समचार
“हामीले ममि राधा र ड्याड रेमण्डको माया, ममता, स्नेह, हेरविचारले र शिक्षा दिक्षाले हाम्रो वास्तविक घरलाई पनि भूल्न सकेेका छौं ।” दिदि वहिनी बचाऔं संस्थाका नानीहरुको भनाई ।
आरजु विष्ट सल्यानी पोखरा,२/१४
“हामीले ममि राधा र ड्याड रेमण्डको माया, ममता र स्नेह, हेरविचारले र शिक्षा दिक्षाले हाम्रो वास्तविक घरलाई पनि भूल्न सकेेका छौं ।” यो पोखरा लेकर्साईड स्थित “दिदि वहिनी बचाऔं” संस्थामा रहेका पिछडिएका नानीहरुको भनाई हो ।
यि केही कुराहरु क्इक् बहिनी संस्था अर्थात “दिदि बहिनी बचाऔं ” कास्की नेपालमा रहेका विभिन्न १४ जना वालिकाहरुको सामुहिक आवाजहो । कोही द्धन्दले, कोही आर्थिक विपन्नताले, कोही अभिभावक विहीनताले प्रताडित वालिकाहरुलाई अहिले खोजेर आवासिय व्यवस्था सहित शिक्षा दिक्षा सहित सम्पर्ूण्ा जिम्माको व्यवस्था गरीएको संस्थाका अध्यक्ष राधा पौडेलले बताउनु भयो ।
२ वार्षअघि स्थापना गरीएको “दिदि बहिनी बचाऔं” संस्थाको विधिवत उद्घाटन शनिवार पोखराको लेहर्साईडमा भएको हो । संस्थाका मूख्य सहयोगदाता लग्जेर्म्बर्गमा रेमण्ड लिङडिङगर हुन । उनले १९८९ मा ेनपाल आउँदा पोखरा वसपार्कमा एक महिलाले आफ्नो बच्चालाई उपचार गर्न नसकि प्रताड्ना भोगेको देखे पछि आफुलाई यस प्रकारको अवस्थावाट वालिकाहरुलाई गुज्रन नपरोस् भन्ने भावना जागेको बताए । यसै अनुरुप आफु सामाजिक कार्यमा लोगेको बताए । शुरुमा माईती नेपालका अनुराधा कोईरालासंग सर्म्पर्क गरी आफुले पोखरा र यस क्षेत्रलाई लक्षित गरी यहँा पनि वालिकाहरुको अवस्था नाजुक भएकाले २७ वर्षसरकारी तथा समाजिक क्षेेत्रमा काम गर्नु भएकि राधा पौडेल र उहाँका साथीसंगको सहकार्यबाट काम गर्न सजिलो भएको बताए ।
वालिकाहरु अहिले स्थानिय तालवाराहि विद्यालयमा अध्ययन गर्छन् । चीटिक्क परेका ससाना कटेज, सानो वगैंचा, छेवैमा दुहुनो गाई र गोठ रमाईलो परीवेस वालिकाहरुको लागि तयार पारीएको छ । दुध किन्नु पर्दैन, पढ्ने लेख्ने वाहेक उनिहरुले रुचि राख्नेले सिलाई वुनाई र सिप मुलक तालिम पनि लिई रहेका छन् । ठूलो भए पछि आ आफ्नो पेसामा आफैं उभिनका लागि “दिदि बहिनी बचाऔं ।”संस्थाले सबै व्यवस्था सहित अतिरीक्त सिपमुलक कार्यमा पनि उनिहरुको ध्यानाकर्षा गराएको छ । उनिहरुमा सांस्कृतिक जागरण पनि संगसंगै जागेको छ ।
सबैजना आपसमा मिलेर बसेका विभिन्न वालिकाहरु एउटै घरको नातागोता जस्तरी रहेका देखिन्छन् । कसैका बाबा छैनन्, कसैका आमा छैनन् तर उनिहरुलाई त्यस्तो कुनै कमि हुन नदिएको स्वयं वालिकाहरुले हामीलाई बताए । “यिनिहरुलाई कुनै कमि हुन नदिनका लागि एउटी माताको भूमिका” आफुले खेलिरहेको अध्यक्ष राधा पौडेलले बताउनु भयो । कार्यक्रममा हामीले ति ससाना नानीहरुलाई अरु केही कमि भएको महशुस भएको छकि - भन्दा उनिहरुले भने “हामीलेे घर भन्दा पनि बढि माया, लालन पालन र पढ्ने मौका पाएका छौं” , राधा ममि र रेमण्ड ड्याडलाई धेरै धेरै धन्यवाद सुनाए ।
कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले संस्थाको निरन्तरताको कामना गरे भने मुख्य सहयोग दाता रेमण्डले साने पँूजिबाट सुरु गरीएको यो कार्यलाई विस्तार गर्दै जाने र दर्ीघ जीवन दिने प्रयास भई रहेको बताएका थिए ।
अन्य फोटाहरु र समचारको लागि यहाँ थिच्नुहोस्
——————————————————————————————————————
नेपालमा आन्दोलनरत सात राजनितिक दलहरुद्बारा स्थानीय निकाय पुनस्थापित गर्ने निर्णय
२८मे२००६(एजेन्सीहरु)- नेपालमा आन्दोलनरत सात राजनितिक दलहरुका शीर्ष नेताहरुको आइतबार अपरान्ह बसेको बैठकले स्थानीय निकाय र पुनस्थापित गर्ने निर्णय गरेको संचार माध्यमहरुमा उल्लेख छ।
त्यसैगरी समाचारहरुमा उल्लेख भए अनुसार,प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार अपरान्ह बसेको सात दलको शीर्ष नेताहरुको बैठक पछि पत्रकारहरुसँग कुरा गदै गृह मन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्ण प्रसाद सिटौलाले सो जानकारी गराउनुभएको हो। साथै उहाँका अनुसार सरकार र माओवादी विच भएको २५ बुँदे समझदारी र माओवादीसँग हुने दोश्रो बार्ताको बारेमा पनि सातदलका शीर्षस्थ नेताहरुबाट सल्लाह र सुझाव लिएको जानकारी दिनुभयो।त्यस्तै, बैठकमा प्रतिनिधिरभा नियमावलीलाई आवश्यक संशोधन गरी एकहप्ता भित्रमा पारीत गर्ने निर्णय भएको तथा स्थानिय निकाय पूनबार्हली गर्ने सहमती भएको जनाइएको छ। माओवादीले स्थानिय निकायलाई पुनःर्वहाली गरे त्यो आफ्ना लागि धोका हुने बताइरहेकै बेला सात दलले स्थानिय निकायलाई पुनःर्बहाली गर्ने निर्णय गरेका हुन्।बैठक सकिनुभन्दा पहिल्यै नेकपा एमालेका महासचिव माधव कुमार नेपाल बैठक कक्षबाट बाहिर निस्किनुभएको थियो।यसका साथै महासचिव नेपालले संचारकर्मीहरुसँग कुरा गर्दै स्थानीय निकाय पुनःर्स्थापनाका सम्बन्धमा सात दलहरुवीच सहमति भएको जानकारी गराउनुभयो। उहाँले स्थानीय निकाय पुनःर्स्थापनामा माओवादीहरुले पनि सहमति जनाउने विश्वास ब्यक्त गर्नुभएको जनाइएको छ ।
यसैगरी बैठक पछि नेपाल कांग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवाले स्थानिय नीकाय पुनःर्बहाली सम्बन्धी छलफल भएको र त्यसमा सातदलको एउटै धारणा रहेको जानकारी गराउनुभयो।स्थानीय निकायको रिक्त पदहरु मध्ये निरंकुश सरकारको समयमा नगरपालिकाहरुको चुनाव गराएपनि बर्तमान सरकारले त्यसलाई अमान्य घोषणा गरी सकेको छ।यसका साथै सरकार र माओवादीबीच भएको पहिलो चरणको शान्ति बार्ताबाट जारी गरेको आचार संहितालाई सोमबार बस्ने प्रतिनिधि सभाको बैठकबाट पारित गर्ने निर्णय पनि बैठकले गरेको प्राप्त समाचारहरुमा जनाइएको छ।
——————————————————————————————
आखिल यूरोप नेपाली एकता समाजद्बारा जनमोर्चा नेपालका अध्यक्ष शेरचनको राजिनामा माग
२८मे२००६(एजेन्सीहरु)- नेपालमा आखिल यूरोप नेपाली एकता समाजद्बारा जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनको प्रेस वक्तव्य जारी गरी राजिनामा माग गरेको प्राप्त जारी प्रेस वक्तव्यमा जनाइएको छ।
त्यसैगरी जारी प्रेस वक्तव्यमा उल्लेख भए अनुसार,अमिक शेरचन, पारी थापा,नवराज सुबेदि,लीलामणी जस्ता २,४ जना व्यक्तीहरुले सत्तामा गइ आफ्नो स्वार्थ पुरा गर्न पार्टीको प्रयोग गरिएको देखिएको र यसका साथै अहिलेको यस परिस्थितीमा जनमोर्चा नेपाल सरकारमा जानु भन्दा बाहिरा बस्नु नै पार्टीको सिदान्तत अति राम्रो हुने भएकोले सत्ता लिप्सामा नटासिना पार्टीलाई आहव्न गरिएको जनाइएको छ। यसैगरी वर्तमान सरकारमा जाने वा नजाने विषयमा विबाद उत्पन्न भइपछि जनमोर्चा नेपाल औपचारिक रुपमै शनिबारबाट दुइ टुक्रामा विभाजित थियो । प्राप्त जारी प्रेस वक्तव्यको पूर्ण पाठ तल रहेको छ-
आखिल यूरोप नेपाली एकता समाज
प्रेस वक्तव्य
ऐतिहासिक जन-आनदोलन२०६२-२०६३मा नेपालका आम तह र तप्काका नागरिक मात्र हैन नेपाल बाहिर विश्वका विभिन्न मुलुकहरुमा बस्दै आएका नेपालीहरुले पनि विभिन्न माध्ययमबाट जन आन्दोलनमा सहभागी भए जसले नेपाली जनताको ऐतिहासिक आन्दोलनको विजय भएको छ । आखिल यूरोप नेपाली एकता समाजको तर्फबाट जन-आन्दोलनको क्रममा शहिद हुनु भएकाहरु प्रति भावपुर्ण श्रद्धान्जली अपर्ण्र् गर्दछौ ।
अहिलेको Cabinetमा पनि पुरानो कार्यसैली देखिएको छ,मन्त्रीहरु कर्मचारी सरुवा र बढुवाको नाममा कर्मचारीहरुसँग व्यस्त छन् । कति श्रम विभागको सचिव वा उपसचिवमा बढुवा र सरुवा मिलाउन व्यस्त छन् । गृहमन्त्री कृष्ण सिटौलाले सरुवाबढुवा गर्दा ठुलो रुपमा धनराशी लिने गरेको,चाकडी चापलुसी गर्ने प्रवृत्ति फेरी विकसित भएको कुराहरु संचार माध्यमहरुमा आएको छ । देशको अवयवमा लागेको आन्दोलनका घाउहरु अझै आलै छन् । जन आन्दोलनको क्रममा विभिन्न स्थानमा बगेको सहिदको रगत आलै छ । लोकतन्त्रका लागि लडेका योद्धाहरुको भाँचिएको हात र खुट्टामा भइरहेको पीडामा कुनै कमी आएको छैन। तर, यसैबेला केही मौसमी लोकतन्त्रवादीहरु भने पदमा पुगेकोहरुको चाकडीमा व्यस्त छन् । देशको समस्या एकतिर छ, समाधानको पहलको सट्टा २०४७ देखि २०५८ बीचको गतिविधि दोहोरिने हो भने परिवर्तनको के अर्थ ? प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारले मन्त्रिपरिषद् विस्तारको नामावली लागि राजदरवार पठाएर वैधानिकता दिन खोजेको र दरवारबाट आएको पत्र सभामुख सुवासचन्द्र नेम्वाङले छलकपटपूर्ण तरिकाले पढेर सार्वभौम सदनलाई गुमराहमा पारीएको छ । तसर्थ वर्तमान सरकारमा जानुको के अर्थ ?
हामी बिदेशमा रही आएका जनमोर्चा नेपाल(एकता केन्द्र मसाल)मा र्समर्थन गर्ने नेपालीहरुलाई जनमोर्चा नेपाल विभाजित भएको समाचारले भावुक बनाएको छ । अमिक शेरचन, पारी थापा,नवराज सुबेदि,लीलामणी जस्ता २,४ जना व्यक्तीहरुले सत्तामा गइ आफ्नो स्वार्थ पुरा गर्न पार्टीको प्रयोग गरिएको देखिएको छ । अहिलेको यस परिस्थितीमा जनमोर्चा नेपाल सरकारमा जानु भन्दा बाहिरा बस्नु नै पार्टीको सिदान्तत अति राम्रो हुने भएकोले सत्ता लिप्सामा नटासिना पार्टीलाई आहव्न गर्दछौ। अमिक शेरचन, पारी थापा, नवराज सुबेदिहरु जस्ता नेताहरुले आफ्ना नातेदारहरुलाई बढुवा र सरुवा मिलाउन,जागिरहरु लगाइदिन,व्यक्तीगत रुपमा आर्थीक सहयोग गराउन लगायत अन्य कार्यहरु गराउन वर्तमान सरकारका प्रधानमन्त्री,मन्त्रीहरु लगायत अन्य माथिल्लो निकायका व्यक्तीहरुसँग चाकडी गरिरहेका र लिलामणिले आफ्ना नातेदारलाई खानेपानीको जिएम बनाउने धुनमा व्यस्त छन् भन्ने समाचारहरुले हामी बिदेशमा रही आएका जनमोर्चा नेपाल(एकता केन्द्र मसाल)मा र्समर्थन गर्ने नेपालीहरुलाई दुखित बनाएको छ ।
यस्ता कृयाकलापहरु सिदान्तत पार्टीको निति विपरित गरिएका कार्यहरु हुन्, अत अमिक शेरचन अध्यक्ष पदबाट तुरुन्त राजिनामा गर्न आहव्न गर्दछौ। पार्टीद्बारा सरकारमा जान गरिएको निर्णयलाई फिर्ता लिन र पार्टीबाट निस्कसित गरिएको,असन्तुस्ट भइ विभाजित भएका भन्नेहरुलाई पुरानै स्थान दिन तथा पार्टीलाई १२ बुदे समजदारी अनुरुप अगाडि बदन्,सरकार र विद्रोही माअ�ोवादी बीचको शान्ति वार्ता सफल बनाउन सहयोग तथा पार्टीको भूमिका स्पष्ट पर्न एवम सबिधान सभाको निर्वाचनलाई सफल बनाउन हार्दिक आहव्न गर्दछौ। धन्यवाद !
मिति-२८मे२००६
बिकास भट्टराई
अध्यक्ष
आखिल यूरोप नेपाली एकता समाज,जर्मनी
———————————————————————————————————————
माओवादीद्वारा अन्तरिम सरकार गठनमा जोड
चन्द्रकान्त खनाल बुटबल
- नेकपा माओवादीका केन्द्रीय सदस्य पम्फा भुसालले वार्ताबाट नै मुलुकको समस्या समाधान हुने कुरा बताउनुभएको छ ।
१० वर्षो माओवादीको जनयुद्ध शान्तिका लागि भएको बताउँदै तेस्रो चरणको वार्ता परिणाममुखी हुने समेत दावी गर्नुभयो । १२ बुँदे समझदारीलाई कार्यान्वयन गर्न तत्काल अन्तरिम सरकार गठन गरिनुपर्ने बताउँदै उहाले माओवादी सहितको अन्तरिम सरकारले नै संविधानसभा र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरा समेत बतउनु भयो ।
प्रतिनिधिसभाबाट भएको जनुसुकै घोषणाले मुलुकको समस्या समाधान नगर्ने बताउँदै माओवादी महिला नेतृ भुसालले निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नहुँदासम्म माओवादीलाई कुनै घोषणा मान्य नहुने जिकिर गर्नुभयो । शाही सेनालाई नेपाली सेना बनाउँदैमा कुनै ठूलो परिवर्तन नहुने दावी गर्दै उहाँले जनताको शान्ति र मुक्तिको लागि लड्ने जनसेनालाई वेवास्ता गर्न नहुने समेत धारणा राख्नुभयो । राजा ज्ञानेन्द्र र उनको सम्पत्ति र्सार्वजनिक गरी जनताको हत्या गर्ने सेनाको पनि सरकारले कार्वाही गर्नुपर्ने कुरामा जोड दिनुभयो । सातदल र माओवादीको संयुक्त आन्दोलनबाट सातदल सरकारमा गएकोले आन्दोलनबाट सातदल सरकारमा गएकोले माओवादी र सातदल पक्ष र प्रतिपक्षको रुपमा नलिन समेत आग्रह गर्नुभयो ।
तानसेनको खुला टँुडिखेल मैदान र सेनाकै व्यारेक परिसरमा भएको दशौं हजार जनता सहभागिता रहेको सो सभालाई सम्बोधन गर्दै उहाँले अबको राज्यसत्तामा महिलालाई पचास प्रतिशत आरक्षण दिनुपर्ने कुरा समेत औल्याउनुभयो । महिलाहरुलाई निर्ण्र्ाार नेतृत्व तहमा पुर्याउन सकेमात्र विकास सम्भव हुने बताउँदै उहाँले वर्ण्र्ाासमुदाय र राष्ट्रको प्रतिनिधित्व गर्न महिलाहरु सक्षम रहेको समेत दावी गर्नुभयो । माओवादी पार्टर्ीी पचास प्रतिशत महिला र चालीस प्रतिशत छापामार रहेको जानकारी दिनुहुँदै उदाहरणकै रुपमा माओवादीले महिलाहरुकै प्रतिनिधित्व गराएको दावी गर्नुभयो । पैत्रिक सम्पत्तिमा छोरा सरह समान अधिकार दिन अबको राज्यले कञ्जुस्याई गरेमा महिलाहरुले व्रि्रोह गर्ने चेतावनी समेत दिनुभयो ।
सोही सभालाई सम्बोधन गर्दै नेकपा माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा -प्रभाकर) ले जनमुक्ति सेना शान्तिका लागि जस्तोसुकै वलिदान दिन तैयार हरेको बताउनुभयो । नेपाली सेनाका जवानहरु पनि शान्तिका लागि बाधक नभएको बताउँदै उहाँले ब्यारेक अगाडि रहेका सेनालाई देखाउँदै भन्नुभयो नेपाली आमाका ती जवानहरु नयाँ नेपाल निर्माणमा र शान्तिका लागि वाधा पुर्याउँदैनन् । निरंकुश सत्ता र सेना परिचालन गर्ने जिम्मेवार व्यक्ति नै मुलुकको वाधक हो । माओवादी युद्धबाट थाकेर शान्तितर्फफर्केको ठानिएमा त्यो मुलुकको लागि ठूलो भूल हुने चेतावनी समेत दिनुभयो । शान्ति वार्ताद्वारा गरिने निर्ण्र्ाार सहमतिका आधारमा मुलुकमा एउटै राष्ट्रिय सेना निर्माण गरिनु पर्ने कुरामा जोड दिँदै त्यो राष्ट्र जनताको हितका लागि हुने समेत धारणा व्यक्त गर्नुभयो । नेकपा माओवादी पाल्पाका इन्चार्ज सिजलको सभापतित्व, जिल्ला सेक्रेटरी आस्थाको सञ्चालन र विप्वलको स्वागतमा सम्पन्न सभामा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रामदिप आचार्य, अनेरास्ववियू महिला क्रान्तिकारीकी उपाध्यक्ष सुशीला सिंखडा र शिक्षक संगठनका संयोजक भेषराज भुसालले समेत बोल्नुभएको थियो ।
———————————————————————————————————-
एमालेद्धारा १२ बुँदे समझदारीलाई अक्षरस पालना गर्दै विचारको राजनितिमा विश्वास गर्न कार्यकर्तालाई आग्रह ।
आरजु पोखरा,
संधिानसभाको चुनाव मार्फ लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं भन्ने नाराका साथ नेकपा एमाले कृस्ति गा.वि.स को छैटौं अधिवेसन सम्पन्न भएको छ ।
अधिवेसनले उद्घाटन गर्दै एमाले जिल्ला सचिवालय सदस्य लिलाधार पौडेलले आफ्नो पार्टर्ीी तत्कालिन महासचिव मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवादलाई आत्मसात् गर्दै प्रष्पिर्धाको आधारको राजनिति बढाउने माओवादीको सकारात्मक धारणा आएको बताउनु भयो ।
देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न संविधान सभाको चुनाव सम्म सात राजनितिक पार्टर्ीी नेकपा माओवादी विच कायम भएको १२ बुँदे समझदारीलाई अक्षरस पालना गर्दै डर, त्रास, धम्किको राजनितिमा विश्वास नगरी विचारको राजनितिमा विश्वास गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
वौद्धिक जागरण समाज कास्कीका अध्यक्ष तिलम आचार्यले दक्षिण अफि्रका लगाएतका देशहरुको उदाहरण दिदैं भन्नुभयो ः संविधानसभा, समावेशि लोकतन्त्र र लोकतान्त्रिक गाणतन्त्र स्थापनाका बारेमा आगाडी बढ्नु पर्छ ।
अब राजाको भत्ता घटाएर संविधान सधा अघि १ करोड भन्दा पनि कम गर्नु पनेमा जोड दिनु भयो । उहाँले भन्नु भयो संविधान सभाको चुनाव पछि राजा सबै नागरी सरह रहने छन् ।
सभालाई एक दजैन भन्दा बढि नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा आन्दोलनमा र्घाईते भएको स्रि्र स्वास्थ्य लाभको कामना गरीएको थियो भने सचिव पर्ूण्ा थापाले सांगठनिक प्रतिवेदन प्स गर्नु भएको थियो । भेलाबाट २३ सदस्यिय कमिटिको निर्माण गरीएको जनाइएको छ ।
——————————————————————————————————————–
आन्दोलनमा उत्पात मच्चाउने सेना र उस्का प्रमुख प्यारजंग थापालाई कारबाहि नगरीएकोमा आक्रोस व्यक्त : तुलाधर
आरजु,पोखरा, २/१३
जनआन्दोलन पछि गठित नेपाल सरकार र नेकपा माओवादी विच वार्ता चलि रहेको बेला नागरीक समाज तथा मानवअधिकारकर्मिहरुले निरन्तर रुपमा खबरदारी गरी रहनु पर्ने बताएका छन् ।
ठाउँ ठाउँमा, गाउँ गाउँमा आयोजना गरीने नागरीक सभाहरुमा सरकार तथा माओवादी दुवैलाई खबरदारी गर्ने गरीएको छ ।
कास्कीको पुम्दिभूम्दिमा शनिवार आयोजित नागरीक सभालाई सम्बोधन गर्दै मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरले पटक पटक २०१७, ०४६ साल नदोहोरीयोस् भनेर सजग गराउँदा गराउदै फेरी राजा ज्ञानेन्द्रबाट जनतामा निरंकुशता लाद्ने काम भएको बताउनु भयो ।
निरंकुश सरकारले जनताका सपुथहरुलाई गोलि वषर्ाउने मात्रै काम गर्यो । तर पनि लाखौं लाख जनता निरंकुशता विरुद्ध लागि परे । एउटा दुःख छ ः तुलाधरले भन्नुभयो, नेतृतव गर्ने आँट कसैमा देखिएन ।
जब जब जनताले देशमा परर्ीवर्तका लागि क्रान्ति गर्छन् तब तब सम्झौतामा गएर टुंगिने पूरानो रोग अझै निको नभएको बताउदैं उहाँले विदेशी हस्तक्षेप र चलखेल भएका उल्लेख गर्नु भयो ।
यो पालि ५० औं लाख जनताको आन्दोलनलाई सही नेतृत्व गर्न नसकिएको स्वीकार गर्दै मानवअधिकारवादी नेता तुलाधरले नेपाली जनता निरास हुनु नपर्नेमा जोड दिनु भयो । उहाँले् भन्नु भयो ःनैरास्यताले जनताको शक्ति क्षिण हुन्छ , बरु यस्को सट्टामा खबरवादी गर्नु पर्छ, अनि जनताको जीत अवस्य हुनेछ ।
नेपाली जनताले स्वाधिनता, स्वतन्त्रता र लोकतन्त्र चाहेकाले जनताको शक्ति एकत्रित भई रहनु पर्ने र त्यो शक्ति अजय हुनेमा जोड दिनु भयो ।
नेता तुलाधरले आफ्नो लामो भाषणमा २१ औं शताब्दिमा नेपाली जनताको पर्ूण्ार् इच्छा लोकतन्त्र नै भएको र मानवअधिकार ग्यारेन्टि हुनु पर्ने बताउनु भयो ।
उहाँले सरकारलाई संसदको घोषणा २०६३ लाई तत्काल लागु गर्न सरकारलाई आग्रह गर्नु भयो । सबै सुरक्षा निकायका प्रमुखहरुलाई कारबाहि गर्ने तर आन्दोलनमा उत्पात मच्चाउने सेना र उस्का प्रमुख प्यारजंग थापालाई कारबाहि नगरीएकोमा आक्रोस व्यक्त गर्दै कारणहरु खुलासा गर्न सरकारको ध्यानाकर्षा गराउनु भयो ।
कार्यक्रममा स्थानिय मानवअधिकारवादी नेताहरु, दलका प्रतिनिधि लगाएतले बोलेका थिए ।
—————————————————————————————————————————————————————————————————————————-
मसाल फेरी पुटयो चित्रबहादुर अध्यक्ष
चन्द्रकान्त खनाल बुटबल
नेकपा मसाल मोहन बिक्रम पक्षसमुहको बुटबलमा सम्पन्न भेलाले चित्रबहादुर केसी के अध्यक्षमा ३९ सदस्य केन्द्रीय समिति चयन गरेको छ
२ दिन सम्म बुटबलमा चलेको भेलाले ३९ केन्द्रीय सदस्य र १० सल्लाहकार सदस्य समिति चयन गरेको सो मोचौ जनमोर्चा ले जनाएको छ । केन्द्रीय समितीको नाम र्सबाजनिक गरेको भएपनि अहिले उनीहरुले अमिक शेरच न ले नेतृत्ब गरेको जनमोर्चा नेपाल बाट अलग भएका छन । जनमोर्चाको तर्फाट प्रतिनिधी सभामा संसद भएका नबराज सुबेदी परि थापा हरी आर्चया अहिले अमिक पक्ष रहेका छन महामन्त्री मोहन बिक्रम शिह र प्रकास पक्ष बिच बिबाद भएपछि अहिले २ पक्षको नेतृत्ब २ जनाले गरेका छन । भने यि २ बाट अलग भएका रामशिह श्रीस भने तेश्रो धारमा उत्रेका छन अहिले बुटबलमा भएको यो भेला केन्द्रीय तर्दथ समिती भएको जामोर्चा नेपालका केन्द्रीय सदस्य एबं सांसद डिला राम अर्चायले बतानउनु भयो । केन्द्रीय सल्लाहकार र सदस्यको नाम पछि साबजानीक गर्ने सो पार्टर्ीी जनाएको छ अहिले उनीहरु ल्ेा पनि जनमोर्चा र अमिकको पनि जनमोर्चा रहेको छ २ ले नै एक आपसमा अबैध भन्दै आएका छन अहिेले सम्म यो पार्टर्ीी पटक भन्दा बढी फुटेको छ ।
प्रेस यूनियनको स्थापनामा पाच लोकतान्त्रिक पत्रकार सम्मानित
विजय सन्तोषी र्राई/ धनकुटा १४ जेष्ठ
नेपाल प्रेस यूनियनले आफ्नो स्थापना दिवसको अवसर पारेर धनकुटाका चार लोकतान्त्रिक पत्रकारहरुलाई सम्मान गरेको छ ।
लोकतन्त्र र प्रेस स्वतन्त्रको पक्षमा संचालित वलिदानिपर्ूण्ा जन संर्घष्ा गर्दा जेल पर्ने,प्रहरीको कुर्टाई खाएका र रोजगार खोसिएका धनकुटाका ५ पत्रकारहरुलाई लोकतान्त्रिक प्रेस सवतन्त्रता सेनानीको रुपमा नेेपाल प्रेस यूनियन धनकुटा शाखाले यूनियन १६ औं स्थापना दिवशको अवसरमा भव्य कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।
नेपाल प्रेस यूनियन धनकुटा शाखाले निरङ्कुस राजतन्त्रको विरुद्ध लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा जनआन्दोलनमा सक्रिय पर्ूवक सहभागि भईरहदा पक्राउ पर्नु भएका नेपाल प्रेस यूनियनका पर्ूव केन्द्रिय उपसभापति एवं पत्रकार महासंघका केन्द्रिय उपसापति सञ्जय सन्तोषी र्राई, आन्दोलनको क्रममा प्रहरीको कुर्टाई खाई गम्भिर र्घाईते भई पक्राउ समेत पर्नु भएका नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य एवं पत्रकार महासंघ धनकुटा शाखाका सभापति विजय सन्तोषी र्राईलाई लोकतान्त्रिक प्रेस स्वतन्त्रता सेनानीको रुपमा सम्मान गरेको छ ।
यसैगरी लोकतान्त्रिक आन्दोलनमा सहभागि भएकोमा रासस समाचारदाताबाट हर्टाईएका नेपाल प्रेस यूनियनका शाखा सभापति सुमन गुरागाई र रेडियो नेपाल क्षेत्रिय प्रशारण केन्द्र धनकुटाबाट सह समाचारवाचकबाट हर्टाईनु भएका नेपाल प्रेस यूनियन धनकुटा शाखाका केन्द्रिय पार्ष टकलाल र्राई र शाखाका पर्ूव अध्यक्ष मोहन वान्तवालाई लोकतान्त्रिक प्रेस स्वतन्त्रता सेनानी घोषणा गरी सम्मान गरेको छ ।
उहाहरुले लोकतान्त्रिक जनआन्दोलनमा पुर्याउनु भएको योगदानको उच्च मुल्याकंन गर्दै नेपाल प्रेस यूनियनको तर्फाट सम्मान पत्र र उपहार प्रदान गरीएको हो ।
नेपाल प्रेस यूनियन धनकुटा शाखाद्धारा आयोजि उक्त सम्मान कार्यक्रममा नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी र्राईले संविधान सभाको निर्वाचनबाट नया संविधान नवने सम्म प्रेस स्वतन्त्रताको ग्यारेन्टि पर्ूण्ा रुपमा नहुने वताउदै नया संविधान निर्माण गर्नका लागि पत्रकारहरुले पनि महत्पर्ूण्ा योगदान दिनु पर्नेमा जोड दिनु भयो ।
नेपाल प्रेस यूनियन धनकुटा शाखाका अध्यक्ष सुमन गुरागाईको सभापतित्वमा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय उपसभापति सञ्जय सन्तोषी र्राई, नेपाली कांग्रेसका सभापति हरि अधिकारी, प्रेस यूनियनका सल्लाहकार प्राध्यापक गोपाल प्रसाद अधिकारी,नेपाल प््रध्यापक संघ केन्द्रिय सदस्य गोपाल अधिकारी पत्रकार महासंघ धनकुटाका उपसभापति जेवी घलेमगर लगायतका पत्रकारहरु तथा अन्य वक्ताहरुले नेपाली जनतालाई अधिकार सम्मपन्न वनाउदै नया नेपाल निर्माण गर्नका लागि हरेक किसिमले नया ढंगबाट आन्दोलन जारी राख्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
लोकतान्त्रिक जनआन्दोलनको क्रममा रेडियो नेपाल क्षेत्रिय प्रशासरण केन्द्र धनकुटाबाट हर्टाईएका सह समाचारवाचकको रुपमा कार्यरत टकलाल र्राई,आईतमाया चेम्जोङ्ग, समाचारदाता विजय सन्तोषी र्राई र रासस जिल्ल्ा समाचारदाताबाट हर्टाईएका सुमन गुरागाईलाई पुनरवालि गर्नका लागि सरकारसंग माग पनि गरेको छ ।
———————————————————————–
बालबालिकाको संक्षणमा सवैको दायित्व उत्तिकै
माधवराज तिवारी काठमाडौँ
आज राजधानिमा नेपाल बाल मजदुर सरोकार केन्द्र ९सिविन० ले काठमाडौमा आयोजना गरेको ूयुद्धका अबशेष र बालबालिका बालबालिकाको संक्षणका लागि कस्को के दायित्व -ू बिषयक छलफल कार्यक्रमका वक्तहरुले सवैले बालबालिकाको संक्षणमा ध्यान पुर्याउनु कुरामा जोड दिएका छन ।
कार्यक्रमा बोल्दै नेपाल सरकारका उप प्रधानमन्त्रि केपी ओलीले बालबालिका भोलीको भविश्य भएकाले उनीहरुको हरेक कृयाकलाप लगाएत उनीहरुको संक्षणमा अभिभावक लगायत सवैले बिशेष चासो दिनु पर्ने बताउनु भयो । साथै उहाँले नेपाल सरकारले ूबालबालिका शान्ति क्षेत्र हुन्ू भन्ने अभियानमा सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नु भयो । छलफल कार्यक्रममा अधिबक्ता एवं माओवादी नेता एकराज भण्डारीले हाल पनि दर्ुइ वटा सत्ता कायमनै रहेकाले त्यसबाट बालबालिका पर्न जाने असर प्रति माओवादी सधै र्सतर्क रहिरहने बताउनु भयो । साथै उहाँले बिद्यालयहरुमा बालबालिकाको समेत हितलाई ध्यानमा राखि बङकार खनिएको दाबी गर्नु भयो । कार्यक्रममा सिविनका अध्यक्ष गौरी प्रधानले शशस्त्र द्धन्द्धबाट सबै भन्दा बढि ख् बालबालिका पिडित भएका र धरै बिस्थापित भएको कुरा बताउनु भयो ।
__________________________
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
