:: ७३ वषिर्य वृद्ध अवस्थामा जोसिलो पारामा ठाडो भाका गाउँदै हिडि रकेका छन् भेडिखर्के र्साईला र उनका साथीहरु : : June : : 2006

June 3, 2006

७३ वषिर्य वृद्ध अवस्थामा जोसिलो पारामा ठाडो भाका गाउँदै हिडि रकेका छन् भेडिखर्के र्साईला र उनका साथीहरु

आरजु विष्ट “सल्यानी”

जीवनका सात दशक विताएका लमजुङे ठाडो भाकाका गायक भेडीखर्के सार्ँइला अहिले पनि ७३ वषिर्य वृद्ध अवस्थामा जोसिलो पारामा ठाडो भाका गाउँदै हिडि रकेका छन् । यो भन्दा फरक पर्दैन फोटाले पनि प्रष्ट पार्छन् ।

उनि मात्रै होईन भेडिखर्केका साथे बुढ्यौलि गायिका झन्डै ६० वर्षपुग्न लागेकी तनहुँकी ज्ञानुमाया थापाको जोस पनि कम्तिको छैन । उनिसंगै गौमाया र काशीदेवी गुरुङ समसाथैमा हुन्छन्, भेडि खर्केका सवालका जवाफ फर्काउनका लागि ।

अर्को पट्ट िधन बहादुर तथा देवी गुरुङ पनि मादल र मुजुरा अनि खैजडीमा ठाडो भाकाका खाललाई तताउने लोक पारखि, हस्ति हुन । गामवेशी र शहर वजारमा आजभोलि प्रायः यो पाँच जनाको ठाडो भाकाको टोलि बराबर देखिने गरेको पाईन्छ ।

पश्चिम नेपालको लमजुङ जिल्लामा प्रचलित ठाडोभाका अहिले आएर लोप हुने होकि - भन्ने चिन्ता बढ्न थालेको छ । यि बुढ्यौलि वाहेक तन्नेरी पुस्ताका कसैले पनि यो भाकालाई गाउने आँट नै गर्न सक्तैनन् । भेडीखर्के र्साईला यिनको वास्तविक नाम त दर्ीघराज अधिकारी हो । उम्मेरमा सात दिन सम्म लगातार गाएको स्मरण सुनाउँछन् ।

भर्खरै यही पंक्तिकारले ठाडोभाका रर्ेकर्ड गराउँदा यि कलाकारले लगातार ३ घन्टा गाएका थिए । ७३ वर्षा भेडीखर्के र्साईला लमजुङको सिन्दुरे गा.वि.स स्थित तर्ुर्लुङकोटमा १९९० सालमा जन्मेका हुन र पछि परेवाडाँडा बस्दै आएका हुन । तिनताका गामवेसिमा भेडा राख्ने खर्कमा बस्दा साथीभाईसंगै भेडिखर्केले ठाडोभाका गाउन थालेका हुन । भेडर्ीखर्कमा लामो समय सम्म बसेकाले सबैले उनलाई भेडिखमर्के र्साईला भन्न थालेकाले अहिले सबैको उच्चारणको नाम नै भेडिखर्के र्साईला भएको छ ।

यिनका जमाना सुरु हुनु पहिलेका गुरुका रुपमा देउ बहादुर दुरा र पञ्चसुब्बा गुरुङको त्यो बिंडोलाई सम्हाल्दै आएका हुन । देउ बहादुर दुराले वि.सं २००० सुरु हुनु १० वर्षअघि नै यो भाका गाउथे भन्ने भनाई छ । पश्मिाञ्चलमा लोेकभाकाहरुलाई सम्भिmयौ भने र यो ठाडोभाकालाई छुटायौं भने त्यो सरासर अन्याय हुनेछ ।
ठाडोभाका देउ बहादुर दुराका नातीनतिनाले पनि अलि अलि गाउने गरेका छन् तर भेडीखर्के जत्तिको खुल्ला खालको रौनक उनिहरुले प्रस्तुत गरेका पाईदैन ।

लोक गायिका हरीदेवी कोईरालाले यिनलाई आँशु कवि मान्नु पर्छ भन्नुहन्छ । १२ वर्षो उम्मेर देखि गाउन थालेका भेडिखर्केलाई जीवनमा बाहुनको छोराले पनि गीत गाउने - यो गाईने भयो भने घर परविार तथा वरपरकाले भनेको अनि हप्कीदप्कि खानु परेको भए पनि यस्को मोह मार्न नसक्दा अहिले आएर उनलर्ेर् इज्जत कमाई रहेका छन् ।

आफ्नो मृत्यु पछि ठाडोभाका कस्ले गाउने होला - भनेर निलाई चिन्ता परेको छ । किनभने यस्तो ठाडोभाका गाउनका लागि तम्तयार भएको गतिला पुस्ता देखा परेका छैन् । भेडिखर्के भन्छन् ः सिक्लानकी भनेर विभिन्न ठाउँमा हिडियो र गाईयो तर पनि खोई लम्जुङे ठाडोभाकालाई कसैले सम्झेन - भेडिखर्केको यो प्रश्न हो ।

यिनको लोक कवि अलिमिया वाङमय प्रतिष्ठान, रेडियो अन्नपर्ूण्ा, वरीष्ठ गायिका हरीदेवि कोईराला, ज्ञान बहादुर कोईराला लगाएतको पहलमा एउटा ठाडोभाकाको क्यासेट एल्वम बजारमा आई सकेको छ । क्यासेट निकाल्ने कम्पनि आर.वि.ए फिल्म एण्ड रर्ीर्सच सेन्टरबाट भेडिखर्केले रोयल्टि आसा गरेको भए पनि अहिले सम्म नपाएको बताएका छन् ।
——————————————————————————————

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/06/03/p222/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter