:: अनेसास फ्लोरिडा च्याप्टरको आयाजनामा नयाँ बर्षकार्यक्रम सम्पन्न : : April : : 2006

April 26, 2006

अनेसास फ्लोरिडा च्याप्टरको आयाजनामा नयाँ बर्षकार्यक्रम सम्पन्न

पि.एन.एन विषेश सम्वाददाता
अन्तराष्ट्रि नेपाली साहित्य समाज -अनेसास) - फ्लोरिडा च्याप्टरव्दारा अप्रिल २२, २००६ तदनूसार २०६३ साल वैशाख ९ गते का दिन नयँवर्षो उपलक्षमा फ्लोरिडाको वेस्टपाल्म्विच महानगरमा स्थित वेला टेरा सामुदायिक हलमा फ्लोरिडाबासी नेपालीको एक बृहत् सामुहिक भोज र भेलाको आयोजना गरिएको थियो । सो भेलामा यूगकवि सिद्धिचरण श्रेष्ठ तथा महानन्द सापकोटाको विषयमा प्रवचन भएको थियो । कार्यक्रममा कविता गोष्ठी, संगीत र नृत्य तथा अन्य अभिव्यक्तिहरुका साथै सगरमाथा विजयी प्रथम नेपाली एवम् दक्षिण एशियाई पत्रकार आंगछिरिग शेपाको पनि प्रवचन र डकूमेन्टि्रको प्रदर्शनी भएको थियो ।
सोही अवसरमा -अनेसास) - फ्लोरिडा च्याप्टर व्दारा प्रकाशित मुखपत्र ‘ सागर’ को विमोचन प्रमुख अतिथी अन्तराष्ट्रि नेपाली साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष मोहन सिटौलाव्दारा भएको थियो । त्यसै सिलसिलामा प्रमुख अतिथी श्री सिटौलाले सो प्रकाशन सबै च्याप्टरको लागि एक अनुकरणीय कार्य भएको कुरा व्यक्त गर्दै फ्लोरिडा च्याप्टरले छोटो समयमा खेलेको भुमिकाको सराहना गर्नु भयो । आफ्नो मन्तव्यको क्रममा वहाँले अन्तराष्ट्रि नेपाली साहित्य समाज सम्वन्धी विस्तृत जानकारी दिंदै मानवका प्रमुख महान् कार्यहरूमा राष्ट्रसेवा र शाश्वत मानवीय सेवा नै हु र विश्वका महामना लगायत सिद्धिचरण र महानन्द जस्ता र अन्य महान् नेपाली एवम् विश्वका विभुतिहरूले सो दायित्व उल्लेखनीय रूपमा निर्वाहा गरेका छन् भन्दै अबका दिनमा पनि विदेशमा रहने नेपालीहरूले पनि सो उदाहरण पछ्याउनु पर्छ भन्नु भयो । सोही क्रममा वहाँले फ्लोरिडा च्याप्टरले एक नेपाली पुस्तकालयको स्थापना यहाँ फ्लोरिडामा पनि गरोस् भन्ने सल्लाह दिंदै त्यसैको श्रीगणेश स्वरूप अनेसासको केन्द्रीय कार्यालयबाट प्रकाशित ‘अन्तदरृष्टि’ पत्रिकाका बेग्लाबग्लै तीनप्रति उपहार दिनुभयो ।

कार्यक्रमका अवसरमा फ्लोरिडा च्याप्टरका सभापति सुन्दर जोसीले सो कार्यक्रमको उद्येश्यमाथि प्रकाश पार्दै उपस्थित सबैको स्वागत गर्नु भएको थियो भने च्याप्टरका उपसभापति डा. विद्याराज सुवेदीले उपर्यु मुखपत्र ‘सागर’ को प्रकाशन प्रकृया तथा फ्लोरिडा च्याप्टरको उद्येश्यमाथि प्रकाश पार्दै फ्लोरिडामा रहेका सबै नेपालीलाई सो अनेसासको ट्रष्टि वा / र आजीवन सदस्य बनी साथसाथै अन्य विभिन्न किसिमले सक्रिय रूपमा ठोस सहयोग गर्नु हुन अपिल गर्नु भयो ।

च्याप्टरका महासचिव विमल नेपालले सम्बन्धित सबैलाई ध्ान्यवाद ज्ञापन गर्नु भएको सोे कार्यक्रममा स्थानीय विव्दान् अजय सत्यालले सिद्धिचरणमाथि विशेष प्राज्ञिक प्रकाश पार्नुभएको थियो भने सुश्री मोना पाण्डेले हालैमा आफु नेपाल गएको यथार्थ विवरण अंग्रेजीमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा कविता पाठ गर्नेहरूमा मोहन सिटौला, विद्या सुवेदी, सुसान्त तिवारी, राज ताम्राकार र गीत गाउने र नृत्य प्रश्तुगर्नेहरूमा सुशील अधिकारी र साथीहरू हुनुहुन्थ्यो ।

कार्यक्रमको दोस्रो आकर्षा माथि उल्लेखित भए अनुसार सगरमाथा विजयी प्रथम नेपाली एवम् दक्षिण एशियाई पत्रकार आंगछिरिङ्गलाई समस्त फ्लोरिडाबासीको तरफबाट दिइएको सम्मान तथा वहाँले दिनु भएको प्रत्युर मन्तव्य , प्रश्नोत्तर र त्यहाँ प्रश्तुभएको डकमेन्टरी नै थियो । मन्तव्यको क्रममा वहँले आफ्नो वर्तमान अभियान आफ्नो जन्मस्थान सोलुखुम्बु जिल्लाको अति दुगम स्थानमा रहेको गाउँ सेगाको स्कुललाई आर्थिक सहयोग जुटाउने रहेको इच्छा जाहेर गरेपछि तदारुकताका साथ त्यहाँ आर्थिक सहयोग स्वरूप अमेरिकी डलर ५०० जुटेको थियो र सो रकम वहाँलाई हस्तान्तरण गरियो ।
केही अमेरिकी मित्रहरूको समेत उपस्थिति रहेको र सुश्री सुनिताव्दारा सञ्चालित सो कार्यक्रम समाप्त भएपछि फ्लोरिडाबासीहरूले उदारताका साथ ल्याएको पोट्लग खाना खान सबैलाई आमन्त्रण गरियो र खाना एवम् आपसी कुराकानीमा समुह परिणत भयो ।

प्रस्तोता

विमल नेपाल
महासचिव
अनेसास- फ्लोरिडा
अनेसास - फ्लोरिडा च्याप्टरको कार्यक्रम

Comments »

The URI to TrackBack this entry is: http://prabasinepali.blogsome.com/2006/04/26/hr/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Web Counter
Web Counter