:: समचारहरु : : June : : 2006

June 7, 2006

समचारहरु

लोकतन्त्र प्राप्तिका लागि महत्वपर्ूण्ा भूमिका खेलेका अनलाइन संचार माध्यमलाई समाचार संकलनमा सिर्जना गरिएको अवरोधको भर्त्सना ।

पोखरा
आरजु

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको टोली भारत भ्रमणमा जाने क्रममा विभानस्थलमालगायत विभिन्न सरकारी कार्यक्रमहरुमा अनलाइन संचार माध्यमलाई समाचार संकलनमा सिर्जना गरिएको अवरोधको अनलाइन मिडिया एसोसिएसन नेपालले भर्त्सना गरेको छ ।
अध्यक्ष दीनेश बस्नेतले जारी गर्नुृ भएको विज्ञप्तिमा पछिल्लो समयमा भएको सूचना प्रविधिको विकासको उच्चतम रुप अनलाइन मिडियाहरुलाई अहिलेसम्म सरकारले पहिचान नदिनु, समाचार संकलन लगायतका विषयमा अवरोध सिर्जना गरिनुलाई दर्ूभाग्य भएको जनाईएको छ ।

शाही सत्ताले नेपालमा हर्ेन नमिल्ने बनाएका कतिपय समाचारमूलक अनलाइनहरुलाई गरिएको अवरोध सरकारी स्वामित्वमा रहेको दूरसंचार प्राधिकरणलगायत कतिपय आइएसपीहरुले नखुलाउनुलाई अनलाइन मिडिया एसोसिएसन नेपालले निरंकुश शाही सत्ताकै निरन्तरताको रुपमा अनुभूति गरेको उल्लेख छ ।

लोकतन्त्र स्थापनाको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्न सफल अनलाइन मिडियाहरुले लोकतन्त्र प्राप्ति पछि पनि स्वतन्त्रताको कुनै अनुभूति गर्न नपाउनुलाई अनलाइन मिडिया एसोसिएसन नेपालले दर्ुभाग्यको रुपमा लिएको जनाईएको छ ।
सूचना तथा समाचार सम्प्रेषणमा सबै भन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित अनलाइन मिडियालाई सरकारले अन्य पत्रिकाहरुलाई सरह प्रेस पास, विज्ञापन र अन्य सुविधा उपलव्ध गराउनु पर्ने माग गरीएको छ । साथै विमानस्थल लगायत सबै प्रकारको कार्यक्रम र सूचना प्रविधिसम्बन्धी नीति/नियम निर्माण गर्ने क्रममा अनलाइन मिडिया एसोसिएसन नेपालको अनिवार्य प्रतिनिधित्वको माग गरीएको छ ।

निरंकुश शाही सत्ताले रोेक लगाएका अनलाइन मिडियाहरु तत्काल खुलाउन, आगामी दिनमा कुनै पनि बहानामा अवरोध नगर्ने प्रत्याभूति दिन आग्रह गरीएको छ । साथै अनलाइन मिडियाहरुको समस्या समाधानमा समयमै सरकारले उचित पहल नगरे सशक्त संर्घष्ामा उत्रन अनलाइन मिडिया एसोसिएसन नेपाल बाध्य हुने चेतावनी समेत दर्ीइएको छ ।
प्रधानमन्त्री कोइराला भारत भ्रमणमा,नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्बारा स्वागत
७जुन२००६९एजेन्सीहरु०-नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणका

लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ र साथै प्रधानमन्त्री कोइरालालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्वागत गर्नुभएको प्राप्त समाचारहरुमा जनाइएको छ।

त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,प्रधानमन्त्रीको नेतुत्वको उच्चस्तरीय सरकारी टोली भारत सरकारको निमन्त्रणामा ४ दिने भ्रमणमा त्यसतर्फगएको हो । दोश्रो जनआन्दोलनबाट सात दलको सरकार बनेपछि प्रधानमन्त्री कोइराला पहिलो पटक विदेश भ्रमणमा जान लाग्नु भएको उल्लेख छ। त्यसैगरी दीर्घकालिन र विवादास्पद सन्धि सम्झौता नभई भ्रमण आर्थिक एजेन्डामा मात्र केन्द्रित हुने बताइएको छ । यसका साथै भ्रमणका क्रममा जलविद्युत उत्पादन, पूर्वाधार निर्माण लगायत महत्वकांक्षी र बृहत आर्थिक योजनाको लागि नेपाललाई करिब ७५ अर्ब वित्तीय सहयोग जुटाउने एजेन्डा भ्रमण टोलीले तय गरेको छ । वार्षिक १५ अर्बका दरले ५ वर्षका लागि सरकारले सो सहयोगको आग्रह गर्न लागिएको उल्लेख छ।

यसका साथै अर्थमन्त्रालयले तयार पारेको प्रस्तावित आर्थिक प्याकेजमा बजेट सहयोग, आयल निगमको बक्यौता भुक्तानी सहुलियत र भारतबाट सैनिक सामाग्री आयतमा तिर्न बाँकी रक छुट लगायत सहयोग मागिने सुचीमा छन् । भ्रमण टोलीले भारतसँग सैनिक सामाग्री लिंदा तिर्न बाँकी १ अर्ब ६० करोड मिनाहाको अनुरोध गरिने छ । यो भारत सरकारले एक बर्षअघि नेपाली सेनाका लागि उपलब्ध गराएको सैनिक सामाग्रिको तिर्न बाँकी रकम हो । त्यसैगरी मन्त्रिपरिषदको हिजोको बैठकमा आर्थिक प्याकेजबारे छलफल भएको थियो । सहयोगको प्रस्तावित आर्थिक प्याकेज विवरण नेपालस्थित भारतीय दुतावासलाई हिजै दिइएको छ । यसका साथै भ्रमणकाक्रममा नेपालले तत्कालको वित्तीय शंकट टार्न भारतसँग बजेट सहयोग माग्ने छ । तर कति भनी नखुलाइएको जनाइएको छ ।

त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,भ्रमणको क्रममा प्रधानमन्त्री कोइरालाले भारतीय राष्ट्रपति एपी जे अब्दुल कलाम, प्रधानमन्त्री डा। मनमोहन सिंह कांग्रेस आयोगकी अध्यक्ष सोनिया गान्धि, विपक्षीय भारतीय जनता पार्टीका नेता लालकृष्ण आड्वानी लगायतसँग भेटवार्ता गर्नुहुने बताईएको छ ।यसका साथै भ्रमणमा प्रधानमन्त्रीका साथ उपप्रधान तथा परराष्ट्रमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा।राम शरण महत, भौतिक योजना तथा निर्माण मन्त्री गोपालमान श्रेष्ठ, कृषि मन्त्री महन्त ठाकुर, स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डे, महिला तथा बालबालिका राज्यमन्त्री उर्मिला अर्याल रहनु हुनेछ ।त्यसैगरी भ्रमण टोलीमा ४१ जना रहेका सञ्चार माध्यमहरुमा उल्लेख छ।
प्र्रेस विज्ञप्ति

मितिः २०६३।२।२३
आजको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको टोली भारत भ्रमणमा जाने क्रममा विभानस्थलमालगायत विभिन्न सरकारी कार्यक्रमहरुमा अनलाइन संचार माध्यमलाई समाचार संकलनमा सिर्जना गरिएको अवरोधको अनलाइन मिडिया एसोसिएसन नेपाल घोर भर्त्सना गर्दछ ।
पछिल्लो समयमा भएको सूचना प्रविधिको विकासको उच्चतम रुप अनलाइन मिडियाहरुलाई अहिलेसम्म सरकारले पहिचान नदिनु, समाचार संकलनलगायतका विषयमा अवरोध सिर्जना गरिनु र शाही सत्ताले नेपालमा हर्ेन नमिल्ने बनाएका कतिपय समाचारमूलक अनलाइनहरुलाई गरिएको ब्लक सरकारी स्वामित्वमा रहेको दूरसंचार प्राधिकरणलगायत कतिपय आइएसपीहरुले नखुलाउनुलाई अनलाइन मिडिया एसोसिएसन नेपालले निरंकुश शाही सत्ताकै निरन्तरताको रुपमा अनुभूत गरेको छ । लोकतन्त्र स्थनपनाको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्न सफल अनलाइन मिडियाहरुले लोकतन्त्र प्राप्ति पछि पनि स्वतन्त्रताको कुनै अनुभूति गर्न नपाउनुलाई अनलाइन मिडिया एसोसिएसन नेपालले दर्ुभाग्यको रुपमा लिएको छ।
तर्सथ सूचना तथा समाचार सम्प्रेषणमा सबै भन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित अनलाइन मिडियालाई सरकारले अन्य पत्रिकाहरुलाई सरह प्रेस पास, विज्ञापन र अन्य सुविधा अपलव्ध गराओस् भन्ने जोडदार माग गर्दछौ । साथै विमानस्थललगायत सबै प्रकारको कार्यक्रम र सूचना प्रविधिसम्बन्धी नीति/नियम निर्माण गर्ने क्रममा अनलाइन मिडिया एसोसिएसन नेपालको अनिवार्य प्रतिनिधित्वको माग गर्दछौ ।
निरंकुश शाही सत्ताले ब्लक गरेका अनलाइन मिडियाहरु तत्काल खुलाउन, आगामी दिनमा कुनै पनि बहानामा ब्लक नगर्ने प्रत्याभूति दिन जोडदार आग्रहसमेत गर्दछौ । अनलाइन मिडियाहरुको समस्या समाधानमा समयमै सरकारले उचित पहल नगरे सशक्त संर्घष्ामा उत्रन अनलाइन मिडिया एसोसिएसन नेपाल बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौ ।

……………..
दिनेश बस्नेत
अध्यक्ष

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/06/07/225/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter