माओवादी कार्यकर्ताद्धारा ज्यान मार्ने मुद्धा फिता नलिए आत्महत्या गर्ने चेतावनी
पि.एन.एन सम्वाददाता आरजु, पोखरा
माओवादी गतिविधि परित्याग गरी पर्ुनस्थापना केन्द्र ढकालटारमा रहेका पर्ूव माओवादी कार्यकर्ता दिलिप कुमार शाहले आफु माओवादी छदा राज्यपक्षले लगाएको ज्यान मार्ने सम्वन्धी मुद्धा फिर्ता नलिए आमरण अनशन बस्ने र सो बाट पनि समस्या समाधान नभए पर्ुनस्थापना केन्द्रमा आत्महत्या गर्ने चेतावनी दिएका छन् । ०६० माघ १२ मा माओवादी गतिविधि त्यागी २०६१ बैशाख देखी पर्ुनस्थापना केन्द्र ढकालटारमा रहदै आएका शाहले अहिलेको परिस्थितिमा हतियारधारी माओवादीले समेत आम माफी पाएको बताउँदै आफुमाथि लगाइएको मुद्धा फिर्ता लिनु पर्ने माग राख्दै केन्द्रमा ५ सुत्रिय ज्ञापन पत्र पेश गरेका छन् ।
यस विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी टेकविरजङ्ग रायमाझी सँग बुझ्दा उहाँले शाह माओवादी रहदा प्रहरी मारेको मुद्धा भएकाले छाड्ने बेलामा जिल्ला प्रशासन कार्यालय वारालाई जिम्मा लगाउनु पर्ने बताउनु भएको छ ।
यता वारा जिल्लाका प्रमुख जिल्ला अधिकारी शान्तराज सुवेदी भने शाहको मुद्धा राजनितिक भएकोले गृहमन्त्रालय सँग सर्म्पर्क गर्दा कुनै जानकारी नआएको बताउनु हुन्छ । शाहलाई ०५७ सालमा कर्तव्य ज्यान मार्ने मुद्धा लागेको छ ।
Where ever you are in the world. We will be with you.
Please, share your ups & downs with us. :-PNN
