————
प्रधानमन्त्री कोइरालाद्बारा भ्रमण अत्यन्त सफल र महत्वपूर्ण भएको उल्लेख,भारतले १५ अर्ब रूपैयाँको आर्थिक सहायता प्याकेज प्रदान गर्ने
सप्पन के.सी.( युरोप, सम्वाददाता)
भारतद्बारा १५ अर्ब रूपैयाँको आर्थिक सहायता प्याकेज
प्रदान गर्ने भएको छ।साथै आर्थिक सहायता प्याकेज अन्तर्गत एक अर्ब रूपैयाँ चाहिं अनुदान छ भने बाँकी रकममा सरल ऋण तथा आगामि केहि वर्षका लागि वृद्धी गरिएको वार्षिक सहयोग प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा उल्लेख भए अनुसार,सोही प्याकेज अन्तर्गत नेपालले भारतसित बिगतमा खरिद गरेको सैन्य सामाग्रीहरूको हालसम्मको बक्यौता मिनाहा गरिएको छ। साथै भारतको चार दिने लामो भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भ्रमणबाट आफू सन्तुष्ट र खुशी रहेको बताउनुभयो।उहांले नेपालको हालैको राजनीतिक परिवर्तनप्रति भारतीय नेताहरु सकारात्मक रहेको पनि जनाउनु भयो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै श्री कोइरालाले भारत सरकारले आफूलाई गरेको स्वागत वास्तवमा नेपाली जनतालाई गरेको हो भन्नुभएको जनाइएको छ।
यसका साथै श्री कोइरालाले भन्नु भयो, “हामी नेकपा माओवादीलाई अन्तरिम सरकारमा सामेल गरी समस्याको जति सक्दो चांडो समाधान गर्न चाहन्छौं।”पुर्नस्थापित प्रतिनिधिसभालाई तुरुन्त भंग गर्नु पर्छ भन्ने माओवादीहरुको माग बारे प्रश्न गर्दा श्री कोइरालाले भन्नु भयो, “निक्कै कठिनाइबाट प्राप्त संसदलाई भंग गर्नु उपयुक्त हुंदैन।साथै यो बिषयलाई आपसी वार्ताबाट सुल्झाउन सकिन्छ।”नेपालको शान्ती प्रक्रियामा राष्ट्र संघको भूमिका बारे भारतको दृष्टिकोण नबदलिएको पनि प्रधानमन्त्रीले बताउनु भयो।हतियारको ब्यवस्थापन र पुर्नस्थापनाको काममा राष्ट्र संघ संलग्न हुनु पर्ने तर समस्याको समाधान गर्न चाहीं नेपालीहरु नैं सक्षम रहेको भारतको धारणा रहेको उहांले उल्लेख गर्नु भयो। यसै क्रममा भारतमा थुनामा रहेका माओवादी नेताहरुलाई छाड्ने तर्फ भारत सरकार सकारात्मक रहेको जानकारी पनि श्री कोइरालाले दिनु भयो। त्यसैगरी नेपाली सेनालाई चाहिने गैह्र-हतियार सहयोगका वारे कुरा अगाडि वढाउन नेपाल-भारत संयुक्त कार्यदल गठन गरिने समझदारी भएको प्रधानमन्त्री कोइरालाको भ्रमण टोलीका एक सदस्य मन्त्री राजेन्द्र पाण्डेले वताउनुभएको जनाइएको छ।
यसै क्रममा मन्त्री पाण्डेको भनाइमा भारतीय नेताहरू नेपाल सरकारले माओवादी विद्रोहीहरू सितको शान्तीवार्ता सफल बनाउन सक्ला कि नसक्ला भन्ने कुरामा केन्द्रित रहेका थिए। उनीहरू नेपालको राजतन्त्रको विषयमा प्रवेश नगरेको श्री पाण्डेले जनाउनु भयो। साथै प्रधानमन्त्री कोइरालाको भ्रमणको समाप्तीसँगै जारी गरिएको संयुक्त प्रेस विज्ञप्तीमा नेपालमा हालै गठन गरिएको सात दलीय गठवन्धन सरकारलाई भारतको पूर्ण समर्थन रहेको उल्लेख गरिएको सञ्चार माध्यमहरुमा जनाइएको छ।
————————————————————————-
अनलाईन मिडियाद्धारा सगरकारसँग विभिन्न १३ बुँदे माग सरकार सकारात्मक
पि.एन.एन सम्वाददाता काठमाण्डौ
नेपालीहरुले देश तथा विदेशबाट संचालन गरिरहेको अनलाइन मिडियाहरुलाई सूचना तथा संचार मन्त्रालय सूचना विभागले अनालाइन मिडिया एसोसिएसन नेपालको सिफारिसमा प्रेस पासलगायतको सुविधा दिने भएको छ।
अनलाइन मिडिया एसोसिएसन नेपालको एक प्रतिनिधि मण्डलले सूचना तथा संचार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडुलाई विभिन्न मागसहितको १३ बुँदे ज्ञापनपत्र बुझाउने कार्यक्रममा राज्यमन्त्री बडुले मातहतका कर्मचारीहरुलाई निर्देशन दिदै उक्त कुरा बताउनुभएको हो ।
अनलाइन मिडिया एसोसिएसन नेपालका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल तथा अनलाइन मिडिया एसोसिएसन नेपालका अध्यक्ष दिनेश बस्नेतको नेतृत्वमा गएको आनलाइन मिडिया एसोसिएसन नेपालको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएपछि मन्त्री बडुले नेपाल सरकार अनलाइन मिडियालाई व्यवस्थित गर्न र आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहँँले केही दिनभित्रै मन्त्रालयले गर्न सक्ने सहयोगका बारेमा बुझेर कार्य अघि बढाउने बताउनुभयो । राज्यमन्त्री बडुले अनलाइनहरु धेरै प्रकारको रहेकाले समाचारमूलक अनलाइनको सिफारिस अनलाइन मिडिया एसोसिएसनले गरेको खण्डमा प्रेस पासलगायतका सुविधा दिन सहज हुने जानकारी दिनुभएको थियो ।
त्यसैगरी अनलाइन मिडियाका कतिपय समस्या विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेकाले आजै विज्ञात तथा प्रविधि राज्यमन्त्री मानबहादुर विश्वकर्मालाई सोही ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्र बुझेपछि राज्यमन्त्री विश्वकर्माले ऐतिहासिक जनआन्दोलन सफल बनाउन अनलाइन मिडियाहरुको ठुलो योगदान रहेको स्वीकार गर्दै आफ्नो मन्त्रालयबाट गर्न सकिने सहयोग उपलव्ध गराउने र अन्य सहयोगका लागि सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने जानकारी दिनुभयो । उहाँले आफ्नो मन्त्रालयबाट गर्न सकिने काम तत्काल सुरु गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको थियो । उहाँले विज्ञान तथा प्रविधिसम्बन्धी नीति नियम निर्माण तथा कार्यन्वयनका चरणमा अनलाइन मिडिया एसोसिएसनको प्रतिनिधित्व गराउने आश्वासनसमेत दिनुभएको छ ।
अनलाइन मिडिया एसोसिएसनले आज बुझाएको ज्ञापनपत्रमा अनलाइन पत्रिकाहरुलाई प्रेस कानुनमा समेटेर अभिव्यक्ति एवं प्रेस स्वतन्त्रताको प्रत्याभुतिका साथै सरकारी सूचना र विज्ञापन उपलव्ध गराउनुपर्ने, अन्य पत्रिकालाई उपलव्ध गराइदै आएको लोककल्याणकारी विज्ञापन अनलाइन पत्रिकालाई पनि वर्गीकरणको आधारमा उपलव्ध गराइनुपर्ने, अनलाइन पत्रिकालाई छापा माध्यम सरह मान्यता प्रदान गरी प्रेस पास तत्काल उपलव्ध गराउनुपर्ने, अनलाइनहरुलाई आवश्यक पर्ने फोन, फ्याक्स र इन्टरनेट, डेक्सटप, ल्यापटप कप्युटर, डिजिटल क्यामेरा आदि सामाग्री नेपाली पत्रकारहरुको आर्थिक-पहुँच बाहिर भएकाले यसको खरिदमा विशेष अनुदानको व्यवस्था गरिनुपर्ने, सरकारका तर्फबाट बनाईने सूचना प्रविधि, संचार र पत्रकारिता सम्बन्धी नीति- नियम निर्माण गर्दा अनिवार्य रुपमा अनलाइन मिडिया एसोसिएसनको औपचारिक प्रतिनिधित्व गराइनुपर्ने, अनलाइनहरुलाई उच्चस्तरीय ब्याण्डविथ -Bandwidth_ भएको पीडीएसएन - Packet Data Swiching Network-PDSN)अर्थात पीसीएमसीआइए कार्ड, बायरलेस इन्टरनेट कार्ड -वाई म्याक्स कार्ड) मार्फत इन्टरनेट सुविधा सहुलियतमा उपलव्ध गराउनुपर्ने छ ।
साथै निरंकुशकालमा लोकतन्त्र स्थापनाका लागि ब्लगहरुको महत्वपूर्ण भूमिका रहेको सन्दर्भमा उनीहरुको समस्याहरु समाधानका लागि पहल गर्नुपर्ने, अनलाइन पत्रिकाका लागि आधारभूत रुपमा आवश्यक पर्ने डोमेन -Domain_, स्पेस -Space_ आदि खरिद गर्न सर्वसुलभ बनाउन र व्यापारिक प्रयोजनका लागि पेमेन्ट गेटवे –Payment Gateway_ को व्यवस्था तत्काल गर्नुपर्ने, अनलाइन पत्रिका इन्टरनेटमा आधारित भएकाले इन्टरनेट प्रोभाइडरले कुनै पनि बहानामा ब्लक नगर्ने पूर्ण प्रत्याभूतिको ग्यारेन्टी गरियोस् । निरंकुश शासनकालमा ब्लक गरिएका केही अनलाइन पत्रिकाहरु कतिपय आइएसपीहरुले अझै नखुलाएकाले तत्काल खुलाउन र आगामी दिनमा कसैको आदेशमा पनि बन्द नगर्न र पत्रिकाको ब्लक वा दर्ता खारेजी नगरिने ग्यारेन्टी गर्नुपर्ने, अनलाइन पत्रिकामा कार्यरत जनशक्तिलाई दक्षता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिम, गोष्ठी, सेमिनार, भ्रमणको व्यवस्था गरिनुपर्ने, देशका सबै नगरपालिका र गाविसमा एक वर्ष भित्र कम्तीमा एउटा सुविधा सम्पन्न ग्रामीण सूचना केन्द्र खोलिनुपर्ने, इन्टरनेटको पहँुच देशभरका प्रत्येक नेपालीसम्म पुर्याउने लगायत सूचना प्रविधि सम्बन्धी ठोस नीति, योजना तथा कार्यक्रम छिटो भन्दा छिटो बनाई लागू गरिनुपर्नेलगायत रहेका छन् ।
साथै अनलाइन मिडिया एसोसिएसनले आफ्नो माग पुरा गर्न १५ दिन भित्र आवश्यक र विश्वसनीय पहल प्रारम्भ गर्न र त्यसो नगरेमा संघर्षमा उत्रने ज्ञापानपत्रमा उल्लेख गरेको छ।
—————————————————————————————————————
साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालको रित्त स्थानमा पदपुर्ति
पि.एन.एन सम्वाददाता काठमाण्डौ
साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल केन्द्रीय सचिवालयको बैठक सञ्जालको केन्द्रीय कार्यालयमा बस्यो । बैठकले सचिवालय तथा केन्द्रीय कार्यसमितिको रिक्त स्थानमा पदपर्ूर्ति गर्ने निर्ण्र्ाागरेको छ । जसअनुसार, केन्द्रीय सचिवालयमा साप्ताहिक -कान्तिपुर पब्लिकेशन्स)का सम्पादक सुवाष ढकाल र तरुण साप्ताहिकका सम्पादक परशु घिमिरे चयन हुनुभएको छ । यस निर्ण्र्ाानुसार सचिवालयमा अब देवप्रकाश त्रिपाठी, शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, परशु घिमिरे, कमल जोशी र सुवाष ढकाल रहनुभएको छ ।
त्यसैगरी, रिक्त केन्द्रीय सदस्य पदमा हा“क साप्ताहिकका प्रधानसम्पादक गोविन्दसिंह थापालाई चयन गर्ने निर्ण्र्ााभएको छ ।
बैठकले आगामी असार ९ गते शुक्रबार बिराटनगरमा लोकतन्त्र पक्षधर पर्ूवाञ्चलका साप्ताहिक/पाक्षिक पत्रिकाहरुको भेला गर्ने निर्ण्र्ाागरेको छ । भेला व्यवस्थापनको जिम्मेवारी महासचिव किशोर श्रेष्ठ, सचिवालय सदस्य सुवास ढकाल, पर्ूवाञ्चल संयोजक शाल्रि्राम पाण्डे, केन्द्रीय सदस्य नवीन लिङ्देन, बुधबार साप्ताहिकका प्रकाशक भीमसेन राजवाहक र जनएकता साप्ताहिकका कार्यकारी सम्पादक दामोदर तिमल्सिना सम्मिलित समितिलाई दिइएको छ ।
————————————————————————
प्रचण्ड राइगाउँमा
रामकुमार एलन
नेकपा माओवादीको अध्यक्ष प्रचण्ड यतिखेर मकवानपुरको इगाउँङ्गऋ फापरबारी क्षेत्रमा आइपुगेको बताइएको छ । आफ्ना कार्यकर्ता भेटघाट र आन्तरिक तथा अनौपचारिक छलफलका क्रममा प्रचण्ड र्सलाही हुँदै राइगाउँङ्गऋफापरबारीमा आइपुगेका हुन् । प्रचण्ड यसपछि चितवनमा जाने तयारीमा रहेको निकट स्रोतहरुले जनाएका छन् । सरकार माओवादी वार्ता र माओवादीको भूमिका तथा जनमुक्ति सेनाको व्यवस्थापनका पक्षमा तमाम पार्टर्ीीार्यकर्ता र जनतासँग आन्तरिक छलफलका क्रममा प्रचण्ड व्यस्त हुनुहुन्छ । तर माओवादीहरुले सुरक्षाका कारण भन्दै यो कुराको पुष्टि गरिरहेका छ्रैनन् । र्सलाहीबाट ग्रामीण भेग हुँदै सिन्धुली र मकवानपुरको
सीमाक्षेत्रबाट पर्ूर्वी मकवानपुर आइपुगेका प्रचण्ड चितवनमा जाने र घर पस्ने तथा गतसाल माडीमा माओवादीब्ााट भएको बस विस्फोटमा परी मरेका आफन्त तथा घाइतेहरुसँग भेटघाट गर्ने र माफी पनि माग्ने
स्रोतहरुले बताएका छन् । यसअघि पनि माओवादी अध्यक्ष प्रचण्ड पश्चिम मकवानपुरको हाँडीखोलामा आएका थिए । त्यतिखेर प्रचण्डका चितवनमा वुवासँग भेट भएको र मकवानपुरमा पनि माओवादीका जिल्लास्तरीय दर्ुइ नेतासँगमात्र भेट भएको बताइएको छ । प्रचण्डले हाँडीखोलामा कार्यकर्ताहरुलाई सम्बोधन पनि गर्नुभएको थियो ।
लोकतन्त्र प्राप्तिका लागि महत्वपर्ूण्ा भूमिका खेलेका अनलाइन संचार माध्यमलाई समाचार संकलनमा सिर्जना गरिएको अवरोधको भर्त्सना ।
आरजु, पोखरा
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको टोली भारत भ्रमणमा जाने क्रममा विभानस्थलमालगायत विभिन्न सरकारी कार्यक्रमहरुमा अनलाइन संचार माध्यमलाई समाचार संकलनमा सिर्जना गरिएको अवरोधको अनलाइन मिडिया एसोसिएसन नेपालले भर्त्सना गरेको छ ।
अध्यक्ष दीनेश बस्नेतले जारी गर्नुृ भएको विज्ञप्तिमा पछिल्लो समयमा भएको सूचना प्रविधिको विकासको उच्चतम रुप अनलाइन मिडियाहरुलाई अहिलेसम्म सरकारले पहिचान नदिनु, समाचार संकलन लगायतका विषयमा अवरोध सिर्जना गरिनुलाई दर्ूभाग्य भएको जनाईएको छ ।
शाही सत्ताले नेपालमा हर्ेन नमिल्ने बनाएका कतिपय समाचारमूलक अनलाइनहरुलाई गरिएको अवरोध सरकारी स्वामित्वमा रहेको दूरसंचार प्राधिकरणलगायत कतिपय आइएसपीहरुले नखुलाउनुलाई अनलाइन मिडिया एसोसिएसन नेपालले निरंकुश शाही सत्ताकै निरन्तरताको रुपमा अनुभूति गरेको उल्लेख छ ।
लोकतन्त्र स्थापनाको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्न सफल अनलाइन मिडियाहरुले लोकतन्त्र प्राप्ति पछि पनि स्वतन्त्रताको कुनै अनुभूति गर्न नपाउनुलाई अनलाइन मिडिया एसोसिएसन नेपालले दर्ुभाग्यको रुपमा लिएको जनाईएको छ ।
सूचना तथा समाचार सम्प्रेषणमा सबै भन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित अनलाइन मिडियालाई सरकारले अन्य पत्रिकाहरुलाई सरह प्रेस पास, विज्ञापन र अन्य सुविधा उपलव्ध गराउनु पर्ने माग गरीएको छ । साथै विमानस्थल लगायत सबै प्रकारको कार्यक्रम र सूचना प्रविधिसम्बन्धी नीति/नियम निर्माण गर्ने क्रममा अनलाइन मिडिया एसोसिएसन नेपालको अनिवार्य प्रतिनिधित्वको माग गरीएको छ ।
निरंकुश शाही सत्ताले रोेक लगाएका अनलाइन मिडियाहरु तत्काल खुलाउन, आगामी दिनमा कुनै पनि बहानामा अवरोध नगर्ने प्रत्याभूति दिन आग्रह गरीएको छ । साथै अनलाइन मिडियाहरुको समस्या समाधानमा समयमै सरकारले उचित पहल नगरे सशक्त संर्घष्ामा उत्रन अनलाइन मिडिया एसोसिएसन नेपाल बाध्य हुने चेतावनी समेत दर्ीइएको छ ।