:: माओवादी र सरकारले यूद्ध विराम गरेता पनि विस्तापितहरु आफ्नो घर र्फकन सकेका छैन । : : May : : 2006

May 9, 2006

माओवादी र सरकारले यूद्ध विराम गरेता पनि विस्तापितहरु आफ्नो घर र्फकन सकेका छैन ।

पि.एन.एन सम्वाददाता
माओवादीले र सरकारले यूद्धविराम गरेता पनि दुवै पक्षबाट विस्थापतिहरुको सम्वन्धमा अहिले सम्म कुनै धारणा र्सार्वजानिक नभएको कारण धनकुटा जिल्लाका पाच दर्जन भन्दा वढि विस्तापितहरु घर र्फकन सेकेका छैनन । धनकुटा जिल्ला बोधे गाविसका पदम वहादुर लिम्बु र उनका परिवार सरकार र माओवादीले युद्धविराम गरेको दर्ुइ साता वितिसक्दा पनि दुवै तर्फाट विस्थापितहरुको सम्वन्धमा औपचारिक रुपमा केही धारणा नआएका कारण आफ्नो घर र्फकन सकेका छैनन् । उनी २०५८ सालमा धनकुटा जिल्लामा माओवादी गतिविधि एक्कासि त्रि्र भए पछि आफ्नो पुख्यौली घर बोधेबाट श्रीमती र आठ जना लाला वाला सहित धनकुटा सदरमुकाममा विस्तापित भई ज्यादै कष्टकर जिवन विताउदै आईरहेका छन । उनी मात्र होईन धनकुटा जिल्लामा द्धन्द्धका कारण आफ्नो गाउ घरबाट विस्थापति भई वजार क्षेत्रहरुमा वस्नेहरुको संख्या र्५जर्दन भन्दा बढि छन । उनीहरुको एउटै भनाई छ सरकार र माओवादीहरुले औपचारिक रुपमा युद्ध विरामको घोषणा गरेता पनि विस्थापितहरुको वारेमा केही पनि धारणा नदिएकोले अन्यौलमा परेका छौ । धनकुटा जिल्लामा आखिसल्लाका केशर भण्डारी, हात्तिखर्कका पदम वहादुर वस्नेत, चुङवाङ्गका हरि घिमिरे, वोधे गाविसका पदम वहादुर लिम्बु ,मुगाका रामजी थापा,पर्ूव प्रधान मंत्री र्सर्ूय वहादुर थापा लगायत धनकुटा जिल्लाका चार दर्जन भन्दा वढिको घर जग्गा कब्जा गरेका थिए । त्यस वारेमा पनि अहिले सम्म माओवादीले स्पष्ट धारणा र्सार्वजानिक नगरेकोले पनि विस्थापितहरु घर र्फकन सकेका छैनन । जनताको वलिदानीपर्ूण्ा संर्घष्ाबाट संसदको स्थापना संगै तिन महिनाको लागि माओवादी पक्षबाट यूद्धविराम को घोषणा भए पछि पदम वहादुर लिम्वुले परिवार सहित आफ्नो घर र्फकनने र सुखका साथ फेरी नया जिवन सुरुवात गर्ने मिठो सपना सगालेका थिए तर सरकारले समेत युद्धविरामको घोषणा गरि सक्दा पनि सरकार र माओवादी दुवै पक्षबाट विस्थापति सम्वन्धमा कुनै धारण नआएकोले उनका सवै सपनाका महलहरु भताभुग भएको र नर्ककै दुख पर्ूण्ा जिवन जिवनु परिरहेको दुखेसो पोख्छन । लेखनदास व्यावसाय गरेर र अलिक ठूला भएका छोरा छोरीहरुलाई शाहुका काम गर्न पठाउदै जम्मा १० जनाको परिवार अत्यन्तै दु.ख.का साथ गुजारा गर्दै आईरेको वताउदै पदम वहादुर लिम्बु शान्ति स्थापना भए आफ्नो घरमा गई खेती किसान गर्दै आफ्नो परिवार सुखका साथ चल्ने वताउछन । सरकार र माओवादी दुवै पक्षले चाडो भन्दा चाडो विस्थापितहरुको वारेमा आ आफ्नो धारणा र्सार्वजानिक गर्नु पर्ने माग विस्थापित पदव वहादुर लिम्बु गर्नु हुन्छ । नेपाली कांग्रेस प्रजातान्त्रिक धनकुटाका नेता अग्नी वराल पनि २०५८ साल देखीने कुरुले तेनुपा गाविसबाट विस्थापित भई सदरमुकाममा डेरा गरी वस्दै आएको वताउदै माओवादीे सरकारले यूद्धविराम गरेता पनि विस्थापितहरुको सम्वन्धमा कुनै धारणा दुवै पक्षबाट र्सार्वजानिक नभएकोले विश्वाससिलो वातावरण तयार नभैसकेको कारण आफ्नो घर खेतमा र्फकन नसेको पीडा सुनाउछन । द्धन्द वढ्दै गएकै कारण नेपाली कांग्रेस प्रजातान्त्रि धनकुटाका महासमिति सदस्य शरण कुमार र्राई, एकजङ्ग वुढाथोकी र जिल्ला कमिटि सदस्यहरु दिनेश भण्डारी,नेपाली कागेसका महासमिति सदस्य गोविन्द पौडेल लगायतका दर्ुइ जर्दजन प्रजातान्त्रिका कार्यकर्ताहरु २०५८ साल देखी विस्थापित भई घर जान सकेका छैन । नेपाली कांग्रस प्रजातान्त्रिका केन्द्रिय नेताहरु अर्जुन थापा, अजित नारायण सिंह थापा, लगायतका नेताहरु पनि द्धन्दका कारण धनकुटाको मुगा गाविसमा रहेको आफ्नो पुख्योली घर जान सकेका छैन । मुगा गाविसका केदार घिमिरे,राम प्रसाद देवान, शंकर थापा,, चानुवा गाविसका लेखन वहादुर बुढाथोकी,खड्क वहादुर चापागाई, पनि शान्ति स्थापना भई घर र्फकन आशामा वजारमानै वस्दै आएका छन । त्यसो त वेलहारा गाविसका विश्व प्रकाश जोशी , मुगा गाविसका मान वहादुर थापा, घोर्लिखर्क गाविसका विदुर पौडेल, आखिसल्ला गाविसका केशर वहादुर भण्डारी पनि विस्थापति भई वजारनै वस्दे आएका छन । द्धन्दकारण धनकुटा जिल्लाका विभिन्न गाविसहरुबाट विस्थापति भई धनकुटा जिल्ला सदरमुकामका अलवा, धरान, विराटनगर र्,इटहरी , भद्रपुर,राजधानी काठमाण्डौ लगायतका सुरक्षित स्थानहरुमा विस्थापित भई विस्थापितहरुले ज्यादै कष्टकर जिवन विताईरका छन भने सयो यूबा यूवतीहरु छिमेकी राष्ट भारत र अन्य खाडी मुलुकहरुमा समेत गएका छन । तर पनि उनीहरुको पीडा अहिले न सरकारले सुनेको छ न अरुलेनै । तर पनि अव भने मुलुकमा शान्ति स्थापना होला र पुरानौ आ आफ्नो घरमा र्फकन सकिने वातारण वन्न सक्नेमा विस्थापतिहरु विश्वस्त रहेका छन ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/05/09/p165/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter