:: ” विदेशमा रहेर पनि हामीले आफनो भाषा, संकृति र साहित्यलाई विर्सर्नु हुदैन'’”, बाशु ढकाल : : May : : 2006

May 6, 2006

” विदेशमा रहेर पनि हामीले आफनो भाषा, संकृति र साहित्यलाई विर्सर्नु हुदैन'’”, बाशु ढकाल

वरिष्ठ गीतकार बाशु ढकालसग साक्षात्कार — ध्रुव थापा

गीत वा संगीतले जहिले पनि हरेक मानव जातिलाई मात्र नभई अन्य पशु पक्ष्ँीमा पनि नया उर्जा प्रदान गर्दछ भन्ने तथ्य विज्ञानले समेत प्रमानित गरेको छ, र एउटा असल गीत बन्नको निम्ति उत्कृष्ट शब्द सृजना हुन जरुरी हुदछ र त्यसलाई हर कोहिको दिललाई छुन सक्ने संगीतले लयबद्ध पार्न आवस्यक हुदछ र कर्ण्र्ाा्रय स्वरले जव यसलाई मर्ुर्ृतरुप दिदछ तव मात्र एक उत्कृष्ट गीतको सृजना हुन्छ । तर जहिले पनि गीतको हकमा हर्ेर्नेहो भने गायकलाई मात्र चिनीन्छ तब गएर कसैले चिन्दछ त त्यो हो संग्ाीतकारलाई, तर जसले त्यस गीतको सृजना गरेको हुन्छ त्यो ब्यक्ति जहिले पनि ओझलमा हुन्छ र थोरैले उस्लाई चिनेको हुन्छ, त्सस्तै एक सफल युवा गीतकार जस्ले आज सम्म कैयो गीतहरुको सृजना गरेका छन् उसैलाई यहा सम्म ल्याउदा धेरैले नचिनेको हुन सक्छ, उही गीतकार बाशु ढकालसंगको छोटो वार्ता यहाहरु समक्ष प्रश्तुत गर्ने कोसिश गरिएको छ

युवा गीतकार बाशु ढकालको जन्म धैवुंग ५ रसुवामा भवानी प्रसाद र इन्दिरा ढकालको ८ सन्तानमा जेठो छोरोको रुपमा जन्मीएका हुन, वहाले त्रि.वि किर्तिपुरवाट गणितमा एम एड.गर्नुभएको छ । वहाले अमेरिका आउन अघि दरवार हाई स्कुल र भानुभक्त मेमोरियल उच्च मा.विमा अध्यापन गराउनु भएको थियो । प्रस्तुत छ प्रवासी नेपाली नेर्टवर्क अमेरिका सम्बाददाता तथा नयां पुष्ताका अनुभवि पत्रकार श्री ध्रुब थापा सँगको भलाकुसारी .

पुरा पढ्नको लागि भित्र आउनुहोस

वहाको रुचिः साहित्य सृजना, गीत लेखन

वहाको संलग्नता गणित शिक्षापरिसदको सस्थापक सदस्य, ग्लोवल पिर्क्चर्सको सस्थापक, आखा लोभी मनपापी चलचित्रको निमार्ण्र्ााायन्स क्लव अफ काठमाडौ स्प्रींग्ाका चार्टर मेम्वर, हाल क्यालिफोरनिया अ ने सा स का महासचिव, नेपाली एण्ड प|mेन्डस्ा कल्चरल एसोसिएसन क्लालिफोरनीयाका सदस्य, तथा अन्य साहित्यीक संघ सस्थामा संलग्नता ।

पुरस्कार तथा पदक श्री ५ एश्वर्यावाट युवा गीतकार पुरस्कारवाट सम्मानित, कलेज स्तरिय वक्तित्वकला र कविता गोष्ठिमा प्रथम पुरस्कार ।
धुवः यहाले आफुलाई कसरी समाजले चिनोस जस्तो लाग्छ - आफनो बारे पाठक समक्ष केहि भ्न्नु हुन्छकि -

बाशु समाजको स्थापना सबै प्रकारका ब्यtmिहरुवबाट हुन्छ र त्यसमा सबैको् स्थान महत्वपर्ुण्ा हुन्छ । अरु ब्यtmिहरुबाट समाजले जसरी सामाजिक संरचनामा महत्व राख्दछ त्यसरीनै मेरो स्थानले पनि समाजमा त्यही महत्व राख्न प्रयास गरोस भन्ने चाहन्छु। प्ाठकहरुमा मेरो यो निवेदन छ कि कुनै पनि लेखक, साहत्यिकारबाट समाजको लागि देखाइएको त्यस साहित्यीक दर्पणमा आफनो अनुहार पनि हर्ेर्ने जमर्को गरि दिन आग्रह गदर्छर्ुु

धुव साहित्यमा वा गीत लेखनको क्षेत्रमा प्रवेश हुने प्रेरणा कसबाट पाउनु भयो -

बाशु साहित्य वा गीत लेखनमा प्रवेश हुने पे्ररणा मैले मेरा अग्रजहरुबाट पाए । जव जव साहित्य र संगीतले मन छुन थाल्यो तव तव मेरा भावनाहरु प्नि क्रमसः पोखिन थाले ।

धुव पहिलो पल्ट रर्ेकर्ड भएको यहाको गीत कुन हो र कहिले क्र्र्रस्ले गाउनु भएको थियो -

बाशु पहिलो पल्ःट र्रर्ेकड भएको मेरो गीत सरस्वति बन्दना थियो र यो गीत भानुभक्त मेमोरियल स्कुलका संगीतकार दिपचन्द्र मोक्तान र पर्ुण्ा नेपालीको संगीतमा देविका प्रधान र बिधागर्थीहरुबाट गाइएको थियो । त्यही गीत पछि रर्ेकर्ड गरी क्यासेटमा उपलब्ध भएको थियो ।

धुव तपाई गीतहरु विषेशत कस्तो खाले लेख्नु हुन्छ- आज सम्म कस कसले गाउनु भएको छ - केहि प्रकाश पारिदिनु हुन्छकि-

बाशु मेरा गीतहरु खासगरी जीवनदर्शन र मान्छेको नियति अनि समाजका विकृति सुधार्नका लागि हुने गर्छन् । आजसम्म मेरा गीतहरु निम्न कलाकारहरुले गाउनु भएको छ ।

ओम बिकम विष्ट, राम कृष्ण ढकाल, आनन्द कार्की, एम बराल, सपना श्री, रीमा गुरुंग,देविका प्रधान, थुप्देन भुटिया, राजेश पायल र्राई, अयुव खान, जीवन शाही, कर्ण्र्ाासर्,र् इश्वर अमात्य, चन्दा देवान, र।हुल भारती, माया रोक्का, उत्सव सिजापति, आश्विन दाहाल साथै अन्य कलाकारहरुले पनि थुप्रै अन्य गीतहरु गाउनु भएको छ ।

धुव कुनैपनि गीत पपुलर हुदा जहिले पनि गायकलाई चिनीन्छ तर त्यो गीत कस्को सृजनाहो धेरैलाई थाहा समेत हुदैन यस्तो मा बाशु हजुरलार्इर्र्कस्तो लाग्छ - विषेशत गीतकारलाई जस्ले सारा गित जन्माउछ उस्लाई प्राय कसैले चिनेकै हुदैन हैन र -

मेडियाले गर्नु पर्ने का हो सृजनगर्नेह्ररु पनि हकदार हुन् भनेर । हाम्र्रो पत्रकारिता र प्रस्तुतिकरणको यो पुरानो ढाचा फर्ेनु पर्ने अक्कल नआए सम्म यही प्रकिया चलिरहन्छ । चिन्न खोज्नेका लागि र शब्दको मर्म बुझनेका लागि कहि न कहि फेला परि हालिएला ।

धुव यहाले निकालेका गीती एल्वमहरु कुन कुन हुन् र कस्ता खाले गीतहरु समेटिएका छन् -

बाशु मेरा सृजनाहरु - आदर्श, दर्शन, आकांक्षा, जीवन, उनकै यादमा, अधरको लाली, गाउले, नम्वर वन, चन्दा, भानुभक्त आदिमा संग्रहित छन् र मेरा गीतहरु जीवन दर्शन संग सम्वन्धित-प्राय) छन् ।

धुव यहाको अन्यरुचीहरु के के हुन- जान्न सकिन्छकि-

बाशु मेरो अभिरुचि भनेको समाजको द्रस्टा बन्ने हो । आफुबाट समाजले केहि प्राप्त गरोस र आफुले गरेको कुनैपनि कामबाट कसैलाई जानी जानी हानी नोक्सानी नपुगोस ।

धुव आज नेपाली जमात नेपालमा भन्दा बिदेशमा धेरै छ र प्रवाशमा बसेर भाषा, साहित्य र सस्कृति जोगाउन हामीले

कस्तो भुमिका निवार््रह गर्नु पर्छ होला-

बाशु विदेशमा रहेर पनि हामीले आफनो भाषा, सस्ंकृति र साहित्यलाई विर्सर्नु हुदैन । केहि समय हामीले आफनो पहिचान जोगाउन पनि खर्च गन पर्छ ।

हालेै अमेरिका आएर लेख्नु भएका गीतहरु कुन कुन हुन र यहाको लेखाई मा विदेशी भुमीको प्रभाव कस्तो परेको छ -

हालै अमेरिका आएर लेखेका गीतहरु

तिमी नजाउ एक्लै,

मेरो प्रेम पत्र,

यात्रा जीन्दगीको,

मेरो मायाको भारी,

मुट साटी किन फेरि हुन

। र अन्य गीतहरु लेख्ने क्रमपनि जारी नै छ । मेरो गीतहरुमा स्वदेश छाडेर विदेशमा बस्नु पर्दाको पीढा केहि मात्रामा झल्किएको छ । स्वभावत एउटा मान्छेको मनोदशालाई गीतमा ब्यक्त गर्दा त्यसमा जीवन शैलीको प्रभाव त पर्छ नै ।

धुव प्रवाशी ज्रीवन यहालाई कस्तो लागेको छ - जीवनलाई यहाले कसरी बुझनु भएको छ -

बाशु प्रवाशी जीवन, जीवन यापनका लागी अत्यावश्यक क्रियाकलापमा, जहा बसेपनि सरिक हुनुनै पर्छ , स्वदेशको माया, आफनो परिवेश र आफन्तहरुको बिछोडको पीडा त आफनो ठाउमा छदैछ तर पनि आफनो देशको आर्थिक र राजनैतिक दर्ुदशाका कारण कैयन नेपालीहरुले विदेशिनु पर्ने पिढाले कहिले काहि मन बेचैन हुन्छ । जीवन भनेको अर्थपर्ुण्ा रुपमा मानविय ढंगले समाजको एक अभिन्न अंगको रुपमा आफनो कर्म गर्दै जानुहो जस्तो लाग्छ । सबैको भोगाई र परिभाषा फरक फरक हुन सक्छ ।

धुव अमेरिकामा कहा कसरी आफनो पारिवारिक जीवन यापन गरि रहनु भएको छ - आफनो परिवारका ेबारेमा पनि केहि भन्नु हुन्छ कि-

बाशु असहज परिवेशमा सहज जीवन यापन गर्ने चेष्टामा छौ हामी । परिवार सानो छ , आपसी सद्भावर मित्रतामा अघि बढेका छौ हामी ।
धुव अमेरिकाको क्यालिफोरनियामा नेपाली समुदाय निक्कै बडी रहेको छ, यहाको नेपाली समाजलार््इ ससक्त पार्न के कस्तो भुमिका निर्वाह गनु पर्ला - यहाका नेपाली संघ सस्थाको बारेमा केहि भन्न चाहनु हुन्छकि-

बाशु विश्वमै नेपालीहरु छरिएर बसेका छन्, अमेरिकामापनि नेपाली समुदाय अतिनै बडदै गएको छ । क्यालिफोरनियामा अझै बढि देखिन्छ हामी टाढा विदेशमा हुनाले आपसी सद्भाव र मेलमिलापवाट समुदायको विकासका लागि फुटेर हैन जुटेर एक भइ अगाडि बढेमा हामी जनकामपनि गर्न सक्छौ । नया संश्थाको जन्मदिनु भन्दा भएकोलाई संरक्षण गर्न सकेपनि हामी सफल हुन सक्छौ । फुटको भावणा र सत्तालोलुपता भन्दा कर्मशिल हातहरुलाई क्रियाशिल गराऔ नया बर्ष२०६३ मा मेरो यही कामना छ ।

धुव आज देश कुन दिशातिर लागेको भान हुन्छ - के यस्को समाधान चाडै होला जस्तो लाग्छ -

बाशु देशको अवस्थाको भयावह स्थितिबाट पार पाउन नेपाली जनता, राजा, र अन्य सम्पर्ण्र्ााक्तिहरुलाई केन्द्रिकृत हुनु पर्छ र मन भित्र सबैले यो मेरो देशहो र हामी नेपाली एक हौ भन्ने भावना राखेर अन्य सबै द्धेस र रँग्ँ त्याग्नु जरुरी छ । जव सम्म मान्छेमा अंह भावनाको तुवालो हटदैन तव सम्म मर्ने र मार्ने क्रम जारी रहन्छ र यो सारा दुःख झेली रहन पर्दैन ।

धुव अन्तमा नेपलबाहिर रहेका नेपालीहरुको नि््ि्म्त प्रवाशीनेपाली डटकम एक प्रतिनिधि मुलक साइट भएकोले यस मार्फ प्रवाशी नेपालीहरु ज्ाो संसारको हरेक कुनामा छरिएर बसेका छन् र यस साइट मार्फ केहि भन्नु हुन्छकि-
बाशु जहा जसरी जे गरेर बसेका भए पनि हामी नेपाली हौ, हाम्रो माटो त्यही हो र हाम्रो भावना एकै हो । प्रवाशी नेपाली डटकमले टाढा रहेका नेपालीहरु वीचको जुन सेत पुल बाधेको छ त्यो प्रशंसनिय छ । यस्ले आफनो संकृति, भषा, साहित्य र पत्रकारितामा गरेको प्रयास अझ अघि बढोस र सवैले यस प्रवाशी डटकम मार्फ आपसी सद्भाव बृद्धि गरुन मेरो नया वर्ष२०६३ मा यही शुभकामना छ ।

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/05/06/p139/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter