नेपालमा सरकार र विद्रोही बीचको पहिलो चरणको शान्ति वार्ता सम्पन्न,२५ बूँदे युध्दविराम आचार संहितामा सहमत,अर्को वार्ता छिट्टै हुने
सप्पन के.सी.( युरोप, सम्वाददाता)
नेपालमा बहुप्रतीक्षित सरकार र विद्रोही माअोवादी वार्ता टोलीबीच शुक्रबार काठमाडौंको गोकर्ण रिसोर्टमा सुरु भएको पहिलो चरणको वार्तामा २५ बूँदे युध्दविराम आचार संहितामा दुवै पक्ष सहमत भएका छन्।साथै वार्ता शुक्रबार अपराह्नबाट झण्डै ६ घण्टा चलेको थियो। त्यसैगरी अर्को वार्ताको मिति दुवै पक्षको सहमतिबाट निर्धारण गरिने र छिट्टै हुने भएको संचार माध्यमहरुमा उल्लेख छ ।
त्यसैगरी समाचारहरुमा जनाइए अनुसार,वार्तापछि आयोजित पत्रकार सम्मेलनमा सरकारी वार्ता टोलीका संयोजक कृष्ण सिटौलाले वार्ता आचार संहिता बनाउनमा केन्द्रित रहेको जानकारी दिनुभयो। त्यसैगरी माअोवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले वार्तामा प्रस्तुत भएको सरकारी रवैयाले सरकारका क्रियाकलापप्रति विश्वस्त हुने वातावरण प्राप्त भएको बताउनु भयो।यसका साथै सरकारी वार्ता टोलीका संयोजक कृष्ण सिटौला अपराह्न साढे ३ बजेतिर सरकारी गाडीमा वार्ता स्थल पुग्नुभएको समाचारमा उल्लेख छ।
यसका साथै माअोवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महरासहितका सदस्यहरु ३ बजेर ५५ मिनेट जाँदा बा २ च ६५६४ नम्बरको निजी गाडीमा आएका थिए। वार्ता टोलीसँगै माअोवादीका केही कार्यकर्ताहरु बा १ ज ७६६ नम्बरको अर्को भाडाको माइक्रोबस चढी आएका थिए।त्यसैगरी वार्ता स्थलमा प्रवेश गर्नुअघि माअोवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले वार्ता सफल बनाउनका लागि आफूहरु आएको र संविधान सभाको बारेमा कुरा उठाउने बताउनु भएको समाचारमा जनाइएको छ।
यसै बीच समाचारहरुमा जनाइए अनुसार,सरकारी वार्ता टोलीका सदस्य प्रदीप ज्ञवालीले भयरहित वातावरणमा संविधान सभाको निर्वाचन गराउनका लागि कुरा राख्ने जानकारी दिनुभयो। आपसी सहमतिमा अर्को वार्तास्थलको निर्धारण गर्ने र आवश्यक पर्यो भने राष्ट्रसंघको सहायता पनि लिन सकिने उहाँले जानकारी दिनुभयो। वार्ता स्थलमा मन्त्रीका सुरक्षा गार्डहरु बाहेक खासै सुरक्षाकर्मीको उपस्थिति देखिएको छैन।यसका साथै माअोवादी वार्ता टोलीसितै आएका कार्यकर्ताहरु पनि बाहिर नै बसिरहेका छन्।त्यसैगरी वार्ता स्थलमा स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरुको भने ठूलो भीड लागेको प्राप्त समाचारहरुमा जनाइएको छ।
——————————————————————————–
धर्म निरपेक्षको विरोध
चन्द्रकान्त खनाल (नेपाल सम्वाददाता)
प्रतिनिधिसभा घोषणा २०६३ द्वारा नेपाल राज्यलाई धर्म निरपेक्ष घोषणा गरिएको विरोधमा हिन्दू स्वयम सेवक संघले नवलपरासीको बेलटारीमा शुक्रबार विरोध जुलुस निकालेको छ ।
जिल्ला सह कार्यवाक नगेन्द्रप्रसाद कुशवाहाको अध्यक्षता सम्पन्न विरोधसभामा व्यापार मण्डलका विष्णुप्रसाद उपाध्याय, प्रेमचन्द्रलगायतका व्यक्तिहरूले राजा नरहे पनि हिन्दूत्व रहन्छ तर्सथ नेपाललाई हिन्दू राज्य कायम गर्न सरकारसँग माग गरिएको छ ।
विरोध जुलुस सभा स्थल बेलटारीमा हजारौंको उपस्थिति रहेको थियो ।
——————————————————————————————————————–
प्रेसले सचेतकको भूमिका निर्वाह गर्नुपर्ने
चन्द्रकान्त खनाल (नेपाल सम्वाददाता)
- नेकपा -माओवादी)ले प्रेसलाई खुल्ला गरिएको स्पष्ट गरेको छ । शुक्रबार माओवादीले दलीय राजनीतिभन्दा माथि उठेर प्रेसले सचेतकको भूमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ ।
प्रेस चौतारी रूपन्देहीले आयोजना गरेको वर्तमान अवस्थामा प्रेसको भूमिका विषयक अन्तरक्रियामा बोल्दै माओवादी रूपन्देहीका इन्चार्ज निर्मलकुमारले संचार क्षेत्रबाट विगतमा केही भ्रम सिर्जना भएको दावी गर्नुभयो । उहाँले संचारकर्मीहरूलाई जिम्मेवार भएर अघि बढ्न समेत आग्रह गर्नुभयो ।
प्रेस चौतारीका अध्यक्ष बालकृष्ण चापागाईले पत्रकारिता र राजनीति विग्रिएमा समाज ध्वस्त हुने बताउनु भयो । पर्ूव सांसद रामचन्द्र भट्टर्राईले पत्रकारहरू सधै प्रतिपक्षी भएपनि वर्गीय राजनीति अंगालेका हुन्छन् भन्नुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विनोद पहाडीले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।
एमाले रूपन्देहीका सचिव लिला गिरीले प्रेसको भूमिका झन्पछि झन् बढ्दै गएको बताउनु भयो । प्रेस चौतारी रूपन्देहीका अध्यक्ष भरत के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरू भवानीप्रसाद पाण्डे, जनमोर्चाका लक्ष्मीकान्त पौडेल, नेकाका खेलराज पाण्डे, पत्रकार द्वय दिनेश पाण्डे र प्रदीप आचार्यले पनि बोल्नु भएको थियो ।
—————————————————————————-
नेपाल सरकार र नेकपा माओवादीबीच सहमती भएको युद्धविराम आचासंहिता प्रस्तावना-
सप्पन के.सी.( युरोप, सम्वाददाता)
ऐतिहासिक जनआन्दोलन मार्फ पूर्ण लोकतन्त्र, अग्रगमन र शान्तिका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानून र मानवअधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिबद्ध रहँदै,सात राजनीतिक दल एवं नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीलाई पूर्ण रुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै,प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै, नेपाली जनताले संविधानसभाको निर्वाचनमा कुनै डर, धाकधम्की र हिंसाको प्रभावबिना नै सहभागी भई संविधान निर्माणको प्रक्रियामा सहभागी हुनपाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै तथा लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी सामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, र्सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै, नेपाल सरकार र नेकपा माओवादीबीच भएको युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न र वार्ताको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न नेपाली जनताको भावना अनुरुप देहायको आचार संहिता जारी गरिएको छः
भयमुक्त नागरिक जीवनको सुनिश्चितता
१. एक अर्कालाई उत्तेजित गर्नेगरी कुनै र्सार्वजनिक वक्तव्य दिने वा त्यस प्रकारका अन्य कुनै काम नगर्ने।
२. दुवैपक्षले जनसमुदायमा त्रास फैलने गरी सशस्त्र सेनाको परिचालन, प्रदर्शन र प्रयोग नगर्ने।
३. एक अर्काका सैनिक वा सुरक्षा निकायमा आक्रमण वा विध्वसांत्मक कार्य नगर्ने, माइन विछ्याउने वा एम्बुस थाप्ने जस्ता कार्य नगर्ने, आ-आफ्नो सेनामा नयाँ भर्ति नगर्ने तथा सुराकी नगर्ने,
४. शान्ति सुव्यवस्था कायम राख्न दुवैपक्षले पारस्परिक सहयोग गर्ने।
५. हातहतियार तथा सैनिक व्यवस्थापनबारे आपसी सहमतीको आधारमा आवश्यकता अनुसार छलफल तथा समझदारी कायम गर्दै जाने।
जनतामा विश्वासको वातावरण निर्माण
६. र्सार्वजनिक भेला, सभा सम्मेलन, समारोह वा राजनैतिक क्रियाकलाप गर्दा दुवै पक्ष कम्ब्याट ड्रेसमा वा हातहियतरा सहित उपस्थित नहुने।
७. राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक संघ संगठनका सदस्य र व्यक्तिहरुको देशको कुनै पनि भागमा गएर आफ्नो विचारको प्रचार गर्ने, सभासम्मेलन गर्ने र संगठन गर्ने कार्य गर्न दुवै पक्षबाट कुनै किसिमको वाधा अवरोध नगर्ने तथा कुनै मानसिक वा शारीरिक दबाव नदिने।
जनताका आधारभूत सेवा र विकास निर्माण सम्बन्धमा
८. युद्धविराम अवधिभर बन्द वा चक्काजाम जस्ता कार्यक्रमहरु नगर्ने। तर शान्तिपूर्ण ढंगका सभा जुलुशहरु गर्न सकिने।
९. जनताका आधारभूत सेवा र सुविधा निर्वाध रुपले सञ्चालन हुन दिने।
१०. जनहित तथा विकास निर्माणका नियमित काम शान्तिपूर्ण ढंगले अगाडि बढाउने कुरामा कुनै वाधा व्यवधान नपुर्याउने।
११. खाद्यान्न, औषधि, विकास निर्माणका सामग्रीहरु त्था दैनिक उपभोगका वस्तुहरु ओसार पसार गर्न बन्देज नलगाउने र बाधा विरोध नगर्ने।
शिक्षण संस्था, अस्पताल तथा औद्योगिक प्रतिष्ठानहरुको सुसञ्चालन
१२. विद्यालय, कलेज, विश्वविद्यालय, अस्पताल, उपचार केन्द्रहरु तथा औद्योगिक प्रतिष्ठानलाई सुचारुरुपले सञ्चालन गर्न दुवैपक्षबाट वातावरणको निर्माण गर्ने।
सञ्चार माध्यमबाट शान्तिवार्तालाई सहयोग
१३. युद्धविराम, आचारसंहिता र शान्ति प्रक्रियाका पक्षमा सूचना प्रवाह गर्ने तथा राजनैतिक प्रचार प्रसार गर्ने कार्य गर्दा शिष्ट तथा मर्यादित भाषाको प्रयोग गर्ने।
१४. सञ्चारमाध्यमबाट वार्ता तथा शान्ति प्रक्रियालाई प्रतिकूल असर पर्ने खालका अभिव्यक्ति कसैले नदिने।
बलपूर्वक चन्दा वा आर्थिक सहयोग नउठाउने
१५. कसैको इच्छा विपरित चन्दा र आर्थिक सहयोग, नदगी, जिन्सी वा सेवा नउठाउने वा परिचालन गर्ने।
रिहाई र पुनर्स्थापन
१६. विभिन्न व्यक्तिहरुमाथि दुवै पक्षद्वारा लगाइएका आरोप, अभियोग र मुद्दा फिर्ता गर्ने र बन्दीहरुलाई रिहाई गर्दै जाने।
१७. बेपत्ता नागरिकहरुको स्थिति यथाशीघ्र र्सार्वजनिक गर्ने।
१८. विस्थापित भएका व्यक्तिहरुलाई आ-आफ्नो घरमा फर्किएर शान्तिपूर्ण, सहज तथा सम्मानपूर्वक पुनर्स्थापित हुने कार्यमा सहयोग गर्ने।
१९. द्वन्द्वको क्रममा राजनैतिक दलका नेता, कार्यकर्ता तथा र्सवसाधारण जनताको कब्जा गरिएका वा ताला लगार्इएका वा प्रयोग गर्न नदिइएका सम्पत्ति सम्बन्धित व्यक्ति वा परिवारलाई फिर्ता वा उपभोग गर्न दिने। सो सम्पत्ति फिर्ता गर्ने प्रक्रियामा समस्या उत्पन्न भएमा आपसी सहमतीका आधारमा समाधान गर्ने।
वार्ता सहजीकरण
२०. वार्तामा संलग्न हुने दुवै पक्षका व्यक्तिहरुको आवागमन एवं गतिविधिमा कुनै प्रकारको बाधा व्यवधान नगर्ने।
अनुगमन
दुवै पक्षको आपसी सहमतीका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमन टोलीद्वारा युद्धविरामको अनुगमन गराउने।
विविध
२२. आचारसंहिताको व्याख्यामा कुनै विवाद उत्पन्न भएमा दुवै पक्षको सहमतीबाट समस्याको समाधान गरिने।
२३. प्रस्तावनाको भावना अनुरुप यो आचार संहिता दुवै पक्षको सहमतीले थपघट वा संशोधन गर्न सकिने।
२४. यो अचारसंहिता हस्ताक्षर भएपछि तुरुन्त प्रारम्भ गर्ने।
२५. आचारसंहितामा हस्ताक्षर भएपछि यो अचारसंहिता र्सार्वजनिक गर्ने।
नेकपा माओवादीकातर्फबाट
नामः कृष्णबहादुर महरा
हस्ताक्षर………………
मितिः २०६३/२/१२
नेपाल सरकारका तर्फबाट
नामः कृष्णप्रसाद सिटौला
हस्ताक्षर…………………
मितिः २०६३/२/१२
——————————————————————————————————————————
नेपालमा सरकारद्बारा आगामी बजेटमा राजदरवार खर्च घटाउने घोषणा
सप्पन के.सी.( युरोप,)
२४मे२००६(एजेन्सीहरु)-नेपालमा सरकारद्बारा आगामी बजेटमा राजदरवार खर्च घटाउने घोषणा भएको छ। साथै प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदहरूद्वारा उठाइएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. रामशरण महतले अबको सरकारले सेनामा नयाँ भर्ना नगर्ने, शीर्षक लुकाएर फजुल खर्च गर्ने चलन बन्द गरी शाही सत्ताको समयमा भएका अनावश्यक फजुल खर्चको खोजीनीति गरिने जानकारी दिनुभएको संचार माध्यमहरुमा जनाइएको छ।
त्यसैगरी समाचारहरुमा जनाइए अनुसार,अर्थमन्त्री महतले शाही सरकारको समयमा राजाको अभिनन्दन, क्षेत्रीय-अञ्चल प्रशासन कार्यालय, जिल्ला विकास समिति र नगरपालिकामा विनाशीर्षकमा भएका फजुल खर्चबारे छानबिन गरी श्वेतपत्रमा उल्लेख नभएका घटना र विवरण सदनमा प्रस्तुत गरिने जानकारी दिनु भयो। प्रतिनिधिसभाको बुधवारको बैठकमा एमाले सांसद भरतमोहन अधिकारीले जनआन्दोलनद्वारा स्थापित प्रतिनिधिसभा र सरकारमार्फत आर्थिक संकट समाधान गर्न आर्थिक नीति अगाडि बढाउन जरुरी भएको बताउँदै सार्वजानिक महत्त्वको विषयमा एक प्रस्तावसमेत पेस गर्नुभएको थियो।यसका साथै अधिकारीद्वारा प्रस्तुत प्रस्तावमा नियतवश बैंकको ऋण नतिर्नेहरूमाथि कडा कारबाही हुनु पर्ने, निरंकुश सत्ताको समयमा भएका आर्थिक अनियमितताको छानबिन गरी सदन र राष्ट्रको सामु राख्न र राष्ट्रिय सम्पत्ति लुट्नेहरूमाथि कडा कारबाही गर्न भनिएको समाचारमा उल्लेख छ।
यसका साथै अधिकारीले दरवार, सेना, प्रहरी लगायतका सुरक्षा खर्चमा व्यापक कटौती, औचित्यहीन सबै खाले कोष खारेजी र शाही सत्ताको समयमा लागू गरिएका सबै कर र भन्सार नीतिमा तत्काल पुनरावलोकन गर्न माग गर्नुभयो। अधिकारीको प्रस्तावलाई समर्थन गर्दै सांसद डा. डिल्लीराज खनालले राजपरिवारका सदस्यहरूले पाउने पारिश्रमिक र भत्ता कटौती गर्न सरकारसँग आग्रह गर्नुभएको प्राप्त समाचारहरुमा जनाइएको छ।
—————————————————————————————————————————————————————————————————————————-
नेपालमा संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्र नआएसम्म जनआन्दोलन जारी राख्न आग्रह
सप्पन के.सी.( युरोप,)
२४मे२००६(एजेन्सीहरु)-नेपालमा नागरिक समाजका अगुवा तथा विद्यार्थी नेताहरूले राजतन्त्रको मुद्दा संविधानसभामा मुख्य एजेन्डाका रूपमा उठ्नु पर्ने बताउँदै जनताको प्रत्यक्ष संलग्नतामा मात्र संविधान निर्माण गर्नु पर्ने बताएका प्राप्त समाचारहरुमा जनाइएको छ।
यसै बीच समाचारहरुमा जनाइए अनुसार,काभ्रेपलाञ्चोकको ढुङ्खर्कमा लोकतान्त्रिक नागरिक समाजले आयोजना गरेको “संविधानसभा के र कसरी” विषयक लोकतान्त्रिक सभामा बोल्दै उनीहरूले संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्र र जनताको अधिकार पूर्ण रूपमा नआएसम्म जनआन्दोलन जारी राख्न नागरिक समाजलाई आग्रह गरे। नागरिक समाज अगुवा एवं पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेले राजाको शासन पूर्ण रूपमा असफल भएकाले अब नेपालमा राजसंस्था राख्नुको कुनै औचित्य नभएको बताउनुभयो। आफ्नो स्वार्थपूर्तिको लागि सात दल र माओवादी दुवै लाग्न सक्ने बताउँदै त्यसका लागि खबरदारी गर्नु पर्ने बताउनुभएको उल्लेख छ।
त्यसैगरी युवा नेता मधु आचार्यले भावी संविधानबारे दलहरूबीच बहस चल्नु पर्ने बताउँदै लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन र बारम्बार दलहरूलाई दबाब दिन आग्रह गर्नुभयो। विद्यार्थी नेता गगन थापाले बन्दुकको गोलीभन्दा जनताको बोली बलियो भएको बताउँदै जनचाहना अनुसार शान्तिपूर्ण बाटोमा आउन माओवादीलाई आग्रह गर्नुभयो। यसका साथै राजतन्त्र नफालेसम्म देशमा शान्ति, विकास र प्रगति हुन नसक्ने बताउँदै थापाले शान्तिपूर्ण बाटोबाटै लोकतान्त्रिक गणतन्त्र स्थापना हुने बताउनुभएको संचार माध्यमहरुमा जनाइएको छ।
—————————————————————————————————————————————————————————————————————————-
नेपालमा मन्त्रिपरिषद् विस्तारको नामावली छलकपटपूर्ण तरिकाले पढेर सार्वभौम सदनलाई गुमराहमा पारेकोमा रोष प्रकट
सप्पन के.सी.( युरोप,)
२४मे२००६(एजेन्सीहरु)-नेपालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारले मन्त्रिपरिषद् विस्तारको लागि राजदरवार पठाएर वैधानिकता दिन खोजेको भन्दै ११ जना सांसदले सरकारको आलोचना गरेका समाचारहरुमा जनाइएको छ।
त्यसैगरी प्राप्त समाचार अनुसार,बुधवारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाको घोषणा २०६३ विपरीत प्रधानमन्त्रीले मन्त्रीहरूको नामावली राजदरवार पठाएको र दरवारबाट आएको त्यही पत्र सभामुख सुवासचन्द्र नेम्वाङले छलकपटपूर्ण तरिकाले पढेर सार्वभौम सदनलाई गुमराहमा पारेको भन्दै त्यसप्रति रोष प्रकट गरे। एमाले नेता इश्वर पोख्रेलले घोषणामा कार्यसम्पादन नियमावली परिवर्तन गरी मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभामा प्रस्तुत गर्नु पर्ने बुँदाविपरीत कार्य गरेको बताउनुभएको समाचारमा उल्लेख छ।
यसै बीच जनमोर्चा सांसद लीलामणि पोखरेलले आन्दोलनको भावना मन्त्रीको नियुक्ति राजाले गर्ने र त्यसले सूचना प्रतिनिधिसभालाई दिने प्रचलनलाई यथावत् राख्नु नभएको बताउनु भयो। कोइरालाले राजासँग गरेको दर्शनभेटबारे प्रतिनिधिसभालाई जानकारी गराउनु पर्ने माग राख्दै पोखरेलले भन्नु भयो, “राजाले डाकेर प्रधानमन्त्री दर्शनभेटमा गएका हुन् वा प्रधानमन्त्रीको अनुरोधमा राजाले समय दिएका हुन्, यो बताउनु पर्यो।” एमालेका अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् गठन प्रक्रियामा सरकारले गलत निर्णय गरेर दरवारलाई बलियो बनाउन खोजेको आरोप लगाउनुभयो। यसका साथै सांसदहरू सुरेश कार्की, जगन्नाथ खतिवडा लगायतका सांसदले सरकारले यस्तै गल्ती दोहोर्याएमा निरंकुशतन्त्रका मतियारहरू सक्रिय हुने चेतावनी दिनुभएको संचार माध्यमहरुमा जनाइएको छ।
—————————————————————————————————————————————————————————————————————————-
बालबालिकाको संक्षणमा सवैको दायित्व उत्तिकै
माधवराज तिवारी काठमाडौँ
आज राजधानिमा नेपाल बाल मजदुर सरोकार केन्द्र ९सिविन० ले काठमाडौमा आयोजना गरेको युद्धका अबशेष र बालबालिका बालबालिकाको संक्षणका लागि कस्को के दायित्व -बिषयक छलफल कार्यक्रमका वक्तहरुले सवैले बालबालिकाको संक्षणमा ध्यान पुर्याउनु कुरामा जोड दिएका छन ।
कार्यक्रमा बोल्दै नेपाल सरकारका उप प्रधानमन्त्रि केपी ओलीले बालबालिका भोलीको भविश्य भएकाले उनीहरुको हरेक कृयाकलाप लगाएत उनीहरुको संक्षणमा अभिभावक लगायत सवैले बिशेष चासो दिनु पर्ने बताउनु भयो । साथै उहाँले नेपाल सरकारले बालबालिका शान्ति क्षेत्र हुन् भन्ने अभियानमा सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नु भयो । छलफल कार्यक्रममा अधिबक्ता एवं माओवादी नेता एकराज भण्डारीले हाल पनि दुइ वटा सत्ता कायमनै रहेकाले त्यसबाट बालबालिका पर्न जाने असर प्रति माओवादी सधै र्सतर्क रहिरहने बताउनु भयो । साथै उहाँले बिद्यालयहरुमा बालबालिकाको समेत हितलाई ध्यानमा राखि बङकार खनिएको दाबी गर्नु भयो । कार्यक्रममा सिविनका अध्यक्ष गौरी प्रधानले शशस्त्र द्धन्द्धबाट सबै भन्दा बढि ख् बालबालिका पिडित भएका र धरै बिस्थापित भएको कुरा बताउनु भयो ।
—————————————————————————————————————————————————————————————————————————-
समूहको घर जर्ीण्ा अवस्थामा सरकारी र गैह्र सरकारी संस्थाको आखाँमा छारो हाल्ने काम
माधवराज तिवारी नुवाकोट बाट
मितिः२०६३ जेष्ठ १० गते
कैलावति बचत तथा ऋण सहकारी संस्थाको बेल्कोट गाविस वडा नं ७, अमारे नुवाकोटमा निर्माणधिन रहेको यो भबन २०५८ साल भदौमा बनाउन शुरु गरिएको हो । हाल यसमा समूहको अध्यक्ष उपेन्द्र तिवारीको पराल राखिने गरिएको छ । निर्माणमा कसैले चासो दिएका छैनन ।
समूह आफैँमा राम्रो कुरा हो, समूहले समूदाएको हितमा काम गर्दछ, यो् तपाई हामी सवैलाई थाहा भएकै कुरा हो । नुवाकोटको बेल्कोटमा भने समूहको कार्य समितिमा रहेका व्यक्तिले भ्रष्टाचार गरेकै कारण समूह हाल बन्द रहेको छ । निर्माणाधिन समूहको भवन भवन लिलाम गरि अध्यक्षले किन्ने कुरा भएको र समूहका अन्य जिन्सी सामानहरु पनि सचिव र अन्य सदस्यले लिलामी गरि किन्ने गुपचुप भईराखेको छ । सो काम म जस्तै केही सदस्यको असहमतिकै कारण हाल लाई अबरुद्ध भएको छ । समूहका एक सदस्यले नाम गोप्य राख्ने र्सतमा भन्नु भयो । यस समूहले सरकारी र गैह्रसरकारी संस्थाको सहयोगमा यो भवन बनाउन शुरु गरेको थियो । समूहमा व्यापक भ्रष्टाचार भएकै कारण उक्त तिन कोठे भवन हाल जर्ीण्ा अवस्थामा रहेको छ । समूहका सदस्यहरुको बिवादकै कारण यसको सक्रियतामा कसैले चसो देखाएका छैंनन । अबको दिनमा यो भबनले पर्ूण्ाता पाउनु पर्दछ र समूहले समूदाएको हितमा सक्रिय रुपमा काम गर्नु पर्दछ ।
__________________________________________________________________
नेकपा एमालेले नेपाल सरकारसँग माग
शिवराज योगी
कैलाली जेठ १०
नेपाली जनताको र्सार्वभौमसत्ता र स्वतन्त्रतालाई कुण्ठित गर्ने सबै प्रकारका सन्धि सम्झौताहरु खारेजीका लागि नेकपा एमाले सेती अञ्चल कमिटीले नेपाल सरकारसँग माग गरेको छ ।
बुधवार धनगढीमा सम्पन्न उक्त पार्टर्ीीे चौधौं बैठकबाट विभिन्न १० ओटा प्रस्तावहरु पारित गर्दै उक्त माग गरिएको हो । केन्द्रिय सदस्य भिम रावलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पारित भएका अन्य प्रस्तावहरुमा सहिद परिवारहरुलाई क्षतिपर्ुर्ति दिनुपर्ने, आसन्न शान्ति वार्ताका लागि अनुगमनको अविलम्व ब्यवस्था हुनुपर्ने, द्वन्द्वका कारण विस्थापित भएकालाई पुनस्थापित हुनुपर्ने प्रस्तावहरु राखिएका छन् । सुदूपश्चिमको पहाडी जिल्लामा हुने गरेका भोकमरीका लागि खाद्यान्न आपर्ुर्ति गरिनुपर्ने, आन्दोलन दवाउनेलाई कडा कारवाही हुनुपर्ने, मुक्त कमैयाको पुनःस्थापना गरिनुपर्ने र क्षत्रि्रस्त भौतिक संरचनाहरुको तुरुन्त पर्ुननिर्माणका लागि बजेट विनियोजन गरिनुपर्ने प्रस्तावहरु सो वैठकमा पारित गरिएको उक्त पार्टर्ीी जनाएको छ ।
____________________________________________________________
अनेरा स्वबियू -क्रान्तिकारी) को १३ औं अधिबेशन सुरु
शिवराज योगी
कैलाली जेठ १०
अनेरा स्वबियू -क्रान्तिकारी) को १३ औं कैलाली जिल्ला अधिबेशन बुधबारदेखि धनगढीमा सुरु भएको छ ।
बिद्यार्थी संगठनका सेती महाकाली क्षेत्रीय इन्चार्ज झपट साउँदको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उद्घाटन समारोहमा जिल्ला अध्यक्ष उद्धवराज भट्टर्राईले सभापतित्व गर्नुभएको थियो ।
३ दिन सम्म चल्ने उक्त कार्यक्रमको उद्घाटनका अवसरमा प्रवासी नेपाली इच्छुक कलाकार समुहले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माओवादीका जिल्ला अध्यक्ष अखण्ड को उपस्थिति थियो ।
_________________________________________________________________
सेनाका पोल खुल्न थाले
शिवराज योगी
कैलाली जेठ १०
आफ्ना अफिसरको गलत क्रियाकलापको विरोध गरेकै कारण १३ वर्षअगाडी जागिर खोसिएका एक सैनिक जवानले प्रधानमन्त्रि समक्ष जागिर पर्ुनवहालीका लागि विन्ति गरेका छन् ।
२०४८ सालमा श्री नं. ५ बाहिनि फिल्ड अस्पताल वोराडाँडीका तत्कालिन गणपति प्रमुख सेनानी डा. कनक बहादुर के.सी.ले सयौं ट्रक काठ तस्करी गरेको कुरालाई राम्रो होइन भनेकै भरमा त्यहाँ कार्यरत सिपाही शंकर बहादुर चन्दले आफ्नो जागिरबाट हात धुन परेको थियो ।
गणपति के.सी.ले ब्यारेकको उत्तरपट्ट िरहेको जंगलबाट आफ्नो मातहतका सेनाहरुलाई लगाई साल र सिसौंका रुखहरु कटान गरी हरेक दिन तीन तीन ट्रक सिसौं र सालका गोलिया ब्यारेकमा ल्याई काठमाण्डौं सप्लाई गरेका थिए । बर्खास्त गरिएका सिपाही चन्दका अनुसार उक्त काठ भारतिय मिस्त्रीहरुलाई बोलाई चिराएर सैनिकहरुबाट वोरिमा सिलाई बन्द गरी बाहिनि फिल्ड अस्पतालको एम्वुलेन्सद्वारा हतियार हुन भन्दै प्रमुख सेनानी के.सी.ले धनगढी एयरपोर्टमा पुर्याउने गरेको रहस्य खोलेका छन् ।
एयरपोर्टमा सेनाको जहाँजमा ति काठहरु काठमाण्डौं निर्यात हुने गरेको आरोप चन्दले लगाएका छन् । ०५० सालमा कैलाली बन कार्यालयले प्रमुख सेनानी के.सी.माथि बन सम्वन्धी मुद्दा समेत चलाएको उनले बताएका छन् । मुद्दामाथि कुनै सुनुवाई भएको भने थिएन । पटक पटक प्रमुख सेनानी के.सी.ले यो धन्दा ४-५ वर्षसम्म लगातार गरिरहेको उनले बताए । ‘देशको सुरक्षा गर्ने सेनाले यस्तो काम गर्नु राम्रो होइन’ भन्ने कुरा काम गर्ने क्रममा जवानहरुका विच चन्दले गर्दा उनलाई कर्नेलले बोलाएर गर्नुसम्म गाली मात्र गरेनन् । उनले आफै काठमाण्डौं आर्मि हेडक्याटरमा गई श्री ५ नं. बाहिनी पदिक हवाई सुरक्षा गुल्म दिपायल सरुवा भए । बर्खास्त गरिएका सैनिक जवान शंकर बहादुर चन्दले खुलासा गर्दै भने सरुवा भएको ८ महिना पुगेको थिएन । २०५१ साल फाल्गुण ८ गते धनगढी बाहिनी फिल्ड अस्पतालका प्रमुख सेनानी के.सी.ले आफुलाई सोधपुछको लागि ३५ दिन सम्म सैनिक हिरासतमा राख्न लगाए । धनगढी बाहिनी फिल्ड अस्पताल झिकाएर के.सी.ले आफुलाई धर्म परिवर्तनको आरोप लगाई मुद्दा चलाए ।
‘त इर्साई होस तलाई धर्म सम्वन्धि १४ वर्षो लागि जेल पर्ठाई दिन्छु भनि ३५ दिन सम्म सैनिक हिरासतमा राखे, थुनुवा कोठामा आई छातिमा हतियार राखी कोर्ट अफ इन्क्वाइरीमा दस्तखत गर्छस कि गोली हानि दिउँ भनि मलाई जर्वजस्ती दस्तखत गराए । फैसला सदर गराउन नं. ५ बाहिनी अडड्ा मार्फ कार्यरथी विभाग पराड विभागमा मिसिल पठाए ।’ ०४७ सालको संविधानले धर्मसम्वन्धि स्वतन्त्रता दिएकोले कुनै मुद्दा चलेन । आफूले स्व. श्री ५ बीरेन्द्र समक्ष विन्ति पत्र चढाउँदा समेत कुनै सुनवाई भएको चन्दले आफ्नो प्रधानमन्त्रिलाई लेखेको पत्रमा उल्लेख गरेका छन् । उनलाई आफू विरुद्ध बोलेको झोकमा गणपति तथा प्रमुख सेनानी के.सी.ले ०५१ साल फाल्गुन ८ गते जवान पदबाट बर्खास्त गरिदिएका थिए । आफूमाथि अन्याय भएको भन्दै अहिले सेना संसदको मातहतमा आएकोले सोही मिति देखी आफ्नो पर्ुनवाहली र तलवभत्ता पाउने गरी पर्ुनवाहलीका लागि प्रधानमन्त्री समक्ष उनले बिन्तिपत्र लेखेका छन् ।
_________________________________________________________________
तुल्सी गिरीको पासपोर्ट जफत, पाण्डेको अर्को नाटक
शान्तिपर्ूण्ा जनआन्दोलन दबाउन प्रमुख भूमिका खेल्ने मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुल्सी गिरीको पासपोर्ट जफत गर्न उच्चस्तरीय छानविन आयोगले सिफारिस गरेको छ । नागरिक अधिकार खोस्न विदेशबाट आयात गरिएका तुल्सी गिरी विदेशतिर भाग्नसक्ने सम्भावना बढेकोले आयोगले उनको पासपोर्ट जफत गर्नुका साथै तिनलाई निगरानीमा राख्न सिफारिस गरेको बुझिएको छ । निरंकुश शाही सत्ताका पाँच मन्त्रीहरूलाई नियन्त्रणमा लिइसकेको भएपनि मतियारका रुपमा रहेका अन्य मन्त्रीहरूलाई खुला छोडिएको तथा कतिपय पुनः षडयन्त्र बुन्न सक्रिय भएको हुँदा अरुलाई पनि नियन्त्रणमा लिन सरकारलाई जनदवाव परिरहेको छ ।
___________________________________________________________
माओवादीले जाँड पोख्न थाले
माओवादी कार्यकर्ताहरूले काभ्रेको पनौती नगर क्षेत्रलाई जाँडरक्सीको निषेधित क्षेत्र बनाउने उद्देश्यसहित खुल्लारुपमा जाँडरक्सी पोख्ने अभियान थालेका छन् । सोमबारदेखि सुरु भएको सो अभियान अर्न्तर्गत हालसम्ममा पनौती क्षेत्रका करिब ७० भट्टीको एकहजार लिटरभन्दा बढी जाँडरक्सी पोखिसकिएको छ । माओवादी कार्यकर्ता द्वारिका कर्माचार्यले महिलाहरूको आग्रहमा जाँडरक्सी पोख्ने अभियान सुरु गरिएको जानकारी दिएका छन् । पनौतीका ढलमले, सुब्बागाउँ, पनौतीबजारलगायतका क्षेत्रमा रहेका भट्टीहरूको जाँड पोखिसकिएको बताइएको छ । हिजो माओवादीहरूले सुब्बागाउँको सडकमै करिब दर्ुइ सय लिटर जाँड र रक्सी पोखेका थिए । यसैगरी, सुब्बागाउँका नानीराम कुँवरले जाँडरक्सी खाएर पैसा नतिरेको आरोपमा सुब्बागाउँका वागदल श्रेष्ठले लिएको चार रोपनी खेतको लालपर्ूजा हिजो श्रेष्ठले कुँवरकी आमा चेतकुमारी कुँवरलाई फिर्ता
khojtalash
_____________________________________________________
चिकित्सक र १५ प्रहरी घाइते
उत्तेजित समूहद्वारा अस्पताल तोडफोड
दीपेन्द्र बडुवाल
बुटवल, जेठ ९ - दुर्घटनामा गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उत्तेजित भीडले मंगलबार लुम्बिनी अञ्चल अस्पताल तोडफोड गर्नुका साथै एक चिकित्सकलाई मरणासन्न कुटपिट गरेको छ ।
आक्रोशित भीडले नियन्त्रण गर्न गएका सुरक्षाकर्मीमाथि पनि आक्रमण गरी १५ प्रहरी घाइते बनाएको छ । भीडले एक एम्बुलेन्स जलाउनुका साथै निजी क्लिनिकहरू र दुई दर्जन औषधि पसल तोडफोड गरी करोडौंको क्षति पुर्याएको छ । अस्पताल क्षेत्र साँझ अबेरसम्म पनि तनावग्रस्त छ ।
रूपन्देहीको देवदहमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बर्दिया जमुनीका दीपक सापकोटाको उपचारका क्रममा दिउँसो निधन भएको
थियो । उनी ठेकेदार थिए ।
उपचारमा संलग्न डा. श्रीकृष्ण गिरीले समयमै उपचार नगरेकाले मृत्यु भएको आरोपमा माओवादीको आक्रोशित समूहले मरणासन्न कुटपिट गरेको स्थानीय बासिन्दाको दाबी छ । बुधबार यहाँ हुने जनसभाका लागि विभिन्न ठाउँबाट आएका माओवादी छापामारले कुटपिटपछि उनलाई कालोमोसो दली बजार घुमाएका थिए । गम्भीर गिरीलाई उपचारका लागि अप्रेसन कक्षमा राखिएको छ । उनको अवस्था अहिले खतरामुक्त रहेको उपचारमा संलग्न डा. श्रीधर आचार्यले बताए । ‘उहाँको शरीरका भित्री भागमा बढी चोट लागेको छ,’ उनले भने ।
अस्पतालले भने घाइतेलाई आकस्मिक कक्षमा रगत दिँदादिँदै मृत्यु भएको जनाएको छ । घाइतेलाई बिहान ११ बजे अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार तत्कालै डा. एलडी भट्ट र डा. गिरी उपचारमा खटिएका थिए । दुर्घटनामा अर्का ठेकेदार बिरु पुन पनि घाइते छन् । माओवादी कार्यकर्ता सरोज थापाले तोडफोडमा २० छापामार खटिएको जानकारी दिए ।
थापाले आफूभन्दा माथिल्ला छापामारसँग थप जनकारीका लिन आग्रह गरे पनि एक कमान्डर सञ्चारकर्मीसँग बोल्न चाहेनन् ।
उक्त समूहले अस्पतालमा दुई घन्टा लगातार ढुंगामुढा गरेको थियो । मादक पदार्थ सेवन गरेका माओवादीले गेटको ताला फोरेर भित्र पसी अस्पतालमा ढुंगामुढा बर्साएका थिए । अस्पतालका सिसा, बोर्ड र क्यान्टिनमा क्ष्ाति पुगेको छ ।
उक्त समूहले साँझ ५ बजे बिरामी लिन गइरहेको रोटरी क्लबको एक एम्बुलेन्सलाई मिडियाचोकमा जलाएको थियो ।
दर्जनभन्दा बढी निजी क्लिनिकहरू र दुई दर्जन औैषधि पसलमा तोडफोड गरी करोडौं क्षति पुर्याएको छ । ज्योति मेडिकल स्टोर तोडफोड गरी औषधि र पैसासमेत लुटेका छन् । तोडफोड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा उत्तेजित समूहले ढुंगामुढा गरी १५ प्रहरी घाइते भएका हुन् । केही सर्वसाधारणसमेत घाइते छन् ।
माओवादी छापामारहरू मादक पदार्थ सेवन गरी राति अबेरसम्म नगरका मिलनचोक, अस्पताल लाइन, चौराहालगायतका स्थानमा टायर बाली सडक अवरुद्ध गरेका छन् । समूहमा क्रान्तिकारी र मसालका विद्यार्थीहरू बढी छन् । उनीहरूको यस्तो क्रियाकलापका कारण त्रासले स्थानीय बासिन्दा सुत्न सकेका छैनन् ।
माओवादीका जिल्ला सेक्रेटरी निर्मल कुमारले आफ्नो पार्टीको संलग्नता नरहेको बताएका छन् । ‘संलग्नता पुष्टि भए हामी कारबाही गर्छौं,’ उनले कान्तिपुरसित भने ।
यसैबीच नेपाल चिकित्सक संघले कुटपिट र तोडफोड घटनाको भत्र्सना गरेको छ । ‘यस्ता घटनाले २४ घन्टा संवेदनशील भई काममा खटिनुपर्ने स्वास्थ्यकर्मीको मनोबल घट्ने र बिरामीमा समेत नकारात्मक असर पर्ने हुनाले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्षसँग आग्रह गर्दछ,’ संघले विज्ञप्तिमा भनेको छ- ‘स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिई घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गछौर्ं ।’
sorce kantipur
__________________________________________________________
बाढीपिडीतहरु लखेटिए
शिवराज योगी, धनगढी
कैलालीको खुटीया नदि किनारामा बस्दै आएका वाडीपिडीतका घर छाप्रा भत्काइएपछि झण्डै १ हजार बाढीपिडीतहरु अलपत्र परेका छन् ।
सोमवार बिहान स्थानीय सामुदायिककर्मीहरु र जिल्ला वन कार्यालयका कर्मचारीहरुले बाडीपिडीतहरुका घर छाप्रा भत्काएका थिए ।
गत वर्षसाउन महिनामा आएको वाढीले कैलालीको सहजपुर गाविसका १ समय ३१ जना परिवारको घर जग्गा बगाउँदा बिस्थापित भएका थिए ।
वाढीले घर जग्गा बगाएपछि पिडीतहरु खुटिया नदीको किनारामा बस्दै आएका थिए ।
सोमबार वन कर्यालयका कर्मचारी र स्थानीय सामुदायिक वनका उपभोक्ताहरुले उनीहरुका घर छाप्रा भत्काउनुका साथै ४ वटा घरमा आगोलाई दिएका छन् । उनीहरुले केही वृद्ध वृद्धा बालबालिका र गर्भवती महिलालाई समेत कुटपिट गरेका छन ।
४ छोरा छोरीकी आमा कलावती बोहराले आफुलाई कुटपिट गरेको बताएकी छन् । उनले भनिन मेरो पेटको बच्चा समेत चलिरहेको छैन । घर भत्काउने क्रममा बाडीपिडीतहरुले आफ्ना बालबालिका पढाउनका लागि बनाएको विद्यालय समेत भत्काई दिएइका छन् । वनकर्मीले ५ जना वाडीपिडीतलाई पक्राउ समेत गरेका छन् ।
विद्यालय र घर भत्काई दिएपछि १ सय ३१ परिवारका ६० जना नाबालधक र ३५ जना विद्यालय जाने विद्यार्थीहरु अपलपत्र परेका छन् ।
एकातिर गर्मि छ । सँगै पानी परिरहेको यी लालावाला लगेर काँ जानु ५० वषिर्या वृद्धा कलेसी साउँदले दुखेसो पोखिन ।
वन विभागले घर छाप्रा भत्काईदिएपछि वाडीपिडीतहरु दिनभरिको बाटो हिंडेर सोमबार अबेर राती धनगढी आई पुगेका छन् ।
झण्डै दर्ुइ सय जना पिडीतहरुले आज जिल्ला प्रशासन कार्यालय र जिल्ला वनमा दिनभरि धर्ना दिएका थिए ।
सरकारले बसोबासको व्यवस्थाबाट पक्राउन परेका ५ जनालाई रिहा नगरेसम्म धर्ना जारी रहने समेत बताएका छन् ।
वाडीपिडीतहरुलाई रेडक्र कैलालीले पाल टाँगेर धनगढी स्थित खुलामञ्चलमा आश्रय दिइरहेकेा छ ।
गत वर्षो वाडी पहिरोले सहजपुर स्थित आफ्नो घर जमिन र एउटा पनि वस्तु भाउ नराखेको पिडीतहरु बताउँछ ।
————————————————————————-
लोकतान्त्रिक क्यासेट
शिवराज योगी धनगढी
जनआन्दोलनको भावनालाई समेटेर लेखिएका रचनाहरुलाई लयबद्ध गरिने भएको छ ।
लोकतान्त्रिक श्रष्ठा अभियानले छिट्टै बजारमा उक्त लोकतान्त्रिक गिती क्यासेट बजारमा ल्याउने भएको छ ।
लोकतान्त्रिक गीति क्यासेटको संयोजक हरि क्षेत्रीका अनुसार उक्त क्यासेटमा ८ वटा लोकतन्त्रवादी श्रष्टाका गीत कैद गरिने छ्न । सम्भवतः नेपालमै पहिलो लोकतान्त्रिक गीती क्यासेटका लागि विर शहिद कोटीकोटी सलाम…र कुखुरी का लोकतन्त्र नेपाल………बोलका २ वटा गीत रेकर्डिङ्ग भइसकेको गीति क्यासेट संयोजक क्षेत्रीले बताउनु भयो ।
उक्त क्यासेटमा लोकतन्त्रवादी श्रष्ठा, हरि क्षेत्री , हरिकृष्ण कडायत र शोभा सुनारले दिने भएका छन् ।
युद्धकालिन समयको झझल्को र जनआन्दोनलको मर्म सो क्यासेटमा कैद गरिने भएको छ । जनजागरुकता र श्रष्ठ अभियानको आर्थिक सुधारका लागि उक्त जमर्को गरिन लागेको लोकतान्त्रिक श्रष्ठा अभियानका संयोजक रामलाल जोशील बताउनु भयो ।
——————————————————————————————————————————————————–
लोकतान्त्रिक गणतन्त्रपक्षमा जनमत सिर्जना गर्न एमाले
विजय सन्तोषी र्राई
कपा एमालेको लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न गाउ विशेष अभियानका साथ गाउमा जान थालेको छ ।
एमालेले लोकतान्त्रिक गणतन्त्रलाई प्रमुख एजेण्डा वनाएकोले यसको पक्षमा जनमत सिर्जना गर्न धनकुटा जिल्लाका सवै गाविस र नगरपालिकाहरुमा विशेष अभियान संचालन गरिरहेको छ ।
लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि एमाले धनकुटाले कार्यकर्ता प्रशिक्षण,गोष्ठि,भोला तथा सभाहरु जिल्लाका सवै क्षेत्रमाहरुमा गरिरहेको एमाले धनकुटाले जनाएको छ ।
मुलुकमो समस्या लोकतान्त्रिक गणतन्त्रबाट मात्र हुन भएकोले एमालेले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनतमत सिर्जना गरिरहेको वताउनु हुन्छ नेकपा एमालेका जिल्ला सचिव टीकाराम चेम्जोङ्ग ।
नेकपा एमालेले संविधिान सभाको निर्वाचनमा लोकतान्त्रिक गणतन्त्रलाई मुख्य एजेण्डा वनाएर जनता समक्ष जाने कुरा वताउदै नेकपा एमालेका जिल्ला उपसचिव राजकुमार र्राईले मुलुकबाट राजतन्त्र समाप्त नगरे सम्म नेपाली जनताले न्याय र मुक्ति नपाउने भएकोले राजतन्त्रलाई समाप्त गर्ने वताउनु भयो ।
एमालेको धनकुटामा संचालन भैरहेको लोकतान्त्रिक गणतन्त्रको जनमत सिर्जना गर्ने अभियानले जनतामा लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमर्समथन जुटिरहेको छ ।
____________________________________________________
बाढीपिडीतहरु लखेटिए
शिवराज योगी,
धनगढी ९ जेठ
कैलालीको खुटीया नदि किनारामा बस्दै आएका वाडीपिडीतका घर छाप्रा भत्काइएपछि झण्डै १ हजार बाढीपिडीतहरु अलपत्र परेका छन् ।
सोमवार बिहान स्थानीय सामुदायिककर्मीहरु र जिल्ला वन कार्यालयका कर्मचारीहरुले बाडीपिडीतहरुका घर छाप्रा भत्काएका थिए ।
गत वर्षसाउन महिनामा आएको वाढीले कैलालीको सहजपुर गाविसका १ समय ३१ जना परिवारको घर जग्गा बगाउँदा बिस्थापित भएका थिए ।
वाढीले घर जग्गा बगाएपछि पिडीतहरु खुटिया नदीको किनारामा बस्दै आएका थिए ।
सोमबार वन कर्यालयका कर्मचारी र स्थानीय सामुदायिक वनका उपभोक्ताहरुले उनीहरुका घर छाप्रा भत्काउनुका साथै ४ वटा घरमा आगोलाई दिएका छन् । उनीहरुले केही वृद्ध वृद्धा बालबालिका र गर्भवती महिलालाई समेत कुटपिट गरेका छन ।
४ छोरा छोरीकी आमा कलावती बोहराले आफुलाई कुटपिट गरेको बताएकी छन् । उनले भनिन मेरो पेटको बच्चा समेत चलिरहेको छैन । घर भत्काउने क्रममा बाडीपिडीतहरुले आफ्ना बालबालिका पढाउनका लागि बनाएको विद्यालय समेत भत्काई दिएइका छन् । वनकर्मीले ५ जना वाडीपिडीतलाई पक्राउ समेत गरेका छन् ।
विद्यालय र घर भत्काई दिएपछि १ सय ३१ परिवारका ६० जना नाबालधक र ३५ जना विद्यालय जाने विद्यार्थीहरु अपलपत्र परेका छन् ।
एकातिर गर्मि छ । सँगै पानी परिरहेको यी लालावाला लगेर काँ जानु ५० वषिर्या वृद्धा कलेसी साउँदले दुखेसो पोखिन ।
वन विभागले घर छाप्रा भत्काईदिएपछि वाडीपिडीतहरु दिनभरिको बाटो हिंडेर सोमबार अबेर राती धनगढी आई पुगेका छन् ।
झण्डै दर्ुइ सय जना पिडीतहरुले आज जिल्ला प्रशासन कार्यालय र जिल्ला वनमा दिनभरि धर्ना दिएका थिए ।
सरकारले बसोबासको व्यवस्थाबाट पक्राउन परेका ५ जनालाई रिहा नगरेसम्म धर्ना जारी रहने समेत बताएका छन् ।
वाडीपिडीतहरुलाई रेडक्र कैलालीले पाल टाँगेर धनगढी स्थित खुलामञ्चलमा आश्रय दिइरहेकेा छ ।
गत वर्षो वाडी पहिरोले सहजपुर स्थित आफ्नो घर जमिन र एउटा पनि वस्तु भाउ नराखेको पिडीतहरु बताउँछ ।
_______________________________________________
तेहृथुममा लोकतन्त्रवादी र प्रतिगमनकारी मण्डलेवीच कालोमोसो दलादल वजार तनावग्रस्त
विजय सन्तोषी र्राई/
धनकुटा १० जेष्ठ
पर्ूर्वी पहाडी जिल्ला तेहृथुमको जिल्ला सदरमुकाम म्यालुङ्गमा लोकतन्त्रवादी र प्रतिगमनकारी मण्डलेहरुवीच एक अर्कालाई अहिले कालोमोसो दलादल गरी रहेकोले म्यालुङ्ग वजार तनावग्रस्त वनेको छ ।
तिन अघि आन्दोलनलाई असहयोग गर्ने तेहृथुमका राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष चन्द्र कार्की, मण्डले पत्रकार टिका पराजुली,मान वहादुर पयाङ,रामकाजी थापा,राम सिं आले लगायतका प्रतिगमनकारीहरुलाई लोकन्त्रबादीहरुले कालोसुचिमा नाम र्सार्वजानिक गर्दै कालो मसो दर्लै जुत्ताको माला लगाईदिएर म्यालुङ्ग वजार परिक्रमा गरेका थिए ।
कालो मोसो दलि जुत्ताको माला लगाएर वजार परिक्रमा गर्राईका दि मण्डलेहरु हिजो म्यालुङ्ग वजारमा एमालेका जिल्ला कमिटी सदस्य एवं वुद्धिजिवि प्रगतिशिल प्रध्यापक संघ कोशि अञ्चलका सदस्य तथा जनचेतना अभियान प्याकका अध्यक्ष ज्योती अधिकारी लगायत लोकतन्त्रवादीहरुलाई कालो मोसो दलि कुटपीट गरी वजार परिक्रमा गराउने प्रयास गरिरहदा लोकतन्त्रवादीहरु जम्मा भई ति मण्डलेहरुलाई खेदेका थिए । लोकतन्त्रवादीहरुको समुहले लखेट्दै गए पछि चन्द्रकार्की भने प्रहरी कार्यालयमा शरण दिन पुगेका थिए । भने प्रहरीका शरणमा पुगेको चन्द्रकार्कीलाई लोकतन्त्रवादीहरुले प्रहरी कार्यालयमानै सख्त कुटपीट गरेका थिए ।
मण्डलेहरुले हिजै जनमोर्चा नेपाल तेहृथुमका उपाअध्यक्ष राजेन्द्र वराललाई पनि आक्रमण गरेका छन ।
म्यालुङ्ग वजारमा अहिलो लोकतन्त्रवादीहरुले आक्रमणकारी मण्डलेहरुको व्यापक खोजी गरिरहेका छन भने मण्डलेहरु पनि भित्र भित्रै संगठित हुदै योजना वनाईरहेको स्थानीय वासिन्दाहरु वताउछन ।
म्यालुङ्ग वजारमा राजावादी र लोकतन्त्रवादीहरुवीचको झगडाले अहिले म्यालुङ्ग वजार तनामग्रस्त वनेको छ ।
____________________________________________
लोकतान्त्रिक क्यासेट
शिवराज योगी,
धनगढी ९ जेठ
जनआन्दोलनको भावनालाई समेटेर लेखिएका रचनाहरुलाई लयबद्ध गरिने भएको छ ।
लोकतान्त्रिक श्रष्ठा अभियानले छिट्टै बजारमा उक्त लोकतान्त्रिक गिती क्यासेट बजारमा ल्याउने भएको छ ।
लोकतान्त्रिक गीति क्यासेटको संयोजक हरि क्षेत्रीका अनुसार उक्त क्यासेटमा ८ वटा लोकतन्त्रवादी श्रष्टाका गीत कैद गरिने छ्न । सम्भवतः नेपालमै पहिलो लोकतान्त्रिक गीती क्यासेटका लागि विर शहिद कोटीकोटी सलाम…र कुखुरी का लोकतन्त्र नेपाल………बोलका २ वटा गीत रेकर्डिङ्ग भइसकेको गीति क्यासेट संयोजक क्षेत्रीले बताउनु भयो ।
उक्त क्यासेटमा लोकतन्त्रवादी श्रष्ठा, हरि क्षेत्री , हरिकृष्ण कडायत र शोभा सुनारले दिने भएका छन् ।
युद्धकालिन समयको झझल्को र जनआन्दोनलको मर्म सो क्यासेटमा कैद गरिने भएको छ । जनजागरुकता र श्रष्ठा अभियानको आर्थिक सुधारका लागि उक्त जमर्को गरिन लागेको लोकतान्त्रिक श्रष्ठा अभियानका संयोजक रामलाल जोशील बताउनु भयो ।