माओवादीले शिक्षकको अर्न्तवार्ता हुन नदिने
पि एन एन सम्बाददाता,
माओवादी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन क्रान्तिकारीले आज धनकुटामा पर्ूवाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटामा आयोजित कार्यक्रममा उक्त उदघोष गरेका छन । तत्कालिन सरकारले अस्थायी शिक्षकहरुलाई स्थायाी गर्नका लागि लिखित परिक्षा लिई परिक्षामा उत्तिर्ण्र्ााएकाहरुलाई भोलि देखी पर्ूवाञ्चलको विभिन्न जिल्लाहरुमा अर्न्तवार्ता लिने कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रम वन्द गर्नका लागि उक्त संगठनले आज धनकुटा जिल्ला स्थित पर्ूवाञ्चल क्षेत्रिय शिक्षा निर्देशानलयमा ज्ञापन पत्र लिई वन्द अर्न्तवार्तालाई जसिर भए पनि रोक्ने धम्की दिएका छन । माओबादी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन क्रान्तिकारीका मेची कोशीका अध्यक्ष लक्ष्मी अन्छङबोलेको नेतृत्वमा आएको शिक्षकहरुको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र विझाउदै उक्त अर्न्तवार्ता जसरि भए पनि रोक्नु पर्ने अन्यथा अप्रिय हुनु पनि चेतावानी दिएका छन । माओवादीको उक्त धम्कीले गर्दा भोलि देखी संचालन हुने शिक्षकहरुको अन्तर्वाता अन्यौलमा परेको छ ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
