:: समचार : : June : : 2006

June 5, 2006

समचार

नेकपा एमालेको अन्तरकृया कार्यक्रम
बिपुल दाङ्ग
नेकपा एमाले प्रचार विभाग दाङले आईतवार एक अन्तरक्रियाको आयोजनागरेकोछ । र्’वर्तमान अवस्थामा राजनैतिक दलहरुको भूमिका र जनअपेक्षा’ विषयक त्यस अन्तरक्रियामा वोल्ने वक्ताहरुले संसदवादी दल र माओवादी वीचको समझदारीलाई अझ प्रगाड वनाउदै जनआन्दोलनका क्रममा व्यक्त जनचाहना पुरा गर्नूपर्नेमा जोड दिएका थिए । वक्ताहरुको जोडथियो-अव सानातिना कुरामा नअड्कर्ीइ सहमतिका आधारमा सवै अगाडी वढ्नर्ुपर्छ ।
अन्तरक्रियाका प्रमुख अतिथी एमाले केन्द्रिय सल्लाहकार समिति सदस्य शालीकराम भण्डारीले सम्वीधानसभावाट लोकतान्त्रिक गणतन्त्रमा जाने सम्भावना प्रवल रहेको अहिलेको अवस्थामा माओवादीहरुले संसद, स्थानिय निकाय पुनस्थापना जस्ता कुराको विरोध गर्न नहुने र चन्दा आतंक वन्द गर्नुपर्ने वताउनु भयो । भण्डारीले दलहरु पनि थप स्पष्ट हुनुपर्नेमा जोडदिनुभयो । त्यस्तै कांग्रेसका जिल्ला सदस्य वमवहादुर डि.सी.ले माओवादीहरुको समेत सहमतिमा निकाश खोजीनुपर्ने वताउदै दल र माओवादी वीचको सहमति अझ दरीलो वनाउनु पर्ने वताउनु भयो । एमाले सचिव शोभाराम वस्नेतले सवै दलहरु लोकतान्त्रिक गणतन्त्रकालागि तयार हुनुपर्ने वतादै संविधानसभा पर्ुवनै जसरी भएपनि माओवादीलाई निसस्त्र गर्नुपर्ने वताउनु भयो । मालेका केन्द्रिय सदस्य महेन्द्र कतिलाले साझा एजेण्डाका साथ दलहरु संविधान सभामा जानुपर्ने वताउनु भयो ।
एमाले प्रचार विभागप्रमुख रेवतीरमण शर्माको अध्यक्षता र शरद अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा एमालेका अञ्चल सदस्य हस्तवहादुर के.सी.ले गणतन्त्र भन्दा तलका कुरागर्नेलाई जनताले साथ नदिने वताउनु भयो भने एमाले दाङका सदस्य दामोदर अधिकारीले दुवै पक्षले १२ वुँदे समझदारी र २५ वुँदे आचारसंहिताको पर्ुण्ा पालना गर्नुपर्ने वताउनु भयो । कार्यक्रमलाई पत्रकार महासंघका सभापति के.वि.मसाल, सल्लाहकार विपुल पोख्रेल, केन्द्रिय पार्ष उदय जी.एम., प्रेस चौतारीका अध्यक्ष सागर पण्डित, पत्रकार भुवन देवकोटा, आनन्दमोहन नमस्कार, अधिवक्ता ठाकुर डि.सी.र्,र् इश्वरी लामिछाने लगायतले आआफ्नो धारणा राख्नु भएको थियो ।
————————————————————————————————————–

राजाको हात जनआन्दोलनले तल पारे पनि अझैं शक्तिविहिन नभएको ः राजनितिक विश्लेशक सिकेलाल, राजाको रथलाई तान्ने केही घोडा आन्दोलनले खोसेको छ ।
आरजु पोखरा

राजनितिक विश्लेशक सि.के लालले राजाको हात जनआन्दोलनले तल पारे पनि अझैं शक्तिविहिन नभएको बताउनु भएको छ ।

युवा उद्यमी समाज पोखराद्धारा आज पोखरामा आयोजना गरीएको “अब के -” विषयक अर्न्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयो ः राजाको रथलाई तान्ने केही घोडा आन्दोलनले खोसेको छ । तर पनि राजाको रथ, घोडा र सवारी चलेकै छ ।

मुलुकमा राजनितिक एजेण्डाका बारेमा अझैं सबै पक्ष स्पष्ट भएर जान नसकेको अवस्था रहे बताउदै उहाँले भन्नुभयो ः माओवादी मूलधारमा कसरी आउने, कसरी रुपान्तरण गर्ने - विषय आएको छैन ।

यो अवस्था भनेको सबैको नियन्त्रणमा छ, कसैको पनि नियन्त्रणमा छैन भने जस्तै हो । माओवादी व्रि्रोह सुरु भए पछि विकासमुखि नभई निर्वाहमुखि अर्थतन्त्र भएकोले मुलुकको आर्थिक विकासमा जटिलता कायम रहेको बताउनु भयो ।

अर्का वक्ता नेपाल उद्योग वाणिज्य महासंघका पर्ूव अध्यक्ष आनन्दराज मुल्मिले माओवादीलाई अन्तरीम सरकारमा सामेल गर्न सकेमा व्यवसायीलाई फाईदा हुने बताउनु भयो ।
यदि त्यसो भएमा माओवादीलाई चन्दा दिनुपर्ने तथा उनिहरु देखि डराउनु पर्ने अवस्थाको अन्त हुने उहाँको धारणा थियो । मुलुकमा कृषिको उत्पादन घटेकाले कृषिको उत्पादन मूल्य तोक्नु पर्ने पनि उहाँको भनाई थियो ।

आयोजक संस्थाका अध्यक्ष प्रितममान वुद्धाचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
————————————————————————————————————–
सर्वोच्च अदालतको आदेशद्बारा शाही सरकारका तीन मन्त्रीलाई थुनामुक्त
सप्पन के सी (यूरोप सम्वाददाता)
४जुन२००६९एजेन्सीहरु०-नेपालमा शाही सरकारका तीन मन्त्रीलाई सर्वोच्च अदालतले थुनामा राख्न पर्याप्त आधार र कारण नदेखिएको भन्दै थुनामुक्त गर्ने आदेश दिएपछि पूर्वमन्त्री श्रीश शमशेर राणा र निक्षशमशेर राणा आइतबार अपराह्न मुक्त भएका प्राप्त समाचारहरुमा जनाइएको छ।

त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,अर्का पूर्वमन्त्री रमेशनाथ पाण्डे भने अस्वस्थताका कारण केही दिन अघिदेखि अस्पतालमा हुनुहुन्छ। सर्वोच्च अदालतको संयुक्त इजलासले शाही सरकारका तीन मन्त्रीहरु रमेशनाथ पाण्डे, श्रीश शमशेर राणा र निक्षशमशेर राणाले आफूहरुलाई गैरकानुनी थुनामा राखेको दावी गर्दै राखेको रिट निवेदनमा सुनुवाई गर्दै यो फैसला गरेको हो। प्रधानन्यायाधीश दीलिपकुमार पौडेलसहितको पाँच सदस्यीय पूर्ण इजलासले गरेको फैसलापछि उहाँहरुलाई आइतबार नै मुक्त गरिने बताइएको छ। यसअघि दुई सदस्यीय इजलासले बदलिँदो परिस्थितिमा कानुनी जटिलता थपिएको भन्दै मुद्दालाई पूर्ण इजलासमा पठाएको उल्लेख छ।

यसका साथै जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित रायमाझी आयोगले सिफारिश गरेपछि शाही सरकारका पाँच मन्त्रीहरुलाई ँशान्ति सुरक्षामा खलल पार्ने उद्देश्यले गोप्य बैठकमा संलग्न भएको’ आरोपमा ९० दिने थुनुवा पूर्जी दिइएको थियो। हिरासतमा रहेका दुई पूर्व मन्त्री तत्कालीन गृहमन्त्री कमल थापा र स्थानीय विकास मन्त्री टंक ढकालले भने बन्दी प्रत्यक्षीकरणको रिट दायर नगर्नुभएकोले उहाँहरु भने हिरासतमा नै रहनुभएको सञ्चार माध्यमहरुमा उल्लेख छ।
——————————————————————————————————————–
जनआन्दोलनका क्रममा ज्यान गुमाउने २१ जनालाई औपचारिक रुपमा सहिद घोषणा
सप्पन के सी (यूरोप सम्वाददाता)
मन्त्रिपरिषदको बैठकले जनआन्दोलनका क्रममा ज्यान गुमाउने २१ जनालाई औपचारिक रुपमा सहिद घोषणा गरेको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार, मन्त्रिपरिषदको बैठकले सहिदका आश्रति परिवारलाई सबै प्रकारको सहायता जिल्ला प्रशासन कार्यालयमार्फ उपलव्ध गराउने भएको छ। यसका साथै माघ १९ यताका सबै सरुवा, बढुवा र नियुक्तिसमेत खारेज गरेको बुझिएको छ। १९ यताको अवधिमा देशभरमा ११ हजार बढी कर्मचारी नियुक्ति गरेको र सो सबै बदर गरिएको समाचारहरुमा उल्लेख छ।
————————————————————————————————————-

नेपाल सरकार र विद्रोही बीचको दोस्रो चरणको वार्ता यसै साता हुने
सप्पन के सी (यूरोप सम्वाददाता)
नेपाल सरकार विद्रोही बीचको दोस्रो चरणको वार्ता यसै साता हुने भएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी समाचारहरुमा जनाइए अनुसार, मन्त्रिपरिषद बैठकपछि राजधानी काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै वार्ता टोलीका सदस्य एवं मन्त्री प्रदीप ज्ञावालीले यसैसाता विद्रोहीसँग वार्ता हुने बताउनुभएको जनाइएको छ। यसका साथै विद्रोहीसँग कुरा गरेर वार्ता स्थल र मिति तय गर्ने पनि ज्ञावालीले जानकारी दिनुभएको छ। मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणको एजेण्डा तय गर्ने आशा गरिएको भए पनि त्यसका लागि भोलि बिहान छुट्टै बैठक बस्ने भएको उल्लेख छ।
———————————————————————————————————————-

लोकतन्त्रमा पनि जङ्गबहादुरको पद्चिन्ह
पि.एन.एन सम्वाददाता काठमाण्डौ ।
काठमाडौं । बौद्धिक वर्गको प्रतिनिधित्व हुने भनिएको पत्रकारहरुको सम्मेलनमा बडेमाको त्रि्रा बजाउ“दै तीन दर्जन मुन्द्रे र गुण्डाहरु छिरेपछि के होला - त्यस्तै भयो, ललितपुरमा आयोजित साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालको प्रथम राष्ट्रिय सम्मेलनमा । सम्मेलन लगभग समाप्तीको चरणमा पुगिरहेकै बेला आफूलाई अध्यक्ष्ँ दावी गर्ने पत्रकार कविर राणाले आफ्नो अभिष्टसिद्धीका लागि हलभित्रै गुण्डाहरु छिर्राई अभद्रता पर््रदर्शन गरेका छन् । फलतः सबै प्रतिनिधिहरुको भावना र सहमतिविपरित स्वघोािषत अध्यक्ष बनेका कविर राणा सञ्जालको साधारण सदस्यबाट पनि निलम्बित हुन पुगेका छन् ।
जे कुरा पनि एकलौटी गर्ने बानी बसेका सम्मेलन आयोजक समितिका संयोजक कविर राणाले सैनिक पृष्ठभूमिका आफ्ना पिताजीकै पद्चिन्ह पछ्याउ“दै सचिवालयको निर्ण्र्ाावपरित पर्ूवाञ्चल संयोजक शिवबहादुर कार्कीलाई थाहै नदिई सुनसरी जिविस र खेलकुदबाट हण्डी खाने सरकारी पत्रकार याम प्रधान -रासस) लाई विधानसमेत मिची प्रतिनिधि व्यवस्थापनको जिम्मा दिएका थिए । यसरी सेहर्ुर्डर्ेेनामक संस्थाबाट आर्थिक अनियमितताको अभियोगमा निश्कासित कर्मचारी प्रदीप घिमिरे र तारानाथ दाहालसमेतको मिलेमतोमा संगठन कब्जा गर्ने नियतबस भूमिगत सहभागिता सूची तयार पारी राणाले विराटनगर, उर्लाबारी, दमक, बिर्तामोड, चन्द्रगढी, पा“चथर, र्सलाही, सप्तरीलगायतका जिल्ला र क्षेत्रबाट आफूस“ग असहमत कुनै पनि पत्रकारलाई सम्मेलनमा सहभागी हुन दिएनन् । र, संगठन कव्जा गर्ने सपना सा“चेर अहिलेको युगमा पनि राणा शासन लाद्ने योजना बनाए । सम्मेलनका सहभागीहरुस“ग शुल्क उठाएर बनाइएका कार्डहरु २ सय ११ नम्बरको कोठामा थुपारी प्रतिनिधिहरुलाई मतदानको अधिकारबाट बञ्चित गराउन खोजेको राणा समूहले प्रिmडम फोरम नामक एउटा क्लबको शाखाका रुपमा सञ्जाललाई उभ्याउने प्रयत्न गरेको थियो । सबैखाले बौद्धिक र कूटनीतिक कसरत गर्न नसकेपछि कविर राणाले सम्मेलनस्थलमा छिराएका गुण्डाहरुले विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुलाई भनी ठिक्क पारिएको खाना लुटेर खाइदिएका थिए । त्यस्तै व्यहोरा त्यसअघि चितवनमा नेपाल पत्रकार महासंघको महाधिवेशन भइरह“दा सत्ताको आडमा बेदप्रसाद खरेलले पनि पर््रदर्शन गरेका थिए ।
हाउसले देवप्रकाश त्रिपाठी र शम्भु श्रेष्ठको नाम अध्यक्ष्ँको रुपमा प्रस्तावित गर्दा राणाले त्यसलाई पचाउन सकेनन् र अध्यक्ष मण्डलमा रहेका गोपाल थपलिया, कमल कोइराला, कमल जोशी र परशु घिमिरेले नेतृत्व चयन गर्ने प्रयत्न गर्दागर्दै कविरका मतियार तेजप्रकाश पण्डितले डायसबाट उठेर प्रतिनिधिहरुलाई सत्तोसराप गरी हल छाडेर हि“डेका थिए । हललाई धम्क्याउ“दै र घुर्क्याउ“दै बाहिरिएका कविर राणालाईसमेत सचिवालयका पदाधिकारीहरुले तीन चोटीसम्म अनुरोध गर्दै हलमा ल्याएपछि उनले विभिन्न क्षेत्र र जिल्लाबाट प्रस्तावित नामहरु केरमेट गर्दै भूपू र गैह्र पत्रकारहरुलाई कार्यसमितिमा राख्ने प्रयत्न गरेका थिए । राणाले त्यसरी आजन्म अध्यक्ष्ँ खानका निम्ति सहयोग लिएका पत्रकारहरुमा अधिकांश राजाको शासनमा गोदबा थापेका, बद्नाम र अलोकप्रिय पात्रहरु थिए ।
देशभरबाट आएका प्रतिनिधिहरुले नेतृत्व चयनका निम्ति प्रस्तावित गरेका नामसहितका लिखतहरु, कार्यसमितिको माइन्युट, दर्ता प्रमाणपत्र, संस्थाको छाप, चेकबुक, नया“ नेतृत्व चयनका निम्ति स्वयं कविर राणाद्वारा केरमेट गरिएको कागजात, संस्थापक १३ मध्ये १० जना र संस्था दर्ता गर्ने ७ मध्ये ५ जनाले हलको म्याण्डेटअनुरुप गरेको राणामाथिको निलम्बनसम्बन्धी निर्ण्र्ाातथा सहभागीहरुको उपस्थिति पुस्तिका नवनिर्वाचित तदर्थ समितिस“ग हु“दाहु“दै अनुशासनको कारवाहीमा परेको एक्लो व्यक्तिले अब पनि यो संगठनको नेता मैं हु“ भनी जङ्गे शैलीमा कराइरहनुलाई बिडम्बनाको रुपमा व्याख्या गर्ने गरिएको छ । सञ्जालको अध्यक्ष्ँको हैसियतले आउ“दो महिना अमेरिका यात्रा गर्ने र नेपाल टेलिभिजनको अध्यक्ष्ँ उछिट्याउने सपनामा सम्मेलनले गरेको कारवाही तुषारापात सावित हुने भएपछि आफू अझै पनि पदमै बहाल रहेको भनी उनले गरिरहेको अरण्यरोदनको कुनै अर्थ नरहेको सम्मेलनका सहभागीहरुले जनाएका छन् ।
——————————————————————————
गाउँले देउराली साप्ताहिक पत्रिका बन्द हुने
पाल्पा, जेठ २१ गते ।
दक्षिण एशियाकै पहिलो नेपालको एक मात्र ग्रामीण पत्रिका भनेर चिनिएको गाउले देउराली साप्ताहिक आर्थिक कारणले बन्द हुने भएको छ । विगत बाह्र बर्षेखि पाल्पाबाट प्रकाशित उक्त पत्रिकामा हाल छापाखाना र कार्यलय सहायक गरी ३ जना तलबी कर्मचारी छन् भने संपादक संवाददातालयागत सबैले स्वयंसेवकको रुपमा काम गरिरहेका छन् । यसरी चलाउँदा पनि कम्तीमा रु. एक लाख घाटा भएको कुरा यसका संपादक मेघराज शर्माले बताउनु भएको छ । पत्रिकाको आफ्नै अफसेट प्रेस भएता पनि पुरानै र ठूलो खालको प्रेस भएकोले यसबाट आम्दानी हुँदैन ।
श्री शर्माका अनुसार एक प्रति गाउँले देउराली छाप्न रु. १५ जति लाग्छ तर यसलाई पाँच रुपैयाँमा विक्री गरिन्छ । प्रेसबाट हुने आम्दानी र विज्ञापनले यो घाटा पूरा गर्ला भन्ने सुरुमा सोचिएको थियो । तर पाल्पामा व्यापारिक कारोवार नगन्यमात्रामा हुने र प्रेस पनि पुरानो र महँगो प्रविधिको भएको हुँदा छपाइबाट आम्दानी नहुने कुरा श्री शर्मा बताउनु हुन्छ ।
सुरुमा एशिया फाउण्डेसनको सहयोग र पछि एमएस नेपाललगायत केही संस्थाहरुको सहयोगमा चलेको गाउँले देउराली साप्ताहिकलाई केही वर्षेखि कतैबाट पनि सहयोग प्राप्त भएको छैन ।
गाउँले देउरालीको महत्व र प्रभावबारे धेरै जनाले अनुसन्धान गरेका छन् । ग्रामीण जनतालाई संचारद्वारा सबल बनाउने र विकास प्रयासलाई अघि बढाउने काममा यसको महत्वलाई सबैले स्वीकारेका छन् । तर यस्तो विकास पत्रिकारिता कहीँ पनि बाहिरी सहयोग बिना चलेको छैन । नेपालमा एफएम रेडियोको प्रभाव बढेको र सहयोगी संस्थाहरुको ध्यान पनि एफएमतिर बढी गएको हुँदा अखबारले सहयोग नपाएको प्रकाशकको भनाइ छ ।
यदि तत्कालै कुनै सहयोगी संस्था अग्रसर भएको खण्डमा मात्र गाउँले देउराली पत्रिका जीवित रहनसक्ने हुँदा यसको प्रकाशक संस्था ग्रामीण विकास पाल्पाले राष्ट्रिय र अन्तर्रर्ााट्रय विकासे संस्थाहरुसँग सहयोगको आह्वान गरेको छ ।
गाउँले देउरालीको महत्व र प्रभावको बारेमा भएका अनुसन्धान, लेख, मूल्यांकन तथा सहयोगको प्रस्तावनाका सामग्रीहरु www.kasajoo.com कसजू डट कम मा राखिएको छ
—————————————————————————————————————-

जनआन्दोलनका घाइतेहरुकालागि सहायता जारी
पि.एन.एन नेपाल सम्वाददाता
जनआन्दोलनको क्रममा घाइतेहरुको उपचारको लागि ललितपुर जिल्लामा स्थापना भएको यस कोषमा ललितपुर उपमहानगरपालिका वडा नं. ९ का श्री बालकुमारी माँ पुचः -आमा समुह) वाट रु. २२,५६५।- -बाईस हजार पाँच सय पैंसÝ िमात्र) सहयोग प्राप्त भएको छ । सो रकम आज मिति ने.सं. ११२६ तछलाथ्व ७ -जेठ २० गते) शनिवारका दिन श्री बालकुमारी मन्दिरको छाना जिर्णोद्वार पश्चात आयोजना गरीएको क्षमा पुजाको अवसरमा कोष ब्यवस्थापन समितिका सदस्य श्री सुरेश प्रधानज्यूलाई हस्तान्तरण गरीएको हो ।
—————————————————————————————————————–

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/06/05/p223/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter