आन्तरिक विवादमा अल्झेको एकताकेन्द्र मसालको बैठक विना निष्कर्ष, महाधिवेशनमा जाने तयारी
एजेन्सीहरु
नेपालमा आन्तरिक विवादमा अल्झेको नेकपा एकताकेन्द्र-मसालको बुटवलमा भएको केन्द्रीय समितिको बैठक विना निष्कर्ष टुंगिएको प्राप्त समाचारहरुमा जनाइएको छ।
त्यसैगरी सञ्चार माध्यमहरुमा जनाइए अनुसार,महामन्त्री मोहन विक्रम सिंहको कारण बैठक निष्कर्षहिन हुनपुगेको पार्टीभित्र तेस्रो धारका रुपमा देखिएको समूहका नेताले बताएका छन् ।यसका साथै तेस्रो समूहका नेता राजवीरले बैठकमा महामन्त्री सिंहले राजनीतिक प्रस्ताव पनि नल्याएको र आफूहरुले प्रस्तुत गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत नगरी बैठकलाई निष्कर्षहीन बनाएको बताउनुभयो ।त्यस्तै ँयो महामन्त्रीको असफलता हो’-राजविरले भन्नुभएको उल्लेख छ।
यसका साथै बैठकमा एजेण्डा तय गर्ने विषयमा विवाद भएको थियो । त्यस्तै सिंह राजनीतिक प्रस्तावमा छलफल गर्ने र राजवीरलगायत बहुमत पक्ष विवादका विषयमा छलफल गर्नुपर्ने पक्षमा थिए तर पछ्रि राजवीरहरुले राजनीतिक प्रस्ताव छलफल गर्ने गरी प्रस्ताव पेश गरेर विवादका विषयहरु पनि टुंगो लगाउनुपर्ने विषयमा सिंह प्रतिवद्ध हुनुपर्ने प्रस्ताव अघिसारेपछि सिंहले बहाना बनाएर बैठक टंुगाउनु भएको बताइएको छ ।यसका साथै बैठकमा सिंहसहित नौ जना अल्पमत र राजवीर सहित १० जना बहुमत थिए । बैठक विना निष्कर्ष सकिएपछि प्रवक्ता एवं प्रस्तावका प्रस्तावक सोनामले राजनीतिक प्रस्ताव नै सार्वजनिक गर्नुभएको छ । प्रस्तावमा जनमोर्चाको सरकारमा जाने निर्णय गलत भएको तर त्यसो हुनुका पछाडि महामन्त्री र सहमहामन्त्री जिम्मेवार रहेको उल्लेख छ । त्यस्तै महामन्त्रीको निर्देशनमा बुटवलमा भएको भेला गलत र फुटपरस्त भएको र त्यसलाई खारेज गर्ने र सिंहको नेतृत्वमा रहेको कोअर्डिनेशन विघटन गर्ने उल्लेख छ ।
यसैगरी महामन्त्री मोहनविक्रम सिंहले पार्टी भित्रको विवाद अन्त्य गर्न महाधिवेशनमा जानुपर्ने बताउनुभएको छ । पार्टीको बैककपछि जारी गर्नु भएको वक्तव्यमा सिंहले पार्टी एकताको बेला सबै मतभेदहरु क्रमश टुंगाउने समझदारी भएको र अहिले पार्टीको एकता र अनुशासन कमजोर र धेरै नै खराव हुँदै गएकोले पार्टीको महाधिवेशन एकदम आवश्यक हुन गएको उल्लेख गर्नुभएको छ । तर उहाँले पार्टीभित्र राजवीरको नेतृत्वमा रहेको तेस्रो प्रस्तावका पक्षधरहरुले उठाउँदै आएको महाविधेशनको माग र आफ्नै नेतृत्वमा गठित कोअर्डिनेशन र जनमोर्चाको विभाजन बारे केही नबोल्नुभएको संचार माध्यमहरुमा उल्लेख छ।
——————————————————————————
प्रधानमन्त्री कोइरालाद्बारा मन्त्रिपरिषद् विस्तार
एजेन्सीहरु
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा गठित वर्तमान मन्त्रिपरिषदमा तीन मन्त्री थपिएका संचार माध्यमहरुमा उल्लेख छ।
त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,प्रधानमन्त्री कोइरालाले सोमवार नियुक्त गर्नुभएका मन्त्रिपरिषद्का नयाँ सदस्यहरुमा नेपाली कांग्रेस -प्रजातान्त्रिक० का ज्ञानेन्द्रबहादुर कार्की जलस्रोत, जनमोर्चा नेपालका गिरिराजमणि पोख्रेलले उद्योग, बाणिज्य तथा आपुर्ति एवं सद्भावना -आनन्दीदेवी का हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने स्रोतहरुले जनाएका छन् ।यसका साथै झण्डै एक महिनाको बीचमा तेस्रोपटक भएको यो पुनर्गठनसँगै वर्तमान मन्त्रिमण्डलले पूर्णता पाएको जनाइएको छ ।
——————————————————————————————————————
आममाफीको माग गर्दै कास्की कारागारमा वन्दीहरुको अनशन जारी ,माओवादी बन्दि जेलको कोठा वाहिर बस्न थाले ।
पोखरा आरजु,
आममाफीको माग गर्दै रीले अनसन गरि रहेका कास्की कारागार सम्पर्ूण्ा फौजदारी मुद्धा खेपीरहेका वन्दीहरुको अनसन जारी छ ।
१९ गते देखि नै अनसन शुरु गरेका वन्दीहरुले दैनिक ८ जनाको दरमा अनसन वसि रहेका छन ।
पछिल्लो पटको अनसनमा ५ पुरुष र ३ महिला सहभागि छन ।
वन्दी जिवन विताईरहेका सम्पर्ूण्ा वन्दीहरुलाई अवको परिवर्तित परिस्थितीमा आम माफी सहित रिहा गरि एकपटक देशभरका सम्पर्ूण्ा कारागार खालि गर्नु पर्ने माग राखेका छन ।
उनीहरुले अस्ती देखि देशभरका कारगारका प्रशासनिक काम हुन दिएका छैनन् ।
कास्की कारागारमा १ सय ४१ जना पूरुष र १७ जना महिला फौजदारी मुद्धाका वन्दीहरु रहेका छन् । उनिहरुसंगै आश्रीत २ जना नावालक समेत वन्दी छन् ।
उनीहरुको मागलाई माओवादी आस्थाका वन्दीहरुले र्समर्थन गरेका छन ।
यता कास्की कारागारमा रहेका माओवादी आस्थाका बन्दीहरुले जेलको कोठालाई अस्विकार गर्दै जेलको कोठा बाहिर बसेका छन् ।
सरकार र माओवादीको शान्तिपर्ूव प्रक्रिया शुरु हुनुपर्ूव चरणबद्ध आन्दोलन गर्दै अएका उनिहरुले वार्ता प्रक्रिया थापनीको समय अघि सरकारले नेपालका सवै जेलमा रहेका आस्थाका बन्दीहरुलाई रिहा गर्ने भनि गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै आज देखी कोठा बाहिर बसेका हुन ।
आंतककारी अध्यादेशको खारेजी, आस्थका बन्दीको रिहाई, युद्ध अपराधीलाई कारवाही लगाएत माग राखी यस अघि माओवादी आस्थाका बन्दीहरुले कारागारमा नै रिले अनसन र आमरण अनसन बसेका थिए ।
आफुहरुले आन्दोलन स्थगित गरेको २० दिन पुगी सक्दा पनि सरकारले आफुहरुलाई रिहाई गर्ने तर्फबेवास्ता गरेको भन्दै आफुहरुले आजदेखी सरकारलाई दवाव दिन जेलपरिधि अस्वीकार गरी बाहिर बसेका हुन । उनिहरुले सकार र माअेावदी वीचको दोश्रो शान्तिवार्ता शुरु हुनु पर्ूव आफूहरु रिहा हुनु पर्ने पनि बताएका छन् ।
हाल कास्की कारागारमा ५० जना पूरुष र ६ महिला गरी ५६ जना माओवादी आस्थाका बन्दीहरु रहेका छन् ।
———————————————————————————————————————-
पाल्पामा जीप दर्ुघटना, ६ जनाको मृत्यु, १५ र्घाईते,
३ को अवस्था गम्भीर ।
आरजु पोखरा
पाल्पा जिल्लाको फेक गाविसको ठुलोपोखरा भन्ने ठाउँमा सोमवार विहान एक यात्रु जिप दर्ुघटना हुदाँ ६ जनाको मृत्यु भएको छ । ३ जनाको घटनास्थलमा २ जनाको उपचारका क्रममा अस्पतालमा र १ जनाको अस्पताल लैजादैं गर्दा मृत्यु भएको हो ।
दर्ुघटनामा परी १५ जना र्घाईते भएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मृतकहरु मोहनसिंह थापा, चेत बहादुर कुँवर, अनिता थापा, टेक बहादुर हिस्कि, गोपालर् इटोङ्गी र गुन कुमारी थापा रहेका छन् । यि सबै पाल्पा फेकका वासिन्दा हुन ।
र्घाईतेहरुको तानसेनस्थित मिशन अस्पतालमा उपचार भईरहेको छ भने ३ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ ।
पाल्पाको फेक गाविसवाट सदरमुकाम तानसेन जादै गरेको लु १ ख १०९९ नम्वरको जीप विहान करिव ९ वजे दर्ुघटनामा परेको थियो ।
तानसेनवाट करीव २० किलोमिटर पश्चिममा पर्ने घटनास्थलमा उक्त यात्रु जीप सडकवाट झण्डै ३ सय मीटर तल खसेको थियो ।
घाइतेहुनेहरु १५ जनामा पाल्पा फेकका सुस्मा थापा, गणेश राना, सुजाता थापा, रंजना थापा, धन बहादुर ठट्टर्राई, रमेश कुँवर, दिपा थापा, ज्ञानु थापा, हुम बहादुर र्घर्ति, विशाल खनाल, संगिता र्घर्ति, देव बहादुर हिताङ, मिना खनाल, देवी बस्याल र तन्नु थापा रहेका छन् ।
———————————————————————————————————————–
कास्कीमा जनमोर्चा नेपाल आज देखी छुट्टयिो, नयाँपक्षको अध्यक्षमा गीर बहादुर कुँवर
आरजु पोखरा
बुटवलमा जेठ १२ र १३ गते भएको असन्तुष्ट पक्षको भेलाले चित्र बहादुर के.सीलाई अध्यक्षमा निर्वाचित गरेको घोषणा सँगै विभाजित भएको जनमोर्चा नेपाल अव जिल्ला स्तरमा पनि विभाजित भएको छ ।
कास्कीमा भएको एक भेलाले गीर बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको छ ।
समितिका उपाध्यक्षमा मदन मुरारी घिमिरे, सचिव अर्जुन सुनाम, सहसचिव प्रदिप पौडेल, कोषाध्यक्ष विष्णु पुरी रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा रविमोहन ढकाल, लक्ष्मी आचार्य, माया के.सी, आकाश गौतम, विक्रम थापा, मोहन थापा, हरि बराल रहनु भएको छ भने ३ सदस्य पछि पर्ूर्ति गरिने बताइएको छ ।
यस अघि कास्कीमा सन्त बहादुर घिसिङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिले काम गर्दै आएको थियो ।
संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपाल विभाजन पछि अहिले फेरी पुरानै अवस्थामा फर्किएका छन् ।
कास्की जनमोर्चामा संयुक्त जनमोर्चाका घिसिङ सहित ७ जना र राष्ट्रिय जनमोर्चामा कुँवर सहित सात एवं एक जना रामजी थापा तटस्थ रहदै आउनु भएको छ ।
पार्टर्ीीे आधिकारीक धारणा बाहिर ल्याउने मोर्चाको विभाजन सँगै अव नेकपा एकता केन्द्र मशाल पनि विभाजनको संघारमा पुगेको छ ।
अमिक शेरचन सहितको मोर्चाको पार्टर्ीी सहमहामन्त्री प्रकाश र चित्र बहादुर के.सी सहितको मोर्चाको महामन्त्री मोहनविक्रम सिंहले नेतृत्व गर्दै आएका छन् ।
—————————————————————————————————————–
स्रोत बिक्रीबारे माओवादी बोलपत्र आह्वानप्रति आपत्ति
चन्द्रकान्तखनाल बुटवल,-
तिनाउ खोलाको नदी जन्य स्रोत विक्री गर्न माोवादीले बोलपत्र आह्वान गरेपछि सातदल र माओवादीबीच थप विवाद चर्किएको छ । स्थानीय निकाय पुनः बहाली गरे वार्ता भंग हुने चेतावनी दिइरहेका माओवादीको ँसंयुक्त क्रान्तिकारी जनपरिषद् रूपन्देहीले सोमबार सो बोलपत्र आह्वान गरेको हो । बोलपत्रले एक भूमि दर्ुइ सत्ताको स्थितिलाई मर्ूत रूप दिन खोजेको छ । यसअघि पनि माओवादीले जिविसबाट ठेक्कामा पाएका ठेक्केदारहरूबाट तिनाउ खोलाको नदीजन्य स्रोत विक्रीवापत रकम असुली गर्दै आएका छन् । प्राकृतिक स्रोतबारे रूपन्देहीमा माओवादीले पहिलो पटक खुल्ला बोलपत्र आह्वान गरेको हो । उक्त बोलपत्रको सूचना माओवादीले जिविस कार्यालय रूपन्देहीको भित्तामा टाँसेको छ । तर जिविस कार्यालयमा टाँसेको सूचनामा छाप र हस्ताक्षर नभएको बताउँदै रूपन्देही जिविसका स्थानीय विकास अधिकारीले सूचना आधिकारिक हो वा होइन भन्न सकिन्न भन्नुभयो । तिनाउ खोलाको नदीजन्य स्रोत विक्री गर्न यही जेठ ११ गते पत्रपत्रिकामार्फ जिविसले खुल्ला सूचना जारी गरेको छ । उक्त सूचनामा २१ दिनभित्र बोलपत्र दाखिल गर्न सूचित गरिएको छ । कुल बजेटको ६० प्रतिशत आम्दानीको स्रोत धानेको उक्त ठेक्काको लागि जिविसले ६ करोड ५९ लाख न्यूनतम अंक तोकेको छ । जिविसको अंकभन्दा आधा कम अंकमा माओवादीले बोलपत्र आह्वान गरेपछि तिनाउ खोलाको स्रोत ठेक्का लिने ठेक्केदारहरू दोहोरो मारमा पर्ने भएका छन् । ठेकेदारहरूले ठेक्का आधिकारिकताको लागि जिविसको सूचनाअनुसार बोलपत्र दाखिला गर्नु अपरिहार्य देखिएको छ भने माओवादीको बोलपत्र अवज्ञा गर्नेलाई कारबाही गर्ने चेतावनी जनपरिषद्को सूचनामा उल्लेख छ । तर जिविसका स्थानीय विकास अधिकारी ठेकेदारहरूलाई दोहोरो मार नहुने आशा गर्नुहुन्छ । ँदेशमा एउटै सरकार छ भने यस्तो समस्या नहोलाउहाँले भन्नुभयो, ँहाम्रो जानकारीमा नेपाल सरकार एउटै मात्रै छ । हामी सरकारको आर्थिक ऐनको प्रक्रिया अनुसार ठेक्का दिन्छौं । देशमा दर्ुइ राज्य र दर्ुइ सत्ताको अस्तित्व रहेको दावी गर्ने माओवादीले बोलपत्र दाखिला गर्न जनपरिषद्को कार्यालय स्थापना गरेको छैन । यद्यपि पुरानो राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय भवन कब्जामा लिई स्थापना गरेको अखिल -क्रान्तिकारी)को कार्यालयमा सर्म्पर्क गर्न सकिने जनाइएको छ । तिनाउ खोलाको स्रोत ठेक्का लिन चाहनेले जनपरिषद्को नियमअनुसार कर्तव्य पूरा गर्नैपर्ने दावी गर्दै ठेकेदारले जिविससँग सर्म्पर्क राख्छ वा राख्दैन माओवादीलाई सरोकार नहुने माओवादीको इलाका इन्चार्ज अनुपले बताउनु भयो । यता सातदलका जिल्ला स्तरीय नेताहरूले माओवादीको बोलपत्र आह्वान फिर्ता लिनुनर्पे धारणा व्यक्त गरेका छन् । सातदलमध्ये एक जनमोर्चा नेपाल रूपन्देहीका अध्यक्ष लक्ष्मीकान्त पौडेलले ँतत्काल टेण्डर फिर्ता लिनर्ुपर्छ भन्नुभयो । पहिला सरकार प्रतिगामी रहेको अवस्थामा गरे जस्तो राज्य प्रजातान्त्रिक शक्तिको हातमा परेको बेला पनि माओवादीले बोलपत्र आह्वान गर्नु सही बाटो होइन भन्नुहुँदै अध्यक्ष पौडेलले आपसी द्वन्द्वबाट प्रतिगामीहरूलाई फाइदा पुग्ने विचार व्यक्त गर्नुभयो । देशको राजश्व एकतृत रूपमा संकलन गरी उचित ढङले वितरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष पौडेलले मुलुकको अग्रगामी निकास मर्ुत दिनको देशको राजश्व एकतृत पार्नु र बढाउनु माओवादीसहित राजनैतिक दल र राज्यको दायित्व हो भन्नुभयो ।
—————————————————————————————————————-
फेरि अर्काे मुद्दा लगाउ
विपुल पोख्रेल दाङ
सरकारले शाही सरकारका तीन मन्त्रीहरुलाई रिहा गरेपछि त्यसको विरोधस्वरुप अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला संठगन दाङले विरोध सभा गरेको छ । सोमवार घोराहीमा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले बर्तमान लोकतान्त्रिक सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका थिए । उनीहरुले प्रतिनिधी सभाकोघोषणालाई कानुनी रपा प्रदान गर्न नसक्नुको कारण नै अपराधीहरुलाई दण्डित गर्न नसकिएको भन्दै राज्य विरुद्धको अन्य कुनै अभियोग लगाएर पुनः ति नेताहरुलाई जेलमा राख्नर्ुपर्ने बताएका थिए ।
घोराहीको तुलसीपुर चोकमा आयोजित उक्त विरोध सभामा बोल्दै बक्तहरुले यस्ता जननिर्ण्र्ााविरोधी क्रियाकलापहरुबाट शान्तिवार्ता विथोलिने बताउदै त्यसतर्फसचेत रहन पनि दलहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पर्ूण्ा बहादुर सिहले भन्नुभयोँहामीलाई टेबुलको मोर्चाबाट पुनःलडाइको मोर्चामा जान नपरोस् ।’उहाँले दलहरुले फेरि पनि धोका दिन थालेको आरोप लगाउनुभयो । त्यसै गरी पत्रकार महासंघका पर्ूव सभापति सुशील गौतमले जनअपराधीहरुलाई पुनः अर्काे मुद्दा लगाएर कार्वाहीको प्रक्रिया अगाडि बढाउनर्ुपर्ने बताउनुभयो ।
कार्यक्रमामा क्रन्तिकारीका जिल्लाध्यक्ष खुसीराम चौधरी,अनेरास्ववियुका मेटमणि चौधरी, नागरिकसमाजका भरत दहाल, सिस्ने मिडिया सेन्टरका अध्यक्ष हस्तबहादुर के.सी.लगायतले बोल्नुभएको थियो । कार्यक्रम अवधिभर क्रन्तिकारीहरुले गाडी रोकेका थिए ।कार्यक्रम साझ पाँचबजे आयोजना गरिएको थियो ।
—————————————————————————————————————
धागोकारखाना बन्द ५०० मजदुर अलपत्र
चन्द्रकान्त खनाल बुटबल
नाफा आर्जन नभएको जनाउदै साल्टडीङ करपोरेसनले ब्यबस्थापन पक्षबाट हात झिकेपछि नेपालको ठुलो र पुरानो धागोकारखाना आईतबार बेलुका देखि बन्द भएको छ भने त्यसमा कार्यरत ५०० मजदुर अलपत्र परेका छन ।
संयुक्त मजदुर र्सर्ंघस समितिका सल्लाहकार हुमकान्त काफलेका अनुसार सरकारको ध्यानआर्कशर्र्ण्र्ाागराउनको लागी समिति गठन गरीएको बताईएको छ सो समितिमा बुटबलका सबै संस्था रहेका छन २०६० सालमाघ १ गते देखि बुटबलधागोकारखानाको जिम्मा लिएको सो साल्टलेडिङले २०६२ सालमा माघ २५ गतेहात झिक्ने सुचनाप्रकासित गरेको र२०६३ साल बैशाख २५ गते सम्पति बुझाउन पत्रचार गरेको भएपनि त्यो अहिले सम्म सुचारु रहेको बताईएको छ नेपालको सबैभन्दा बुलो र पुराने भागोकारखाना बन्द हुदा सरकारलाइृमात्र ाभई त्याहाकार्यरत मजदुर लाई आपत भएको छ सोधागोकारखाना बन्दहुहुदै खुल्दै आएपनि अहिलेबाट पर्ुण्ा स्पलेबन्द भएको छ र त्याहाकार्यरत ५०० कर्मचारी अलपत्र रहेका छन उनीहरुले सरकार संग तुरुन्त कार्यसंञ्चलन गर्नै आग्रह गरेका छन ।
——————————————————————————————————————
बिनानिष्कर्षो बैठक मोहनबिक्रम अलपत्र परे
चन्द्रकान्त खनाल बुटवल
नेकपा -एकताकेन्द्र मसाल)को बैठक बिनानिष्कर्षटुंगिएको छ । भुमिगत लामो जिबन बिताएका शिहअहिले अफनो पक्षमा बहुमत नभएको र बहुमत ल्याउनको लागी बुटबल भेला बोलाएपनि अहिले अल्पतमा परेका छन
जेठ १६ देखि २१ गतेसम्म बसेको बैठकमा महामन्त्री मोहनविक्रम सिंहको एजेण्डामाथि नै प्रवेस गर्न नमानेपछि बैठक बिनानिष्कर्षटुंगिएको हो ।
ँयो उहाहरूको फुटपरस्त रवैया हो । बैठकमा सहभागी एक केन्द्रीय नेताल बताए ।
बहुमत पक्षले महामन्त्री सिंहले को- अर्डिनेसनको नाममा बेग्लै समूह खडा गरेकोले त्यसलाई विघटन गर्नुका साथै बुटवलमा जनमोर्चाको नाममा भएको भेलालाई अवैध ठहर्याएको छ ।
बैठकपछि नेकपा -एकताकेन्द्र मसाल)का प्रवक्ता सोनामद्वारा जारी विज्ञप्तिमा महामन्त्रीको निर्देशनमा चित्रबहादुर केसीले राष्ट्रिय भेला गरेको भनी आफ्नो अध्यक्षतामा अलग र समानान्तर कार्यसमिति गठन गर्नु फुटपरस्त र गलत भएको ठहर गरिएको छ । विज्ञप्तिमा बहुमत पक्षको नामसमेत खुलाइएको छ । राजवीर, जलन, सोनाम, बोध, प्रज्जवल, मानसिंह, भीषण, प्रमोद, रत्नसागर, प्रक्षेपहरू बहुमतमा छन् ।
अल्पमतमा परेका महामन्त्री सिंहले राजनीति, संगठन र पार्टर्ीीत्रको विवादका विषयमा छलफल गर्ने कुरालाई नकार्दै ठोस निर्ण्र्ाागर्न नचाहेको बताइएको छ । बैठक बिनानिष्कर्षटुंगिएपछि पार्टर्ीीत्रको विवाद अझै लम्बिएर जाने भएको छ । तर यसअघि नै सिंह पक्षहरूले बुटवलमा जनमोर्चाको भेला गरी आफूहरू अलग भएको घोषणा गरेदेखि नै पार्टर्ीीवभाजन भएको थियो । तर त्यसको आधिकारिक रूपमा घोषणा गरिएको थिएन र बैठक बिनानिष्कर्षटुंगिएपछि पार्टर्ीीवभाजनको आधिकारिक घोषणा पनि अवरूद्ध भएको छ ।
——————————————————————————————————————
पाल्पामा जिप दुघटना ६को मुत्यु १४ र्घाईते
चन्द्रकान्त खनाल बुटबल
पर्ुर्बिपाल्पाबाट तानसेत तर्फआउदै गरेको एक जिब ब्रेकफे भई दुघटनाहुदा ६जनाको घटनास्थलमा मुत्यु भएको छ भने १५ जना घाइृते भएका छन । लु १ ज १०९९ नं जिप दर्ुघटनामा जिपचालक चेतबहादुर कुबर, १३ बषिर्य अनिता थापा , मोहन शिह थापा टेकबहादुर मगर हिस्की मगर टुककुमारी थापा , गोपाल घिन्ताङको मुत्यु भएको छ
दर्ुघटनामा र्घाईते गाडिमालिक सहित २ जनाको अबस्था गम्बीर रहेको छ भने अन्य सबैको पाल्पा मिसन अस्पतालमा उपचार भएको छ बे्रक फेल भएर दुघटनाभएको बताईएको घभने गाडी सडकबाट ५०० मीटर तलखसेको जिल्ला प्रहरीकार्यलय पाल्पाले जनाएको छ
——————————————————————————————————————