:: समचारहरु : : June : : 2006

June 3, 2006

समचारहरु

उच्च आयोगको भेटघाट
चन्द्रकान्त खनाल बुटबल
संयुक्त राष्ट्र संघीय मानवअधिकार नेपालस्थित उच्च आयोगको एक प्रतिनिधि मण्डलले जिल्लाका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिसँग भेटघाट गरेको छ ।
आयोगको क्षेत्रीय कार्यालय पोखराबाट आएको सो प्रतिनिधि मण्डलले शुक्रबार जिल्लास्थित मानवअधिकारवादी कार्यकर्ता, राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, कानुन व्यवसायी र पत्रकारसँग भेटघाट गरि जिल्लामा मानवअधिकारको स्थिति, सरकार, माओवादी पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटना र जनआन्दोलनका क्रममा भएको दमन र मानवअधिकार संरक्षणका लागि गर्नुपर्ने कार्यका बारेमा छुट्टाछुट्टै छलफल गरी जानकारी लिएको थियो ।
सो प्रतिनिधि मण्डलले जिल्लामा रहँदा नेकपा -माओवादी)द्वारा केही महिनाअघि अपहरण गरी शान्तिपुरमा ल्याइएका ५ जना व्यक्तिको अवस्थाबारे जानकारीकासाथै उनीहरूको रिहाइको लागि पहलगर्न शान्तिपुर गाविस जाने कुरा जनाएको छ । स्याङ्जा जिल्लाबाट अपहरित नेकपा -एमाले)का पाँच जना कार्यकर्ता विगत लामो समयदेखि मा ओवादीको श्रम शिविरमा रहेका छन् ।
यसैबीच, देशमा हुन गइरहेको संविधानसभामार्फ समावेशी लोकतन्त्र स्थापना गर्नुपर्ने निष्कर्षतम्घासमा निकालिएको छ ।
प्रो. पब्लिकसँग आबद्ध असल शासन जिल्ला समन्वय समिति गुल्मी र पाल्पाको आयोजनामा आयोजित समावेशी लोकतन्त्र विषयक बहस कार्यक्रममा उक्त निष्कर्षनिकालिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद पोख्रेलले लामो समयदेखि देशमा महिला, दलित, जनजातिलगायतका उत्पीडित वर्ग समुदायलाई पछि पारिएको हुनाले सशस्त्र द्वन्द्व भएको बताउँदै अब बन्ने संविधानमा यस्ता समस्याहरुलाई समाधान गर्न समावेशी लोकतन्त्र स्थापना गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नेकपा -माओवादी) गुल्मीका सचिव सर्ुदर्शन बरालले आफ्नो पार्टर्ीीहिलेदेखि नै राजनीतिक रुपमा निर्ण्र्ाागरेर पछि पारिएका समुदायलाई विशेषधिकारको पक्षमा आन्दोलन गरेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा -एमाले)का सोमनाथ सापकोटाले महिला, दलित, जनजातिलगायत पछि पारिएका जनतालाई वर्गीय रुपमा शोषण मुक्त पार्दै राज्यको निर्ण्ाायक तहमा पुर्‍याउन आफ्नो पार्टर्ीीृढ रहेको बताउनु भएको थियो । नेपाली काँग्रेसका भलामीले संविधानसभामार्फ बन्ने संविधानमा पछि पारिएका समुदायका अधिकार सुनिश्चित गरिनु पर्ने विचार राख्नुभयो । कार्यक्रममा शेषकान्त गौतम नेपाल वार एसोसिएसनका विष्णु बलाल, पत्रकार महासंघका हरि क्षेष्ठ, मानवअधिकारवादी हरि पोख्रेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख मुली मोहन अधिकारीलगायतले बोल्नुभएको थियो ।
—————————————————————————————————————–

सडकमा कल चलाउनेहरूको समस्या कसले बुझोस् -
चन्द्रकान्त खनाल
बुटवल, - नयाँ पुस्ताका चर्चित पप गायक यसकुमारको गीत ँमेरो सामु नआऊ तिमी, मैले छोएको पानी चल्दैन ट्राफिकचोक चण्डीको दोकानअघिको सानो ट्यांकी क्यासेट पसलमा घन्किरहेको हुन्छ । थुप्रै लोक, आधुनिक र मौसमी गीत संगीतले भिडभाडको कोलाहललाई चिर्दै संगीतमय वातावरण बनेको सो क्षेत्रमा चारवटा हाते कलहरू सडकको छेउँमा ठडिएका छन् ।
कपडा सिलाउने चारवटा कलमा काम गर्ने परियार समुदायका चारजना व्यवसायीहरूले वर्षौदेखि पुख्र्यौली पेशा सिलाइ कामलाई निरन्तरता दिँदै आएका छन् । प्रचण्ड गर्मीको राप, झरी, बादल, पानी, वषर्ासँग जुधेर परिवारको लालन पालन गर्ने काम गर्ने यिनीहरूका समस्याहरू फरक-फरक छन् । वषर्ाले भिजाउँदा अरूकै दुकानको ओत र गर्मीले अत्याउँदा गुन्युको सप्कोले पसिना पुछेर सडके सिलाइ व्यवसाय संचालन गर्दै आएकी पवित्रा परियारलाई घरकै पिरलो बढी छ ।
यस व्यवसायबाट साँझ घर फकर्ंदा तिनै चण्डीको दुकानबाट नुन, चामल, मट्टतिेल बोकेर आफ्नै झुप्रोमा लग्छिन् पवित्रा । झण्डै २७ वर्षेखि यही कलको कामबाट ७ जना छोराछोरीको हातमुख जोर्ने काम गर्दै आएकी उनलाई समस्याको तगारो आफ्नै किसिमले तर्ेर्सिएको छ । पारिवारिक बोझ, तनावले गर्दा काममा सीपसमेत न्रि्रन नपाउने गुनासो व्यक्त गर्छिन् उनले । पवित्राको समस्या मुलतः अपातासँग गाँसिएको छ । गरिबीले सडकभन्दा पर कल र्सार्न नसक्नु, छोराछोरीलाई शिक्षा दीक्षा प्रदान गर्न नसक्नु, त्यस्तै सुकुम्बासी वस्तीमा टिनको छानाले झुपडी छोप्न नसक्नु, समस्या सबैको छ । उनका ३ छोराछोरी अपा· हुनुले पवित्रालाई जीवनमा कुनै पनि बेला मनमा शान्ति मिलेको छैन । एक छोरा र दर्ुइ छोरीहरू कोही आँखाले नदेख्ने त कोही बोल्न, सुन्न नसक्ने छन् । उनीहरूको जीवनले गर्दा पीरको भारी बढेकोबढै छ पवित्रामा ।
सुकुम्बासी बस्ती बुटवल-९ दीपनगरका नन्दलाल परियार पनि पवित्राको कलसँगै कल सञ्चालन गर्ने व्यवसायी हुन् । रगतको नाताले पवित्रा दिदी हुन् । दिदीको जीवन त सडकमै कल चलाएर बितेको छ, भाइहरूले पनि व्यवस्थित सिलाइ कटाइ व्यवसाय संचालन गर्न नसक्नुको चिन्ता आफूमा भन्दा दिदी पवित्रालाई नै बढी भएको नन्दलालले बताए । जातीय विभेद, छुवाछुत, छोइछिटोजस्ता कलंकित प्रथा, कुरीति, कुसंस्कृति, गलत सामाजिक धारणाको मूल्य मान्यताको जरा उखेल्न नसकेको समाजमा सडक छेउँमा कल लिएर बसेकाहरूका सामु ठूलाबडाहरू कपडा सिलाउन आउन सम्भव छैन । अर्को यथार्थ त्यहाँ सुट, टाइ, कोट, पाइन्ट, कर्ुता, सुरूवाल, चौबन्दीहरूको सिलाइ काम हुँदैन ।
पुराना, धुराना कपडाहरू टाल्ने काम उनीहरूको हो, त्यहाँ उनीहरू जस्ता गरिब निमुखा, र्सवसाधारण वर्गका सुकुम्बासीहरूले गलेका, टालटुल पारेर लगाउन सकिने कपडा ल्याउने गर्छन् । पुरानै अवस्थामा रहिरहँदा अवस्था उठाउन के गर्ने भन्ने सोचमा छन् शंकर परियार, बलबहादुर परियार । छोराछोरीको पिरलोले व्यथित भएकी पवित्राको उमेर ५५ भन्दा बढी भएकोले अवस्थाको विकास गर्न उनै भाइ भतिजाहरूलाई जिम्मा दिएकी छन् । पवित्राका श्रीमान् पनि एकै ठाउँमा बसेर काममा सघाउने गर्दछन् । छोराछोरीको चिन्ता बाबुलाई पनि छ । ती अपा· छोराछोरीहरूको व्यवस्था कसरी गर्ने भन्नेतर्फबाटाहरू खोज्ने क्षमता छैन बलबहादुरसँग । दलित उत्थानका नाममा विदेशबाट नेपाल भित्रिने डलर, राजाबाट गरिने झारा टार्ने काम स्वरूपका गतिविधिहरू कता अलमलिएका छन्, झलमलिएका छन्, फिटिक्कै थाहा छैन बलबहादुर परियारलाई ।
शिक्षाको अवसरबाट दलित समुदायका बालबालिकाहरू वञ्चित हुनु परेका कारण सडकमा खाते जीवन विताइरहन बाध्य बालबालिकाहरूको समस्याबाट परिचित शंकर र नन्दलाल परियार यतातर्फनिकै संवेदनशील छन् । आफूले सडकमै सिलाइ मेसिन राखेर भए पनि छोराछोरीलाई कम्तीमा पनि होटलमा जुठो भाँडा माझ्न, सडकमा चुरोट पिएर बोरा ओसारेर हिंड्नेदेखि जोगाउन सकेकोमा गर्व पनि छ यिनीहरूलाई । तर विकासका उछालपुछाल, उज्याला अध्याराहरूले आफ्नै सन्तानहरूलाई उचित शिक्षा दीक्षा प्रदान गर्न नसक्दा भोलिको भविष्यप्रति अक्कमक्क छन् यी चारजना सिलाई मेशिनेहरू । उनी चाहन्छन्, ँछोराछोरीको उचित लालनपालन र शिक्षा दीक्षाप्राप्त हेास् ।
नन्दलालको १४ वषर्ीय छोराले मात्र स्कूल जाने मौका पाएका छन् । अरू छोराछोरीले घरमा बसेर तर्ुपाइ गर्ने, टाँक लगाउने, चेन राख्ने, प्रेस गर्ने काम गर्दागर्दै स्कूल जाने समय टलाए । यस अवस्थाप्रति नन्दलालको भक्कानो छुटेर आँशु खस्छ । बुटवलमा जान्ने बुझ्ने दलित बुद्धिजीवीहरू धेरै उत्पादन भएका छन् । के गर्ने, पूँजीवादी समाज व्यवस्थाको सामन्ती सामाजिक संरचना ती बुद्धिजीवीहरूका आँखाहरू झुक्किएर पनि सिलाइ मेशिनवाला ति सडकेहरूतिर जाँदैनन् । पढेलेखेका, चिल्ला मोटर, कार, बाइक, ट्याक्सीमा हिंड्ने दलित समुदायका बुद्धिजीवीहरूसँग निर्धक्क भएर आफ्ना अवस्था उठाइदिन आग्रह गर्ने आँट छ या छैन उनीहरूले एउटै स्वरमा भने, ँहामी हाम्रै जातका ठूला बडासँग पनि शिर ठाडो गरेर बोल्न सक्दैनौं ।
दलित बुद्धिजीवीहरूमा चिन्ने भनेकै उनीहरूले विनोद पहाडी -परियार)लाई हो । नवलपुर सुकुम्बासीकी पवित्रा र नन्दलालले विनोद पहाडी बुटवलमा आउँदा आफ्ना छोराछोरीको व्यवस्था गरिदिन आग्रह गर्ने सोंच बनाएका छन् । विनोद पहाडी नेपाली पत्रकारितामा र दलित समुदायमा चर्चित नाम हो । यद्यपि, पहाडी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् भन्ने उनलाई थाहा छैन । उनीहरूलाई यत्ति थाहा छ कि कम्तीमा पनि विनोद पहाडी सडके, सानातिना मान्छेसँग बोल्न, समस्या सुन्न, बुझ्न अल्छि मान्दैनन् ।
सडकमा सिलाइ मेशिन राखेर विकासको धार पर्खिरहेका यी सडक मेशीनेहरूले के दलित विकासको नाममा आउने रकमको स्वाद चाख्न पाउलान् त - कहिले आउलान् परिवर्तनका दिशाहरू - के थाहा भर्खरमात्र राष्ट्र धर्मनिरपेक्ष राज्य भनेर घोषित भएको - यसबारे गाउँले भाषामा कुरा गर्दा सबै किसिमका समस्याहरू झेल्दै आएकी पवित्रा भन्छिन्, ँसधैं हेलो होँचो अवस्थामा छौं ।
————————————————————————————————————————

बसोवास वस्ति संरक्षण् समाज पश्चिम क्षेत्रिय समन्वय समितिको १६ बुँदे घोषणा पत्र जारी गर्दै पोखरामा दर्ुइ दिने भेला सम्पन्न ।
संविधानसभामा १७ लाख भन्दा बढि सुकुम्वासि तथा अव्यवस्थित बसोवासिहरुको न्यायपर्ूण्ा प्रतिनिधित्व हुनु पर्नेमा जोड ।
आरजु पोखरा

नेपाल बसोवास वस्ति संरक्षण् समाज पश्चिम क्षेत्रिय समन्वय समितिको पोखरामा सम्पन्न दर्ुइ दिने भेलाले १६ बुँदे घोषणा पत्र जारी गरेको छ ।
भेलामा महाकालिको कञ्चनपुर देखि नारायणी पश्चिमका १० वटा जिल्लाका पदाधिकारीहरु, केन्द्रिय अध्यक्षहरु, उपाध्यक्षहरु, महासचिव लगाएतका सहयोगी संस्था लुमन्ती आवासका लागि सहयोग समूह काठमाडौं र कास्कीका पदाधिकारीको उपस्थिति थियो ।
भेलाले प्रमुख रुपमा देशमा दीगो शान्ती कायम हुन पर्नेमा जोड दिएको छ । भेलाबाटै समावेसि लोकतान्त्रिक गणतन्त्रको दृष्टिकोण बनाईएको र आगामी दिनमा सम्पन्न हुने संविधानसभामा १७ लाख भन्दा बढि सुकुम्वासि तथा अव्यवस्थित बसोवासिहरुको न्यायपर्ूण्ा प्रतिनिधित्व हुनु पर्नेमा जोड दिईएको छ ।
निर्वाचन क्षेत्रको पर्ुनसंरचना हुनुपर्ने दृष्टिकोणलाई अघि सार्दै जिल्ला, नगर, गाउँ इकाई र टोलहरु परीचालित हुने जनाईएको छ । वसोबासको आधारमा जग्गाधनि प्रमाण पर्ूजा प्राप्त हुनु पर्ने, विना बर्साई सर्राई प्रमाण पत्र नपाईने परीपाटिको अन्त्य हुनु पर्ने, सुकुम्वासि तथा अव्यवस्थितहरुकोे मतदाता नामावलिमा षडयन्त्र हुन नहुने साथै विगतमा वसोवास कार्यकर्ता माथि ज्यान मार्ने धम्कि दिईएकोमा खेद व्यक्त गरीएको छ ।
भेलाले सुकुम्वासि जग्गा किनबेच हुने जस्ता समस्यामा चिन्ता व्यक्त गर्दै गरीव सुकुम्वासिहरुको घर, टहरा, घर छाप्रो भत्काउने सूचना टाँस भएकोमा विरोध गरीएको जनाईएको छ । यस्ता गम्भिर विषयमा नेपाल सरकारको ध्यानाकर्षा गर्राईएको छ ।
साथै कृषि क्षेत्रको समस्या समाधान हुनु पर्ने, विना धितो ऋण प्रवाह गरी गरीवि अनुदानको व्यवस्था गर्न माग गरीएको छ । भेलाबाटै महिलाहरुले संविधान निर्माण तथा सरकार गठनमा समान अवसर पाउनु पर्नेमा जोड दिईएको छ । घरेलु हिंसाको अन्त्य, वालविवाह, बहुविवाह, दाईजोप्रथा, चेलिवेटि वेचविखन लगाएत महिला माथि हुने गरेका अपराधका विषयमा स्पष्ट सजायको व्यवस्था हुनु पर्ने जनाईको छ । आमाको नाम बाट नागरीकता पाउनु पर्ने प्रस्तावलाई संसदले पास गरेकोमा स्वागत गरीएको छ ।
सुकुम्वासि महिलाहरुको पनि सरकारको निति निर्माण प्रक्रियामा सहभागिता हुनु पर्ने कुरालाई पश्चिम क्षेत्रिय भेलाले अनुमोदन गरेको छ ।
भेलामा “समावेसि लोकतान्त्रिक गाणतन्त्र व्यवस्थामा सुकुम्वासि तथा अव्यवस्थितहरुको स्थान, संविधानसभा र हाम्रो भूमिका विषयक २ वटा कार्यपत्र प्रस्तुत गरीएको थियो ।
—————————————————————————————————————

५ वटा सुन्तला उत्पादक सहकारी संस्थालाई दिइएको ४ दिने सहकारी व्यवस्थापन तालिम आज लेखनाथमा सम्पन्न
आरजु पोखरा

सुन्तला व्यवसायको पर््रवर्द्धन एवं विकासको लागि ५ वटा सुन्तला उत्पादक सहकारी संस्थालाई दिइएको ४ दिने सहकारी व्यवस्थापन तालिम आज लेखनाथमा सम्पन्न भएको छ ।
समापनका अवसरमा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत र्सर्ुयनाथ कोइरालाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै, तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।
राष्ट्रिय सुन्तला उत्पादक सहकारी संघका अध्यक्ष केशर प्रसाद निर्दोषिले कास्कीका ग्रामिण क्षेत्र सुन्तला उत्पादनका दृष्टिले उपयुक्त रहेकेा बताउदै, सहकारीको अवधारणा अनुरुप संगठित हुँदै अगाडी बढ्न कृषकहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बाणिज्य संघका प्रथम उपाध्यक्ष बाबुराम जमरकट्टेल, महासचिव प्रकाशलाल श्रेष्ठ, उपमहासचिव लक्ष्मी प्रसाद त्रिपाठी, रुद्र भट्टर्राई लगाएतले बोल्नु भएको थियो ।
————————————————————————————————————–

तीन दिवशिय आर्थिक व्यवस्थापन तथा प्रतिवेदन लेखन तालिम पोखरामा शुरु
आरजु पोखरा

युएनडीपी विश्व वातावरण कोष विकास केन्द्रको संयुक्त आयोजनामा तीन दिवशिय आर्थिक व्यवस्थापन तथा प्रतिवेदन लेखन तालिम पोखरामा शुरु भयो ।
कास्की, तनहुँ, काठमाण्डौं, तेह्रथुम, र्सलाही, ताप्लेजुङ, बैतडी चितवन, डोटी, पर्वत लगाएतका २० जिल्लाका २० प्रशिक्षार्थीहरुको तालिममा सहभागिता रहेको छ ।
दोहोरो लेखा प्रणाली, आर्थिक प्रतिवेदन, लेखा व्यवस्थापन लगाएतका विषयहरुमा सहजकर्ताहरु विवेकधर शर्मा, निरज श्रेष्ठ, जनकराज जोशी र सिता न्यौपानेले सहजीकरण गर्नु हुने जनाइएको छ ।
एकिकृत ग्रामिण विकास केन्द्रका अध्यक्ष शेहर अर्यालले कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।
—————————————————————————————————————-

सराङकोट गाविसमा भएको विवाद पछि झगडा हुँदा गुरुङ घाइते
आरजु पोखरा

माओवादी कार्यकर्ता र लागु औषधको कारोबार गर्ने महिला खुशीमाया गुरुङ विच कास्कीको सराङकोट गाविसमा भएको विवाद पछि झगडा हुँदा गुरुङ घाइते भएकी छन् ।
संगठन विस्तारका क्रममा माओवादी कार्यकर्ता त्यहाँ पुगी प्रशिक्षण कार्यक्रम गरिरहेका बेला गुरुङले अभद्र व्यवहार गरेको माओवादीले जनाएको छ ।
अभद्र व्यवहार गरी कुटपिट गर्न थालेपछि माओवादी कार्यकर्ताले प्रतिकार गरेका हुन माओवादी कास्कीका नेता आसमानले भने “त्यसपछि भाग्ने क्रममा ती आफै घाइते भएकी हुन ।
घाइते गुरुङको मणिपाल अस्पतालमा उपचार भइरहेकेा छ । घट्नापछि कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । माओवादीले भने ती आफ्ना कार्यकर्ता नभई र्सवसाधारण भएको बताएको छ । घाइते भएकी महिला लागु औषधको कारोबारमा गर्ने व्यक्ति भएको माओवादीले जनाएको छ ।
प्रहरीले समेत ती महिला लागुऔषध कारोवारमा संलग्न भएको सूचना आएको जनाउँदै, चारै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखिएको छ ।
——————————————————————————————————————–

रेडियो अन्नपर्ूण्ा र सहारा क्लव पोखरा विच विश्वकप फुटवल प्रतियोगिताको अवसरमा यही जेठ २५ गतेे पोखरा रंगशालामा मैत्रीपर्ुण्ा फुटवल प्रतियोगिता हुने

आरजु ोखरा
रेडियो अन्नपर्ूण्ा र सहारा क्लव पोखरा विच विश्वकप फुटवल प्रतियोगिताको अवसरमा यही जेठ २५ गते दिउसो ४ बजे पोखरा रंगशालामा मैत्रीपर्ुण्ा फुटवल प्रतियोगिता हुने भएको छ ।

भोलिको नयाँ नेपाल, सुन्दर शान्त र समृद्ध लोकतान्त्रकि नेपाल मैत्री स्वस्थ प्रतिस्पर्धा, मानवविकासको स्वस्थ आधारशिला भन्ने नाराका साथ मैत्रीपर्ूण्ा खेल हुन लागेको हो ।

प्रतियोगिता अवलोकनका लागि उपस्थित हुन आयोजक संस्थाहरुले सम्पर्ूण्ा र्सवसाधारणलाई अनुरोध गरेका छन् ।
——————————————————————————————————————-

धर्मनिरपेक्ष भएको संसदको ऐतिहासक घोषणको स्बागत
चन्द्रकान्त खनाल बुटबल
अखिल नेपाल जनजातिमहासंघ बुटबल ले यो घोषणाको स्बाग गरेका छन । अहिले नेपाल जनजातिमहासघ रुपन्देहि शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै जनमोर्चा नेपालका संसदपरि थापाले अन्यकार्य गर्देपनि जनजातिलाइृ प्रथामिकता दिनु पर्ने बताउनु भयो जनजाति हरुलाइृ अहिले सम्म जातित्बको स्बाकार गर्ने नसकेको हिलेको सरकार ले अहिले जनआन्दोलनबाट आएको सरकार ले गरेको यो निर्णर्य स्बागत योग्ग रहेको बताउनु भयो । कार्यक्रममा केबि गुरुड र्सयलाल गुरुड लगाएतलेबोल्नु भएकोथियो
आमसभाहु पहिले निस्केको जुलुसले बुटबलको बिभिन्न भागमा गएर परिक्रमा गरेकोथियो
———————————————————————-

माओवादीद्धारा मोटरसाइकल कब्जा
विपुल पोख्रेल दाङ,
सांसद गेहेन्द्र गिरीका बुवा देव्रि्रसाद गिरी चढेको भे १ प ५१७४ नम्वरको मोटरसाइकल माओवादीले आज दाङको टरिगाउँबाट आफ्नो नियन्त्रणमा लिएका छन ।
खुशल चौधरी नाम गरेका माओवादीले गिरीलाई शोषक सामन्ती भन्दै मोटरसाइकल लिएर गएको गिरीको पारिवारिक स्रोतले जनाएको छ ।
घटनाको पुष्टि गर्दै सांसद गेहेन्द्र गिरीले १२ बदे समझदारी र आचारसहिंता लागू भइसकेको अवस्थामा यस्ता गतिविधि रोक्न र नियन्त्रणमा लिइएको मोटरसाइकल तत्काल ससम्मान फिर्ता गर्न माओवादीलाई आग्रह गर्नु भएको छ ।
————————————————————————–

तरुण दलको जागरण अभियान टोली दाङमा
विपुल पोख्रेल दाङ
जनआन्दोलनबाट स्थापित अधिकारलाई संस्थागत गर्ने उद्देश्यले नेपाल तरुण दलले थालेको मेचि-महाकालि तरुण जागरण अभियान टोलीले आज देउखुरीमा एक कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा दीगो शान्ति स्थापनाका लागि राजनिति दल लगाएत नागरिक समाज गम्भिर भएर लाग्नुुपर्नेमा जोड दिएका थिए । अव मूलुकले संविधान सभाबाट निकास पाउने भन्दै बक्ताहरु त्यस दिशामा देश अघी बढिसकेको बताएका थिए ।
दलका जिल्ला अध्यक्ष शुशील आचार्यको सभापतित्व एवं नेपाली काग्रेस दाङका उपसभापति कमानसिंह डागीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथि दलका महासचिव पष्प पराजुलीले सशस्त्र द्वन्द्वको अन्त्य, दीगो शान्ति बाहाली र भयरहित बातावरणमा संविधान सभाको चुनाव गर्ने बातावरण निर्माणका लागि दलले यस्तो अभियान थालेको बताउनु भएको थियो ।
काग्रेस उपसभापति डागीले दल र माओवादी बिचको १२ बुदे समझदारी एवं २५ बुदे आचारसहिंताको इमान्दारीपर्ूवक पालना हुनुपर्नेमा जोड दिनुभएको छ । राजनितिक आस्थाका आधारमा बिस्थापित जीवन बताइरहेकाहरुलाई पर्ुनस्थापना गर्ने विषयमा काग्रेस लागिरहेको बताउदै उहाँले त्यसका लागि माओवादीको पनि सहयोग चाहिने बताउनु भयो ।
त्यस कार्यक्रमलाई दलका केन्द्रिय सदस्यद्धय कमल भुसाल र यज्ञनारायण आचार्य,सरस्वती तिवारी, नेपाली काग्रेसका क्षेत्रिय सभापति बासुदेव जंगली, नेपाली काग्रेसका केशव आचार्य, मधुुसुदन न्यौपाने, नेपाल किसान संघका जिल्ला सचिव शिवशंकर देवकोटा, बालकृष्ण डागी, देवनारायण चौधरी, दलका उपाध्यक्ष टीका र्घर्तिमगर, पत्रकार चुमा आचार्य लगाएतकाले आफ्नेा धारणा राख्नुभएको थियो ।
कार्यक्रम शुरु हुनु पर्ूव एक र्‍यालीले लमही बजार परिक्रमा गरेको थियो । तरुण दलले त्यस्तो अभियान महाकाली गड्डा चौकी नाकाबाट जेठ १४ गते शुरु गरेको थियो । यस्तो अभियान जेठ २३ गतेसम्म जारी रहने बताइएको छ ।
———————————————————————————————————————–

भूमिहिनहरुद्धारा भूमिवैंक खारेजीको माग
विपुल पोख्रेल

दाङका भूमिहिनहरुले शाही सरकारका पालामा ल्याइएको भूमिवैंक तत्काल खारेजीको माग गरेका छन ।
आज घोराहीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले भूमिवैंको नितिले भूमिहिनहरुलाई कंगाल बनाउने भन्दै त्यस्तो माग गरेका हुन ।
पत्रकार सम्मेलनमा उनीहरुले क्रन्तिकारी भूमिसुधार कार्यक्रम ल्याउन र भूमिहिनहरुका समस्या समाधानमा गृहकार्य गर्न सरकारसँग माग पनि गरे ।
त्यस कार्यक्रमा भूमिहिनहरुले अहिलेसम्मका सरकारहरु आफ्ना माग पुरा गराउने बिषयमा गम्भिर नबनेको गुनासो गर्दै बर्तमान लोकतान्त्रिक सरकारले आफ्ना समस्या समाधानका लागि बिषेश कार्यक्रम ल्याउने विश्वास पनि ब्यक्त गरेका थिए ।

—————————————————————————————————————–

जनसभाबाट र्फकदै गर्दा भएको दर्ुर्ुघटनामा एकको मृत्यु, सात र्घाईते
विपुल पोख्रेल
माओवादीले आज घोराहीमा आयोजना गरेको जनसभामा सहभागी भई र्फकदै गर्दा भएका छुट्टाछुट्टै दर्ुघटनामा एकको मृत्यु भएको छ भने अन्य ७ जना र्घाईते भएका छन् । घोराहीबाट स्युजा जादै गरेको वसबाट लड्दा स्युजा ८ का वसन्त भण्डारीको मृत्यु भएको छ । उनको उपचारका लागि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको थियो ।
यसैगरी घोराहीबाट रामपुतर्फजादै गरेको २२ नंवरको जीप लक्ष्मीपुर बालिमखोलामा दर्ुघटनामा पर्दा ७ जना र्घाईते भएका छन् । र्घाईतेहरुको जिल्ला अस्पताल घोराहीमा उपचार भईरहेको छ । र्घाईतेहुनेहरुमा रामपुर गाविसकी डिला वि.क., सर्ुर्केडा“गीका पोषण कालाथोकी, रामपुर ४ की रोमी नेपाली, रामपुर ९ सुकाखोलाका यशु थापा, रोल्पा खुग्रीका सञ्जय सुनार र वैभाङ वाग्लुङका श्याम सुनार रहेका छन् । र्घाईते मध्येकेहीको अवस्था गंभिर रहेको छ ।

भ्रष्टाचारबिरुद्ध गोलमेच छलफल सम्पन्न
राजनीतिक दलका नेता तथा नागरिक समाजका प्रतिनिधिद्धारा भ्रष्टाचारबिरुद्ध र्सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर

माधवराज तिवारी
काठमाडौँ

भ्रष्टाचारविरुद्ध शसक्त रूपमा अगाडि बढ्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले राजधानीमा भ्रष्टाचारविरुद्ध र्सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । भ्रष्टाचारबिरुद्ध नागरिक समाज परियोजना प्रो पब्लिकले राजधानीमा आयोजना गरेको “भ्रष्टाचारविरुद्ध राजनीतिक दल र नागरिक समाजको अपेक्षा” विषयक गोलमेच छलफमा उक्त प्रतिबद्धता जनाइएको हो । श्री ५, नेपाली सेना र न्यायालयलाई भ्रष्टाचारविरुद्ध अनुसन्धानको दायरामा ल्याउनु पर्ने प्रस्ताव उक्त प्रतिवद्धताले गरेको छ । त्यसैगरी प्रतिवद्धतामा भ्रष्टाचारविरुद्ध वर्तमान संसदमा अविलम्व संकल्प प्रस्ताव पास हुनु पर्ने, राजनीतिक दलको घोषणापत्रमा भ्रष्टाचारको विषयलाई प्रमुख एजेण्डाको रूपमा राख्नु पर्ने, चन्दाको विवरण र्सार्वजनिक गर्नुपर्ने र सीमा तोक्नुपर्ने, दातृ निकायलाई पनि अनुसन्धानको दायरमा ल्याउनु पर्ने, भ्रष्टाचारविरुद्ध अर्न्तराष्ट्रिय महासन्धी अविलम्व अनुमोदन गर्नु पर्ने लगायतका वंुदाहरू समावेश छन् ।
छलफल कार्यक्रममा बोल्नु हुदैँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र्सर्ूयनाथ उपाध्यायले यसप्रकारको संकल्प वर्तमान अवस्थामा उपयुक्त भएको र यसलाई संसदले अविलम्व पास गर्नु पर्ने बताउनु भयो । प्रमुख आयुक्त उपाध्यायले “भ्रष्टाचार रोक्नको लागि बलियो अनुगमन संयन्त्र हुनु आवश्यक छ, त्यसैगरी भ्रष्टाचारविरुद्ध अर्न्तराष्ट्रिय महासन्धी संसदले तुरुन्त अनुमोदन गर्नु पर्छ ।” भन्नु भयो ।
>matterer

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री रामचन्द पौडेलले न्यायलयलाई पहिले नै अख्तियारको दायराभित्र ल्याउने प्रयास गरिएको तर सफल नभएको बताउनु भयो । पौडेलले भन्नुभयो-”राजाको मर्ुखताले गर्दा विगत केही वर्षअख्तियारले मुकदर्शक भएर वस्नु पर्ने स्थिति पनि आयो ।” साथै अवको नयाँ नेपालको संविधानमा सवैलाई बराबर कानुन लाग्ने व्यवस्था हुनु अति आवश्यक भएको कुरा बताउनु भयो । नेकपा एमालेका सांसद शंकर पोख्रेलले भ्रष्टाचारबिरुद्ध सामाजिक जागरण र सास्कृतिक रुपान्तरण गरिनु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले आफ्नो पार्टर्ीीत्र भ्रष्टाचारको अध्ययन गर्ने छुट्टै निकाय गठन् भइसकेको जानकारी दिनु भयो । छलफलमा प्रा.डा. यज्ञप्रसाद अधिकारीले राजनीतिक दलहरूकै पारदर्शिता नभएकोले र्सवप्रथम उनीहरूले आफ्नो सम्पत्तिको विवरण र आय-व्यय र्सार्वजनिक गर्नुपर्ने बताउनु भएको छ ।
साथै उहाँले भ्रष्टाचारको प्राथमिक स्रोत मन्त्री रहेको दाबि गर्दै मन्त्रिले लोभ नगरे भ्रष्टाचार कम गर्न धेरै मात्रामा सहयोग मिल्ने बताउनु भयो । सोही छलफलमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्य डा.नारायण मानन्धरले हिजोको भ्रष्टाचार खोतल्नु भन्दा पनि भोलिको भ्रष्टाचार कसरी रोक्ने भन्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो । नेपाली कांग्रेस प्रजातान्त्रिकका नेता डा. मिनेन्द्र रिजालले संयोजन गर्नु भएको उक्त गोलमेच छलफलमा विद्यार्थी नेता गगन थापाले सरकारले भ्रष्टाचारको बिरुद्धमा हाल सम्म कुनै ठोस उपाय अवलम्बन नगरेको बताउनु भयो ।
नेपाल मजदुर किसान पार्टर्ीी प्रेम सुवालले बिदेशमा जस्तै नेपालमा पनि भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचार गर्नेलाई फासिनै दिने कानुन बनाउनु गर्नेमा जोड दिनु भएकोे थियो । कार्यक्रममा जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणि पोखरेलले देशको पचास प्रतिशत बजेट स्थानिय निकायबाट खर्च गर्ने व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा राप्रपाका दिलिप र्राई, सांसद प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, एन पी सउद लगायतले पनि भ्रष्टाचार बिरुद्ध दरिलो संयन्त्रको खाचोँ रहेको औल्याउनु भयो । कार्यक्रमा उपस्थित सांसद, तथा राजनीतिक दलका नेता र नागरिक समाजका प्रतिनिधिले भ्रष्टाचार बिरुद्ध र्सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा उपमहालेखा परीक्षक बच्चुराम दाहालले संसद नभएको कारण विगत चार पाँच वर्षेखि महालेखा नियन्त्रण कार्यालयको प्रतिवेदन त्यसै थन्किएर बसेको बताउनु भएको थियो । राष्ट्रको वजेट स्थानीय निकायबाट पनि खर्च गर्ने व्यवस्था हुनुपर्ने कुरामा अधिकांश वक्ताहरूले बताएका छन् । त्यसैगरी सहभागीहरूले न्याय क्षेत्रको कारोवार र्सार्वजनिक गर्न सकिने कानुन बन्नु पर्ने कुरामा जोड दिएका थिए ।
छलफल कार्यक्रममा आयोजक सस्ंथाका निर्देशक केदार खड्काले आजको प्रतिबद्धतालाई सम्बन्धित निकायसम्म पुर्‍याउन निरन्तर पहल गर्ने बताउनु भएको थियो । छलफलमा राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि तथा भ्रष्टाचारविरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
———————————————————————————————-
युद्धविरामपछि माओवादीको पहिलो बिशाल सभा
प्रधानमन्त्रि र गृहमन्त्रि जनसेना र मिलिसीया प्रयोग गर्न आग्रह, युद्धमा नर्फकने माओवादी नेताहरुको प्रतिवद्धता
दाङ, जेठ १७ ।



युद्धबिराम पछाडी माओवादीका केन्द्रिय नेताहरुको उपस्थितीमा बुधवार दाङको सदरमुकाम घोराहीमा बिशाल जनसभाको आयोजना गरिएको छ ।
त्यस सभामा राप्ति अञ्चलका ५ बटै जिल्लाबाट सहभागिहरु आएका थिए । ६ दिनसम्मको पैदल यात्रा हिडेर आउनेहरु पनि त्यहा भेटिन्थे भने महिला र स्कूले बिद्यार्थीहरु पनि उल्लेख्य मात्रामा सहभागि थिए ।
केन्द्रिय आधार इलाकिय ब्यूरोको आयेाजनामा भएको कार्यक्रममा बोल्ने माओावादी नेताहरुले हाल राजासगँको लडाइको एउटा उचाइमा पुगेको बताउदै तर त्यो नसिद्धिएको बताएका थिए भने यो लडाइले उचाइ ग्रहण गर्नुको कारण दल र माओवादी बिचको समझदारी नै भएको बताएका थिए । नेताहरुले चालु बार्ताप्रति सरकारात्मक हुन आग्रह गर्दै अव आफूहरु युद्धमा नर्फकने कुरामा निकै जोड दिएका थिए ।
कार्यक्रमलाई माओवादी बक्ता टोलीका सदस्य नारायण शर्मा, केन्द्रिय सदस्य नेत्रबिक्रम चन्द उर्फबिप्लव, माओवादी सेनाका पश्चिम डेपुटी कमाण्डर जनार्दन शर्मा आचार्य उर्फप्रभाकर लगाएका नेताहरुले सम्वोधन गर्नुभएको थियो ।
डेपुटी कमाण्डर शर्मा आचार्यले आफ्नो सेनाले पार्टर्ीीे निर्देशन अनुसार शान्तिको एजेण्डा लिएर वार्तामा आएको बताउनु भएको थियो । केन्द्रिय सदस्य बिप्लवले राष्ट्रिय हितको पक्षमा सवै दलहरु सगै माओवादी पनि दलिय दायरा भन्दा माथि उठेर समझदारी गरेकै कारण राजालाई झुकाउन सम्भव भएको बताउनुभयो ।
बक्ता टोलीका सदस्य नारायण शर्माले आफूहरु शान्तिको पक्षमा रहेको बताउदै तर त्यो शान्ति शब्द जपेर मात्र नआउने बताउनु भयो । प्रतिगामीहरुको भित्रि षडयन्त्र र बिदेशी गतिविधीबाट र्सतर्क हुदै १२ बुदे समझदारी अनुसार अधि बढ्नु पर्नेमा उहाँको जोड थियो । सवै नेताहरुले आफूहरु र दलहरुबीच समझदारी भए अनुसार राजतन्त्रका सम्वन्धमा अन्तिम फैसला संविधान सभाले गर्ने बताउनु भएको थियो ।
उहाँहरुले संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु पर्नेमा भने सामुहिक अपिल गर्नु भएको थियो ।
केन्द्रिय सदस्य बिप्लवले राजाको अन्त्यका लागि दर्ुइ बटा बाटा छन भन्दै बार्ताको बाटो असफल भए दोस्रो बाटो रोजी नयाँ तुफानको सृष्टि गर्ने चेतावनी गर्नुभयो । बिप्लवले नयाँ तुफानको सृष्टिको कुरा गरेपनि उहाँ बार्ताबाटै निकास निस्कने कुरामा बढी बिश्वस्त देखीनुहुन्थ्यो । केन्द्रिय सदस्य बिप्लवले निकास निकाल्न ढिलाई भए प्रगिगामीले फाइदा उठाउने तर्फसजक हुनु पर्नेमा जोडदिनुभयो ।
केन्द्रिय बक्ता टोलीका सदस्य नारायण शर्मा तथा बिप्लवले जस्तै प्रभाकरले पनि आफूहरु कमजोर भएर बार्तामा नआएको स्पष्ट पार्न धेरै समय खर्चिनु भएको थियो । आफूहरु हजारौ बर्षलडुन पनि तयार रहेको बताउदै माओवादी सैन्य दस्ताका प्रमुख मध्यका एक प्रभाकरले तर अहिले प्रचण्डको योजना अनुसार देशलाई शान्त र समृृद्ध बनाउन आफूहरु अग्रसर रहेको बताउनु भयो । उहाँले पटक पटक भन्नुभयो- अव हामी युद्धमा र्फकन्नौ, हाम्रो एजेण्डा शान्ति हो ।
उहाँले प्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला र गृहमन्त्रि कृष्णप्रसाद सिटौलालाई सम्वोधन गर्दै भन्नुभयो- १२ बुदे समझदारी अनुसारको प्रतिवद्धता पुरा गर्न सेना र प्रहरीले साथ दिएका छैनन या दिदैनन भने हामीलाई आदेश दिनुहोस हाम्रा जनमिलिसीया र जनसेना तपाईहरुको साथमा रहने छन ।
स्थानिय निकायको पर्ुनबाहालीको मुद्धाप्रति ठाडो असहमति ब्यक्त्ा गर्दै सवै बक्ताहरुले संसद र संविधान बिघटन गरी बार्ताबाट अन्तरिम संविधान तथा अन्तरिम सरकार निर्माण गर्दै संविधान सभामा जाने पार्टर्ीीे रोडम्याप प्रस्तुत गरेका थिए ।
केन्द्रिय बक्ता शर्माले नेपाली जनताको चाहानालाई कसैले खलबल्याउन नसक्ने बताउनुभयो । माओवादीको मगरात स्वायत्त प्रदेशका प्रमुख सन्तोष बुढाको सभापतित्वमा र हजारौ हजारको सहभागितामा भएको कार्यक्रममा केन्द्रिय सदस्य बिप्लवले चन्दा स्वच्छिक हुने, कब्जा गरिएको जग्गा फिर्ताको मुद्धालाई प्रकृयामा लगिने आश्वासन दिदै चन्दाबाट आफूहरुले मोजमस्ति नगरेको स्पष्टीकरण दिनुभयो । उहाँले आफ्ना बन्दी छाड्ने सरकारी प्रकृयालाई स्वागत गर्दै त्यस काममा ढिलाई नगर्न आग्रह गर्नुभयो ।
सभालाई महिला संघ क्रान्तिकारीकी अध्यक्ष जयपुरी र्घर्ति किसान संघ क्रान्तिकारीका कुवेर वली, अखिल क्रान्तिकारीका रामदिप आचार्य, जिल्ला इन्चार्ज डायमण्ड, थारुवान मुक्तिमोर्चाका इन्द्रजित थारु, लगाएतकाले सम्वोधन गर्नुभएको थियो ।
sudeep gautam
————————————————————-

जोरपाटिको नविल बैक लुट्ने क्रममा २ जना पक्राउ, लुटेराहरु र प्रहरी दोहोरो गोलीहानाहानमा ३ जनाको मृत्यू
बैक लुट्ने पर्ुव माओवादी कमाण्डर र भगौडे प्रहरी भएको खुलासा
जोरपाटीस्थित नेपाल अरब बैंक लुट्ने क्रममा लुटेराहरु असफल भएका छन् । बैंक लुट्ने योजनासहित सात जनाको सशस्त्र लुटेरा समुहले किया कम्पनीको बा १ ज ७४०६ नम्बरको माइक्रो बस र एउटा ट्याक्सी रिजर्भ गरी बैंक लुट्न पुगेका थिए । हतियारसहित बंैक लुट्ने क्रममा बैंकभित्र प्रवेश गरि एक झोला पैसासहित बाहिर निस्केर भाग्दै गर्दा बंैकका सेक्यूरीटी गार्डमाथि सशस्त्र लुटेराको समूहले एक्कासी गोली प्रहार गरेको थियो भने बैंक लुटपाट भएको जानकारी पाएर त्यहाँ पुगेको प्रहरीले लुटेरा समूहलाई लक्ष्यित गरी फायर खोलेको थियो । दोहोरो गोली हानाहानमा लुटेरा समूहले प्रहार गरेको गोली लागि बंैकका सेक्यूरीटी गार्डद्वय तेजबहादुर थापा -पर्ूव प्रहरी हवल्दार) र प्रेमबहादुर तामाङ मारिएका छन् भने अर्का बैंक लुट्न प्रयोग गरीएको माइक्रो बसका चालक छेवाङ बहादुर लामा पनि दोहोरो गोली हानाहानमा सिकार बनेका छन् । दोहोरो गोली हानाहान भएपछि त्यसक्षेत्र आतंकित भएको थियो । प्रहरीका अनुसार सशस्त्र लुटेरा समूहबाट दर्जनौं राउण्ड फायर भएको थियो भने प्रहरीले पनि केही राउण्ड जवाफी फायर खोलेको बुझिएको छ ।
बैंकबाट लुटिएको करिब २६ लाख रकम प्रहरीले लुटेरालाई पछ्याउँदै जाने क्रममा जोरपाटीदेखि एक किमी पर नयँा बस्ती, बाहुनधाराबाट दर्ुइ हतियारधारी लुटेराले झोलामा राखेर लगेको अवस्थामा फायर गर्दै खोस्न सफल भएको हो । लुटेराहरुको साथबाट दर्ुइ थान पेस्तोल २५ लाख ५४ हजार ८२ रुपैयाँसहितको झोला खोस्न तथा ती दर्ुइ लुटेरालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रहरीको नेतृत्व वप्रका बौद्धका र्सइ मिनबहादुर तामाङले गरेका हुन् ।
सात जना लुटेराको समुह मध्ये पाँच जना बैंक छिरेको र दर्ुइ जना माइक्रो बसमै बसेका थिए । मारिने मध्येका एक जना माइक्रो वसकै चालक छेवाङ बहादुर तामाङ रहेका छन् । सुरक्षाकर्मीले सशस्त्र लुटेराको सातजनाको समुह मध्ये दर्ुइ जनालाई पैसासहित समात्न सफल भएको र समातिनेहरुमा देवराज भट्टर्राई र अजय र्राई रहेका छन् । भट्टर्राई सशस्त्र प्रहरीका भगौडा हवल्दार हुन् भने र्राई रामेछाप जिल्लाका पर्ूर्ूव माओवादी कमाण्डर भएको बुझिएको छ । अहिले चावहिलदेखि जोरपाटीसम्मका क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै लुटेराहरुको व्यापक र्सच अभियान थालिएको छ । घटनास्थल भन्दा निकै पर थ्री नट थ्री राइफलको गोली फीट गरिएको अवस्थामा अर्काे एक कटुवा पेस्तोल र दर्ुइ थान प्रिपेड मोवाइल पनि फेला परेको प्रहरीले जनाएको छ । बैंक लुट्न प्रयोग गरीएको माइक्रो प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्ला दिनमा राजधानीमा दिनहुँ लुटपाटका घटना भइरहेका छन् । लुटपाटका घटनामा धेरैथरीले धेरैथरी आशंका गरेका छन् । कोही लुटपाटमा नितान्त पेशेवर लुटेराको समूह सक्रिय रहेको बताउँछन् भने कोही राजधानीमा अत्याधिकरुपमा छिरेका माओवादीभित्रको पनि शंकाष्पद समूहले लुटपाट मच्याएको आरोप लगाइरहेका छन् । त्यसो त सात दलको सरकारलाई असफल तुल्याउन र माओवादीलाई शान्तिवार्तामा आउन नदिने तत्वको इशारामा जनतालाई आतंकित र भयभित पार्ने योजना मुताविक यस्तो अपाराधिक क्रियाकलाप मच्याइएको पनि बताइन्छ । यस्ता विभिन्न आरोप लागिरहेको अवस्थामा सुरक्षाकर्मीकै संलग्नतामा यस्ता अपराधिक घटना घटाइनुले थप रहश्य जन्माएको छ ।
श्रोत खोजतलास
——————————————————————————————————————–

सात महिनाअघिको हत्या रहस्य बल्ल खुल्यो
चन्द्र कान्त खनाल बुटबल

गत मंसिरमा रुपन्देही जिल्लाको सेमलारमा भएको हत्याको रहस्य भरखरै खुलेको छ । चन्द्रबहादुर कामी -लोप्रे कामी)लाई मार्ने खड्कबहादुर सार्की बुधबार गिरफ्तार परेका छन् ।
सेमलार गाविस वडा नं. ८ केदली निवासी खड्क सार्कीले चन्द्रबहादुर कामीलाई मारेर मलखातमा लुकाएको उनका बुहारीहरूले देखेपछि अहिले आएर मारेको रहस्य खुलेको हो ।
दुबैजनाले रक्सी सेवन गरी झगडा हुँदा खड्कबहादुरले मारेको भनिए पनि यसको कारण भने पुरानो रिसइबी रहेको बुझिएको छ । निवर्तमान गाविस अध्यक्ष प्रेम काफ्लेकाअनुसार ०४२ सालमा तत्कालीन उपप्रधानपञ्च ओमप्रकाश भुषाललाई हत्या गरेका दुबैले १० वर्षकैद भुक्तान गरेका थिए । सोही विषयलाई लिएर खड्कबहादुर सार्कीले चन्द्रबहादुरलाई तैंले पोलेर मलाई पक्राउ गराएको भनी उनलाई कुटपिट गरेको थियो । पिट्ने कार्यमा खड्कको श्रीमती पनि साथमा रहेको उनका बुहारीहरूले गाउँलेहरूसमक्ष वयान दिएका छन् ।
दर्ुइजना बुहारीहरूले कुटपिट हुँदा आफूहरूले त्यसो नगर्न भनेको तर, स्वसुरा र सासुले ज्यानमार्ने धम्की दिएकोकारण आजसम्म मौन रहेको बताएका थिए । बुहारीहरूकै जाहेरीअनुसार हत्यारा सार्की र उसकी श्रीमतीलाई गाउँलेले पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएका छन् ।
हत्यारालाई पक्राउ गरी प्रहरीलाई खवर गर्दा गाडीको समस्या देखाई प्रहरी घटनास्थलमा नगएपछि झण्डै तीन सयजनाको समुहले हत्यारालाई इप्रकामा ल्याएर बुझाएको निवर्तमान गाविस अध्यक्ष प्रेम कफ्लेले हाम्रा समाचारदाता रमेश भट्टलाई बताएका थिए ।
—————————————————————————–

धुम्रपानबाट प्रत्येक दिन ११ हजारको मृत्यु

- ँकुनैपनि किसिमका सर्ूर्तिजन्य पदार्थ सेवन गर्नु मृत्युलाई निम्त्याउनु हो’ भन्ने मूल नाराका साथ आज धुम्रपान दिवस मनाइँदै छ ।
विश्वमा प्रमुख स्वास्थ्य समस्याको रूपमा रहेको एचआईभी/ एड्सपछिको ठूलो समस्याको रूपमा लिइन्छ क्यान्सरलाई । धुम्रपान र सर्ूर्तिजन्य पदार्थको प्रयोगले क्यान्सर रोग लाग्ने गर्दछ । वैज्ञानिक युगमा स्वास्थ्यको क्षेत्रमा यो स्वास्थ्यविज्ञहरूका लागि ठूलो चुनोती बनेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्षधुम्रपान सेवनकै कारण ४० लाख मानिसले ज्यान गुमाइरहेका छन् । यसको ८४ प्रतिशत विकासोन्मुख देशमा मानिस रहेको स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । विश्वमा १ अर्ब ३० करोडले धुम्रपान गर्दछन् । जसका कारण हरेक साढे ६ सेकेण्डमा एकको तथा प्रत्येक एक दिनमा ११ हजारले ज्यान गुमाउनु परेको छ ।
विश्वका अन्य विकासोन्मुख मुलुकझैं नेपालमा पनि धुम्रपान सेवन गर्नेको संख्या अत्यधिक रहेको छ । नेपालमा ४० प्रतिशतभन्दा बढीले खतरनाक मानिने सर्ूर्तिजन्य वस्तुको उपभोग गरेको एक तथ्यांकले देखाएको छ । नेपालमा ७३ प्रतिशतले धुम्रपान गर्ने गरेको र जसमध्ये हिमाली प्रदेशमा अत्यधिक रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ ।
नेपालमा प्रत्येक वर्षधुम्रपान, सेवनकै कारण १५ हजारले ज्यान गुमाउनु परेको तथ्यांकले देखाएको छ । नेपालमा सर्ुर्तिजन्य उद्योगले ३ हजारलाई रोजगार दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान सेवनको क्षेत्रमा नेपाल अग्रपंक्तिमा रहेको छ । अझ नेपालका महिला यसमा बढी संलग्न रहेको तथ्यांकले देखाएको छ ।
दिन प्रतिदिन धुम्रपानको प्रयोग बढ्नुले २०३० सालसम्ममा १ करोडभन्दा बढीको ज्यान जाने अन्तर्रर्ााट्रय संस्था जाइकाको अनुमान रहेको छ । धुम्रपान सेवन रोक्नु विश्वको लागि चुनौती बन्दै गइरहेको छ ।
धुम्रपानरहित विश्वको अभियानमा हरेक वर्षधुम्रपान दिवस मनाइने गरिन्छ । मे ३१ तारिखमा मनाइने यो दिवस नेपालमा पनि मनाइने प्रचलन रहँदै आएको छ । यसैक्रममा आज देशभर विविध कार्यक्रमकासाथ यो दिवस मनाउन लागिएको छ ।
यसैबीच स्वास्थ्य अधिकार तथा सर्ूर्तिजन्य वस्तु नियन्त्रणका लागि जिल्ला संजालले आज बुटवलमा र्‍याली निकाल्ने भएको छ । यसैको जानकारी गराउने उद्देश्यले सिआरसिडीले बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो ।
कार्यक्रममा डा. विमल थापा, नेपाल परिवार नियोजन संघका प्रवन्ध निर्देशक दिनेशकुमार जोशीलगायतले धुम्रपानको असर र यसको रोकथामबारेमा बोल्नुभएको थियो ।
माधव सापकोटाको संचालनमा सम्पन्न कार्यक्रमका सिआरसिडीका निर्देशक मुक्ति पोखरेलले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो ।
—————————————————————————–

पीडितहरूको सम्मेलन हुने
चन्द्रकान्त खनाल बुटवल,
- गाउँ ब्लक मिन्हा दिदी जग्गाका कारण पीडित बनेका र्सवसाधारणको समस्या समाधान गर्न सरोकारवालाहरूलाई दबाब दिने उद्देश्यले कपिलवस्तुमा गाउँ ब्लक पीडितहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ ।
गाउँ ब्लक भूमि अधिकार सरोकार मंच कपिलवस्तुद्वारा सदरमुकाम तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा आगामी असार ६ र ७ गते राष्ट्रिय सम्मेलन हुन गइरहेको कुरा जानकारी दिइएको हो ।
सम्मेलनमा गाउँ ब्लक मिन्हा दिदी जग्गाका समस्या भएका नेपालको तर्राईका २२ र पहाडको एक गरी २३ जिल्लाबाट १ सय २० प्रतिनिधि, ५२ पर्यवेक्षक र अन्य सरोकारवाला गरी २ सय जनाको सहभागिता हुने कुरा बताइएको छ ।
—————————————————————————–

ँसरकार साना कुरामा अल्भिmन हु“दैन’
चन्द्रकान्त खनाल बुटबल
, नेकपा -एमाले)का वैकल्पिक केन्द्रीय सदस्य तथा युवा नेता गोकर्ण्र्ाावष्टले वर्तमान सरकार सानातिना कुरामा अल्भिmन नहुने बताउँदै छिटोभन्दा छिटो संविधानसभामार्फ गणतन्त्र नेपाल निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
नेता विष्टले पश्चिम गुल्मीको अमरपुरमा आयोजित इलाका भेलामा बोल्दै उक्त विचार राख्नु भएको हो ।
यसैगरी एमाले गुल्मीका सचिव कमल श्रेष्ठले संविधानसभामार्फ देशमा गणतन्त्र स्थापना गर्न अब कुनै शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । उहाँले सबै राजनीतिक दल मिलेर आन्दोलन गर्दा जनताले साथ दिएको हुनाले अहिलेको आन्दोलन सफल भएको विचार राख्दै औचित्यहिन राजतन्त्रलाई संधैका लागि जनताले हटाइदिने विचार व्यक्त गर्नु भएको छ । उक्त कुरा एमालेको २ नं. इलाका स्तरीय कार्यकर्ता भेलामा लिम्घाको एकसिङमा बोल्दै बताउनु भएको हो ।
क्षेत्र नं. १ को खैरेनीको भेलामा एमाले जिल्ला सदस्य सोमनाथ सापकोटाले संविधानसभामा जनताका अधिकारलाई स्थापित गर्न एमाले गाउँगाउँमा लागिरहेको विचार राख्नु भएको थियो । मैना भण्डारीको सभापतित्वमा भएको सो भेलामा टिकाराम ढकाल, पर्ूण्ाबहादुर राना, तुल्सीराम ज्ञवाली, दानबहादुर रानालगायतले बोल्नु भएको थियो ।
एमालेले गुल्मीमा अहिले तीनवटै क्षेत्रमा इलाका स्तरीय कार्यकर्तामा भेला गरिरहेको छ । यसैक्रममा गुल्मी क्षेत्र नं. १ को पर्ूर्तिघाट, खैरेनी आपचौर, शान्तिपुर, क्षेत्र नं. २ को तम्घास, वीरबास, श्रृ·ा, बलेटक्सार र क्षेत्र नं. ३ को जैसिथोक, सिमलटारी, अमरपुर र पौदी अमराइमा कार्यकर्ता भेला सम्पन्न भएको एमाले गुल्मीले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेस जिल्ला समिति गुल्मीले पनि जिल्लाको क्षेत्र नं. १ र २ का आधा दर्जन गाविसहरूमा संविधानसभा र समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको र जिल्लाका सम्पर्ूण्ा गाविस तथा इलाकामा यस्तो किसिमको कार्यक्रम संचालन गर्ने तयारी भइरहेको जानकारी कांग्रेस जिल्ला सचिव फणिन्द्रराज भण्डारीले दिनुभयो ।
—————————————————————————–

संविधानसभामा कृषकहरूको सहभागिता अपरिहार्य
चन्द्रकान्त खनाल बुटवल, -
कृषकहरूको सहभागिता बिनाको संविधानसभाले देशको समस्या समाधान गर्न नसक्ने एक कार्यक्रमका वक्ताहरूले औंल्याएका छन् ।
कृषिप्रधान मूलुकमा कृषकहरूकै प्रतिनिधित्व हुन सकेमा संविधानसभाको र्सार्थकता रहने बताउँदै मंगलबार शान्तिनगर दुग्ध उत्पादक सहकारी संस्थाको आठौं वाषिर्क साधारणसभामा बोल्ने वक्ताहरूले त्यस्तो कुरा औंल्याएका हुन् ।
महिलाको पिरमर्का महिलाले मात्र बुझ्छन् भनेझैं कृषकको समस्या पनि कृषकले मात्र बुझ्न सक्छन् भन्दै वक्ताहरूले दिर्घकालीन रूपमा समस्या समाधान गर्न संविधानसभामा कृषकहरूको सहभागिता अपरिहार्य रहेको बताए । उनीहरूले संविधानसभामा कृषकहरूलाई सम्मानजनक सहभागिता नगराइए कृषकहरू संर्घष्ामा उत्रने चेतावनी समेत दिए ।
कार्यक्रममा वक्ताहरूले सबै थोक महँगिएपनि दुधको मूल्य नबढ्दा कृषकहरू मर्कामा परेको उल्लेख गर्दै एक महिनाभित्र दुधको मूल्य बढाउन सरकारसँग माग राखे । जनताको शासन आइसक्दा पनि कृषकहरूको समस्या समाधान हुन नसकेको वक्ताहरूले बताए ।
कार्यक्रममा बोल्दै सिताराम गोकुल दुध मिल्क प्रालिका प्रवन्ध निर्देशक सुमित कडियाले निजी क्षेत्रले दुधको मूल्य बढाउन चाहँदा चाहँदै पनि सरकारी स्तरको दुग्ध विकास संस्थान मूल्य बढाउनको बाधक रहेको आरोप लगाउनुभयो । ँजबसम्म संस्थानबाट मूल्य बढाइँदैन, मूल्य बढाउन निजी क्षेत्र अर्समर्थ छ’ कडियाले भन्नुभयो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दीनानाथ तिमिल्सिनाले सहकारीहरूले एक आपसमा सहकार्यको वातावरण बनाएर हकहितका लागि लड्नु पर्ने बताउनुभयो । उहाँले कृषकहरूको हकहितको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिँदै भन्नुभयो, ँकृषकहरूको हक अधिकारको पक्षमा बोल्न संविधानसभामा कृषकहरूको सहभागिता अपरिहार्य छ ।’ र्
इश्वरी अधिकारीको संचालनमा सम्पन्न सभामा सिताराम गोकुल दुध मिल्कका महाप्रवन्धक उदयराज पण्डित, राधाकृष्ण उत्पादक संघका रामकृष्ण पौडेल, केरवानी पशु सेवा केन्द्रका प्रमुख कामदेव भट्टलगायतले बोल्नुभएको थियो ।
शान्तिनगर दुग्ध उत्पादक संघका अध्यक्ष प्रमोद खनालको अध्यक्षतामा भएको कार्यक्रममा वर्षरिका उत्कृष्ट १ कृषकलाई ठेकी उपहार प्रदान गरिएको थियो ।
—————————————————————————–

तयारी पूरा
चन्द्रकान्त खनाल
बुटबल- यही जेठ १७ र १८ नवलपरासीमा हुने नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ३४ औं महाधिवेशनको सम्पर्ूण्ा तयारी पूरा भएको परासीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सोसाइटीका केन्द्रीय अध्यक्ष रमेश शर्माको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा महामन्त्री देवरत्न धाख्वाले महाधिवेशन कार्यक्रममा गत वर्षो समीक्षा र ६३/६४ को प्रस्तावित ४० करोड बजेट प्रस्तुत गरिने र सोसाइटीमा भए गरेका र भावी कार्यक्रमबारे समीक्षा गरिने जानकारी गराउनु भयो ।
सोसाइटीका नवलपरासी शाखा मन्त्री राजेन्द्र योगीले महाधिवेशनका लागि ६ लाख १४ हजार रकमको अनुमानित बजेट पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको थियो ।
—————————————————————————–

परिवर्तित राजनीतिको सामना गर्न तयार हुनुपर्ने
चन्द्रकान्त खनाल
बुटवल,- नेपाली कांग्रेस -प्रजातान्त्रिक)का केन्द्रीय सदस्य एवं पर्ूव मन्त्री दीपकुमार उपाध्यायले बदलिएको राजनीतिक परिस्थितिसँग सामना गर्न सबै तयार हुनुपर्ने बताउनु भएको छ ।
पार्टर्ीीे जिल्ला तहका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । संविधानसभाको विकल्प नभएको बताउँदै पर्ूवमन्त्री उपाध्यायले मुलुक संविधानसभामार्फ गणतन्त्रमा जान्छ भन्नुभयो । बाह्र बुँदे समझदारी र २५ बुँदे आचारसंहितामा नेपाली कांग्रेस -प्रजातान्त्रिक) कटिवद्ध भएको बताउँदै केन्द्रीय सदस्य उपाध्यायले भन्नुभयो, ँजनचाहना अनुरूप प्रजातान्त्रिक पार्टर्ीीात्र होइन सात दल र माओवादी पनि अघि बढ्नर्ुपर्छ । त्यसको एक मात्र अवसर समझदारीको पर्ूण्ा रूपमा पालना गर्नु हो ।’
सोही अवसरमा बोल्दै प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं युवा नेता मोहन भट्टर्राईले आचारसंहिता र समझदारी दुबै पक्षले पर्ूण्ा रूपमा पालना गर्नसके समस्या समाधान हुने बताउनु भयो ।
उहाँले समझदारीमा कटिवद्ध हुँदै अविश्वास नगरी अघि बढे देशको निकास निस्कन्छ भन्नुभयो । कार्यक्रममा जिल्ला उपसभापति कृष्ण पौडेल, गोपालप्रसाद श्रेष्ठ, विशेश्वर प्रसाद बस्याल, चिरञ्जीवी जोशी लगायतले बोल्नुभएको थियो ।
भेला जिल्ला सभापति शैलेन्द्रकुमार अधिकारीको अध्यक्षता र सचिव प्रकाशचन्द्र ढकालको संचालनमा सम्पन्न भएको थियो ।
—————————————————————————–

अन्तरक्रिया सम्पन्न
चन्द्रकान्त खनाल
बुटबल- अर्घर्ााँची हंशपुर-७ स्थित वैद्यनाथ माविमा मदिरा निषेध विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोही विद्यालयका जुनियर रेडक्रस र्सकलको आयोजनामा भएको कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
विगत ६ वर्षेखि अर्घर्ााँची जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेपनि मदिरा विक्री वितरणमा कुनै कमी आएको छैन ।
—————————————————————————–

प्रचण्ड-बाबुराम मकवानपुरमा

˜ मकरबहादुर सार्की हेटौडा/
व्रि्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल - प्रचण्ड) र संयोजक बाबराम भट्टर्राई मकवानपुरको हा“डीखोला गाविसमा देखा परेका छन् । अध्यक्ष प्रचण्डले हा“डीखोलाका बासिन्दालाई सम्बोधन समेत गरेका छन् ।
व्रि्रोही माओवादीको हाडीखोला गाविसमा केही दिन देखि सञ्चालित संयुक्त क्रान्तिकारी जन परिषद, नेपालको बृहत राष्ट्रिय राजनितिक सम्मेलनमा प्रचण्ड आएका छन् । अध्यक्ष प्रचण्ड सोमबार दिउ“सो ३ बजे आइपुगेका थिए । प्रचण्ड मंगलबार विहानै १० बजे हेटौडा हु“दै काठमाण्डौं तर्फएक माइक्रोबसमा लागेका छन् । प्रचण्ड जेष्ठ १९ गते काठमाण्डौंमा हुने आमसभामा र्सार्वजनिक हुने कार्यक्रम छ ।
माओवादीको राष्ट्रिय राजनितिक सम्मेलनको संयोजक बाबुराम भट्टर्राईको अध्यक्षतामा भएको सो सम्मेलनको समापन गर्न प्रचण्ड आईपुगेको श्रोत बताउ“छ ।
माओवादीको जिल्ला स्तरीय नेताले प्रचण्ड र बाबुराम हा“डीखोलामा आएको पुष्टि गर्दै भने-ँ कार्यक्रम भएको हो । तर यसमा भएका गतिविधिको र्सार्वजनिक गर्न पार्टर्ीीे निर्देशन छैन् ।’
केही दिन देखि हा“डीखोलामा ठूलो दस्तामा अत्याधुनिक हतियार सहित माओवादी सेनाले सुरक्षा दिइरहेको थियो । सो सम्मेलनको सुरक्षा प्रताप स्मृति ब्रि्रेडले दिइएको श्रोतले बतायो ।
हा“डीखोलाको चकरीमा देखा परेका प्रचण्डलाई हर्ेन उपस्थीत हजारौं बासिन्दाले प्रचण्डलाई सम्बोधन गर्न पटक-पटक आग्रह गरेपछि प्रचण्डले एक घण्टा सम्बोधन गरेका थिए ।
ँसभामा सम्बोधन गर्ने कार्यक्रम थिएन, तर जनसमुदायको आग्रह बमोजिम उहा“ले सम्बोधन गर्नुभयो ।’ माओवादीका जिल्ला नेताले हेटौंडा सन्देशसंग भने ।
युद्व विराम पछि धेरैको र्सार्वजनिक हुने चासो बढिरहदा एक्कासी प्रचण्ड हा“डीखोलामा र्सार्वजनिक भएका छन् ।
अध्यक्ष प्रचण्डले जेष्ठ १९ गते काठमाण्डौंमा हुन गइरहेको आमसभालाई सरकारले गलत ढ·बाट हर्ेन थालेको प्रति आपत्ति प्रकट गर्नुभयो ।
ँहामी बार्ता सफल बनाउन लागिरहेका छौं । बार्ता असफल भएमा देशले ठूलो क्षेति ब्यहोर्नुपर्छ ।’ उहा“ले भन्नुभयो-ँहामी बार्ता सफल हुनेमा आशामा छौं । असफल भएमा संसार हल्लिन्छ ।’
अध्यक्ष प्रचण्डले विरेन्द्रको सम्पति र्सार्वजनिक गर्न समेत नेपाल सरकारलाई आग्रह गर्नुभयो ।
हा“डीखोला, पदमपोखरी लगायत आसपासका बासिन्दाहरु उपस्थीत सभामा संयोजक भट्टर्राईले भने संम्वोधन गरेनन् ।
——————————————————————————————————————

शान्ति प्रक्रियालाई सघाउन राष्ट्रसंघलाई पत्र पर्ठाईने
आरजु, पोखरा जेठ १६
शान्ति प्रक्रियालाई सघाउन सहयोगका लागि संयुक्त राष्ट्रसंघ लाई औपचारिक पत्र सरकारले चाडै पठाउने बताइएको छ ।
माओवादी सँगको सहमति र भारतले दिएको सकारात्मक संकेतका आधारमा चाडै राष्ट्रसंघलाई पत्राचार हुने उच्च सरकारी श्रोतले जनाएको छ ।
महत्वपर्ूण्ा २ बुँदामा माओवादी र भारत सहमत भएपनि अर्को एक बुँदामा सहमत हुन नसकेको बताइएको छ ।
युद्धविराम अनुगमन गर्ने र माओवादीको शसस्त्र शक्ति व्यवस्थापन र संविधान सभाको चुनावका बेला माओवादी मिलिसिया परिचालन हुन नदिने विषयमा राष्ट्रसंघको उपस्थितिमा माओवादी र भारत सहमत भएका भए पनि हाल जारी सरकार-माओवादी वार्तामा राष्ट्रसंघको उपस्थितिको बुँदामा भने भारत सहमत हुन नसकेको बताइएको छ ।
तश्रो बुँदामा पनि भारतले सकारात्मक संकेत दिनेमा सरकार आशावादी रहेको बताइएको छ ।
——————————————————————————————————————-

दुवैपक्षले आचारसंहिताको पालना गर्नु पर्ने नत्र जनताले फेरी आन्दोलन गर्ने मानवअधिकारवादी नेता डा. मथुरा प्रसाद श्रेष्ठ ।
आरजु, पोखरा

मानवअधिकारवादी नेता डा. मथुरा प्रसाद श्रेष्ठले माओवादी र नेपाल सरकार दुवै पक्षले आचार संहिता पालना गर्नु पर्ने बताउनु भएको छ ।
एशियन सेन्टर फर पिस स्टडिज र मेची महाकाली मिडिया सोसाइटीले आज पोखरामा अयोजना गरेको संविधान सभामा जनताको अभिमत विषयक कार्यक्रममा श्रेष्ठले उक्त धारणा व्यक्त गर्नु भएको हो ।
सो अवसरमा उहाँले सरकार र माओवादी दुवैले गंभिर भएर आचारसंहिता पालना नगरे जनताले आन्दोलन गर्ने बताउनु भयो ।
अर्का बक्ता अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले जनता तर्सर्ाा गाउँ घरमा परेड नखेली व्यारेकमा व्यवस्थित रुपले परेड खेल्न माओवादी जनसेनासँग आग्रह गर्नु भयो ।
गैर सरकारी महासंघका अध्यक्ष डा. अर्जुन काकीले आचारसंहिताको पालना दुवैपक्षबाट हुनु पर्ने बताउँदै त्यसको अनुगमनमा समेत जोड दिनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रिय सदस्य पम्फा भूषालले महिलाको लागि ४१ प्रतिशत समानता हुनुपर्ने बताउनु भयो । सो अवसरमा भूषालले नेताहरुलाई गल्ती गर्नबाट बचाउन जनताले समय समयमा खवरदारी गरीरहनु पर्ने बताउनु भयो ।
मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष माधव शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शाही सरकार द्धारा गठित राष्ट्रिय मानवअधिकारका वर्तमान पदाधिकारीहरुले राजीनामा दिनु पर्ने पक्षमा ६७ जनाले सहमति जनाएका थिए । ७७ जनाको र्सर्वेक्षणमा ८ जनाले निरन्तरता दिनुपर्ने र २ जनाको मत बदर भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय उपसभापति गंगाधर पराजुली, पर्ूव सांसद शुक्रराज शर्मा, राजु भण्डारी, अनेमसंघकी केन्द्रिय सदस्य सिता गीरी लगाएतले बोल्नु भएको थियो । सोही अवसरमा सेन्टरका अध्यक्ष जनकल्याण पराजुली र महासचिव पद्मराज पौडेलले संविधान सभाद्धारा निर्माण हुने नयँा संविधानमा समावेशग गरिनुपर्ने मौलिक हक सम्वन्धी अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।
—————————————————————————————————————-

स्थानीय निकाय टुंगो नलाग्दासम्म गाउँ नर्फकन आग्रह
चन्द्रकान्त खनाल
बुटबल -नेकपा माओवादी गुल्मी जिल्ला सचिव सर्ुदर्शन बरालले स्थानीय निकायको टुंगो नलाग्दासम्म गाविस सचिवहरुलाई गाउँ फर्केर विकास निर्माणका काम नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाद्वारा सोमबार तम्घासमा आयोजित पत्रकार सम्मेलनमा सेक्रेटरी बरालले सो आग्रह गर्नुभएको हो । निशर्त संविधान सभामा जाने कुरामा दलप्रति शंका रहेकोले २०४७ को संविधान खारेज नहुँदासम्म संसदको घोषणाले कुनै अर्थ नराख्ने नेता बरालले बताउनुभयो । उहाँले अबको शिखर वार्ता प्रचण्ड र प्रधानमन्त्री गिरिजाबीच प्रत्यक्ष रुपले हुने पनि बताउनुभयो ।
त्यस्तै नेता बराले दलहरुले जनयुद्ध र परिवर्तनका कुरालाई गलत व्याख्या गरेर माओवादीलाई वदनाम गर्न खोजेको समेत आरोप लगाउनुभयो । सम्मेलनका सहभागी पत्रकारहरुले माओवादीको जर्वजस्ती चन्दा संकलन नरोकिएकोले यसतर्फपार्टर्ी ध्यान जानुपर्ने बताए ।
——————————————————————————————————————
सिण्डिकेटको अन्त्य हुनुपर्ने
चन्द्रकान्त खनाल, बुटबल
पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले सुरु गरेकेा आलोपालो प्रणाली -सिण्डिकेट) गैरकानूनी भएकाले त्यसको अन्त्य हुनुपर्ने राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
सिर्द्धार्थनगर उद्योग बाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरुले खुल्ला आर्थिक नीति अवलम्बन गरिएको परिवेशमा स्वस्थ प्रतिष्पर्धाका आधारमा ढुवानी सेवा उपलब्ध हुनुपर्नेमा जोड दिंदै आवश्यकता अनुसार सिण्डिकेट प्रणाली खारेजीका लागि संर्घष्ा गर्नुपरे पनि तयार रहेको बताए ।
छलफलमा बोल्दै संघका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाल ट्रक तथा ट्याङकर व्यवसायी महासंघको नाममा तरल राजनीतिको फाइदा उठाउँदै लागू गरिएको सिण्डिकेट प्रणालीले उपभोग्य वस्तुको मूल्य बृद्धि हुने बताउनुभयो । उहाँले उपभोग्य एवं निर्माण सामाग्रीको निकासी ठप्प रहेको, सात वटा सिमेन्ट सहित दर्जनौं उद्योग बन्द भएको जानकारी दिंदै उद्योग वाणिज्य क्षेत्रमा सिण्डिकेटले गम्भीर असर पुर्‍याएकोले खारेज गर्न सातदलको ध्यानाकर्षा गराउनुभयो ।
एमाले जिल्ला सचिव लिला गिरीले गैर कानुनी रुपमा सिण्डिकेट प्रणाली लागू गर्न नहुनेमा जोड दिंदै समस्याको निकास आपसी सहमतिबाट निकाल्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सहसचिव हेमराज अर्यालले सिण्डिकेट प्रणालीलाई निरंकुशतासंग तुलना गर्दै निरंकुश कार्य कसैले पनि गर्न नपाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल सद्भावना पार्टर्ीी आनन्द गुप्ता, संघका निवर्तमान अध्यक्ष रामशंकर कान्दु, पर्ूव अध्यक्ष ओमकार गौचन, व्यवसायीहरु कुलप्रसाद न्यौपानेलगायतले बोल्दै सिण्डिकेटका कारण भन्सार राजस्व समेत प्रभावित भएको र अर्थ व्यवस्थालाई नै असर पुर्‍याएकोले अविलम्ब खारेज हुनुपर्नेमा जोड दिनुभएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/06/03/p220/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter