:: मैले ऐर्श्वर्य रायलाई चाहदैमा पाउछु र - - रामचन्द्र काफ्ले : : June : : 2006

June 3, 2006

मैले ऐर्श्वर्य रायलाई चाहदैमा पाउछु र - - रामचन्द्र काफ्ले

-बीरेन्द्र पौडेल
विभिन्न पप, आधुनिक र लोक गरि ६०० भन्दा वढि गीतहरु गाईसकेका रामचन्द्र काफ्ले नेपाली लोक पप गायन क्षेत्रका चर्चित गायक हुन । छोटो समयमै लाखौं स्रोता तथा दर्शकहरुको मन जित्न सफल काफ्लेले लोक संगीतलाई एउटा बेग्लै तरीकाले प्रस्तुत गरेर लोक पपको मार्केटमा आफ्नो राम्रो स्थान बनाईसकेका छन् । उनको एकल एल्बम मनकी रानीले व्यापक सफलता पाएपछि उनले थुप्रै एलबमहरु बजारमा ल्याई सकेका छन् । त्यसो त लोक गीतमा नया प्रस्तुतीको रुपमा रहेको लाठी चार्ज नगर मेरो मायामा ले पनि उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ । उनले आफ्नो बारेमा कुराकानी गर्ने क्रममा यसरी भने-मेरो स्कुलको पर्ढाई सिध्याउने बित्तिकै म ललितकला क्याम्पसमा भर्ना भए भोटाहिटी काठमाण्डौ, स्नातकतह सम्ममा त्यसपछि प्राइभेट क्लास प्रविण कुमार श्रेण्ठसग लिए । शास्त्रिय संगीतको ५ बषिर्य अध्ययन पछि मलाई व्यबसायिक रुपमा गाउन चाही आज भन्दा तीन वर्षअगाडी एकजना रमेेेेेेेेश अधिकारी दाई हुनुहुन्छ उहाले गीत लेख्नुभयो र एउटा अवसर दिनुभयो। संसारकै सुन्दर छ हाम्रो नेपाल भन्ने गीतबाट मैले गीत रर्ेकर्ड शुरु गरे । त्यसपछि विमा दिदिले मेरो आवाज मनपर्राई दिनुभयो र यो भाईको आवाजमा दम छ भनेर एउटा गीतमा मौका दिनुभयो। त्यसपछि मैले चौतारी भाग १ मा गाउने मौका पाए र शुरु गरे - उनले आफ्नो सांगीतक यात्राको बारेमा कुराकानीको क्रममा भने । यिनै चर्चित युवा गायक केहि हप्ता अघि मुर्म्बईमा गरिएको नौलो पिरती नामक सांस्कृतिक कार्यक्रमा सहाभागी हुन मुर्म्बई आएका थिए । प्रस्तुत छ उनै गाएक काफ्ले संग विभिन्न विषयमा आधारित रहेर प्रवासी नेपाली डटकमका लागि मुर्म्बईमा बीरेन्द्र पौडेले गनुभएको कुराकानीका सारसंक्षेप-
तपाईको पहिलो एल्वम -
संसारकै सुन्दर छ हाम्रो नेपाल भन्ने हो ।
जीवनको लक्ष्य के हो -
म सानै देखि गाउथे र मलाई-माधव प्रसाद काफले दाजु)स्कुलमा पनि सानैमा स्टेजहरुमा गाउन लगाइन्थ्यो दाइले पनी गाउनुहुन्थ्यो-मैले रोइला गाउथे र मत एक्कल काटे भन्ने गीत सानोमा गाएको थिए जुन सबैले मन पराएका थिए । सबैले मलाई हौसला दिनुभयो मैले घर नजिकै पनि गीतार र हारमोनियम सिक्न जान्थे यसरी मेरै सग सगै थियो र त्यती बेला पनि मलाई कस्ौले तपाईको लक्ष्य के हो भनेको भए डाक्टर बन्ने या इन्जिजियर बन्ने भन्ने थिएन,गायक बन्ने नै थियो चर्चित गायक बन्ने लक्ष्य हो ।
यस क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ -
सन्तुष्ट छु,विचमा धेरै संर्घष्ा गर्नु प-र्यो । त्यो त्याग तपस्या गरेर नै आज तपाईहरुको माझ मुर्म्वईमा आएर पनि कार्यक्रम गर्ने मौका पाए लाखौ श्रोताहरुको माया पाए । पारिश्रमिक पनि पाएको छु थुप्रै देशहरुमा घुम्न पाएको छु,।
आथिक रुपमा कस्तो छ -
भगवानले पनि स्वरको लागि साथ दिनर्ुपर्छ र परिश्रम गर्नर्ुपर्छ,फुल फाले फुल आउछ,ढुंगा फाले ढुंगा हुन्छ त्याग तपस्या गर्नुपर्छ एउटा क्यासेट चल्दैमा अर्को चल्छ भन्ने जरुरी छैन त्यसको लागि झन् मिहेनत गर्नुपर्छ नया कम्पोज र नया शब्दहरु तयार गर्नुपर्दछ स्वरले मात्रै सदावहार हुन सक्दैन,मेहनत गरे प्रतिफल मिल्दैन-
केहि बर्षयता आएर लोकसंगीत राम्रो हुनुको कारण के होला जस्तो लाग्छ -
पहिला पनि लोकगीत राम्रै चलेको हो बरु व्यवसायिक रुपमा राम्रो छैन त्यतीवेला हुन्थ्यो त्यो वेला राम्रो सेल हुन्थ्यो तर चर्चित हुदैनथ्यो अहिले मिडीयाले वढि पपुलर बनाईदिएको छ पहिला हिन्दी गीतहरु धेरै बज्थे तर अहिले दोहोरीलाई रामा्रे सपोर्ट गरेर सवैको कान कानमा गुन्जिने मौका पाए ।लोकगीतमा आफ्नै मिठास हुन्छ
तपाई कस्तो गायक पप या लोक -
म एउटा कलाकार हो मैले सवै प्रकारका गीत गाउन सक्नर्ुपर्दछ र म कोशिष गर्नेछु त्यसको लागि मिल्नर्ुपर्छ म सम्पर्ुण्ा संगीतलाई मन पराउछु ।आखिर साततालमा नै सुरमा नै हुन्छ । सारेगमापधनिस मा नै हुन्छ।
हाल सम्ममा तपाईको प्रकाशित एल्वमहरु -र्
भर्खरै हामीले त्रिपक्षीय वार्ता रहेको दोहोरी वजारमा ल्याएका छौ -लोक तिहेरी)सासु,सम्धिनी,छोरी र ज्वाई,छोरीको वावु र आमा अहिलेको बर्तमान स्थितिलाई व्यङगात्मक रुपमा सो एल्वममा प्रस्तुत गरेका छौ त्यसलाई मायामा ढालेका छौ। मनकी एनी,लाठी चाज,बिमा दिदी संग मायाको चिनो-गामवेसी,एकल एल्बम)हरियो डाडा माथि हलो जोत्ने साथी वोलको गीतलाई रिमिक्स बनाएको छु । -उदारणिय बनेको छ) अहिलेको जेनेरसनले मन पराउने गरी बनाउनर्ुपर्छ ।अहिलेको माहोलले गर्दा, नाकावन्दी र नेपाल बन्दले गर्दा म्युजिकको बजार खस्किएको छ ।
तपाईको आउने एल्बमहरु -
लोक गीत लाई कसरी परिमार्जीत गर्नुहुन्छ -
लोक गीत यस्तो गीत हो,जुन आज भन्दा धेरै बर्षपहिलानै संयोजन -कम्पोज) गरिएको गीत हो र त्यो गीत त्यही क्षेत्रमा भेगमा चर्चित हुन्छ पर्ुव पश्चिम आ आफ्नै ठाउमा एउटा ठाउमा प्रचलित लय हो त्यती वेला त्यही स्थानमा रहयो तर आज संचारको माध्यमले गर्दा पुरानो लय चारैतिर फैलिन्छ त्यो लयले त्यहाको माटो चिनाउछ,भेग चिनाउछ,ठाउको परिचय गराउछ।बाजे देखी नाती सम्म गुन गुनाउदै आएको भाका हो लोक गीत ।
कस्ता गीत गाउन मन लाग्छ -
नेपाली लोक संगीतलाई अत्यन्तै माया गर्छर्ुुलाकार भनेको त्यो देशको गहना हो । उस्ले गाएको गीतमा त्यो देशको लय भाका र शब्द भेटिनु पर्छ । मैले गाएका गितमा पहाडको लय फिलिङ्स नेपाली पन होस् पाखा पखेराको होस् त्यस्ता गीत गाउन रुचाउछु ।
लोक र लोक पपमा फरक छ -
म आफै पनि ठेट लोकगित गाउछु भनेर भन्दिन तर म टिपिकल्ली गाउन प्रयास गर्छर्ुुर अहिलेको जेेनरेसनलाई हेरेर पनि उनिहरुले चाहे जस्तो गरेर गाउनु पर्दछ,अलिकती एडभान्स गर्नुपर्छ।परिमार्जीत हुनर्ुपर्छ।समय अनुसार लोकगीत गाउन सक्नु भने पनि गाह्रो छ जस्तै पर्ुवको गीत गाईरहेकोलाई पश्चिमका गीत गाउन गाह्रो हुन्छ तर सबै प्रकारका गीत गाउन सक्नु कलाकारको खुबी हो।
यो क्षेत्रमा लागेर अवार्ड पुरस्कार -
जनताको माया पाएको छु। त्यहि नै मेरो लागी ठुलो अवार्ड हो । पोखरामा २०६१।२०६२ ढुकढुकी अवार्ड पाए,क्याम्पस स्तरियमा पनि म र सिन्धु मल्लले भाग लिएर प्रथम भएका थियौ ।
-प्रशङ्ग बदलौ) तपाइको विवाह भयो -
अ ह । भएको छैन ।
कतै लभ चलेको छ की
-
त्यो पनि छैन ।
तपाई चर्चित यूवा गायक हुनुहुन्छ,ब्ल्याककल कत्तिको आउछ - यदि कसैले तपाईलाई नपाए म मर्छर्ुुनेमा के गर्नुहुन्छ -
हास्दै,अब आत्महत्या त गर्दैनन् होला कसैले चाहदैमा त्यहि कुरा पाईन्छ भन्ने त छैन नी । मानिलिउ मैले ऐर्श्वर्य रायलाई बिहे गर्छर्ुुनेर पाउछु र - पाउदिन,अब मलाई नपाए झुण्डियर मर्छर्ुुनेका छन् भने पनि,तर त्यती धेरै एक्र्साईटेड हुनु हुदैन ।
लभ गर्नु भएकै छैन त् -
मेरो स्कुल जिबनमा एउटा थियो तर उसको विवाह भैसक्यो त्यस्तो डिप पनि थिएन । हल्का नै थियो, तर अहिले त त्यस्तो लभ गर्ने तिर मन नै जादैन ।
यस क्षेत्रमा लागेकाहरुको पारिवारीक जीवन सफल हुदैन भन्छन नी -
अ-त्यो चाहि हुन्छ, त्यो के हो भने म अहिले मुर्म्वईमा छु,मैले एक हप्ताको लागि परिवारलाई छोडेर आएको छु त्यो विचमा विभिन्न शंका उपश्ांका हुन सक्छ,उसले के गरेको होला,अर्कै सग बसेको र घुमेको होला,म पनि जान पाएको भए हुन्थ्यो म भन्दा राम्री पाएमा छोड्छ कि भन्ने कुराहरु श्रीमति वा श्रीमानलाई लाग्न सक्छ । म एक हप्ता पोखरा हुन्छु,एक हप्ता काठमाण्डौं हुन्छु तर जहा गयो त्यही श्रीमति लाई लान त सकिदैन। त्यसैले त्यस्तो शंकाले गरेर जीवनमा असन्तुस्टि हुन सक्छ । यो मेरो सोचाई मात्र हो भोगाई भने होइन ।
-
विवाह कहिले गर्ने त-
विवाह त अझै तीन चार बर्षगर्दिन होला सोच छ तर भन्न सकिन्न ।
जीवन साथी कस्तो खोज्दै हुनुहुन्छ यसै क्षेत्रसग सम्वन्धित या अन्य -
यहि क्षेत्रसग सम्बन्धित भए राम्रो हुन्थ्यो । किनकी उसले पनि राम्रो सग बुझ्थ्यो होला,जे होस् मलाई बुझ्न सक्ने,कलाकारीता बुझ्ने केटी हुनर्ुपर्छ । जो मेरो हर पाइलामा साथ्ा दिने होस ्।
प्रेमलाई कसरी परिभाषिर्त गर्नु हुन्छ -
आत्मवाट आउने एउटा फिलिङ्ग्स हो यो । जो कसैलाई पनि गर्न सकिन्छ । त्ापाईलाई पनि,परिवारलाई पनि गर्न सकिन्छ र देशलाई पनि गर्न सकिन्छ ।
अन्तमा केही -
तपाईहरु सबैको माया पाएको छु जसले गर्दा बर्म्वई सम्म आएर कार्यक्रम गर्ने मौका पाए । यहि अनुसार अरु केहि गर्नु पर्छ प्रतिक्रियाहरु पाउ । त्रुटी भएमा गाली पनि गर्नुस मैले सिक्ने मौका पाउछु यो माया सधै पाईराखौ ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/06/03/p221/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter